Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

रामेछापको शान्ति समिति झापामा

गोपाल काफ्ले
झापा, २९ असार । अन्तरजिल्ला अनुभव आदान–प्रदानका शीलशिलामा मुलुककै कान्छो जिल्लास्तरीय स्थानीय शान्ति समिति रामेछापको टोली यहाँको शान्ति समितिसँग अन्तरक्रिया गरी इलामतर्फ लागेको छ ।
बुधबार स्थानीय शान्ति समितिको कार्यालय बिर्तामोडमा आएको १५ सदस्यीय टोलीलाई समितिका संयोजक उद्धब थापा, पूर्व संयोजक झलकसिंह दर्लामी ‘सन्देश’, सचिव विजय तिम्सिना, सदस्य प्रेम घिसिङलगायतले आतिथ्यता गराउनु भएको थियो । संयोजक थापाको अध्यक्षतामा आयोजित स्वागत तथा अनुभव आदान–प्रदान कार्यक्रममा पूर्व संयोजक सन्देशले शान्ति समिति मार्फत् हालसम्म भए गरेका उपलब्धीहरुका बारेमा अवगत गराउनु भएको थियो । उहाँले राजनीतिक द्वन्द्व निरुपणका लागि शान्ति समितिको औचित्य र भूमिका प्रशंशनीय रहेको सुनाउनु भएको थियो ।
त्यसैगरी संयोजक थापाले झापामा राजनीतिक दलहरु बीचको मेलका कारण असम्भव कामहरु पनि सकारात्मक परिणाम दिने गरी निष्कर्शमा पुर्याएको तथा दलीय सौहाद्र्रताको नमूना झापामा रहेको जानकारी दिनु भएको थियो । कार्यक्रममा झापाको शान्ति समिति समावेशी स्वरुपको भएकोले उल्लेख्य उपलब्धी हाँसिल गर्न क्रियाशील रहेको सदस्य प्रेम घिसिङले बताउनु भएको थियो ।
अन्तरक्रियामा सहभागी हुँदै स्थानीय शान्ति समिति रामेछापका सचिवालय सदस्यहरु लेखबहादुर कार्की, तुलप्रसाद कँडेल र शिवजी घिमिरेले आप्mनो जिल्लामा तीन महिना अघिमात्र समिति गठन भएकोले काम गर्ने तौर तरिका सिक्न झापा आएको बताउनु भयो । मुलुकका ७५ जिल्लामध्ये ७३ जिल्लामा स्थानीय शान्ति समिति गठन भएकोमा आफ्नो जिल्लाको समिति हालसम्म कै कान्छो भएकोले अनुभव आदान–प्रदानबाट द्वन्द्व रुपान्तरण गर्न सजिलो हुने ठानेको पनि सुनाउनु भयो । झापाको शान्ति समिति मुलुककै अगुवा समितिमा परेको सुनेकोले आफूहरुको गन्तब्य यहाँ भएको पनि सो अवसरमा जानकारी दिइयो । जानकारी दिइए अनुसार तीन महिनाकै अवधिमा रामेछापका ५५ गाविसमध्ये ११ वटा गाविसमा गाउँस्तरीय समिति बनाइएको छ । सो अवसरमा समितिमा द्वन्द्व प्रभावितहरुका तर्फबाट सदस्य बनेका रामेछापका श्यामनारायण श्रेष्ठले शान्ति समिति द्वन्द्वको घाउ मेटाउने एउटा प्रभावकारी औजार बन्ने आपूmले बुझेको सुनाउनु भयो ।
कार्यक्रमको संचालन सचिव विजय तिम्सिनाले गर्नु भएको थियो । अनुभव साट्न झापा आउने रामेछापको टोली आठौं शान्ति समिति हो ।

विर्तामोडमा सामुदायिक विज्ञान उच्च मा.वि


अनलाईन डेक्स
२९ असार विर्तामाड
जिल्लाकै धेरै विद्यार्थी भएको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयले यसवर्ष देखि उच्च मावि तह सुर गर्ने भएको छ । सो विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्ययन अध्यापन गर्ने विद्यालयले जनाएको छ ।
जिल्लामा धेरै उच्चमावि रहेको विर्तामोडमा बजारमा यस अगाडी कुनै पनि सामुदायिक उच्च मावि थिएनन् । महङ्गो शुल्क तिरेर निजी उच्च मावि पढ्न नसक्ने विद्यार्थीहरुलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन देवी उच्च मावि विद्यार्थीको छनौट हुनुसक्छ– विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक लेखनाथ भट्टराईले बताउनुभयो ।
सामुदायिक उच्च मावि विज्ञान विषय पढ्न विद्यार्थीहरुले अन्यत्र टाढा जानु नपर्ने कुरा समेत उहाँले बताउनुभयो । विज्ञान विषयको पठनपाठन अंग्रेजी माध्यम र अन्य सबै नेपाली माध्यमबाट पठनपाठन हुने विद्यालयले जनाएको छ । यसअघि विर्तामोड र आसपाकका क्षेत्रमा कुनै पनि सामुदायिक उच्च माविले विज्ञान विषय राखेका थिएनन् ।

बाहुनडाँगीमा दिनभर जंगली हात्तिको ताडण्व

मुक्ती पौडेल
बाहुनडाँगी, २९ असार /अठार घण्टादेखि गाउँमा हात्तीले आक्रमण गर्दा पनि नियन्त्रण नगरेको भन्दै स्थानीयबासीले वन–रक्षकसँग हतियार खोसी तिस राउण्ड फायर गरेका छन् ।
सोमबार राति भारतबाट बाहुनडाँगी छिरेका २ वटा हात्तीले ठूलो मात्रामा मकै, धान, धानको विउ, सुपारी, फलफूल नष्ट गर्दै गाउँ आतंकितसँगै स्थानीय ५० वर्षीय राम पराजुली र समुन कार्कीलाई हात्तीले आक्रमण परी गम्भीर घाइते भएपछि आक्रोशित स्थानीय बासीले वन रक्षकको साथबाट ३ थान थ्रीनट, थ्री राइफल खोसेर ३० राउण्ड बढी गोली फायर गरेको बताइएको छ ।
खोसिएका बन्दुक आधा घण्टा पछि नेपाल प्रहरीको आग्रहमा फिर्ता गरेको प्रहरीले बताएको छ । दुई भाले पोथी हात्तीले सोमबार रातीदेखि मंगलबार साँझसम्म बाहुनडाँगी गाविसका विभिन्न स्थानमा आतंक मच्चाएको स्थानीय रमेश थापाले बताए । मंगलबार हात्ती खेदाउन हजारौं स्थानीयबासी भेला भएका थिए । त्यसै क्रममा स्थानीय ५० वर्षीय राम पराजुलीलाई हात्तीले आक्रमण गर्दा, दाहिने पाताको कम्मर मुनी नचल्ने गरी गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला वन कार्यालयले मेची अञ्चल अस्पताल पुर्याएको थियो । त्यहा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प लगिएको प्रहरीले बताएको छ । उनीसँगै घाइते भएका रमेश कार्कीको हाल धुलाबारीस्थित मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय क्षेत्रबाट वर्षाैदेखि हात्तीको क्षति वेहोर्दै आएका बाहुनडाँगीबासी हात्तीको क्षतिबाट आक्रान्त बनेका छन् । हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राहत दिलाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी जिल्ला प्रहरी प्रमुख एसपी ताराणिप्रसाद लम्साल, जिल्ला वन कार्यालय प्रमुख (डेफो) सुधिरकुमार कोइराला समेतको पहलमा हाल नेपाल प्रहरी, वन रक्षक समेतको संयुक्त गस्ती परिचालन गर्दै थप जनशक्ति सँगै अन्य समाधान र क्षतिन्यूनिकरण सम्बन्धमा पहल भइरहेको एसपी लम्सालले बताए ।
हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारलाई तत्कालै जिल्ला दैविक प्रकोपकोषबाट २५ हजार दिने निर्णय भएको प्रजिअ भण्डारीले बताए ।
प्रशासकीय अधिकृतको संयोजकत्वमा वन, कृषि गाविस सचिव स्थानीय प्रतिनिधि ३ गरी जम्मा सात सदस्य क्षति न्युनिकरण समिति बनाएको छ । जसले स्थलगत निरीक्षण गरी बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयमा सिफारिस पठाउने निर्णय भएको भण्डारीले बताए ।
मंगलबार हात्ती खेदाउन प्रहरीले १ सय ५० बढी हवाई फायर गरेको गरेको थियो । पटकपटकको हात्तीको आक्रमण सहेका बाहुनडाँगीबासीले प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

Exclusive मेची अञ्चलमा प्रहरीको निगरानी बढ्यो, १ हप्तामै २५ अभियुक्त पक्राउ परे

मुक्ति पौडेल २७ असार
काँकरभिट्टा, लामो समयदेखि अदालतले विभिन्न अपराधमा कसुरदार ठहर गरी सजाय तोकेका फरार २५ जनालाई प्रहरीले मेची अञ्चलका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा बुझाएको छ ।
अभियुक्तहरुलाई कानुनी कठघरामा उभ्याउने र बढ्दो अपराधिक गतिविधि नियन्त्रण गर्न अञ्चल प्रहरी कार्यालय मेचीले चारैजिल्लाका सीमावर्ती क्षेत्रमा निगरानी बढाएपछि एक हप्तामा २५ जना अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको छ भने य
सै अवधिमा १३ वटा चोरीका मोटरसाइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख रविराज श्रेष्ठले बताए ।
पक्राउ पर्नेहरुमा सुरुंगा–४का अर्जुन भट्टराई जबरजस्तीकरणीको अभियोगमा ५ वर्ष कैद तोकेको थियो । उनलाई असार १९ गते पक्राउ गरी जिल्ला अदालत झापामा बुझाएको हो । त्यसैगरी मानबहादुर तामा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी १ वर्ष कैद, सुरुंगा – ७ का भूपाल कार्की काठ तस्करी अभियोगमा ६ महिना सजाय, हरि प्रसाई ठगी, इलाम सिद्धिथुम्काका जीवन राई ठगी लगायत २५ जनालाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले बताएको छन् ।
अभियोगमा बहुविवाह, अपहरण, जबरजस्तीकरणी उद्योग, कुटपिट, लुटपाट, चन्दा संकलन, ठगी, धनमाला डाका, आगोलगाएको लगायतका अपराधमा कसुरदार ठहरिएका झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायतका स्थानमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए । दश, बाह्र वर्ष अगाडि अपराध गरेर फरार रहेका अभियुक्तहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कर्यालयका प्रमुख (एसपी) तारणीप्रसाद लम्सालले बताए ।
झापाको सुरक्षाको जिम्मेवारी एम्हालेपछि शान्ति सुरक्षाको जनतालाई अनुभूति दिलाउँदै अपराधिक क्रियाकलाप नियन्त्रणसँगै अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्रहरी टोली खटाई अपरेशन सुरु गरेको बताए । लम्सालले सूचना जनताको नैसर्गिक अधिकार हो भन्ने मुख्य उद्देश्यले एक हप्तादेखि प्रत्येक दिन भए गरेका सूचनालाई सञ्चारकर्मीहरुको मेल एड्रेसमा अपडेट गर्ने गरेको र जुनै समयमा पनि सूचना दिन सक्ने व्यवस्था गरेको छ । यो सम्वत जिल्लामा पहिलो हो ।
मेची अञ्चलमा विभिन्न समयमा अपराध गरी फरार अयभुक्तहरुको २५ सयदेखि ३ हजारसम्म संख्या रहेको प्रहरीको रेकर्डमा छ । अञ्चल प्रहरी कार्यालय मेचीका अनुसार एक हप्तामा एक दर्जन बढी मोटरसाइकल पक्राउ गरी भन्सार बुझाएको छ ।
विशेष गरेर मेची अञ्चलका भारतसँग सीमा जोडिएका सम्भावित नाकाहरुमा निगरानी बढाएको छ ।
हालसम्म भएका अपराधमा बढी चोरीका मोटरसाइकल प्रयोग भएको पाइएका छ । हालसम्म चोरी, अपहरण, हत्या, लुटपाट, लागूऔषध ओसारपसार, हातहतियार तथा विष्फोटक पदार्थ, जस्ता अपराध मोटरसाइकलकै प्रयोगबाट नै बढी भएको पाइएको छ । त्यसैलाई मध्यनजर गर्दै संयुक्त ट्राफिक चेकिङसँगै निगरानी बढाएको एसएसपी श्रेष्ठले बताए । अपराधिक गतिविधिमा प्रहरी कर्मचारीको मिलेमतो हुने सम्भावित अवस्थालाई ध्यानमा राखी जिल्लामा लामो समयदेखि बसेका प्रहरी कर्मचारीहरुलाई छिट्टै सरुवा गर्ने र इमान्दारितासँगै कर्तव्य पालना गर्ने गराउने कामको थालनी भएको श्रेष्ठले बताए ।
वर्षाैदेखि अपराध गरी कानूनका आँखा छलेर खुलेआम रहेका अपराधिकलाई ढिलै भए पनि प्रहरीले तदारुकता देखाएर कानूनको कठघरामा उभ्याउने कामको थालनी नगरेको खबरले नागरिक समाजले प्रहरीले गरेको कामको प्रशंसा गरेका छन् । प्रहरीले सीमा क्षेत्रमा हुने सम्भावित घटनालाई नियन्त्रण गर्न सुरु गरेपछि सीमावर्ती भारतीय क्षेत्रमा नेपाली सवारी साधन मोटरसाइकल प्रवेश गर्न कडाई गर्न थालेको इलाका प्रहरी कार्यालय काँकभिट्टाका प्रमुख चन्द्र राजवंशीले बताए ।

बाढीको जोखिममा हडिया पुल

काँकडभिट्टा, अषाढ २७ -
भरखरै निर्माण सम्पन्न झापाको ज्यामिरगढी र सदरमुकाम चन्द्रगढी जोड्ने हडिया खोलाको पुल जोखिममा परेको छ । पुल वरपरको क्षेत्रमा बाँध निर्माण नहुँदा बाढीले पुल भत्काउने खतरा बढेको हो ।
'समयमा रोकथाम नगरी पुललाई असर पुग्न सक्छ,' निर्माण समितिका अध्यक्ष तारावीर कट्वाल भन्छन्, 'दीर्घकालीन रोकथामको आवश्यकता छ ।' सरकारको २ करोड २१ लाखको लागतमा २०६५ सालदेखि थालिएको पुल निर्माण हालै सम्पन्न भएको छ ।
तर, हडिया खोलामा बाध नबनाइँदा पुल भत्कन सक्ने खतरा बढेको छ । पुलको पूर्व र पश्चिमको भाग वढी जोखिममा रहेको अध्यक्ष कट्वालको भनाइ छ । उनका अनुसार साउनको पहिलो साता प्रधानमन्त्रीले पुल उद्घाटन गर्ने कार्यक्रम छ ।
पुल निर्माणपछि झापाको धुलावारी हुँदै सदरमुकामसम्मको दुरी छोटिएको छ । हाल पुर्व पश्चिम राजमार्गको चारआली हुँदै सर्वसाधारण तथा पर्यटक सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । तर, पुलको निर्माणपछि सोझै धुलावारी, ज्यामिरगढी हुँदै सदरमुकाम पुग्न सहज हुने छ ।
बाहुनडाँगी, शान्तिनगर, दक्षिणी इलामका अधिकांश गाविसका साथै भारतको पश्चिम वंगालका दार्जिलिङ सिलिगुडीलगायतका क्षेत्रबाट आउने सर्वसाधारणका लागि यो मार्ग उपयुक्त ठहरिने अध्यक्ष कटवाल बताउँछन् । उनका अनुसार अब करिब १७ किलोमिटर यात्रा छोटिने छ ।
Via Source:-
पर्वत पोर्तेल/कान्तिपुर

विश्वप्रसिद्ध पुस्तक 'सुप्रिम गड' अब नेपालमा

काठमाडौ, २६ असार विश्वभरीमा सर्वाधिक विक्री भएको पुस्तकको सूचिमा सूचिकृत पुस्तक सुप्रिम गडको शनिवारमा नेपालमा विमोचन भएको छ ।
अमेरिकामा प्राध्यापक पेशमा संलग्न नेपाली नागरिक जितेन्द्र ध्वज खाँणद्धारा लिखित पुस्क सुप्रिम गडको शनिवार पूर्व प्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले गरेका हुन ।
अमेरिकाको रोजडग बुक्स, पेन्सिलभेनिया, पिटर्सबर्गले प्रकासित गरेको पुस्तक सुप्रिम गडमा लेक खाँले पूर्वीय सनातन धर्म, पूर्वीय धर्म दर्शन र पश्चिमा धार्मिक दर्शनलाई फ्यूजन गरेर भगवान, ईश्वर र परमेश्वरको रुपमा भगवानलाई विभाजन गरेका छन् । उनले ब्यक्ति र राष्ट्र जस्तै परमेश्वरको पनि शरिर, ईन्छा, विद्धता र काम हुने ब्याख्या पुस्तकमा गरेका छन् । उनले संसार परमेश्वरको शरिर भएको दावी पुस्तकमा गरेका छन्
शक्ति, धर्म र परमेश्वरको पुण्यभूमि नेपाल भएको प्रष्ट्याउँदै उनले आफ्नो प्रसिद्ध पुस्तकमा बेद र दुर्गा कवचलाई सबै धर्म साहित्यको पुर्खा पनि भनेका छन् । उनले आफ्नो पुस्तकमा राजनीति, अर्थनीति, धर्म समाज सबैका दर्शन र आर्दशलाई समेटेको भन्दै संसारमा परमेश्वर देखि
ब्यक्तिको नौ वटा ईन्ट्रेष्ट हुने तथ्य आफ्नो पुस्तकले प्रमाणिक रुपमा प्रस्तुत गरेको दावी गरे । उनले एउटा मान्छेले हजारौ पुस्तक पढेर पाउने ज्ञानलाई समयको बचत गराउने उदेश्यले एकै पुस्तकमा समेटेको भन्दै यो सबैकोलागी उपयोगी हुने विश्वास ब्यक्त गरे ।
उनका अनुसार २० वर्षसम्म निरन्तर धर्म ग्रन्थको अध्ययन र विश्लेषण गरेर १० बर्ष लगाएर पुस्तकको प्रकासन गरेको जानकारी दिए । खाँडले यो पुस्तक लेख्ने क्रममा दिनको १७ घण्टासम्म एकान्तको खोजीमा बाथरुममा बसेर अध्ययन गरेका थिए ।

एसएलसी नतिजा शून्यपछि प्रअले दिए राजीनामा

लगातार दुई पटक एसएलसी नतिजा शून्य भएपछि महेन्द्र रात्रि माविका प्रधानाध्यापक विमल कोइरालाले पदबाट राजीनामा दिएका छन् । होटल र घरेलु मजदुर बालबालिका पढ्ने उक्त विद्यालयबाट एसएलसी दिएका २३ विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
गत वर्ष ३२ जनाले दिएकामा सबै असफल भएका थिए । 'एसएलसी नतिजा लगतार दुई पटक शून्य भयो,' कोइरालाले भने, 'नैतिक रूपमा प्रधानाध्यापकको हैसियतमा बसिरहन मन नलागेपछि व्यवस्थापन समितिसमक्ष राजीनामा दिएको छु ।' राजीनामा स्वीकृत भइसकेको छैन ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै कोइरालाले व्यक्तिगत खर्चमा विद्यार्थीलाई वि
ज्ञान, गणित र अंग्रेजी विषयको कोचिङ पढाएको तर पनि कोही उत्तीर्ण हुन नसकेको उनले बताए ।
गणित र विज्ञान विषयमा अधिकांश विद्यार्थी उत्तीर्ण भए पनि सामाजिक र अंग्रेजीमा अनुत्तीर्ण पाइएको उल्लेख गर्दै कोइरालाले १२ जनाले पूरक परीक्षा दिने मौका पाएको बताए । साँझ ५ देखि ९ बजेसम्म पढाइ हुने विद्यालयमा कक्षा ६ देखि १० सम्म २ सय विद्यार्थी छन् ।
महेन्द्र मावि विराटनगर, जनपि्रय मावि ववियाविर्ता, महेन्द्र मावि वारङ्गी र भोगटेनी मावि भोगटेनीको पनि नियमिततर्फ नतिजा शून्य भएको शिक्षा कार्यालयका उपसचिव अशोक कालाखेतीलेे बताए । त्यस्तै, आदर्श उच्चमावि विराटनगर, नगरग्राम मावि टंकी, महेन्द्र मावि केराबारी, शिवशक्ति मावि सोराभागको खुलातर्फको एसएलसी नतिजा शून्य छ ।
मोरङमा सामुदायिक विद्यालयबाट नियमिततर्फ ११ हजार ४ सय ४८ परीक्षार्थी थिए । तीमध्ये ३ हजार १ सय ९३ जना उत्तीर्ण भएका छन् । संस्थागततर्फ ४ हजार ३ सय ५९ रहेकामा ४ हजार ९६ उत्तीर्ण भएका छन् ।
Via Source:- Ekantipur

प्रचार प्रसारको आधा रकम विकास निर्माणमा खर्च गरौं ।

पर्यटन वर्ष सन् २०११ को मध्यावधिमा झापा जिल्ला ट्राभल एजेन्सी संघका अध्यक्ष नेत्र कार्कीसँग मेचीनगर अनलाईनले लिएको विशेष अन्तरवार्ता
उनले नेपालको प्रचार प्रसारमा जति रकम खर्च भएको छ त्यसको ५० प्रतिशत रकम पर्यटकीय क्षेत्रको विकासमा
खर्चिनु हो भने पर्यटकको आगमन बढ्ने बताउँछन् ।
 झापामा पर्यटन वर्ष २०११ को रौनकता कस्तो छ ?
 वास्वतमा भन्नु पर्दा पर्यटन वर्ष २०११ को प्रचार प्रसार चाहिँ तीब्र रुपमै भएको हो । नीति नियम पनि बने तर राजनीतिक अस्थिरताका कारण खासै प्रभावकारी बन्न सकेको छैन । सरकार पनि परिवर्तन भएका कारण सोचे अनुरुप सफलता हात पार्न सकिएको छैन ।
 पर्यटन वर्ष २०११ मा यस संघले कस्तो भूमिका निभएको छ ?
हामी कुनै पनि कार्यमा चुकेका छैनौं । पर्यटन वर्षको सुरुवातमा यस संघले गरेका कार्यक्रम निकै प्रभावकारी पनि भए । झापामा भएका पर्यटकीय स्थलहरुको अवलोकन गरी प्रचारप्रसार कार्यमा तीब्रता पनि नआएको होइन तर सरकारको कमजोर नीति नियम अनि बीचमा भएको सरकार परिवर्तनका कारण सो कार्यले निरन्तरता पाउन सकेन ।  अब के गर्दा चाँहि बढी पर्यटक भित्र्याउन सकिन्छ त ?
 प्रचार प्रसारको हिसाबमा नेपाल सधै अगाडि नै छ । यसलाई थप प्रचारप्रसारको आवश्यकता देखिदैन । सगरमाथाको देश नेपाल, भगवान गौतम बुद्धको जन्मभुमी यी दुई कुराले नै हामी प्रचारात्मक छौं । अहिले प्रचार प्रसार भनेर जति रकम राज्यले खर्चिएको छ । त्यसको आधा प्रतिशत रकम पर्यटकीय क्षेत्रको विकासमा लगाउन सक्दा पर्यटकको आगमन स्वत बढ्छ । देशमा राजनीतिक अस्थिरताको अन्त्य, बन्द, हड्ताल सधैका लागि बन्द, शान्ति सुरक्षामा प्रतिवद्ध भए विदेशी पर्यटकहरुको ओइरो लाग्न सक्छ नेपालमा ।
जिल्लामा ट्राभल व्यवसाय कसरी सञ्चालन भएको छ ?
 तुलनात्मक रुपमा भन्नुपर्दा अहिले झापा जिल्लाभरि ६० ७० को हाराहारीमा ट्राभल एजेन्सीहरु सञ्चालनमा छन् । तीमध्ये दर्ता भई वैध रुपमा कानुनको दायरामा रहेर सञ्चालन भएका एजेन्सीहरु चाँहि २० को हाराहारीमा मात्र छन् । अवैध रुपमा सञ्चालनमा रहेका अन्य ट्राभल एजेन्सीहरुलाई करको दायरामा ल्याउने काम झापा जिल्ला ट्राभल एजेन्ट संघले गरेको छ । अतः एक वर्षभित्रमा झापाका सबै ट्राभल एजेन्सीहरु कानूनको दायरामा आउने छन् भन्नेमा हामी आशावादी छौं ।
 संघको भावी कार्ययोजना के कस्ता छन् ?
 खासै कार्ययोजना तयार गरेका छैनौ । पर्यटन वर्ष २०११ को उपलक्ष्यमा तत्कालै टिसर्ट बाँड्ने कार्यक्रम रहेको छ । वास्तवमा भन्नु पर्दा यस संघमा पनि आर्थिक अभाव भइरहेको छ । सरकारी संघसंस्था, जिविस, नगरपालिका लगायत अन्य पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यालयहरुबाट कुनै सहयोग प्राप्त हनु नसकिरहेको अवस्थामा कसरी कार्ययोजना तयार गर्ने ? सरकारले नीति नियम त बनायो तर कार्यान्वयन गर्न नसक्दा पर्यटन वर्ष २०११ मा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्या झन् घट्दो क्रममा छ ।
 अन्त्यमा ?
 पर्यटन वर्ष सन् २०११ लगभग असफल भएकै मान्नुपर्छ । किनकि पर्यटक आगमनमा झन् कमी आएको छ । देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी समयमै संविधान निर्माण होस् । अनिमात्रै देशमा पर्यटकहरुको आगमनमा वृद्धि हुनेछ । पर्यटन आगमनमा देखिएका चुनौतीहरुलाई तत्काल समाधानको प्रयास राज्यले खोज्नु पर्छ । अनिमात्र हामी सफल हुनेछौं ।

झापाका पब्लिक क्याम्पसहरु धरापमा


झापा २३ असार/ झापामा प्लसटुको संख्या अत्याधिक बढीरहेको र आम मानिसले प्लटुलाई सेवामुलक नभई ठूलो आर्थिक कारोवार गर्ने व्यापारको रुपमा लिइरहेका बेलामा आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएका जिल्लाका अधिकांश सामुदायिक (पब्लिक) क्याम्पसहरु आर्थिक संकटमा छन् ।
स्थायी र नियमित आयस्रोत नहुनु, विद्यर्थाी संख्या घट्दै जानु, पुरानै शुल्कमा विद्यार्थीलाई पढाउनु र सञ्चालनक समितिले चासो नदिएका कारण सामुदायिक क्याम्पसहरु संकटमा परेका हुन् । जिल्लामा रहेका दुई दर्जनभन्दा बढी त्यस्ता क्याम्पसहरु संकटग्रस्त छन् ।
दमक बहुमुखी क्याम्पस, गौरीगञ्ज क्याम्पस, काँकरभिट्टा उच्च मावि, सतासी चन्द्रगढी, मदा आश्रित बहुमुखी क्याम्पस केर्खा, गौरदह बहुमुखी क्याम्पस, मेची क्याम्पस भद्रपुर, धुलाबारी क्याम्पस, त्रिदेव क्याम्पस, अनारमनी पब्लिक क्याम्पस, जनजागृति बहुमुखी क्याम्पस गोलधाप, शनिश्चरे बहुमुखी क्याम्पसलगायतका क्याम्पसको आर्थिक अवस्था नाजुक रहेको क्याम्पस सम्बद्धहरु बताउँछन् ।
जिल्लामा नाम चलेको दमक बहुमुखी क्याम्पसले वर्षेनी ६० लाख रुपैयाँभन्दा बढी घाटा व्यहोर्नु परेको क्याम्पस प्रमुख हरिप्रसाद जैसवालले बताए । ३ वर्षयता क्याम्पसको आर्थिक अवस्था संकटमा परेको उनी बताउँछन् । समयानुकूल विद्यार्थी मासिक शुल्क र नियमित आन्तरिक आयस्रोत नभएकाले क्याम्पसले घाटा व्याहोर्नु परेको उनको भनाई छ । उनले भने–‘शुल्क बढाइएको छैन, पुरानै शुल्कमा पढाइरहेका छौं ।’
दमक क्याम्पसमा तीन हजारमा विद्यार्थी अध्ययनरत छन् । २५ देखि ३० प्रतिशतसम्म विद्यार्थीको शुल्कमा वृद्धि गरे यो समस्या नरहने उनले बताए । हाल क्याम्पसले प्सलटुलाई ३ सय २० रुपैयाँ र स्नातक तहलाई ४ सय रुपैयाँ मात्र मासिक शुल्क लिइरहेको छ ।
दक्षिण पश्चिम गाविस गौरीगञ्जमा सञ्चालित गौरीगञ्ज क्याम्पसले पनि आर्थिक संकट खेपिरहेको क्याम्पस प्रमुख केदार रिमालले बताए । उनले भने –‘२ लाख ८० हजार रुपैयाँ वार्षिक घाटा व्योहोरिरहेका छौं ।’ विद्यार्थी शुल्क र क्याम्पसको जग्गाबाट आएको आम्दानीले शिक्षकको तलब र प्रशासन खर्च जुटाउने धौ–धौ परिरहेको उनले बताए । उनका अनुसार क्याम्पसमा वर्षेनी शिक्षक र कर्मचारीलाई ३ महिनाको तलब अपुग हुन्छ । यो वर्ष पनि शिक्षकहरुलाई एक महिनाको तलब दिन नसकेको क्याम्पस प्रमुख रिमालले बताए ।
बीबीएस र बीएड संकाय मात्र पढाई हुने काँकडभिट्टा उच्च माविको आर्थिक अवस्था उस्तै छ । वर्षेनी प्रशासनिक खर्च र शिक्षकलाई तलब दिन बाहेक क्याम्पसको भौतिक निर्माणमा कुनै लगानी थप्न नसकिएको क्याम्पस प्रमुख यज्ञराज प्रसाईले जानकारी दिए । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिजय संघ र जिविसले आर्थिक सहयोग नगरे क्याम्पसले वर्षेनी ५ लाख रुपैयाँ नोक्सान व्यहोर्नु पनर््े उनले बताए ।
२०६० सालदेखि सञ्चालनमा रहेको यस क्याम्पसलाई अनुदान आयोग सानोठिमीले वर्षेनी १ लाख रुपैयाँ, जिविसले १ लाख रुपैया, मेचीनगर नगरापलिकाले २ लाख रुपैया आर्थिक स्रोत दिँदै आएको छ ।
सरकारी अनुदान र स्थानीय संघ–संस्थाको दानको भरमा सञ्चालन भइरहेका सामुदायिक क्याम्पसलहरुले शिक्षण शुल्क वृद्धि गरे केही राहन हुने एकथरीको धारणाा छ । तर, त्यसरी शुल्क बढाँउदा विद्यार्थीहरु झ्न घट्ने त्रास पनि छ ।
समाचार स्रोत: पूर्वीद्धारा काँकडभिट्टाबाट प्रकाशित हुन जनसंसद दैनिक

रातो पासपोर्ट किन्नको लागि ७० लाख मागियो

सुब्रत न्यौपाने
झापा, २२ असार
कूटनीतिक राहदानी (रातो पासपोर्ट) बेचेको अभियोगमा सभासद्हरू जेल जाने क्रम तीव्र भइरहेका वेला सभासद् विश्वदीप लिङदेनले आफूलाई पनि रातो पासपोर्ट खरिदका लागि ७० लाखको प्रस्ताव आएको खुलासा गरेका छन् । ७० लाखको प्रस्ताव राख्नेलाई कारबाही गर्ने चेतावनी दिएर फर्काएको उनको दाबी छ ।
झापा क्षेत्र नम्बर-७ का सभासद् लिङदेनले दमकमा बुधबार कार्यक्रम गरेर माओवादी, एमाले र कांग्रेसका स्थानीय प्रतिनिधिलाई कूटनीतिक राहदानी बुझाएका छन् । सोही कार्यक्रम उनले यसअघि आफ्नो रातो पासपोर्ट खरिदका लागि ७० लाख रुपैयाँको प्रस्ताव आएको खुलासा गरेका हुन् । तर, उनले राहदानी किन्न खोज्ने व्यक्तिका विषयमा भने केही खुलाएनन् । 'मलाई ७० लाखको प्रस्ताव आएको थियो, तर मैले कारबाही गर्ने चेतावनी दिएर फर्काइदिएँ,' उनको भनाइ थियो । अन्य सभासद्ले रातो पासपोर्ट बेचेर सभासद्को गरिमा घटाएकाले सकारात्मक सन्देश दिन सर्वदलीय संयन्त्रलाई पासपोर्ट बुझाएको उनले बताए ।
सभासद् लिङदेनले आवश्यकता परेको समयमा उपयोग गर्ने र पछि पुनः फिर्ता गर्ने प्रतिबद्धतासहित आफूले दलका स्थानीय नेतालाई राहदानी बुझाएको बताए । उनको कूटनीतिक राहदानी (रातो पासपोर्ट) माओवादीका पारसमणि राई, कांग्रेसका जिल्ला समिति सदस्य टीकाराज सापकोटा र एमालेका जिल्ला कमिटी सदस्य मणिकुमार भण्डारीले बुझेका थिए । राहदानी हस्तान्तरणपछि सामाजिक न्यायका लागि सञ्चार समूहले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद् लिङदेनले प्रयोग गर्नु परे पनि दलहरूको रोहवरमा गर्ने बताए । 'मेरो पदावधि रहेसम्म दलका प्रतिनिधिको रोहवरमा राहदानी प्रयोग गर्छु र पदावधि सकिएपछि सरकारलाई बुझाउँछु,' उनले भने ।
Via Source:- नयाँ पत्रिका

समाचार फ्लोअप फेरी पनि भाँचिदैछ कल्भर्ट

काँकडभिट्टा, अषाढ २३-
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका २ को ढुकुरे कल्भर्टको डाइभर्सन निर्माणलगत्तै भत्किएको छ । डिभिजन सडक कार्यालय दमकले करिब ८ लाखको लागतमा डेढ महिना लगाएर निर्माण गरेको डाइभर्सन भत्किएको हो ।

ढुंगा जाली र ह्युमपाइप लगाएर निर्माण गरिएको डाइभर्सन भत्किएको हो । केही दिन सवारी आवातजावत गराइएको डाइभर्सन अहिले कामै नलाग्ने भएको छ । गत वर्षको बाढीले भास्सिएको ढुकुरे कल्भर्ट मर्मतका लागि सडकले ८ लाख खर्चिएर डाइभर्सन बनाएको हो ।
'डेढ महिना लगाएर निर्माण भएको थियो,' एक स्थानीयबासी भन्छन्, 'निर्माण सकिएको लगत्तै भत्कियो ।' सडकले कल्भर्टलाई भार नपरोस् भनेर उत्तरतिर अल्पकालीन वैकल्पिक मार्ग समेत सुचारु गर्ने उद्देश्यले डाइभर्सन निर्माण गरेको हो । तर, बर्षाले भत्काएपछि २० औं टन भारवाहक सवारी भास्सिएको सडकबाटै गुडिरहेका छन् । सडक कार्यालयका अनुसार कल्भर्ट मर्मतका लागि भनेर २० लाख रुपैयाँमा ठेक्का पनि लगाइसकिएको छ । कल्भर्टको पूर्व पश्चिम दुवैतिर ग्याबिन वाल लगाएर मर्मत गरिने कार्यालयले जनाएको छ । कार्यालय प्रमुख हरिकुमार न्यौपानेले दुवैतिरको इँटाको ग्याबिन वाल भत्किएकाले त्यो पूर्णरूपमा हटाएर कंक्रिट वाल लगाउनेछौं । दमकस्थित प्रणीण निर्माण सेवाले मर्मत ठेक्का लिएको छ । तर, बर्षा लागेपछि काम सुरु गर्ने परम्पराका कारण लाखौं खर्चिएर निर्मित डाइभर्सन भत्किएर प्रयोगविहीन हुन पुगेको छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार ठेक्का ढिलो लागेर काम पनि ढिलै सुरु भएको स्वीकार्छन् । 'बर्षा लागेपछि काम थाल्दा यस्तै हुँदो रहेछ,' न्यौपाने भन्छन् ।
कल्भर्ट निर्माणसम्बद्ध ठेकेदारले बेवास्ता गर्दा सवारीसाधनले जोखिमपूर्ण आवातजावत गरिरहेका छन् । आर्थिक वर्ष सकिन केही दिनमात्रै बाँकी रहँदा ठेकेदारले काम अघि बढाएको छैन । ठेकेदार प्रकाश बर्षाका कारण काम गर्न नसकिने बताउँदै भदौ, असोजबाट मात्रै काम थाल्ने बताउँछन् ।
केही समय अगाडी मेचीनगर अनलाईनले राखेका समाचारहरु

कल्भर्ट भासिँदा राजमार्ग ठप्प/कटान जारी/सयाँै विस्थापित
अर्को कल्भर्ट पनि भासिने खतरामा


हात्तिले भत्कायो घर


काँकडभिट्टा, अषाढ २१ -
भारतीय जंगली हात्तिको एक झुण्डले सोमबार राति झापाको मेचीनगरनगरपालिका १० नकलबन्दा क्षेत्रका चार सर्वसाधारणको घर भत्काएको छ । करिव १० बजेतिर नकलबन्दा प्रवेश गरेको हात्ती समूहले स्थानीय रणबहादुर तामाङ, बलु उराउ, कुनिमा राजवंशी र श्याम थापामगरको घर भत्काएको हो । तामाङको घर भत्काउनुका साथै धान, मकैलगायतका अन्नबाली नष्ट गरेको थियो । उनको करिव ७७ हजार ३ सय रुपैयाँका अन्नबाली र घर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । त्यस्तै उराउको घर भत्काएर लत्ता कपडासहित ८८ हजार वढीका क्ष्ाति भएको छ । राजवंशीको ४१ हजार र मगरको करिव ५ हजारको क्ष्ाति पुगेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

{नेपाल बंगलादेश व्यापार} १३ वर्षमा पनि सफल भएन पारवहन मार्ग

प्रकाश पौडेल
२१ असार/ मेचीनगर झापा
नेपालले फूलबारी बंगलावन्ध पारवहन मार्ग उपभोग गर्न पाएको १३ वर्षमा पनि कुनै सफलता हात पार्न सकेको छैन । नेपाल, भारत र बंगलादेशबीच २०५४ सालमा भएको त्रिपक्षीय सम्झौताका आधारमा नेपालले फूलवारी–बंगलाबन्ध पारवहन मार्ग उपभोग गर्न पाएको हो । तर यो मार्गबाट खासै व्यापारमा वृद्धि भएको देखिदैन । बंगालादेशको सिमानाबाट ५० किलोमिटर टाढा मात्र भन्सार कार्यालय छ । यसको पूर्ण फाइदा भारतीय बन्दरगाहमा पुगेको देखिन्छ । भारतीय बन्दरगाहमा हुने झन्झट, ढिलासुस्ती र एकाधिकारले गर्दा पनि नेपाललाई यो पारवहान मार्गवाट उपेक्षित सफलता हात पर्न नसकेको हो ।
हाल, अलैची, अम्रिसो, अदुवा, टमाटर, सुन्तला, मह, बन्दागोभी, रोजीन टर्पाइन, चाउचाउ, चियापत्ती, गुवा सुपारी प्लाइउड तेजपत्ता लगायतका नेपाली उत्पादनहरुको बंगलादेशमा अत्याधिक माग गरिएको छ । तर मागको ५ प्रतिशत पनि निर्यात हुन सकिरहेको छैन । साथै बंगलादेशी उत्पादनहरु समेत नेपाली बजारमा आइपुग्न सकेको छैन् । सनपाट, वेस्टकरन गार्मेन्ट, ईट्टा, मेृलामाइन, माटा, सिद्राको सुकटी लगायतका बंगलादेशमा उत्पादन गरिएका बस्तुहरुको माग नेपाली बजारमा पनि अत्याधिक रहेको छ ।
बंगलादेश र नेपाल बीचको व्यापारमा देखिएको उदासिनताको प्रमुख कारण भन्सार प्रक्रियाको झन्झटिलोपन नै हो । मेचीनगरमा ४० करोडको हाराहारीमा सुख्खा बन्दरगाह (आईसीडी) को सञ्चालन भइसकेको अवस्था छ । तर भारतको नाका पानीटंकी र बंगलादेशको नाका फूलबारीमा बन्दरगाहको निर्माण हुन सकिरहेको छैन । जसको फलस्वरुप पारवहान मार्गवाट तेस्रो देश व्यापारमा नेपाल असफल भएको हो । यो पारवहन मार्ग सफल पार्न र तेस्रो देश व्यापारमा सफल पार्न अहिले मेचीनगरका व्यवसायीहरु लागिपरेका छन् । भारत र बंगलादेश सरकारसंग सुविधा तथा व्यापार विस्तारका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने व्यवसायीहरु बताउँछन्

यसैक्रममा मेची उद्योग बाणिज्य संघ, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा क्षेत्रिय तथा द्धिपक्षिय व्यापार अभिवृद्धि विषयक अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ ।

बन्यजन्तु चोरीशिकारी गर्ने रंगेहात पक्रउ

भारतबाट नेपाल भित्र्याइँदै गरेको जनावरको हाडसहित इलाममा दुइ जना पक्राउ परेका छन् । उनीहरुले ल्याएको जनवारको हाडको पहिचान हुन नसकेपनि पक्राउ परेकाहरुले चितुवाको हाड भएको बताएका छन् । संखुवासभाको किमाथाङ्क गाविस वडा नं ४ का ३० बर्षिय दावा च्यावा भोटे र लाचा भोटे जनावरको हाडसहित पशुपतिनगरबाट हिजो साँझ पक्राउ परेको इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रहरी निरीक्षक देवेन्द्र पाण्डेले बताउनुभएको छ । भारतबाट नेपाल भित्र्याइँदै गरेको जनावरको हाडसहित इलाममा दुइ जना पक्राउ परेका छन् । उनीहरुले ल्याएको जनवारको हाडको पहिचान हुन नसकेपनि पक्राउ परेकाहरुले चितुवाको हाड भएको बताएका छन् । संखुवासभाको किमाथाङ्क गाविस वडा नं ४ का ३० बर्षिय दावा च्यावा भोटे र लाचा भोटे जनावरको हाडसहित पशुपतिनगरबाट हिजो साँझ पक्राउ परेको इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रहरी निरीक्षक देवेन्द्र पाण्डेले बताउनुभएको छ ।

फरार अभियुक्त पक्राउ अभियान, पाँच दिन १० पक्राउ


झापा (काँकडभिट्टा), अषाढ २० - झापा जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियान सुरु गरेको पाँच दिनमै १० जनालाई पक्राउ गरेको छ । विभिन्न अभियोगमा अदालतले कसुर ठहर्याए पनि फरार रहेका अभियुक्तलाई पक्रिन प्रहरीले असार १५ गतेदेखि विशेष अभियान सुरु गरेको हो ।

खोजतलासका क्रममा पाँच दिनमा १० जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ पर्नेहरूमा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा दुई वर्षदेखि छ वर्षसम्म कैद सजाय तोकिएका चार अभियुक्त छन् । उनीहरूमा सुरुङ्गा–४ का अर्जुन भट्टराई, गरामनी–५ का गङ्गा न्यौपाने, अर्जुनधारा–६ का राजेन्द्र बराइली र बुधबारे–६ का अनिल कार्की रहेका छन् ।

एकजना हत्या, दुई जना ठगी, एक जना काठ ओसारपसार, एक जना सरकारी छाप दस्तखत कीर्ते र अर्का एकजना बहुविवाहसम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुरुङ्गा–९ का हरिप्रसाद सङ्ग्रौला र शनिश्चरे–७ का सुकदेव सिटौला ठगी, चकचकी–६ का मानबहादुर तामाङ सरकारी छाप कीर्ते, खुदुनाबारी–९ का वीरबहादुर राई बहुविवाह, सुरुङ्गा–७ का भूपाल कार्की लकडी ओसारपसार मुद्दाका अभियुक्त हुन् । पक्राउ परेका हत्या अभियुक्त महेशपुर–३ का सुनिल सोरेन विगत नौ वर्षदेखि फरार थिए ।

जिल्ला अदालतद्वारा कसुरदार ठहर्याइएका फरार अभियुक्तको सङ्ख्या एक हजार तीनसय भन्दाबढी रहेको प्रनाउ माझीले जानकारी दिए । अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरीले सो अभियान सुरु गरेको हो ।

रासस

होटल व्यवसायीबीच चर्को विवाद


काँकडभिट्टा, अषाढ २० -
निर्वाचित भएर काम नथाल्दै होटल व्यवसायी संघ झापाको नयाँ समिति विवादमा परेको छ । आवश्यक गणपुरक संख्या अपुग रहेको सभाबाट विधानविपरीत निर्वाचन भएको भन्दै पुनरावेदन अदालत इलाममा रिट परेपछि नयाँ समिति विवादमा तानिएको हो ।
मेचीनगर ३ धुलाबारीका होटल व्यवसायी चन्द्रजित राईले गत जेठ ३१ गते सम्पन्न निर्वाचन विधानविपरीत भएको भन्दै खारेजीको मागसहित अदालतमा रिट दायर गरेका थिए । राईद्वारा दायर रिटमा साधारणसभामा ८ सय ३० जना सदस्य रहेकोमा आमन्त्रित व्यक्तिसहित करिव २ सय जनाको उपस्थितिमा कुनै निर्णयसमेत नगरी निर्वाचन प्रक्रया अघि बढाइएको उल्लेख छ ।
अदालतले संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष युवराज गिरी, निर्वाचन आयुक्त, होटल व्यवसायी संघलगायतलाई विपक्षी बनाउँदै असार २३ सम्म शफथ ग्रहण नगर्न/नगराउन र उक्त अवधिभित्रमा अदालतमा उपस्थित हुन गत १५ गते अन्तरिम आदेश जारी गरेको छ । विपक्षीहरूले भने निर्वाचन विधानसम्मत भएको ठोकुवा गर्दै आएका छन् । अध्यक्ष् पोखरेलले भन्छन्, 'निर्वाचन विधानसम्मत हुँदाहँदै पनि बिनाकारण विवादमा तान्ने काम भइरहेको छ ।'
होटल व्यवसायी संघको सदस्यता प्राप्त गर्न संघमा आफ्नो व्यवसाय दर्ता हुनुपर्ने प्रष्ट प्रावधान रहेको तर पोखरेलको दमकस्थित न्यू तास हाउस कहींकतै दर्ता नभएको पाइएको एक व्यवसायीले जानकारी दिए । उनले उपलब्ध गराएको दमक नगरपालिका र आन्तरिक राजस्व कार्यालय झापामा पोखरेलको नाममा होटल दर्ता नभएको र दमक १३ स्थित तास हाउस नामको होटल उनकी पत्नी चन्द्रकलाको नाममा दर्ता रहेको उल्लेख छ । होटल व्यवसायी संघ क्षेत्र नम्बर १ का अध्यक्ष अर्जुन सुब्बा संघको सदस्य बन्न नगरपालिका र अन्तरिक राजस्व कार्यालयमा दर्ता जरुरी नभएको दाबी गर्छन् । सुब्बा भन्छन्, 'सदस्यता लिन संघमा दर्ता भए पुग्छ ।'
नयाँ समितिलाई असार २३ गतेसम्म शफथ नगर्न/नगराउन अदालतले आदेश दिए पनि अदालतको ठाडो अपहेलना गर्दै शनिबार दिउँसो १ बजे विर्तामोडस्थित झरना होटलमा शफथ ग्रहण कार्यक्रम आयोजना गरिएको समितिका सहसचिव गोकुल हुमागाइर्ंले जानकारी दिए । उनले आफूलाई पनि शफथ ग्रहणका लागि निमन्त्रणा भएको तर अदालतको आदेश अवज्ञा गर्न आफूले नचाहेको बताए । समाचार स्रोतका अनुसार समितिले शनिबार शफथ ग्रहण गरे पनि असार ४ गते नै शफथ ग्रहण भइसकेको माइन्युट गरेको छ ।
Via Source:- Ekantipur

भारतद्धारा दशगजा मिचेर बनाएको सडक नेपाली प्रशासनले भत्कायो ।


खजुरगाछी २० असार/ झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको आदेशमा दक्षिणी झापाको खजुरगाछी–१ फत्तेपुर क्षेत्रमा दशगजा मिचेर भारतले बनाएको सडक भत्काइएको छ ।
सीमा मिचेर भारतले एकलौटी सडक बनाएको खबर पाएपल स्थलगत अवलोकनमा शुक्रबार यहाँ आएका प्रजिल भण्डारीले ‘यसरी दशगजा मिच्न पाइन्न’ भन्दै बनिरहेको सडक आफ्नै अगाडि भत्काउन आदेश दिएका थिए । उनको आदेशपछि अतिक्रमित सडक भत्काइएको छ ।
खजुरगाछी–१ फत्तेपुरमा ३४ र ३५ नम्बरको सीमास्तम्भ बीचमा भारतले किशनगञ्ज जिल्ला अन्तरगत पर्ने खनियावाद पञ्चायतले ५ फिट जति दशगजा मिचेर पक्की सडक बनाएको थियो । मिचिएको चार सय मिटर लामो सडक भत्काइएको हो ।
प्रजिअ भण्डारीले किशनगञ्जका भारतीय सीमा सुरक्षा बलका कमाण्डर एलएल सिंहकै उपस्थितिमा दशगजाको नापी गराउँदा सीमा अतिक्रमण भएको ठहरिएको थियो । प्रजिअले कुनै पनि मुलुकले एकलौटी संरचना निर्माण गर्न नपाउने अन्तर्राष्ट्रिय प्रावधान बारे सम्झाएपछि भारतय सुरक्षा कमाण्ड सिंहले गल्ती स्वीकार गरेका थिए ।
उनको यो प्रशंससनिय कार्यबाट स्थानीयवासी हर्षित छन् । ‘हामी सधै भारतीय थिचोमिचोमा पर्दै आएका थियौं’, स्थानिय पत्रकार आत्मराम राजवंशी भन्छन्–‘प्रजिअ भण्डारीको यो काम स्वागतयोग्य छ ।’
भण्डारी झापामा आएका नयाँ प्रजिअ हुन् उनी आउनुभन्दा अगाडी झापामा शशिशेखर श्रेष्ठ प्रजिअ थिए । उनको सरुवा भएपछि आएका प्रजिअ भण्डारीले रौतहट र कैलालीमा प्रजिअ छँदा समेत भारतद्धारा अतिक्रमण गरेर सीमामा बनाइएका सडक र टहरा भत्काउन आदेश दिएका थिए ।
समाचार स्रोत ः झापाको पूर्वीद्धारबाट प्रकाशित हुने जनसंसद दैनिक

झापामा एक ट्राफिक प्रहरीको भागमा आठ सय सवारी

बिष्णुप्रसाद पोखरेल
एक ट्राफिकले कतिवटासम्म सवारी साधनको ब्यवस्थापन गर्न सक्ला ? उसले कति टाढा कतिसम्म नजर पुर्‍याउन सक्ला र सवारी साधनले नियम मिचेमा कार्वाही गर्न सक्ला ?
झापामा एक ट्राफिकले दैनिक आठसयवटा सवारी साधनको ब्यवस्थापन गर्नुपर्छ भने सले पाँच किलोमिटरसम्म धाउनु पर्ने अवस्था रहेको छ ।जसले गर्दा झापाको ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख शान्तिराज कोइरालाका अनुसार झापामा अहिले एक ट्राफिकले दैनिक आठ सय सवारी साधनको ब्यवस्थापन गर्नुपर्छ भने पिच तथा मुख्य सडकलाई आधार मान्दा पाँच किलोमिटर त्यो ट्राफिकको भागमा पर्न आउँछ ।
झापामा दिनप्रतिदिन यातायातका सवारी साधन थपिने क्रम बढ्दै गएको छ भने त्यहि अनुमातमा दुर्घटनामा पनि बृद्धि भइरहेको छ अनि यो कुरामा ट्राफिक ब्यवस्थापनको कमजोरी भन्ने आरोप लाग्ने गरेको छ ।
यता ट्राफिक प्रहरीमा भने २०६३ सालपछि ५ बर्षको अबधिमा एक जना ट्राफिक प्रहरीको पनि दरबन्दी थप नभएको पाइएको छ ।
यातायात ब्यवस्था कार्यलयको रेकर्ड अनुसार र मेची अञ्चलमा दैनिक रुपमा छत्तीस हजार भन्दा बढी यातायाताका सवारी साधनहरु सडकमा गुड्ने गरेको पाइन्छ ।
जिल्ला ट्राफिक प्रमुख कोइरालाका अनुसार यतिबिघ्न सवारी साधनलाई ब्यवस्थापन गर्न खटिनु पर्ने अवस्था बिद्यमान रहेको छ । यातायातका सवारी साधनको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी थपिएको छैन ।
नियमित सवारी ब्यवस्थापन मात्रै ट्राफिकको जिम्मेवारी नभएर सँगसागै, चेकजाँच र अन्य कामसमेत गर्नु परेकाले ट्राफिक ब्यवस्थापनमा चुनौती आएको छ ट्राफिकको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, इलाका ट्राफिक प्रहरी कार्यलय दमक र चन्द्रगढीमा चालीस ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । यिनै चालिसमध्येबाटै भीआइपी आउँदा अगाडीपछाडी लागेर स्कर्टिङ पनि गर्नुपर्ने हुन्छ ।
यी कार्यालयहरुबाट चारआली, काँकडभिट्टा लगायतका प्रमुख बजार क्षेत्रमा समेत ट्राफिक प्रहरीहरु खटाइने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भनाइ छ ।
कम्तिमा पनि एक सयजना ट्राफिक प्रहरी भएमा मात्र पनि ट्राफिक ब्यवस्थापनमा केहि सहजता आउने र अहिले रहेको चुनौती केहि हदसम्म कमी हुने कोइराला बताउँछन् ।
यता ट्राफिक प्रहरीले इन्धन पनि मागेर चलाईरहेको छ । आवश्यकता अनुसार इन्धनको सुबिधा समेत नरहेकाले दुघटना भएको ठाउँमा तत्काल पुग्न समेत समस्या हुने र सर्बसाधरण आक्रोशित बन्ने गरेको प्रहरीको भनाइ छ ।
यातायात ब्यवस्था कार्यालय मेचीका निमित्त प्रमुख चन्द्र फुयालका अनुसार अहिलेसम्म चालिस हजारको हाराहारीमा मोटरसाइकल दर्ता भएका छन भने करिब छ हजारभन्दा बढी अन्य सवारी साधन रहेका छन् ।
Via Source:- Purbeli Times

अनुभव साटेर फक्र्यो झापा


गोपाल काफ्ले,
झापा, १९ असार । स्थानीय शान्ति समिति झापाका सदस्य तथा पदाधिकारीहरुले इलाम र पाँचथर जिल्ला स्तरीय शान्ति समितिले गरेका क्रियाकलापबारे अन्तर जिल्ला अवलोकन भ्रमण गरेका छन् । शान्ति तथा पुननिर्माण मन्त्रालयको कार्यक्रम अन्तर्गत अन्तरजिल्ला अनुगमन तथा अवलोकन भ्रमण गरी त्यहाँका राम्रा कामको सिको गर्न तथा दिगो शान्ति स्थापनार्थ चालिने कदमलाई फलदायी बनाउन भ्रमण आयोजना गरिएको बताइएको छ । असार १६ गते निस्केको २१ सदस्यीय भ्रमण दल शनिबार साँझ झापा फर्केको हो ।
स्थानीय शान्ति समितिका जिल्ला संयोजक उद्धब थापाको नेतृत्वमा निरीक्षण, अनुगमन तथा अनुभव आदान प्रदानका लागि गएको भ्रमणदलले इलाम र पाँचथरमा पुगेर त्यहाँको शान्ति समितिले गरेका काम कारबाहीबारे अवलोकन गरी अनुभव साटेर फर्केको हो । समितिका पूर्व संयोजकद्वय नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोइराला र एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’, झापा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष प्रेम घिसिङसहित समितिका अन्य सदस्यहरु, पत्रकार र कर्मचरी भ्रमणदलमा सहभागी थिए ।
शान्ति समिति इलामका संयोजक होम दुलालको अध्यक्षतामा इलाममा र ज्ञानेन्द्र लक्समको अध्यक्षतामा पाँचथरमा शान्ति अन्तरक्रिया आयोजना गरी भ्रमण टोलीले अनुभव साटेको थियो । बताइए अनुसार इलामले हालसम्म ३५ जिल्लाको शान्ति समितिलाई स्वागत गरिसकेको छ । त्यहाँका संयोजक होम दुलालले शान्ति समितिबाट ‘शान्ति पर्यटन’को पनि प्रबद्र्धन भइरहेको बताए । पाँचथरमा पनि तेस्रो टोलीका रुपमा झापा पुगेको थियो । पूर्वकै सवैभन्दा बढी द्वन्द्वबाट परिवार बिस्थापनमा पर्ने जिल्ला पाँचथर भएको सो अवसरमा जानकारी गराइएको थियो ।
अनुभव आदानप्रदान भ्रमण पछि झापा संयोजक थापाले ‘झापाको शान्ति समितिले द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएकाहरुलाई मात्र राहत दिलाउन पहल गरेको’ सम्झँदै ‘सम्पत्ती क्षति भएकाहरु, बिस्थापितहरु, एकल महिलालगायतलाई पाँचथरमा राहत दिइसकेको सुन्दा अचम्म लागिरहेको’ बताउँदै झापाका लागि पनि शीघ्र काम थाल्नु पर्ने अनुभव भएको सुनाए । एउटै नीति तथा कार्यक्रम, बजेट आदिमा रहेर काम गर्नु परे पनि हरेक जिल्लाले फरक–फरक शैलीबाट शान्ति स्थापनाको प्रयास भइरहेको पाएको पूर्व संयोजक कोइरालाले प्रतिक्रिया दिए । यस्तै अर्का पूर्व संयोजक दर्लामीले शान्ति समितिले द्वन्द्वका हरेक पीडित पक्षलाई कुनै न कुनैरुपमा सम्बोधन गरिरहेको पाउँदा दिगो शान्ति स्थापनार्थ समितिको अवधारणा फलदायी रहेको प्रतिक्रिया दिए । सो अवसरमा झापाको शान्ति समितिमा प्रायः सबै राजनीतिक दल, बाणिज्य संघ, पत्रकार, आदिवासी जनजाति संगठनबाट प्रमुखहरु, शहीद तथा बेपत्ता परिवार, महिला लगायतको उचित प्रतिनिधित्व गराएर ‘लोभ लाग्दो’ संरचना निर्माण गरिएको तथा सकारात्मक गतिविधि गरिरहेको भनी इलाम र पाँचथरका समितिका सदस्य पदाधिकारीहरुले प्रशंसा गरेका थिए ।

मलेसियाबाट फर्कने अबैधानीक कामदारको सङ्ख्या ५ गुणा धेरै

दिनेश कार्की मलेसिया व्यूरो ।
मलेसियामा अबैधानिक रूपमा बसेर लुकि छिपी काम गर्दै आएका ३ हजार ४सय ८ नेपाली कामदार २०१० मा नेपाल फर्केका छन् । यो सङ्ख्या मलेसिया स्थित नेपाली दुतावासले जारी गरेको यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)लाई आधार मानिएको हो । यो वर्ष नेपाली दुतावास मलेसियाले पासपोर्ट कम्पनीमै छोडी, कम्पनीबाट भागेर अन्य ठांउमा आफैँ खोजेर काम गर्ने अबैधानीक कादारका नाममा नेपाल फर्कने दस्तावेजको रूपमा ३ हजार, ४ सय, ८ यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)जारी गरेको छ । नेपालबाट तोकिएको कम्पनीमा काम गर्ने भनी मलेसिया आएका कामदारले मलेसिया पुगेर अर्काे कम्पनीमा काम गर्नु विदेशी कामदारलाई लागू गरिने मलेसियन श्रन ऐन विपरीत हो । यस अघिका वर्षहरुलाई हेर्दा, अहिले मलेसियमा आफ्नो पासपोर्ट कार्यरत्त कम्पनीमै छोडेर भाग्ने, अबैधानीक बन्ने र दुतावासबाट एक महिने यात्रा अनुमति पत्र लिने क्रम फेसनकै रूपमा मौलाएको छ । दुतावासको रेकर्डमा २००७, ५सय ७१ जनाले (ट्राभल डकुमेन्ट) लिएका थिए, २००८ मा यो सङ्ख्या ह्वात्तै बढेर २ हजार ८ पुग्यो, २००९मा सङ्ख्या बढ्ने क्रम २ हजार ४ सय, ३५ सम्म पुगेको थियो भने २०१० सम्म आई पुग्दा ३ हजार ४ सय ८ पुगेको छ । यसरी दुतावासबाट यात्रा अनुमति (ट्राभल डकुमेन्ट) लिएर नेपाल फर्कने नेपाली कामदारको सङ्ख्यामा चार वर्षमा ८ हजार ४ सय २२ पुगेको छ । पुरानो पासपोर्ट तत्कालै उपलब्ध हुन नस्कने र नयाँ पनि जारी गर्न नस्कने अवस्थामा नेपाल सरकारले एक महिना समय अवधि भएको अपत्कालीन यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)जारी गर्दै आएको छ । नेपाली कामदार बैदेशिक रोजगारीमा जाने क्रम बाक्ल्ीए सँगै, कामदार अबैधानीक बन्ने, पासपोर्ट हराउने, चोरी हुने, आपत्कालीन अन्य दृर्घटना हुने क्रम पनि बढे पछि विदेश स्थित नेपाली कूटनीतिज्ञ नियोगहरुले (ट्राभल डकुमेन्ट)जारी गरिरहेका छन् । विदेशमा रहेका नागरिकका सन्दर्भमा मात्रै भन्दा पनि छोटो समयका लागी नेपाल बाट बाहिर जाने, कलाकार, पर्यटक र अन्य भिषाका लागी पनि (ट्राभल डकुमेन्ट)ले काम चलाउदै आएका छन् । मलेसियामा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गर्दा, दुतावासले मलेसियन रिंगेट १ सय ६० शुल्क लिने गरेको छ । अबैधानीकरुपमा लुकी छिपी काम गर्दै आएका कामदारले १ सय ६० मलेसियन रिंगेट शुल्क र परिचय खुल्ने प्रमाण पुरानो पासपोर्टको फोटोकपी वा नागरिकताको फोटोकपी बुझाए एक महिना अवधि भएको (ट्राभल डकुमेन्ट) लिन्छन् । (ट्राभल डकुमेन्ट)लिए पछि मलेसियन अध्यागमन बिभागबाट (ट्राभल डकुमेन्ट)को अवधि भरिको भिषा पाउछन्, भिषा दिदा फाईन स्वरूप अध्यागमन बिभागले, ६महिना अबैधानीक बसेकोलाई मलेसियन रिंगेट १हजार १सय, (नेपाली रुपैयां २२हजार) ६महिना देखी एक वर्ष सम्म अबैधानीक बसेकोलाई मलेसियन रिंगेट २हजार १सय (नेपाली रुपैयां ४४ हजार) र एक वर्ष भन्दा माथि अबैधानीक बसेर काम गरेकोलाई मलेसियन रिंगेट ३हजार १ सय (नेपाली रुपैयां ६६ हजार लिने गरेको छ । कामदारले भिषा लिदां अन्तरवार्ता दिनु पर्ने भएकोले कामदारको भनाइलाई आधार मानेर अध्यागमन बिभागले फाईनको कुल रकम मध्य ७० प्रतिशत सम्म छुट दिदै आएको छ । ००७ को ५ सय जनाको सङ्ख्यामा वृद्धि ०१०मा ३ हजार ४ सय पुग्नु कल्पना पनि गर्न नसकिने कुरा हो, यो सङ्ख्या किन आकासिदै छ त ? यस विषयमा राजदूत डा.ऋषी राज अधिकारी भन्नु हुन्छ, ००५,००६ तिरै मलेसिया आउने कामदारको सङ्ख्या निकै धेरै थियो, उनिहरु काम र कमाई राम्रो नभए पछि तीन वर्ष सकेर घर फर्कने बेलो कम्पनी छोडेर भागे कोही त्यस अघिनै भागेर अन्तै काम खोजेर गरे उनिहरु आएको ४,५ वर्ष भयो एक पटक घर जाउनत भनेर फर्कनेहरु छन्, अर्काे समूह आएको ४,६ महिनामै फर्कनेहरु पनि कुल सङ्ख्या मध्य आधा,आधी छन् मेनपावर कम्पनी र दलालको बेमानीले यो आधा सङ्ख्या थपिएको राजदूत डा.अधिकारीको भनाई छ । म्यानपावर कम्पनी र दलालले कामदारलाई झुक्यार मलेसिया पठाउने, २, ३ ओटा सम्झौता पत्र बोकाएर पठाउने, भए नभएका कम्पनीमा कामदार पठाउने र मलेसिया पुगेर पछि काम नदिएर अल्पत्र पार्ने पासपोर्ट नदिने गर्नाेले यो सङ्ख्या ह्वात्तै वृद्धि भएको हो । नयाँ हुन यता पुराना नेपाल बाट पासपोर्ट बोकेर विदेश छिरेका कामदार यसरी (ट्राभल डकुमेन्ट)मा नेपाल फर्कनु बाध्य बनाउनु जिम्वारी म्यानपावर कम्पनी नै देखिन्छन् ।
दुतावास मलेसियाले २०१०को जनवरी देखी डिसेम्बर सम्ममा १ हजार ८ सय पासपोर्ट जारी गरेको छ । भिषा भएका र वैधानिक रूपमा रहेका कामदारलाई मालीकै सिफरिसमा पासपोर्ट जारी गरेका छौ राजदूत डा.ऋषी राज अधीकारीले भन्नु भयो । राजदूत डा. अधिकारीले थप्नु भयो कम्पनी बाटै चोरी भएका, कम्पनी आगलागीमा जलेर नस्ट भएका, कामदार आफैले हराकाहरुला जारी गर्दै आएका छौ ।