Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

७ बुँदे अनुसार नीति तथा कार्यक्रम र वजेट आएन भने विरोध हुन्छ : माओवादी नेता गुरुङ


सबैको भावना समेट्ने वजेट आउछ, ७ बुँदे समेटिदैन : मन्त्री विष्ट
काठमाडौं, १९ असार । माओवादी र एमालेवीच भएको सात बुँदे सहमति अनुसार नीति तथा कार्यक्रम र वजेत नआए एकीकृत माओवादीले बिरोध गर्ने चेतावनी दिएको छ ।
व्यवस्थापिका संसदमा सरकारले भोली राष्ट्रपति डाक्टर रामवरण यादव मार्फत आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिरहेका समयमा एमाओवादीले सात बुँदे सहमतिका आधारमा सरकारको बजेट आउनुपर्ने धारणा सार्वजनिक गरेको हो ।
रिर्पोटर्स क्वल नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा एनेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङले ७ बुँदे सहमतिको धरातलमा रहेर सरकारले नीति तथा कार्यक्रम र वजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सात बुँदेलाई विस्थापित गर्नेगरेर अर्को सहमति भएको छैन, त्यसको स्प्रिट अनुसार नीति तथा कार्यक्रम र वजेट आउनुपर्छ, सात बुँदेलाई विस्थापित गरियो भने त्यसको सशक्त बिरोध हुन्छ ।’ उहाले भन्नुभयो, ‘यो सरकारको निर्माण सात बुँदे अनुसार भएको हो, त्यसलाई भत्काएर ल्याउने नीति तथा कार्यक्रम र वजेटलाई हामीले स्वीकार गर्दैनौ ।’
माओवादी नेता गुरुङले सरकारको मार्ग निर्देशन भनेकै ७ बुँदे रहेको दोहराउदै जुनदिन सरकार विस्थापित हुन्छ त्यही दिन ७ बुँदेको अस्तित्वपनि समाप्त हुने उल्लेख गर्नुभयो । उहाँले सरकारले ७ बुँदेलाई भुल्न नहुने दाबी चेतावनी दिनुभयो ।
रिर्पोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षत्कारमा माओवादी नेता गुरुङले नीति तथा कार्यक्रम र नयाँ वजेटमा द्धन्दव्यवस्थापन, द्धन्दका समयमा भत्कीएका संरचनाको पुर्ननिर्माण, शहीद र घाइतेलाई राहत, राजनीतिक मुद्धाफिर्ता, दुरुत्साहीत भएको लगानी फिर्ता गराउने, पेट्रोलीयम पदार्थको सहज आपूर्ति, चरम उर्जा संकटको अन्त्य, रोजगारी, राष्ट्रिय स्वाधिनता, शान्ति पक्रिया, कृषिमा लगानी लगायतका बिषयलाई समेट्नुपर्ने बताउनुभएको छ ।
साक्षत्कारमा उर्जामन्त्री गोकर्ण विष्टले प्रतिपक्ष दलहरु लगायत सबै समूहका भावना अनुसार नीति तथा कार्यक्रम र वजेट ल्याउने भन्दै त्यसमा सात बुँदे सहमतिको कुनै छाँया नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सात बुँदे सरकार गठन प्रयोजनका लागि मात्रै भएको हो, सरकारको नीति तथा कार्यक्रम र वजेटमा सात बुँदको कुनै अर्थछैन, वजेट साझा भावना अनुसार आउछ ।’ उहाँले माओवादीलाई सात बुँदे सहमतिका आधारमा वजेट आउछ भनेर भ्रम नपाल्न सुझाव दिनुभएको छ ।
सरकारले भोली संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा उर्जासंकट अन्त्य, रोजगारी श्रृजना, लगानी भित्राउने, बैंकको तरलताको अन्त्य, मुद्रास्फिती रोक्ने, पहाडी विद्युत लाईन विस्तार गर्ने, शान्ति पक्रिया, जनताले प्रत्यक्ष अनुभुति गर्ने कार्यक्रम, जनजीविकाको सवाल, कृषि बढावा लगायतका बिषयलाई समोवश गरिने मन्त्री विष्टको भनाई थियो । उहाँले गरिवी निवारण, स्वाधिन अर्थतन्त्र, शान्ति सुरक्षामा समेत वजेटले महत्व पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमका आधारमा नै वजेट पनि आउछ ।’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काले सरकार कामचलाउ भईसकेकाले नीति तथा कार्यक्रम र वजेटका लागि दलहरुका वीच नयाँ सहमति आवश्यक रहेको बतउनुभयो । उहाँले ५ बुँदे सहमति अनुसार प्रधानमन्त्रीले राजीनामा दिईसकेकाले सरकारले एकलौटी रुपमा ल्याउने बजेटमाथि बैधानीकताको प्रश्न उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा दिन ५ बुँदे सहमतिमा आफै हस्क्षक्षर गर्नुभएको छ, अब नैनिक प्रश्न उठ्छ एमाले माथि ।’
माओवादी र एमालेले कांग्रेसले ल्याएका पुराना कार्यक्रम गरिवसंग विशेश्वर, स्वरोजगार कार्यक्रम, ग्रामिण क्षेत्रको विकास, रोजगारी, बिदेश जाने युवाजनशक्ति रोक्ने, बैंकको तरलताको अन्त्य, पूँजी पलायन रोक्ने लगायतका बिषयले नीति तथा कार्यक्रममा स्थान पाउनुपर्ने बताउनुभयो ।
उहाँले माओवादीले कांधामा बोकेका कारण टिकेको बर्तमान सरकारले प्रतिपक्ष दलहरुको मन जित्नका लागि नयाँ सहमति गर्न सुझाव दिनुभयो ।
साक्षत्कारमा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अघि सारेका ५ बुँदे मागलाई सरकारले नीति तथा कार्यक्रम र वजेटले बेवास्ता गरे वजेटको सशक्त बिरोध गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नभयो, ‘चुरे क्षेत्रको संरक्षण, शहीदका नाममा स्कुल र तिनलाई रकम, तराईमा हुलाकी मार्ग, लगायतका माग सम्बोधन हुनुपर्छ, अन्यथा वजेटलाई पारित गर्न दिने छैनौ, वजेटलाई असफ बनाउन जस्तो सुकै शान्ति पूर्ण आन्दोलन गर्न तयारछौ ।’ मधेशी दलको सहमति विना वजेट आएमा मुलुकमा गम्भिर राजनीतिक दुर्घटना हुने संकेत अध्यक्ष यादवको संकेत थियो ।
तीन प्रमुख दलले गरेका निर्णयको मधेशी मोर्चा साक्षि मात्रै नबस्ने बताउनुभएका तमलोपा नेपालका अध्यक्ष यादवले महत्वपूर्ण निर्णय हुँदा मोर्चासंग पनि परार्मश नभए त्यसको सशक्त विरोध हुने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए साउन पहिलो साता देख संसद अबरुद्ध गर्ने चेतावनी समेत दिनुभएको छ ।

संविधान सभाको म्याद थप्नुहुँदैनः कानूनब्यवसायी

काठमाडौं ११ जेठ । कानुन व्यवसायी चौतारी नेपालका पदाधिकारीहरुले नेपाली जनताको नाममा दलगत स्वार्थका लागि संविधानसभाको म्याद थप्नु कानुन विपरित हुने बताएका छन् । आज रिपोर्टर्स क्वल नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनताले दिएको समयसी र १ वर्ष थप गर्दा पनि नेताहरुको असक्षताका कारण फेरी पनि संविधानसभाको म्याद थप्न खोज्नु सत्ता प्राप्तिका लागि वार्गेनिङ गर्ने थलो बनाउन खोजिएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इश्वरी चन्द्र शर्माले भने – दलहरुले संविधान सभाबाटै जनताको संविधान दिन सक्नुपथ्र्यो दिन सकेनन्, अब थारो संविधान सभा नेपाली जनताको चाहनाको विषय होईन, अव नयाँ जनादेशमा जानुको विकल्प छैन । शर्माले म्याद सकिएको औषधिले काम नगर्ने हुँदा अस्तित्व समाप्त भएका दलका नेताहरुले थपिएको म्यादभित्र संविधान दिन नसक्ने ठोकुवा गरे । अध्यक्ष शर्माले भने– सर्वोच्च अदालतको फैसलाले संविधान जारी हुने भनी गरेको अपेक्षा पटक–पटक म्याद थपेर मात्र जारी हुने भनेको होईन, त्यसको परिसीमा भुल्नु नत कानुन सम्मत हुन्छ नत बौद्धिक ।
कार्यक्रममा कानुन व्यवसायी चौतारी नेपालका महासचिव नारायण प्रसाद दुवाडीले संविधान सभाको अस्तित्व कानुनद्वारा सृजित र नियन्त्रित रहेको हुँदा दलगत स्वार्थका लागि नेताहरुले आफै धामी, आफै बोक्सीको रुप धारणा गरेको आरोप लगाए । उनले भने– जनताले नेताहरुलाई खबरदारी नगर्ने हो भने उनीहरु निरंकुशतावादी हुने र नेपाली जनताको नयाँ नेपालको परिकल्पना छायाँ पर्ने छ ।
महासचिव दुवाडीले भने –सार्वभौमसत्ता सम्पन्न नेपाली जनता हुन्, म्याद सकिएपछि पनि नयाँ जनादेशको लागि नजानु, निर्विकल्पको कुरा गर्नु जडसूत्रवादी सोच हो ।

जल विद्युत आयोजनामा अवरोध गर्ने जुनसुकै पार्टीको भएपनि उन्मुक्ती पाउँदैननः उर्जामन्त्री

काठमाडौ, ११ जेठ । उर्जामन्त्री गोकर्ण विष्टले निर्माणाधिन जलविद्युत आयोजनामा अवरोध र आक्रमण गर्नेहरु जुन सुकै पार्टीको भए पनि उन्मुक्ती नपाउने स्पष्ट पार्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले भन्नुभयो–आयोजना निर्माणमा अवरोध गर्ने र आक्रमण गर्नहरु जुनसुकै पार्टी र ओहोदाको भए पनि सरकारले कारवाही गर्छ । कसैले पनि राजनीतिक आवरणमा उन्मुक्ति पाउँदैन । उहाँले आक्रमणकारीहरु माओवादी, काग्रेस वा एमाले जुनसुकै पार्टी भए पनि सरकारले कारवाही गरि छाड्ने दावी गर्नुभयो ।
सरकारले निर्माणाधिन आयोजनाहरुको सुरक्षाकोलागी ठोस योजना ल्याउन सरकारले सुर
क्षा नि
कायलाई निर्देशन दिईरहेको जानकारी दिदै माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भएको आक्रमणको विषयमा सरकारले छानविन सुरु गरिसकेको र दोषि पत्ता लगाई कारवाही गरी छाड्ने दृढता ब्यक्तगर्नुभयो ।
माथिल्लो कर्णाली जस्ता ठूला लगानीका विदेशी आयोजनामा आक्रमण हुँदा विदेशी लगानी आर्कषण गराउने सरकारी योजना सफल हुनै नसक्ने भनदै सरकारकालागी यस्ता अवरोध र आक्रमणहरु कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो ।
उहाँले माथिल्लो कर्णाली, बराम्ची र हाडिखोला जस्ता आधा दर्जन आयोजनामा अवरोध भएको जानकारी दिदै अविलम्ब सरकारले सुरक्षाको प्रवन्ध मिलाएर लगानी सुरक्षाको बातावरण सृजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मुलुकमा बढेको दण्डहिनता र अराजकताको उपज स्वरुप आक्रमणका घटना भएका भन्दै सरकार अब कडाईका साथ प्रस्तुत हुने उहाँले बताउनुभयो ।
उहाँले विद्युत प्राधिकरणको सम्पत्ति माओवादीका कार्यकर्ताहरुले सत्र जिल्लामा कब्जा गरेको जानकारी दिदै सरकारले कब्जा हटाउन पनि प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । राजधानीको बालाजुमा रहेको प्राधिकरणको सम्पत्तिलाई कब्जा मुक्त गर्न सरकारले तीस दिनको अल्टिमेटम दिईसकेको जा
नकारी दिदै सो अवधीमा कब्जा नछाडे ३१ औ दिनमा सरकारले बल प्रयोग गरेर त्यहाँबाट कब्जा गर्नेलाई हटाउने उदघोष गर्नुभयो ।
विद्युत प्राधिकारणको कार्यकारी निर्देशक प्रतिष्पर्घाबाट नियूक्त गरिने भएकोले केही ठिला भएको जानकारी दिदै मन्त्री विष्टले नियूक्तिकोलागी टीओआर तयार भईसकेको र दुई तीन दिनभित्रै विज्ञापन प्रकासित गरिने बताउनुभयो ।
केही दिनभित्रै थप लोडसेडिङ घट्ने जानकारी दिदै उहाँले उर्जा संकट अन्त्य गर्न सरकारले दुई महिनाभित्रै ५ सय मेघावाटको जलविद्युत आयोजनाहरुको निर्माण सुरु गर्ने योजनामा काम गरिरहेको बताउनुभयो । उहाँले आगामि एक हप्तामै नेपालीहरुको लगानीमा एक सय मेघावाटको चिलिमे जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने योजनमा समेत सरकार रहेको जानकारी दिनुभयो ।
साक्षात्कारमा पूर्व उर्जामन्त्री डा प्रकास शरण महतले विदेशी लगानीको आयोजनामा सत्तारुढ दलहरुबाटै आक्रमण हुनु दुर्भाग्य पूर्ण अवस्था भएको भन्दै यस्ता क्रियाकलापले विदेशी लगानी आर्कषित नगर्ने चेतावनी दिनुभयो ।
उहाँले मुलुकमा लगानी मैत्रि बातावरण नबेनसम्म विकास र आर्थिक रुपान्तरण सम्भव नहुने दावी गर्दै विदेशी लगानी आर्कषित गर्न सरकारले यस्तो अवरोध र आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।
चिन र भारत पनि विदेशी लगानीको सुनिश्चितता पनि आर्थिक विकासमा अगाडि बढेको स्मरण गर्दै नेपालमा पनि लगानी मैत्रि बातावरण बनाउनु पर्ने बताउनुभयो ।
पछिल्लो समयमा लगानी मैत्रि बातावरण बन्दै गरेको अवस्थामा आक्रमण भएको भन्दै यस्तो अवस्थाले लगानी कुनै पनि हालतमा भित्रन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–विदेशी लगानी आए पनि स्वदेशमै लगानी रहने हो ,रोजगारी बढ्ने हो यस्तोकामको विरोध र अवरोध गर्नु भनेको विकास विरोधी काम हो ।
साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेल सुनिलले आफ्नो पार्टीले विदेशी लगानीको विरोध नगर्ने स्पष्ट पार्दै कुनै पनि आयोजनमा भौतिक आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको बताउनुभयो ।
उहाँले माथिल्लो कर्णाली आयोजनामाथिको आक्रमण माओवादीको नभई स्थानीय जनताको भएको दावी पनि गर्नुभयो ।
यद्यपि उहाँले राष्ट्रियता र सार्वभौमसत्ताको हितलाइ मध्य नगर राखेनै विदेशी लगानी भित्राउनु पर्ने बताउनुभयो । उहाँले राष्ट्रियता र सार्वभौमसत्ताको हितलाई ख्याल नगरी ल्याईएका विदेशी लगानीका विषयमा पुर्नरावलोकन गर्नु पर्नेमा पनि जोड दिनुभयो । आफूहरुले अहिलेसम्म विदेशी लगानी भित्राउदा राष्ट्रिय हितलाई हेर्नु पर्नेमा मात्रै जोड दिदै आएको कसैको विरोध नगरेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो–हाम्रो सैद्धान्तिक विरोध मात्रै हो । आक्रमणको कुनै नीति छैन ।
उहाँले ठूला आयोजना भन्दा पनि लघु आयोजनामा लगानी गरेर उर्जासंकट अन्त्यको हिसावमा अगाडि बढनु पर्ने आवश्यकता औल्याउनु भयो ।

संविधानसभाको कार्यकाल नथपिदाको संबैधानिक ब्यवस्थामा कानून विद्धहरु विभाजित

संविधानसभाको म्याद थपिनेमा शान्ति मन्त्री ढुक्क
काठमाडौ, १० जेठ । मुलुकमा संविधानसभाको कार्यकाल थप्ने वा नथप्ने भन्ने विषयमा दलहरुवीच कायम रहेको अवस्थामा कानून विद्धहरु पनि कार्यकाल नथपिदाको संबैधानिक अवस्थाको विषयमा विभाजित देखिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजनाको साक्षात्कारमा कानूनविद्धहरुले संविधानसभाको कार्यकाल नथपिए राष्ट्रपति शासन, अहिलेकै सरकारको निरन्तरता र संविधानसभाको अस्तित्व समाप्त नहुने विषयमा अलग अलग धारणा प्रस्तुत गरेका थिए ।
उक्त साक्षात्कार कार्यक्रममा बोल्दै कानूनमन्त्री प्रभु साहले संविधानसभाको कार्यकाल कुनै पनि हालतमा थपिने ठोकुवा गर्दै कानूनी र राजनैतिक हिसावमा पनि संविधानसभा भंग हुनै नसक्ने दावी गरे । उनले संविधानसभा नरहनु भनेको निरकुंश शासन आउनु भएकोले त्यस्तो निरकुंश शासनको पक्षमा बहस गर्न नहुने तर्क गरे । उनले भने संविधान सभा नरहने भन्ने कुरै छैन । जनतामा संविधानसभाले प्रभावकारी भूमिका खेल्न सकेन भन्नेमा छ । यसलाई प्रभावकारी बनाएर कार्यकाल थप्नु पर्छ । चिन्ता नगरे हुन्छ । संविधानसभाको कार्यकाल थपिन्छ ठुक्क हुनुस ।
उनले संविधानसभाको म्याद नथपिए आका खस्ने र धर्ति भासिने जस्तो कुनै अवस्था नआउने समेत ठोकुवा गरे । उनले दलहरुले पनि संविधानसभाको म्याद थप्न हुँदैन भन्दा पनि प्रभावकारी बनाउनु पर्छ भनेर सर्त राखेको भन्दै ती सर्तहरुको ब्यवस्थापन गरेर अगाडि बढ्ने बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर भए पनि काग्रेसले अगाडि सारेको सर्त पुरा गरी संविधानसभाको कार्यवधी थप्ने साक्षात्कारमा स्पष्ट पारे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले राष्ट्रपति शासन अधिनायकबादी शासन भएको भन्दै त्यस्तो शासनको विरुद्ध नेपाल बारले  आन्दोलन गर्ने स्पष्ट पारे । उनले संविधानसभाको कार्यकाल नथपिए राष्ट्रपति शासनको कुनै सम्भावना नरहेको दावी गरे ।
संविधानसभाले आफूहरुले संविधान बनाउन नसकेको कुरा स्विकार गर्दै संविधान लेख्न भने दुई बाँकी दिनमा संविधान लेखेर दिने उल्लेख गर्दै संविधानसभाको कार्यकाल नथपिए मुलुकमा भुईचालो जाने वा सैनिक शासन आउने कुनै सम्भावन नरहेको पनि ठोकुवा गरे ।
बारकै पूर्व उपाध्यक्ष शेरबहादुर केसीले भने संविधानसभाको कार्यकाल नथपिए सम्पूर्ण अधिकार राष्ट्रपतिमा जाने दावी गरे । उनले संविधानको संरक्षक र पालकको हिसाबमा पनि संविधानसभा विघठन भए स्वतह अधिकार राष्ट्रपतिको हातमा जाने तर्क गरे । उनको तर्क थियो –संसद नै नरहेपछि संसदको सदस्य बाट प्रधानमन्त्री बन्ने ब्यवस्था अनुसार सरकार पनि रहँदैन । यद्यपि उनले माओवादीले आफ्नो एजेण्डा लादन खोजेकोले संविधान बन्न नसकेको भन्दै माओवादीले पूर्व प्रतिबद्धता पुरा गरेर सरकारको नेतृत्व लिदै कार्यकाल थप्नु नै उपयूक्त विकल्प रहेकोमा जोड दिए ।
कानूनविद्ध टिकाराम भट्टराईले जेठ १४ गतेको मध्यरात सम्ममा संविधानसभाको कार्यकाल फेरि थपिने दावी गर्दै कुनै पनि दलले अहिलेसम्म संविधान सभा नरहे के हुने भन्ने विषयमा छलफल नगरेकोले पनि संविधानसभाको कार्यकाल थपिने दृढता ब्यक्त गरे । उनले अहिले विभिन्न दलले राखेको सर्त पनि संविधानसभाको कार्यकाल थप्नैकोलागी भएको दावी गरे ।
संविधानसभाको कार्यवधी फेरि थपिए पनि संविधान बन्नै नसक्ने ठोकुवा गर्दै भट्टराईले कस्तो राज्य बनाउने भन्ने विषयमा सहमति नबनेसम्म कुनै पनि हालतमा संविधान बन्न नसक्ने बताए ।
भट्टराईले  संविधानसभाको कार्यकाल नथपे पनि यहि संविधानसभाले आफ्नो उत्तराधिकारी चयन गर्नु पर्ने भन्दै प्राप्त उपलब्धि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाकोलागी संविधानसभाको उत्तराधिकारी मार्फत संविधान बनाएर त्यसपछि हुने निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको दुई तीहाई बहुमतबाट संविधान पारित गरेर जारी गर्नु पर्ने विकल्प सुल्झाउनु पर्ने सुझाव दिए ।
बारका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले संविधानसभाको कार्यकाल थप्नु नै अहिलेको उपयूक्त विकल्प रहेको भन्दै नेपालको अन्तरिम संविधानले अर्को संविधानसभाको निर्वाचनको परिकल्पना नै नगरेको बताए ।
उनले संविधानको धारा ६४ बमोजिम सभासदहरुको म्याद सकिए पनि संविधानसभा विघठन नहुने जिकिर गरे । उनले संविधानले राष्ट्रपति शासनको परिकल्पना समेत नगरेकोले त्यस्तो कुनै सम्भावना नरहेको जिकिर गरेर । मैनालीले संविधानसभाको म्याद नथपिए पनि राष्ट्रपति, उपराष्ट्रपति र मन्त्री परिषद कायमै रहने दावी गरे ।
उनले संविधानसभामा रहेर माओवादीलाई तह लगाउन नसकिएको अवस्थामा झन सडकमा बसेर कसरी तह लगाउन सकिन्छ भन्दै काग्रेसलाई पनि यो विषयमा विचार गर्न आग्रह गरे ।
बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठले संविधानसभाको कार्यवधी नथपीए राष्ट्रपति पनि समाप्त हुने भन्दै बरु सरकार कायम रहने ठोकुवा गरे ।
उनले संविधानसभाको म्याद संविधान अनुसार नयाँ संविधान जारी नहुन्जेल कुनै पनि हालतमा समाप्त नहुने दावीगरे । उनले भने–संविधानसभाको कार्यकाल नथपिए पनि संविधानसभा रहन्छ विघठन हुँदैन । उनले अन्तरिम संविधानको धारा ३६को ग र ८२को ब्यवस्था प्रस्तुत गर्दै नयाँ संविधानसभा पारित गरेपछि मात्रै विघठन हुने र नयाँ संविधान जारी नगुरुन्जेलसम्म कायम रहने ब्यवस्था उल्लेन गर्दै संविधानसभा नयाँ संविधान नबनुन्जेलसम्म कायम रहने दावी गरे ।

संविधानसभाको म्याद नथपे राष्ट्रले महंगो मुल्य चुकाउनु पर्ने उपराष्ट्रपतिको भनाई

विभिन्न क्षेत्रमा योगदान पुर्याएका झण्डै एक दर्जन ब्यक्तित्व सम्मानित
काठमाडौ, ९ जेठ । उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको म्याद नथपे मुलुक प्रत्यक्ष भुठभेडमा जाने चेतावनी दिनुभएको छ ।
सोमबार मातृभूमि महिला समाजले विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरुको सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले त्यस्तो मुठभेडको अवस्थाबाट मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो ।
उहाँले दलहरुले सहमति गरेर मुलुकलाई मुठभेडबाट बचाउनु पर्ने भन्दै  संविधानसभाको म्याद थपको विकल्प नरहेको ठोकुवा गर्नुभयो । उहाँले अहिले दलहरुसँग म्याद थप्ने वा नथपेर मुलुकलाई भिडन्तमा लैजाने भन्ने बाहेक विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
सो कार्यक्रममा  उपराष्ट्रपति झाले पत्रकारितमा महत्वपूर्ण योगदान दिएबापत रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, कलाकारहरु सुनिल थापा, श्रीकृष्ण श्रेष्ठ, समाजसेवी विन्दु पहाडी, शान्ता मानन्धर, पिताम्बर प्रसाद बास्कोटा, कविरत्न शाक्य, चिकित्सक चन्दबहादुर विष्ट, भोला रिजाललगायतकालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुको तर्फबाट आफ्नो धारणा राख्दै क्लबका अध्यक्ष धमलाले  दलहरुवीच सहमतिको विकल्प नरहेको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिले गतिरोध अन्त्यकोलागी भूमिका लिनु पर्ने सुझाव दिनुभएको थियो ।
उहाँले शान्ति र संविधानको सुनिश्चिता हुने गरी सहमति गरेर संविधानसभाको म्याद थप्नु पर्ने बताउनुभएको थियो । उहाँल रिपोर्टर्स क्लब नेपालले अगामि बैशाख ११ गते अपरान्ह तीन बजे संविधानसभा अगाडि शान्ति सभा गर्ने घोषणा समेत सो अवसरमा गर्नुभएको थियो ।
धमलाले राष्ट्रपति र उपराष्ट्रपतिले भूमिका लिनु पर्ने दिएको अभिब्यक्तिलाई लिएर उपराष्ट्रपतिले अधिकार केही नदिने अनि भूमिका लिनु पर्ने भनेर सडक तताउने भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले खोईत अधिकार भनेर प्रश्न गर्नुभएको थियो ।
कार्यक्रममा राप्रपाका महामन्त्री ध्रुबबहादुर प्रधान  सहमति गरेर संविधानसभाका म्याद थप्नु को विकल्प नभएको बताउनुभएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष सरस्वती खनाल पौडेलले आफ्नो संस्थाले समाजमा राम्रो काम गर्नेलाई उत्साहीत पार्न र महिलाहरुको क्षमता अभिबृद्धि गर्न अभियान चलाउने  प्रतिबद्धता गर्नुभएको थियो ।

२ दिनभित्र प्रधानमन्त्रीको राजिनमा र २ दिनभित्र १० बुँदे मागमा सहमति भए मात्रै संविधानसभाको म्याद थपः सुजाता

प्रधानमन्त्रीको राजिनमा आउँदैनः महासेठ, म्याद थप पहिला राष्ट्रिय सहमति आवश्यकः रायमाझी
काठमाडौ, ९ जेठ । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आगामि दुई दिन भित्र प्रधानमन्त्रीको राजिनामा र ४ दिनभित्र काग्रेसले अगाडि सारेको १० बुँदे माग पुरा नभए कुनै पनि हालतमा संविधानसभाको म्याद नथपिने स्पष्ट पार्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले प्रधानमन्त्रीको राजिनामा र १० बुँदे माग संबोधनमा सत्तारुढ दलहरु तयार भए काग्रेस संविधानसभाको म्याद थप्न तयार रहेको बताउनुभयो ।
अघिल्लो पटक थपिएको संविधानसभाको एक वर्ष म्याद थपाई नै अबैध भएको दावी गर्दै कोइरालाले शान्ति र संविधान प्रक्रियालाई लम्ब्याएर जनताको रगत चुस्ने र माओवादीलाई पोस्ने काम काग्रेसकोलागी स्वीकार्य हुँदै नहुने ठोकुवा गर्नुभयो ।
सरकारले एकलौटी रुपमा संविधानसभाको म्याद थप्छु भन्नु दिवास्वप्न मात्रै भएको भन्दै उहाँले म्याद थपे माओवादीकोलागी मात्र प्रजातन्त्र रहने बताउनुभयो ।
कोइरालाले संविधानसभा विघठन हुँदैमा मुुलुकमा कुनै उत्पाद नहुने भन्दै संविधानसभा विघठन भएपछि सानो सर्वदलिय कमिटि गठन गरेर संविधान जारी गर्नु पर्ने बताउनुभयो । उहाँले संविधान सभा विघठन हुँदैमा मुलुकमा राष्ट्रपति शासन पनि नआउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–संविधानमा राष्ट्रपतिको कुनै ब्यवस्था छैन ।
साक्षात्कारमा भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले सहमतिकोलागी प्रधानमन्त्री झलनाथ खनालको राजिनामा सहितको सबै विकल्प खुल्ला गरेर दलहरुले छलफल गर्नु पर्ने बताउनुभयो ।
संविधान सभाको म्याद थपको विषयमा विवाद कायम रहेकोमा चिन्ता प्रकट गर्दै मन्त्री रायमाझीले म्याद थप भन्दा पनि अहिले शान्ति, संविधान र सत्ता साझेदारीताको विषयमा राष्ट्रिय सहमति कायम गर्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो–म्याद थप भन्दा पहिला राष्ट्रिय सहमति कायम गरिनु पर्छ ।
राष्ट्रिय सहमति हुँदा जसको नेतृत्वमा सरकार बन्छ त्यसलाई सबैले स्विकार गर्नु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिकोलागी सर्त राख्ने र बाधा गर्नेहरु जनताको दुश्मन र लोकतन्त्र विरोधी भएको पनि ठोकुवा गर्नुभयो ।
नेपाली जनताले संविधानसभाको विघठन भन्दा पनि समयमा संविधान बनाउन नसकेकोमा आक्रोस ब्यक्त गरेको भन्दै संविधानसभाबाटै संविधान जारी हुनु पर्ने धारणा राख्नु भयो । उहाँले संविधानसभा भंग गर्नु भनेको मुलुकमा पुन अधिनायकबाट लाद्नु भएको टिप्पणी गर्नुभयो ।
साक्षात्कारमा सिचाई मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री को राजिनामा कुनै पनि हालतमा नआउँने भन्दै राजिनमाको माग पुर्वाग्रहमात्रै भएको दावी गर्नुभयो । उहाँले सरकारको राजिनामाले मुलुक पुन अन्यौलमा जाने बताउनुभयो ।
शान्ति र संविधानलाई निश्कर्समा पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार गठन भएको भन्दै त्यो उद्देश्य पुरा नभएसम्म अहिलेकै सरकार कायम रहने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–यो सरकार समय किटेर बनेको सरकार होईन । संविधान जारी गर्ने उद्देश्यका साथ बनेको हो । त्यसैले सो उद्देश्य पुरा नभएसम्म सरकार कायमै रहन्छ । त्यो भन्दा अघी आलोपालो पनि हुँदैन ।
शान्ति र संविधानकोलागी भए सहमति बन्ने सक्ने भन्दै उहाँले सत्ताकोलागी भए दलहरुवीच कुनै पनि हालतमा सहमति बन्न नसक्ने मन्त्री महासेठले ठोकुवा गर्नुभयो ।
यद्यपि उहाँले कस्तो संविधान बन्ने र शान्ति प्रक्रिया निश्कर्समा पुग्ने विषयमा दलहरुवीच ठोस र ईमान्दार सहमति भए प्रधानमन्त्रीको राजिनामा आउन सक्ने बताउनुभयो ।
संविधानसभाको म्याद सर्वसम्मतीबाटै थपिने दावी गर्दै उहाँले संबैधानिक ब्यवस्था अनुसार गर्नु पर्ने भए दुई तीहाई भन्दा पनि तीन तिहाई नै पुग्ने ठोकुवा गर्नुभयो ।
नेकपा एमालेले संविधानसभाको म्याद थप्ने निर्णय गर्ने दावी गर्दै पार्टी केन्द्रीय कमिटिको बैठक पछि एक भएर अगाडि बढने बताउनुभयो ।

गतिरोधको निकासको सुत्र काग्रेस माओवादी विचको सहमतिः भट्टराई

शान्ति, संविधान, सरकार र म्याद थपमा प्याकेजमै सहमति खोज्नु पर्ने भनाई
काठमाडौ, ८ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोधको अन्त्यकोलागी माओवादी र नेपाली काग्रेसवीच नै सहमति बन्नु पर्ने ठोकुवा गर्नुभएको छ ।
शान्ति र संविधानकोलागी सहमतिको अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले दुई विचारको नेतृत्व गरेका माओवादी र काग्रेसवीच नै मुख्य रुपमा सहमति गर्नु पर्ने र अन्य दलहरुले त्यसमा साथ दिनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–विचारको नेतृत्व र संगठनिक क्षमताको हिसावमा पनि दुई दलवीच सहमति बन्नुपर्छ ।
शान्ति र संविधानको सुनिश्चितताकोलागी राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको आवश्यकता पुष्टि भईसकेको उल्लेख गर्दै भट्टराईले अहिले माओवादी, काग्रेस एमाले र मधेसवादी शक्ति सहित शान्ति, संविधान, संविधानसभाको म्याद थप र राष्ट्रिय संयूक्त सरकार गठनको विषयमा प्याकेजमै सहमति गर्नु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने पक्षमा आफू रहे पनि सहमतिको सरकारकोलागी कोही पनि बाधन बन्न नहुने धारणा राख्दै भट्टराईले ठूलो पार्टी भएको नाताले सहमतिको सरकारको नेतृत्व माओवादीलनै गर्न पाउनु पर्ने दावी गर्नुभयो ।
माओवादीबाट सहमतिको सरकारको नेतृत्वको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भन्नुभयो–बच्चा पाउनु कहिले कहिले कन्दनी बाटनु अहिले जस्तो नगरौ । नेतृत्व ठूलो कुरो होईन । पार्टील छलफल गरेर यो विषयलाई टुङग्याउछ ।
उहाँले सात बुँदे सम्झौता बाध्यात्मक अवस्थाबाट मुलुकलाई निकास दिने हिसावमा भएको उल्लेख गर्दै नयाँ सहमति भए नयाँ सम्झौता स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीलाई पनि अपमान गर्न नहुने भन्दै सहमतिमा लिएर अगाडि बढनु पर्ने बताउनुभयो ।
राजनीतिक दलहरुवीच सहमति कायम गरेर राष्ट्रिय संयूक्त सरकार गठन गरेर भारत सहित अन्तर्राष्ट्रिय शक्तिको समर्थन लिएर अगाडि बढ्नु पर्नेमा जोड दिदै भट्टराईले भारतको नेपालको राजनीति प्रतिको चासोलाई स्वभाविक भन्नुभयो । उहाँले भन्नुभयो–कुनै पनि देशको चासो हुन सक्छ । तीन तीरबाट घेरेको भारतको चासो यथार्थ हो । हामिले आन्तरिक सहमति गरेर  अन्र्तराष्ट्रिय शक्ति केन्द्रको विश्वास लिएर अगाडि बढ्नु पर्छ ।
माओवादीको केन्द्रीय कमिटि र स्थायी कमिटिको बैठकले सेना समायोजनको मुल ढोका खोलेको दावी गर्दै उहाँले आफुहरु तत्काल लडाकुको शिविरमा अनुगमन संयन्त्र पठाएर लडाकुलाई ब्यवहारिक रुपमै विशेष समितिको मातहतमा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जोड दिदै भन्नुभयो–बृहद शान्ति सम्झौता र अन्तरिम संविधान अनुसार लडाकु राज्यकै सेना हो । अब यो सैद्धान्तिक मात्रै होईन ब्यवहारिक रुपमै राज्यको मातहतमा आउँछ ।
उहाँले काग्रेसले अगाडि सारेको १० बुँदे मागमा माओवादी मोटामोटी रुपमा सहमत रहेको स्पष्ट पार्दै त्यसमा सहमति बन्ने अवस्था रहेको बताउनुभयो । भट्टराईले साक्षात्कारमा आगामि जेठ १४ गतेभित्रमा संविधानसभाको म्याद सर्वसहमतिमा थपिने विश्वास समेत ब्यक्त गर्नुभएको थियो ।
उहाँले नेपाली काग्रेसले भन्ने गरेको उदारवादी प्रजातन्त्रका राम्रा पक्षहरु आवधिक निर्वाचन, बहुदलीय प्रतिष्पर्घा लगायतका  र समाजवादी प्रजातन्त्रका समावेशिता जस्ता विषय समेटेर नेपाल सुहाउँदो ब्यवस्था निर्माणमा सहमति बन्न सकने उहाँको धारणा थियो ।
पार्टीभित्र देखिएको आन्तरिक विवादले शान्ति र संविधानको अभियानलाई कुनै असर नपार्ने भन्दै उहाँले शान्ति र संविधानको बाटोबाट अब माओवादी ब्याक नहुने स्पष्ट पार्नुभयो । पार्टीभित्रको मतभेद स्वभाविक भएको बताउनुभयो । आफूमाथि आक्रमणको धम्कि दिने जनक बर्तौलालाई पार्टीले दोषि ठहर गरेर कारवाही गरिसकेकोले त्यो च्याप्टर क्लोज भईसकेको भन्दै यसमा बहस गर्नुको औचित्य नभएको बताउनुभयो ।

संविधान जारी गर्ने ४६ हप्ते नयाँ कार्यतालिका सार्वजनिक

  • १२ सातामा शान्ति प्रक्रिया र ४६ हप्तामा संविधान निर्माण गर्ने सरकारको नयाँ कार्ययोजना
  • १५ दिनभित्र माओवादीको हतियार सरकारको नियन्त्रणमा आउने
काठमाडौ, ७ जेठ । सरकारले सहमतिकोलागी १२ हप्तामा शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउँदै ४६ हप्तामा संविधान जारी नगर्ने नयाँ कार्यतालिका तयार पारेको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्यले सरकारी कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
आचार्यले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार जेठ १४ गतेपछिको चार हप्तामा सेनाको समायोजनको मोडालिटि तयार पार्ने, प्याकेज तयार पार्ने र रिगु्रपिङ सुरु गरिने छ भने संविधान निर्माणको सन्दर्भमा सो अवधीमा संविधानमा रहेका विवादीत विषयमा संबैधानिक समिति र उपसमितिमा सहमति जुटाउने ।
त्यसपछिको चार हप्तामा रिगु्रपिङको कार्य सम्पन्न गर्ने र संविधान निर्माणको सन्दर्भमा सबैधानिक समितिले गोप्य रुपमा सहमतिको आधारमा संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने छ ।
त्यसपछि दुई हप्तामा समायोजनमा जाने लडाकुलाई भिन्नै सिविरमा राख्ने र पुर्नस्थापनाको काम सम्पन्न गरिने छ । भने सोही अवधी संबैधानिक समितिले तयार पार्ने संविधानको एकीकृत मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफल गरिने छ । त्यहा दलिय आधारमा छलफल गरेर परिमार्जन भए पुन संबैधानिक समितिमा पठाईने कुरा कार्यतालिकामा रहेको मुख्य सचेतक आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी त्यसपछिको दुई हप्तामा सेना समायोजन र पुर्नस्थापना सम्बन्धी सम्पूर्ण कामलाई सम्पन्न गर्ने र संविधान निर्माणको सन्दर्भमा  संविधानको पहिलो मस्यौदालाई जनतामा छलफल चलाउन राजपत्रमा प्रकासित गर्ने कार्य सम्पन्न गरिने छ ।
त्यसपछिको  १२ हप्तामा पहिलो मस्यौदामा सुनवाई र अन्र्तक्रिया गर्ने, र सुझाव संकलन गरेर अभिलेख तयार पार्ने त्यसपछिको ३ हप्तामा जनताको राय सुझाव सम्बन्धी विस्तृत प्रतिवेदन तयार पारी संविधानसभामा प्रस्तुत गर्ने, त्यसपछिको एकसातामा जनताको सुझाव सम्बन्धी प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल गर्ने, त्यसपछिको २ दुई हप्तामा पूर्ण बैठकको निर्देशन अनुसार मस्यौदा तयार पारी विधेयक सभामा  पेश गर्ने र सबै सदस्यहरुलाई विधेयकको प्रति पेश गर्ने, त्यसपछिको २ हप्तामा सभासदहरुलाई विधेयकमा संसोधन पेश गर्न दिने र संविधानसभामा सैद्धान्तिक छलफल थाल्ने कार्यक्रम कार्ययोजनमा रहेको उहाँले जानकारी दिनुभयो ।
आचार्यले त्यसपछिको बाँकी चार हप्तामा विधेयकमाथि परेको संसोधन प्रस्तावलाई २८ दलमा सहमतिको प्रयास गर्ने, त्यसपछिको ८ हप्ता विधेयकको प्रत्येक बुँदामा दफावार छलफल गरेर संविधानसभाबाट पारित गराउने र बाँकी रहेको अन्तिम दुई सातामा संविधानको प्रमाणिकरणप्रति तयार पारी सदस्यहरुको हस्ताक्षर गराउने अध्यक्षले प्रमाणिकरण गर्ने र औपचारिक राष्ट्रिय समारोह गरी अध्यक्षले राष्ट्रपतिलाई पेश गर्ने र सोही सभाबाट संविधान जारी गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
साक्षात्कारमा बोल्दै आचार्यले माओवादीले बाहिर १० हजार लडाकु समायोजन हुनु पर्ने प्रस्ताव गरे पनि आन्तरिक छलफलमा भने ९ हजार मात्रै समायोजनमा लैजाने प्रस्ताव गरेको जानकारी दिदै ६ हजार देखि ८ हजारको विचमा लडाकुको समयोजन हुनेमा सहमति बन्ने दावी गर्नुभयो ।
त्यसैगरेर उहाँले पुर्नस्थापनामा जाने लडाकुलाई पाँच लाख देखि आठ लाख सम्मको गोल्डेन ह्याण्डसेक गर्नेमा समेत सहमतिको नजिक पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तल्तो तहकालाई पाँच लाख र त्यसभन्दा माथि तीन तहसम्मकालाई थप एक लाखको दरले रकम दिने विषयमा पनि दलहरु सहमतिको नजिक रहेका छन् ।
जेठ १४ गतेसम्ममा सबै शिविरहरुमा कर्मचारी पुर्याएर विशेष समितिको पूर्ण मातहतमा ल्याउनेक कार्य सम्पन्न हुने दावी गर्दै त्यसपछि रिगु्रपिङको कार्य सुरु हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो जेठ भरीमा पुर्नस्थापनामा जाने र समायोजनमा जानेलाई भिन्दै शिविरमा राखेर हतियार सरकारको जिम्मामा ल्याउने काम समेत सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
शान्ति र संविधानलाई निश्कर्समा नपुर्याई प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिने स्पष्ट पार्दै उहाँले भन्नुभयो–शान्ति र संविधानको मिसन पुरा नगरी कुनै पनि हालतमा प्रधानमन्त्रीको राजिनामा आउँदैन । त्यस्तो सोच्नेको मृग तृष्णामात्रै हो ।
उहाँले काग्रेस प्रतिपक्षमै बसे पनि आलोपालोबाट काग्रेसको नेतृत्वमा पनि सरकार निर्माण हुने गरी सहमति गरिने तयारी भईरहेको खुलासा गर्दै सरकार संविधानसभाको म्याद एक वर्ष बढाउने भन्दा तल कुनै पनि हालतमा झर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँल काग्रेस समर्थनमा आउने दृढता ब्यक्त गर्दै काग्रेस नआए पनि म्याद थपिने र सरकारसँग ४ सय २५ सभासद रहेको स्पष्ट पार्नुभयो ।
नेकपा एमालेको ईतिहासमै मन्त्रालय बाडफाडको विषय पार्टीको केन्द्रीय कमिटिको बैठक एजेण्डा नबनेको भन्दै संयूक्त सरकारमा को मन्त्री बन्छ भन्ने कुरा पार्टीको विषय नभएको बताउनुभयो । उहाँले भोली बाट सुरु हुने केन्द्रीय कमिटिको बैठकले सर्वसम्मतीले संविधानसभाको म्याद थप्ने निर्णय गर्ने दावी गर्दै संविधानसभाको म्याद नथप्ने कुरा गर्नेहरु एमाले हुनै नसक्ने उनीहरु प्रतिगमनकारी हुने ठोकुवा पनि गर्नुभयो ।
साक्षात्कारमा शान्तिमन्त्री विश्वनाथ साहले प्रधानमन्त्रीको राजिनामाले मुलुकमा रहेको समस्या झनै बढाउने भन्दै प्रधानमन्त्रीको राजिनामा आवश्यक नरहेको बताउनुभयो । उहाँले दुई तीन दिनभित्रै परिणम देखिने गरी दलहरुवीच शान्ति र संविधान निर्माणको विषयमा सहमति हुने दावी गर्दै भन्नुभयो–सेना समायोजन हुन्छ भन्ने गरी छिट्टै परिणाम आउँछ । ढुक्क हुनुस । उहााले नेपाली सेनाको प्रस्ताव सकारात्मक रहेको भन्दै काग्रेसको प्रस्तावमा पनि आफूहरु छलफल गर्न तयार रहेको बताउनुभयो । यद्यपि उहाँले काग्रेसको प्रस्तावमै सहमतिको सम्भावना भने नरहेको स्पष्ट पार्नुभयो ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको समस्या समाधानको उपाय सम्मानजनक ढंगले पावरसेयरिङ भएको भन्दै सात बुँदे सम्झौताले  अविश्वास बढाएको दावी गर्नुभयो । 

नेपाली काग्रेसको समायोजनको प्रस्तावमा सहमति असम्भवः उपाध्यक्ष श्रेष्ठ

काठमाडौ, ४ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले नेपाली काग्रेसले प्रस्तुत गरेको सेना समायोजनको प्रस्तावमा सहमति असम्भव रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रकासले काग्रेसको प्रस्ताव अब्यवहारिक र असान्दर्भिक भएको भनि टिप्पणी गर्नुभयो ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उहाँले भन्नुभयो–काग्रेसको प्रस्ताव शान्ति र संविधानको सुनिश्चितताकोलागी आएकै होईन । यो माओवादीलाई धम्क्याउन र लगाउने उद्देश्यले ल्याईएको हो । यो सम्भव छैन ।
उहाँले काग्रेसलाई आफ्नो प्रस्तावमा पुर्नविचार गर्न आग्रह गर्दै उहाँले निहुँ खोजेरमात्र समस्याको समाधान हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
काग्रेसले माओवादी लडाकुको भएका सुरक्षा निकायमा ब्यक्तीगत रुपमा मापदण्ड पुरा गरेपछि समायोजन गर्ने, समायोजनमा जाने लडाकुको संख्या तोक्ने, समायोजनको मोडलिटि तयार पारेर जेठ १० गतेभित्रमा कम्तीमा लडाकुको रिगु्रपिङ गर्ने सम्मको कार्य गरेमात्रै संविधानसभाको म्याद थप्ने विषयमा सहमत हुने प्रस्ताव अगाडि सारेको थियो । प्रकासले काग्रेसले भने जस्तो जेठ १० गतेभित्रमा ती काम कुनै पनि हालतमा सम्भाव नरहेको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–काग्रेसले आफ्नो प्रस्तावमा पुर्नविचार गर्नुपर्छ ।
संविधानसभाको म्याद थपको विकल्प नरहेको दावी गर्दै प्रकासले  दलहरुले नेपाली जनतासमक्ष गल्ती गरेकोमा माफी माग्दै शान्ति र संविधान निर्माणको सुनिश्चित आधारसँगै थपिएको समयमा जिम्मेवारी पुरा गर्ने ठोस प्रतिबद्धता ब्यक्त गरेर म्याद थप्नु पर्ने बताउनुभयो । राष्ट्रिय आत्मसमपर्णबादी, यथास्थितिबादी, समायोजन र संविधान विरोधी र जनमत स्विकार नगर्ने प्रबृत्ति नै अहिलेको समस्याको प्रमुख कारक रहेको दावी समेत गर्नुभयो ।
प्रकासले संविधानसभाको म्याद नथपी ताजा जनादेशमा जानु पर्ने प्रस्ताव झुठको खेती भएको ठोकुवा गर्दै यसले मुलुकलाई दुर्घटनामा लैजाने दावी गर्नुभयो ।
उहाँले संविधानसभाको म्याद नथपेर विघठन गर्ने कुरा शान्ति र संविधान विरोधी भएको दावी गर्दै त्यस्ता दलहरु प्रतिगमन र निरकुंश शासन ल्याउने सोच भएको आरोप लगाउनुभयो ।
आफूहरुले तयार पारेको लडाकुहरुको छुट्टै फोर्स बनाउने प्रस्तावमा दलहरुवीच सहमति बन्न नसकेपछि माओवादी नयाँ प्रस्ताव ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली सेनाको प्रस्ताव र मिश्रीत  समायोजनलाई आधार मानेर समायोजन र संविधान निर्माणको ठोस प्रस्ताव तत्काल माओवादीले ल्याउने जानकारी दिनुभयो ।
संविधानसभाको म्याद दुई तिहाई पुर्याएर वा निहुँ खोजेर थप्न नहुने भन्दै उहाँले सहमतिमै संविधानसभाको म्याद थपिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– दुई तिहाई बहुमत पुर्याएर संविधान संसोधन गर्नु समाधान होईन । काग्रेस र मधेसवादी दलहरु संविधानसभाको म्याद थप्न तयार हुनु पर्छ र उनीहरु हुन्छन पनि ।
प्रधानमन्त्री झलनाथ खनालको राजिनामा अहिले नआउने स्पष्ट पार्दै उहाँले यद्यपि आफूहरु सबै विषयमा खुल्ला छलफल गर्न भने तयार रहेको बताउनुभयो ।
पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराई माथिको आक्रमणको योजना बनाईएको र धम्कि दिएको विषय निन्दनीय भएको भन्दै उहाँले यस घटनाको छानविन गरेर दोषि देखिए हदै सम्मको कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले संसदीय दलको नेताबाट अध्यक्ष प्रचण्डलाई फेर्ने तयारी भईरहेको भन्ने हल्लालाई खारेज गर्दै पार्टीभित्र त्यस्तो कुनै प्रस्ताव अहिलेसम्म नआएको स्पष्टपार्नुभयो ।


प्रधानमन्त्री खनाललाई एमालेकै कार्यकर्ताले देखाए कालो झण्डा


सुनसरी ३१ वैशाख  । प्रधानमन्त्री हुनुअघि झापड खाएको ठाउँ सुनसरीमा झलनाथ खनालले कालोझण्डाको सामना गर्नुपरेको छ ।
एमाले सुनसरीले शनिबार ईनरुवमा गरेको कार्यक्रममा एमालेकै एक कार्यकर्ताले खनालको अघिल्तिर कालो झण्डा देखाए ।
जिल्ला नेता कार्यकर्ताको बाक्लो उपस्थिति र झकिझकाऊ मञ्चमा बसे लगत्तै पार्टी कार्यकर्ता शारदा निरौलाले खनाललाई शान्ति र संविधान निर्माणमा केन्दि्रत नभएको तथा पार्टीको विवाद मिलाउन गम्भीर नभएको भन्दै कालोझण्डा देखाएका हुन् ।
निरौला एमालेका संगठित सदस्य एवं नेपाल टेलिकम इटहरी शाखाका कर्मचारी युनियनका सदस्य हुन् । खनाललाई कालोझण्डा देखाएपछि एमाले कार्यकर्ताले निरौलालाई कुटपिट गरेका थिए ।
निरौलालाई कुटाईबाट जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो, यसअघि झापड हान्ने देवीप्रसाद रेग्मीलाई जस्तै । निरौलालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको छ ।
निरौलाले खनाल आउने थाहा पाएपछि कालोझण्डा देखाउने योजना बनाएको र घरबाट ठूलो कालो झण्डा लिएर गएको उनी निकटकाहरुले बताएका छन् ।
यसअघि कार्यक्रममा जाने क्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताले प्रधानमन्त्री खनाललाई महानन्द चोकमा कालोझण्डा देखाएका थिए 

थापा भन्छन् - "नयाँ चुनाव अनिवार्य छ "


राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संबिधान सभाको समय सकिन लागेकाले नयाँ निर्वाचन गरिनु पर्ने बताउनु भएको छ ।
झापाको दमकमा हिजो मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजा सहितको प्रजातन्त्र विना नेपालको राष्ट्रियताको रक्षा नहुने बताउनभयो । सो क्रममा उहाँले शान्ति र प्रजातन्त्रका लागि राप्रपा नेपालले देशब्यापी जनसंघर्ष अभियान समेत शुरु गरेको उल्लेख गर्नुभयो । पार्टीका नगर अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहअध्यक्ष पदमसुन्दर लावती, संसदिय दलका नेता चन्द्रबहादुर गुरुङ्, केन्द्रिय सदस्यहरु राजेन्द्र लिङ्देन, घनेन्द्र सुव्बा लगायतले बोल्नु भएको थियो ।

कांग्रेस र एमाले कार्यकर्ताबीच हवाई फायर गर्दै कुटाकुट



अमर खड्का, इटहरी, वैशाख २०- नेपाली कांग्रेस इटहरी नगर कमिटीका सल्लाहकार काजी दाहाल र एमाले निकट युवा संघका रुपेश बजगाई समूहबीच गएराति हवाई फायर गर्दै कुटाकुट भएको छ। मोरङको दुलारी-८ बलिया ढाटमा दुई समूहबीच राति ८ बजे कुटाकुट भएको हो।
कुटाकुटका क्रममा केही राउण्ड हवाई फायर समेत भएको थियो। प्रहरीले गोली चलेको पुष्टि गरेपनि कुन समुहले गोली चलाएको भन्ने खुलाएको छैन। स्थानीय प्रत्यक्षदर्शीका अनुसार कुटाकुट हुँदा सात राउण्ड हवाई फायर भएको थियो।
कुटाकुट गर्ने क्रममा प्रहरीले कांग्रेसका दाहाल र कैलाश बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। प्रहरीले तीनवटा कट्टी र सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए।
जिल्ला विकास समितिबाट लिइने करको बिषयमा भएको विवादले उग्र रुपलिएपछि दुई समूहबीच कुटाकुट भएको थियो। कर लिइने विषयमा दुलारीको बलिया ढाटमा पटक-पटक झगडा र कुटाकुट हुने गरेकाले स्थानीय बासिन्दाले ढाट तत्काल हटाउन माग गरेका छन्।

तीन महिनाअघि बजगाई कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेपछि फागुन तेस्रो साता कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई हातपात गरेका थिए। पौडेललाई हातपात गरेको घटनालाई लिएर दुवै समुहले एक-अर्का बिरुद्ध नाराबाजी गर्दै पटक-पटक जुलुस प्रदर्शन समेत गरेका थिए।
Via Source:- Nagariknews

कोईराला भन्छन् शान्तिप्रक्रिया नटुङ्गिएसम्म संविधान बन्दैन

सुव्रत न्यौपाने
झापा १९ वैशाख 

कांग्रेस सभापति सुशील कोइरालाले शान्तिप्रकि्रया नटुंगिएसम्म नयाँ संविधान नबन्ने दाबी गरेका छन् । कांगे्रसले सुरु गरेको राष्ट्रव्यापी जनजागरण अभियानका क्रममा शनिबार झापाको बिर्तामोडमा आयोजित आमसभामा सभापति कोइरालाले शान्तिप्रकि्रयालाई निर्णायक बिन्दुमा नपुर् याएसम्म संविधान बन्न नसक्ने दाबी गरेका हुन् । 
"माओवादी लडाकु समायोजन र पुनस्र्थापना नभएसम्म संविधान जारी गर्नुको अर्थ छैनु कांग्रेस सभापति कोइरालाले भने -यदि यो काम अझै नटुंग्याउने हो भने जनआन्दोलनका सबै उपलब्धि समाप्त हुनेछन् ।" १४ जेठपछिको परिस्थिति कल्पना पनि गर्न नसकिने बताउँदै उनले माओवादी इमानदार भइदिए शान्तिप्रकि्रया र संविधान निर्माण सात दिनभित्र निष्कर्षमा पुग्ने दाबी गरे । 
शान्ति र संविधानप्रति पछिल्लोपटक माओवादीले पारित गरेको नयाँ कार्यनीतिले आफूहरुलाई आशावादी बनाएको टिप्पणी गर्दै सभापति कोइरालाले माओवादीले विगतमा जस्तै बेइमानी र जनताका आँखामा छारो हाल्दै गए १० वर्षमा पनि शान्तिप्रकि्रया पूरा नहुने जिकिर गरे । माओवादीले सर्वसत्तावादी शासन व्यवस्था लागू गर्ने सपना देखेको बताउँदै उनले त्यसलाई कुनै पनि हालतमा पूरा हुन नदिने दृढता व्यक्त गरे । 
"सर्वसत्तावाद लाद्न खोज्दा हिजो राणाहरु जसरी तह लागे माओवादीलाई पनि कांग्रेसले त्यसैगरी तह लगाएर देखाइदिन्छु उनले चेतावनीयुक्त स्वरमा भने-जंगलबाट बन्दुक बिसाएर आउँदा आफ्नो हालत के थियो माओवादीले विचार गरोस् ।" उनले वर्तमान सत्ता गठबन्धनका विषयमा भने केही बोलेनन् । 
सभाका अर्का वक्ता नेता शेरबहादुर देउवाले माओवादीविना शान्तिप्रकि्रया पूरा नहुने भएकाले यसका लागि उसको इमानदारी प्राथमिक सर्त भएको बताए । आफूलाई मालिक सम्झने माओवादी रवैयाले संकट निम्त्याइरहेको आरोप लगाउँदै उनले शान्ति र संविधानप्रतिको पछिल्लो माओवादी प्रतिबद्धतालाई लक्षित गर्दै भने 'यदि यो रणनीति होइन भने माओवादीसँग अझै आशा गर्न सकिने ठाउँ बाँकी छ ।'उनले लडाकुको समायोजन र पुनस्र्थापना वाइसिएलको विघटन र कब्जा सम्पत्ति फिर्ता गर्न माओवादी तयार नभएसम्म शान्तिप्रकि्रया निष्कर्षमा नपुग्ने दाबी गरे । 
उपसभापति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा बाहिर गएर कांग्रेसले कुनै सम्झौता नगर्ने बताए ।'गिरिजाबाबुलाई धोका दिएजस्तो फेरि धोका दिन सकिन्छ भनेर माओवादीले नठाने हुन्छु उनले भने 'माओवादीको पछिल्लो निर्णयको परीक्षा हुन बाँकी छ जनताले आफै फैसला गर्छन् ।' उनले सातबुँदे षड्यन्त्रमूलक सम्झौताबाट बनेको सरकार लामो समय नटिक्ने भन्दै एमालेको चरम अस्वाभाविक व्यवहारले मुलुकलाई निकास दिन नसकेको दाबी गरे । उनले कांग्रेसको अगुवाइविना शान्ति र संविधानले गति नलिनेसमेत दाबी गरे । 
आमसभामा महामन्त्रीद्वय प्रकाशमान िसंह कृष्णप्रसाद सिटौला नेत्री सुजाता कोइराला नेपाल विद्यार्थी संघका पूर्वसभापति विश्वप्रकाश शर्मासहित दुई दर्जन केन्द्रीय सदस्यले बोलेका थिए । 


आमसभाका केही झलकहरु



विर्मशले त्यागे क्रान्तिकारी

क्रान्तिकारी पत्रकार संघ झापाका सदस्य विमर्श उप्रेतीले संघ परित्याग गरेको घोषणा गरेका छन । उप्रेतीले आज एक विज्ञप्ति जारी गर्दै आफू संघको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण साङ्गठानिक जिम्मेवारी परित्याग गरेको घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सदस्य समेत रहेका उप्रेतीले पत्रकारीता सम्बन्धी पेशागत संस्थाको नाममा दलीय समर्थनमा लेख्ने पत्रकारलाई राजनितिक दलले गोलबद्ध बनाएको र त्यसवाट मुलुकको सञ्चार जगत स्वतन्त्रताका दृष्टिले कमजोर बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले आगामी दिनमा कुनै दलको विशेष मुखपत्रमा संलग्न नभई सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्दै राज्यको चौथो अङ्गको गरिमालाई उच्च राख्ने समेत बताएका छन् । 

सिटौला भन्छन्- "अस्थिरता अन्त्य जरुरी छ"


शनिश्चरे (झापा), वैशाख १४ -  नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नागरिक अस्थिरताको अन्त्य गरेर अघि बढ्नु दलहरुको पहिलो दायित्व भएको बताएका छन् । 
नेपाल प्रेस युनियन झापाले बुधबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ १४ भित्र संविधान नबने के हुन्छ भन्ने जनत्रास चिर्न सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको प्रष्ट पारे । 
एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमतिबाट देशमा तीव्र राजनीतिक सङ्कट आएको दाबी गर्दै उनले माओवादी लडाकूको समायोजन र पुनः स्थापना गर्ने दलीय सहमति विपरित सेना समायोजनको तर्क माओवादीले अगाडि सार्दा समस्या उत्पन्न भएको उल्लेख गरे । 
उनले संविधानसभाको म्याद थप्ने वा नयाँ जनादेशमा जाने ठोस निर्णय काँग्रेसले गरी नसकेको प्रष्ट पारे । 
शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान काँग्रेसको लक्ष्य भएको बताउँदै उनले त्यसका लागि पार्टी राष्ट्रिय जनजागरण अभियानमा जुटेको जानकारी दिए । 
रासस

प्रथम वार्षिक साधारण सभा सम्पन्न


आदर्श कल्याणकारी समाज मेचीनगर १० बर्मेली टोलले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
समाजका अध्यक्ष नेत्रप्रसाद पराजुलीको सभापतित्व तथा रामचन्द्र उप्रेतीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले समाजको वार्षिक गतिविधि साथै १ लाख १८ हजार रुपैंया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत  गर्नुभएको थियो । 
समाजकी सदस्य कृष्ण कुमारी उप्रेतीको स्वागत तथा सचिव गणेश भण्डारीको सञ्चालन रहेको कार्यक्रममा राजन भेटवाल, रचना घिमिरे, राजकुमार कार्की लगायतले शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । 
बर्मेली टोलका २ सय ५७ घरधुरी सदस्य रहेको समाजले समाजमा सामाजिक रुपान्तरण र सदभावको अभियान सहित समाजमा कसैको मृत्यू भएका बेला आर्थिक सहयोग समेत पुर्याउदै आएको बताइएको छ ।

गठबन्धन सरकारले संबिधान बनाउँदैन– नेम्बाङ्ग


नेपाली कांग्रेसका केन्द्रिय सदस्य नरेन्द्र बिक्रम नेम्बाङ्गले नेकपा एमाले र माओबादीबीचको गठबन्धन सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र संबिधान बनाउन नसक्ने ठोकुवा गर्नु भएको छ । 
बिहिबार झापाको पूर्विउत्तर गाबिस बाहुण्डा“गीमा आयोजना गरिएको नेपाली काग्रेसका शिखर पुरुष तथा सभापति गिरिजाप्रसाद कोइरालाको स्मृति सभा र सन्त नेता कृष्णप्रसाद भट्टराईको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उक्त कुराको ठोकुवा गर्नु भएको हो । एमाले र माओबादीको सरकारलाई केटाकेटीको खेलको संज्ञा दिदंै भन्नुभयो यो सरकारले नत शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउछ नत सबिधान नै बेलामा बनाउन सक्छन । एउटा सिमित कोठाभित्र रहेर गरेको सातबुंदे समजदारी शान्ति प्रक्रियालाई निष्र्कर्षमा पु¥याउने १२ बुंदे समजदारीलाई खारेज गर्न लागेको उ“हाले आरोप लगाउनु भयो । केन्द्रिय सदस्य नेम्बाङ्गले युग पुरुष गिरिजाप्रसाद कोइरालाई सम्झदैं भन्नुभयो सभापति काइरालाको निधनले नेपाली कांग्रेस पार्टीले मात्र होइन सिङ्गो देशले एउटा अभिभावक गुमाएको छ भने सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अबका यो देशका नेताले पाठ सिक्नु पर्ने बताउनु भयो । 
  नेपाली कांग्रेस बाहुण्डागी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा महासमिति सदस्य डिल्ली सिटौला, प्रेम राई, अशोक पोखरेल, नेवि संघका केन्द्रिय सदस्य रानु पसाई, आरआर क्याम्पसका इकाइृ सभापति दिनेश थपलिया लगायतले  सन्त नेता भट्टराई आर्थिक प्रलोभनमा होइन सधै देश र जनाका निम्ति आफ्नो जीवनलाई आहुती दिन पछि नपरेको र कोइरालाले देखाएको बाटोमा हामीले हिड्न सिक्नु पर्ने बताउनु भएको थियो । 
   पार्टीका गाबिस सभापति ढुण्डीराज पौड्यालको सभापतित्वमा संम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य निरज घिमिरे र संचालन निरज साम्पाङ राईले गर्नुभएको थियो । 

राज्य कोषबाट माधव नेपालले कस-कसलाई दिए सहयोग ?


पूर्व प्रधानमन्त्री एबं एमाले वरिष्ठ नेता माधबकुमार नेपालले पदमा बहाली रहेको बेला संघसंस्था र व्यक्तिहरुलाई साढे सात करोड रुपैयाँ 'अपारदर्शी' रुपले राज्य कोषको दुरुपयोग गरेको एमालेनिकट दृष्टि साप्ताहिकले जनाएको छ ।
दृष्टि पत्रिकाले मंगलबार सार्वजनिक गरेको सूचीमा अनुसार, राजनीतिक दलका नेता, कार्यकर्ता, पार्टी भातृ संगठनको नाममा रकम वितरण गरेको उल्लेख छ । पार्टीका संगठनले सम्मेलन गर्दा लाखौं रुपैया सरकारको कोषबाट लिएको देखिएको छ । जसअनुसार माओवादी, एमाले, मालेलगायतका भातृ संगठनले सरकारको कोषबाट रकम लिएर सम्मेलन गरेका छन् । एमाले प्रजातान्त्रिक युवा संगठनका लागि एक लाख, माओवादीको किसान संघको राष्ट्रिय सम्मेलनका लागि दुई लाख, माले बिद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनका लागि एक लाख, राज्यद्वारा बेपत्ता पारिएका परिवारको सम्मेलनका लागि तीन लाख रुपैंया नेपालले वितरण गरेको जनाएको छ ।
बिवरणअनुसार राजनीतिक दलका नेतहरुले पनि आर्थिक सहयोग लिएका छन् । कांग्रेस सभापति सुशील कोइराला, पूर्व रक्षा मन्त्री बिद्यादेबी भण्डारी, अर्थमन्त्री भरतमोहन अधिकारीले, कांग्रेस नेता अर्जुननरसिंह केसी, पूर्व मन्त्री लीला कोइराला, जगतबहादुर बोगटी, अशोक राईलगायतले पनि आर्थिक सहयोग लिएका छन् । कोइरालाले १ हजार पाच सय डलर र थप बिल अनुसार, भण्डारीको पनि बिल अनुसार, अधिकारीले बिल अनुसार, केसीले दुई लाख, लीला कोइरालाले तीन लाख, बोगटीले पाँच लाख, राईले ५० हजार रुपैया स्वास्थ्य उपचारका लागि नेपालले वितरण गरेको पत्रिकाले जनाएको छ । त्यस्तै सांसद, भुपु सांसदले पनि सरकारबाट सहयोग रकम लिएका छन् ।
'पूर्व प्रधानमन्त्री नेपालले आफ्नो कार्यकालको डेढबर्षको अवधिमा करिब सात करोड ५० लाख रुयैया वितरण गरिएको छ' पत्रिकाले भनेको छ, 'सिटामोल समेत खान नपाएर गाउँगाउँमा नेपाली जनता मृत्युवरण गर्न बाध्य भइरहेको बेला आर्थिक सहायताका नाममा ठूलो धनराशी विभिन्न नेता तथा उच्च पदस्थ व्यक्तिहरुको सिफारिसमा उपलब्ध गराइएको छ ।'

फेरी अर्को दस्ता


 चैत्र २ - माओवादीले वाईसीएल खारेज गर्नुपर्ने माग उठिरहेकै बेला 'जनताको सुरक्षा गर्ने' भन्दै त्यस्तै अर्को संगठन 'जनस्वयं सेवक परिचालन ब्युरो' गठन गरेको छ । ब्युरो संयोजकको जिम्मेवारी 'जनविद्रोहलाई मुख्य कार्यदिशा मान्ने' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई दिएको छ ।
ब्युरो घोषणा नहुँदै अन्य दलहरूले यसको विरोध गरिसकेका छन् । माघ पहिलो साता बसेको केन्द्रीय समिति बैठकले स्वयंसेवक ब्युरो बनाउने निर्णय गरे पनि त्यसलाई धेरै समय गोप्य राखेको थियो । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा ब्युरो घोषणा गरिएको हो ।
 माओवादीले यो ब्युरोलाई पार्टीको खुला मोर्चाको रूपमा गठन गरेको जनाएको छ । संयोजक चन्दले माओवादी विचारसँग नजिक भएका व्यक्तिलाई समेट्न स्वयंसेवक ब्युरो गठन गरेको बताए । 'यसमा पार्टीको विचारसँग निकट व्यक्तिहरू समेटिने छन्,' उनले भने, 'यो वाईसीएलभन्दा अलि खुला खालको ब्युरो हो ।'
उनले स्वंसेवकबाट जनतालाई नयाँ तरिकाले सेवा दिने दाबी पनि गरे । ब्युरोअन्तर्गत माओवादी विद्यार्थी, मजदुर, महिला, युवा गरी करिब तीन दर्जन विभाग छन् ।
'जनतालाई नयाँ तरिकाले सेवा दिन जाँदैछौं,' उनले भने, 'राज्यसँग युवा शक्ति परिचालन गर्न योजना छैन, उनीहरूलाई विकासका काममा परिचालन गर्ने योजना लिएका छौं ।' वाईसीएल गठन गर्ने बेला माओवादीले विकास निर्माण र सुरक्षाका लागि गठन गरेको जनाएको थियो ।
चन्दले जारी गरेको विज्ञप्तिमा ब्युरोको प्रमुख उद्देश्य जनता र राष्ट्रको सेवा गर्नु रहेको उल्लेख छ । 'जनस्वंसेवक परिचालन ब्युरो र जनस्वंसेवकको प्रमुख उद्देश्य जनता र राष्ट्रको सेवा गर्नु रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'सही विचार दृष्टिकोण बोकेको संगठित नेतृत्वमा आमनागरिकहरूलाई लिएर जनतासँग सीप, क्षमता र स्रोत साधनहरूको समुचित परिचालन गरेर समाज, जनता र राष्ट्रको सेवा गर्नु महत्त्वको विषय हो ।'
स्वयंसेवक हुन उमेरको हदबन्दी नलगाइएको चन्दले जनाए । 'वाईसीएलमा १८ वर्षदेखि ४० वर्षसम्मका व्यक्ति रहन्छन्, तर यसमा उमेरको सीमा छैन ।' ब्युरोले निर्माण, ध्वस्त संरचना पुनर्निर्माण र जनसुरक्षा गर्ने योजना अघि सारेको छ । 'जनयुद्धकालमा र प्राकृतिक प्रकोपका कारण ध्वस्त भएका गाउँ, वस्ती र घरहरूको पुनर्निर्माण र जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने तर अभावयुक्त रहेका क्षेत्रहरूमा बाटो, पुल, सिँचाइ, पोखरी, स्कुल आदिको निर्माण हुनु पर्दछ,' उसको योजनामा भनिएको छ, 'राज्यको संक्रमणकालीन चरित्रका कारण जनताको चौतर्फी जीवनमा राज्यका पहुँच र नियन्त्रण नपुग्ने या अपुग रहने र त्यसबाट फाइदा उठाएर विभिन्न अपराधिक तत्त्वहरूले जनतामाथि हत्या, हिंसा, लुटपाट, कुटपिट मच्चाइरहेको सन्दर्भमा जनतासँग मिलेर आफ्नो सुरक्षाको व्यवस्था आफैं गर्दै, जनतालाई सेवा पुर्‍याउने र एक हदसम्म राज्यलाई मद्दत गर्ने कार्य भनेर बुझ्नु पर्दछ ।'
माओवादीले यो ब्युरोलाई नयाँ आयाम पनि भनेको छ । 'जनस्वयंसेवक ब्युरो र जनस्वंसेवक नेपालको विशेष राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको नयाँ आयामको रूपमा बुझ्नुपर्छ' उसले भनेको छ ।
संयोजक चन्दले यो जनविद्रोहका लागि नभई शान्ति र संविधानका लागि 'ब्याकफोर्स' भएको बताए । 'यो शान्ति र संविधानका लागि ब्याकफोर्स हो,' उनले भने, 'यसले राज्यसँग मिलेर काम गर्छ ।'
वाईसीएल संयोजक गणेशमान पुनले वाईसीएलजस्तो ब्युरोको काम नभएको बताए । 'यो वाईसीएलभन्दा फरक ब्युरो हो' उनले भने, 'जनसेवामा बढी केन्दि्रत हुनेछ ।' ब्युरोमा चन्दलगायत पोलिटब्युरो सदस्यहरू शक्ति बस्नेत, देवेन्द्र पौडेल, वाईसीएल संयोजक गणेशमान पुनलगायत १० जना छन् ।
संसद्को सोमबारको बैठकमा कांग्रेस सभासद् कमला पन्तले माओवादीले अर्को वाईसीएलजस्तै दस्ता गठन गर्न लागेको भन्दै विरोध गरेकी थिइन् ।

१२/१४ घण्टा थुनिनुपर्ने हामी भेडा बाख्रा होइनौ


  • कोरम नपुग्नु लज्जास्पद : सभामुख

चैत्र १ - सभामुख सुवासचन्द्र नेम्वाङ्गले सभासद्हरुको गणपुरक संख्या समेत नपुगेर संसद बैठक स्थगित गर्नुपर्ने 'लज्जास्पद' अवस्था आएको भन्दै दलहरुको ध्यानाकर्षण गराएका छन् । नेम्वाङ्गले सोमबार अपरान्ह प्रमुख दलका मुख्य सचेतकलाई आफ्नो कार्यकक्षमा डाकी सदनप्रति सभासद्को वेवास्ता र न्यून उपस्थितिप्रति आपत्ति जनाएका हुन् ।
सभासद्हरुले सदन 'बंक' गरेका कारण आइतबारको बैठक स्थगित गर्नु परेको थियो । सदनमा कुनैपनि विषय निर्णयार्थ पेस गर्दा कुल सदस्य संख्याको एक चौथाईको उपस्थिति अनिवार्य हुन्छ । तर आइतबारको बैठकमा ६२ सभासद् मात्र उपस्थित थिए ।
'आफ्नो बिजनेश पारित गराउनु सरकारको मुख्य दायित्व भएकाले कोरम पुर्‍याउने दायित्व पनि उसकै हुन्छ,' सभामुखको भनाई उद्घृतगर्दै संसद सचिवालय स्रोतले भन्यो-  'यो त लाजमर्दो अवस्था भयो ।' सदनमा उपस्थित हुने दायित्व प्रतिपक्षी सभासद्को पनि हुने उल्लेखगर्दै उनले प्रस्ताव चित्त नबुझे विपक्षमा मतदान गर्ने बाटो प्रयोग गर्नुपर्ने बताएका थिए ।
जवाफमा सत्तारुढ दलका सचेतकहरुले सदनमा सभासदको उपस्थिति र भूमिकामा ध्यान दिने प्रतिवद्धता जनाएका थिए । तर संसदको बैठकमा सोमबार पनि सभासद्हरुको उपस्थिति पातलो थियो । बैठक कक्षमा दलका बरिष्ठ नेताहरुलागि छुट्याईएको पहिलो रोहका अधिकांश सिट खाली थिए ।
विशेष समयमा बोल्दै माओवादी सभासद् रामबहादुर थापाले कोरम नपुग्नुको समस्याको समाधान आफैभित्र खोज्नु पर्ने बताए । 'दलका नेता र हामीबाट भएका कमजोरीको समिक्षा गर्नुपर्छ,' उनले भने । निर्धारित समयमा सदन सुरु नहुदा सभासद्हरुलाई अन्तिम समय सम्म बस्न समस्या भएको उनको जिकिर छ । 'सधै १२/१४ घण्टा थुनिनुपर्ने हामी भेडा बाख्रा होइनौं होला ?,' उनले भने- 'बेलैमा सभा सुरु गरे उत्साह जाग्ने छ ।'
सरकारी बिजनेशको अभावमा आइतबारको बैठक पनि औपचारिकतामा सिमित थियो । कार्यसूचीको औपचारिकता पुरा गर्नका लागि संसदको महिला, बालबालिका र समाजकल्याण समितिको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । सचिवालय स्रोतका अनुसार बैठकमा सम्पत्ति सुद्धिकरण र लगानी बोर्ड सम्बन्धि विधयेक कार्यसूचीमा राख्ने तयारी भएपनि अर्थमन्त्री भरतमोहन अधिकार राजधानी बाहिर भएका कारण संभवन नभएको हो । वेपत्ता खोजनविन आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक, मुलुकी ऐन प्रतिस्थापनका लागि तयार भएको देवानी र फौजदारी संहिता भने अलपत्र अवस्थामा छन् ।
बैठकले विशेष प्रस्ताव पारित गरी महाभूकम्प र सुनामीका कारण जापानमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख ब्यक्त गरेको छ । महाभुकम्प र सुनामीमा परि दिवंगत भएकाहरुको आत्मको चिरशान्तिको कामना गर्दै बैठकले शोक सन्तप्त परिवारहरुप्रति सहानुभूति र समवेदना प्रकट गरेको छ भने घाइतेहरको शिघ्रस्वास्थलाभको कामना गरेको छ ।