Showing posts with label प्रबिधि. Show all posts
Showing posts with label प्रबिधि. Show all posts

सरकारी कार्यालय इन्टरनेटको पहुँचविहिन

२१ औं शताब्दीलाई सञ्चारको युग भनिन्छ । अहिले ग्रामीण भेगसम्मका मानिसले इमेल इन्टरनेट सेवा उपयोग गर्छन् । इमेल इन्टरनेट सेवा सर्वसाधारणको पहुँचसम्म पुगिसके पनि इलामका धेरै कार्यालयहरुमा भने अहिलेसम्म यसको पहुँच पुगेको छैन ।
इलामका जिल्ला प्रशासन कार्यालय मात्र होइन जिल्ला विकास समिति जिल्ला प्रहरी कार्यालय
जिल्ला स्वास्थ्य कार्यालय डिभिजन सडक कार्यालयजस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने ठाउँहरुमा समेत भरपर् इमेल इन्टरनेट सेवा छैन ।
इन्टरनेट सेवा नहुँदा माथिल्लो निकायबाट आउने निर्देशन तथा आफूहरुले दिने सूचना र
जानकारीका लागि कार्यालयहरुलाई समस्या भइरहेको छ । सूचना लिन र दिनका लागि यस्ता कार्यालयले टेलिफोन र फ्याक्सको प्रयोग गर्दै आएका छन् ।
कतिपय कार्यालयमा भएका इमेल इन्टरनेट सेवा कर्मचारीहरुका लागि फेसबुकमा रमाउने र समय विताउने माध्यम बनेका छन् । कार्यालयको गतिविधि अध्यावधिक गर्नुभन्दा ल्यापटपमा फेसबुक खोलेर समय बिताउने कर्मचारी पनि केही कार्यालयमा देखिन्छन् । सयौँ रुपैयाँ खर्च गरेर लिएको इन्टरनेट सेवा कतिपय कार्यालयले उपयोगमा ल्याउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयमा अहिले इन्टरनेट सेवा नै छैन । इमेल इन्टरनेटलाई कार्यालयका सबै शाखामा पुर् याउन वाइरिङ्ग गरेको दुई वर्ष बितेपनि इन्टरनेट जोड्न नसकेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
"इन्टरनेट सेवाका लागि गृह मन्त्रालयले वाइरिङ्गसमेत गरिसकेको छ तर आर्थिक अभावकै कारण हामीले यो सेवाका लागि प्रविधि जडान गर्न सकेका छैनौं" प्रजिअ निरौलाले भने ।
विज्ञानको युगमा पनि प्रविधिको उपयोग गर्न नसकेकाले मन्त्रालयका कतिपय गतिविधि अध्यावधिक गर्न समस्या भइरहेको निरौलाले बताए ।
जिल्ला विकास समिति इलामको वेवसाइट बनेको धेरै समय भइसकेपनि समयमा अध्यावधिक हुने गरेको छैन । पछिल्लो समयमा पनि कार्यालयका गतिविधिहरुलाई अध्यावधिक गर्न नभ्याएको कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अग्नी अधिकारीले बताए ।
"केही समय अगाडिसम्म कार्यालयका सूचना र जानकारी अध्यावधिक गरिदै आएपनि व्यस्तताकै कारणले अहिले अध्यावधिक गर्न सकिएको छैन" उनले भने । १५ दिनभित्रमा पछिल्ला सबै गतिविधि वेव साइटमा हेर्न सकिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा इन्टरनेट सेवा भएर पनि उपयोगमा आएको छैन । सीमित व्यक्तिले त्यसलाई चलाउने गरेपनि अहिलेसम्म कार्यालयको सूचना र जानकारी सार्वजनिक गर्ने वेवसाइट नबनेको कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ गौतमले बताए । "हामीलाई त्यो चलाउने खासै आइडिया पनि छैन तर आइडिया नभएरै नबनाएको पनि होइन" उनले भने । कार्यालयमा इन्टरनेटको सेवा भएर पनि उपयोग नगर्ने थोरै कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय पनि एक हो ।
इलाम नगरपालिका कार्यालय र जिल्ला शिक्षा कार्यालयले भने अन्य कार्यालयको तुलनामा इमेल इन्टरनेटको प्रयोगलाई धेरै उपयोग गरेको पाइएको छ । यी दुवै कार्यालयले सार्वजनिक जानकारीका लागि आ-आफ्नै वेवसाइटमा सूचना र जानकारी अध्यावधिक गर्दै आएको बताएका छन् ।
नगरपलिकाले दुई वर्षयता कार्यालयका गतिविधिलाई वेव साइटमै राख्ने गरेको कार्यकारी अधिकृत युवराज दाहालले बताए । शिक्षा कार्यालयले पनि आफ्ना तलव भत्तासम्मका हिसावकितावलाई वेवसाइटमै राखेको जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले पनि पटक पटक मन्त्रालयमा आग्रह गर्दासमेत कार्यालयमा इमेल सेवा उपयोग गर्न नपाएको बतायो । इन्टरनेट सेवा नभएकै कारण कार्यालयले आफ्ना जानकारी र सूचना विभागबाट सार्वजनिक गर्न बाध्य बनेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर तारानाथ पोख्रेलले बताए । "अहिलेसम्म त्यसका लागि बजेट आएको छैन बजेट आउनेवित्तिकै जडान गर्नेछौं" पोख्रेलले भने । सरकारले टेलिमेडिसिन कार्यक्रम लागू भएका दुर्गम जिल्लाका स्वास्थ्य कार्यालयहरुमा भने इन्टरनेट सेवा दिएको छ ।
जिल्लाको डिभिजन सहकारी कार्यालयमा वेवसाइट बनेको चार/पाँच वर्ष वितेको छ । तर त्यसको प्रयोग भएको छैन । वेवसाइट भएपनि इन्टरनेट सेवा नभएका कारण कार्यालयका गतिविधि अध्यावधिक गर्न नसकेको कार्यालय प्रमुख माधवप्रसाद पोख्रेलले बताए । "केही दिन भित्रैमा एडिएसएलको सेवा लिएर कार्यालयका सूचना र जानकारी अध्यावधिक गर्ने सोचमा छौं" उनले भने ।
पूर्वााचल डिभिजन सडक कार्यालयलगायत अन्य महत्वपूर्ण सरकारी कार्यालयहरुमा पनि इन्टरनेटको भरपर्दा सेवा र सुविधा छैन ।
कार्यालयमा इमेल इन्टरनेटको सेवा नहुँदा कार्यालयहरुलाई त समस्या छ नै त्यसबारे सरोकारवाला नागरिकलाई पनि समस्या हुने गरेको छ । कुनै पनि कार्यालयको गतिविधिबारे जानकारी लिन वेवसाइटलाई पहिलो आधार र श्रोत मान्ने प्रचलन बढ्दै गएपनि इलामका धेरै सरकारी कार्यालयहरुका हकमा यो आधार लागू हुन सकेको छैन ।
Via Source:- Online Edition of Ilam Post Daily

नेपाली दैनिक पत्रिकाहरुको अनलाईन संस्करण ?

केही दिन अगाडी नेपाल प्रेस काउन्सिले प्रकाशित गरेको वार्षिक प्रतिवेदन २०६७ हात लाग्यो १५० पृष्ठ लामो सो प्रतिवेदनबाट भित्र लुकेर रहेका धेरै कुरा उजागार गर्ने मौका मिल्यो २०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा अरु केही विकास नभए पनि सञ्चार जगतमा धेरै नै विकास भएको कुरा बेलाबेलामा सुन्दै आएको थिए तर प्रत्यक्ष कस्तो नेपालमा सञ्चारको अवस्था भन्ने बारेमा आफैमा अनविज्ञ थिए २०६७ सालको अन्त्य सम्ममा नेपाल राज्यबाट ४६५ वटा दैनिक पत्रिकाहरु दर्ता भएको अभिलेख नेपाल प्रेस काउन्सिल सँग तर तीमध्धे अढाई दर्जन जति पत्रिकाले मात्र आफ्नो अनलाईन संस्करण सुरु गरेका छन् तर के ति सबै अद्यावधिक छन् त के छ तिनीहरुको अवस्था एउटा खोजमुलक रिपोर्ट ।
नेपालमा इन्टरनेटको प्रयोग विस्तारै विस्तारै बढ्दै गएको धेरै मानिसहरुका लागि अहिले यो अत्यावश्यक भैसकेको चाहे पत्रिका पढ्न होस, चाहे एफ.एम सुन्नको लागि होस् चाहे नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न होस्, जे भएतापनि इन्टरविनाको जिवन कल्पना गर्न नै नसकिने भएको
हामी धेरैले समाचारको लागि हेर्ने इन्टरनेट साईटहरुमा इकान्तिपुर, नागरिक, नयाँपत्रिका, अनलाईनखबर, मेचीकालि, दैनिकी, गोरखापत्र, नेपालन्यूज, पर्दछन् तर अहिले स्वतस्र्फूतमा रुपमा चलेका समाचारमूलक इन्टरनेट साईट बाहेक पत्रिकाका अनलाईन संस्करणको बारेमा लेख्दैछु तल दुईवटा तालिका दिइएका छन् । पहिलो तालिकामा दैनिक अद्यावधिक हुने साईटहरुको नाम र उनिहरुको हाइपरलिंक राखिएको छ भने दोस्रो अपडेट हुन नसकेका तर मेरो पनि अनलाईन संस्करण छ है भनेर गर्व गर्ने पत्रिकाहरुको नाम उनिहरुको अन्तिम अद्यावधिक मिति र हाईपरलिंक समेत राखिएको छ । त्यस हाईपरलिंकमा क्लिक गरेर उनिहरुको साईटभित्र प्रवेस गर्न सकिनेछ
तालिका नं.१

S.N. Name of Newspaper
Place Website

1
Kantipur Daily
Kathmandu

2
The Kathmandu Post
Kathmandu

3
Nagarik Daily
Kathmandu

4
Republica
Kathmandu

5
Naya Patrika
Kathmandu

6
Annapurna Post
Kathmandu

7
Gorkhapatra
Kathmandu

8
Udgosh Daily
Morang

9
Chitwan Post
Chitwan

10
Jana Disha
Kathmandu

11
Naya Yugbodh
Dang

12
Janakpur Today
Janakpur

13
Butwal Today
Rupandehi

14
Sudur Sandesh
Kailali

15
Ilam Post
Ilam

16
Dhaulashri
Baglung


दैनिक अपडेट हुने पत्रिकाको अनलाईन संस्करणमा गर्नुपर्ने सुधारहरु
माथिको क्रमसंख्या १ देखि ४ सम्ममा कुनै सुधार गर्नुपर्ने मैले भेटेको छैन । क्रम संख्या ५ मा भएको नयाँ पत्रिकाले आफ्नो समाचार मात्र सम्प्रेण गर्दै आएको छ । यसले ई-पेपेर पनि दैनिक रुपमा अद्यावधिक गरेमा सुनमा सुगन्ध थपिने थियो ।
क्र.म संख्या ६ मा रहेको अन्नपूर्ण पोष्टको अफिसियल साईटमा भाषाको समस्या छ । हेर्दा जापानिज भाषा जस्तो देखिन्छ । खैर यो मेरो कम्प्युटरको मात्र समस्या हो कि अरुको पनि हो त्यो भने बुझ्न बाँकी छ ।
मध्यपश्चिमकै पहिलो पत्रिका भनेर गर्व गर्ने नयाँ युगबोध र मधेशको पहिलो 'क' वर्गको पहिलो पत्रिका भनेर गर्व गर्ने जनकपुर टुडे ले अहिले नै ई–पेपर नसकेपनि दैनिक रुपमा पी.डी.एफ फाईल अपडेट गर्न सकेको खण्डमा धेरै राम्रो हुनेछ । त्यस्तैगरी धौलागिरी अञ्चलको प्रतिनीधि वेवसाईट भनेर चिनाउन सफल भएको धौलाश्रीको अफिसियल वेवसाईटले पनि सकेमा ई–पेपर नभए पनि दैनिक पि.डी.एफ फाईल अपडेट गर्नुपर्ने देखिन्छ । जनकपुर टुडेले २०६८ साल बैशाख ३१ गतेदेखि संसारभरी झरिएका नेपालीहरुको ४ हजार ईमेल आईडीमा पत्रिकाको पी.डि.एफ फाईल पढाउने गरेको उसले जनाएको छ उसले प्रयोग गर्ने ईमेल सेवाबाट एकपटकमा ५०० मेल आईडीमा मात्र सो पी.डी.एफ पुग्ने गरेको छ के उसले ४ पटक लगाएर पठाउँछ वा उसले भनेको संख्या बास्तविक हैन त्यो भने फेरी खोजको विषय भएको छ ।
आफैले आफैलाई राजधानी पछिको ठूलो आकारको पत्रिका भनेर घोषणा गर्ने बुटबल टुडेको अफिसियल साईटमा फन्टको समस्या रहेको छ । उसको पत्रिकाको साईज २२"X२८" हो तर झापाबाट नै ३ वटा (जनसंसद, प्रतिदिन र पूर्वाञ्चल) दैनिक पत्रिकाहरु २०"X३०" को साईजमा निस्कीरहेका छन् ।
सुदुरपश्चिमाञ्चलको कैलाली जिल्लाबाट निस्कने सुदुर सन्देशले पनि आफ्नो अनलाईन संसकरण राखेको यो खोजमा भेटियो । तर एउटा पत्रिकाको अनलाईन संसकरणको उद्देश्य दैनिकरुमा १/२ वटा मात्र समाचार पस्किनु मात्र हो जस्तो यो लेखकलाई लाग्दैन । २०६५ साल ११ महिना ५ गते "राष्ट्रपतिद्वयलाई कालो झण्डा शिर्षक"को समाचार राखेको आफ््नो अनलाईन सुरु गरेको भेटिएको छ । यो रिपोर्ट तयार पार्दासम्म २७ महिना वितिसकेको छ, यति समयसम्ममा साईटलाई हेर्ने भिजिटरको संख्या मात्र ७,५३५ पुगेको छ ।
ईलामबाट निस्कने इलाम पोष्ट पनि समयअनुसार परिवर्तित हुँदै आफ्नो अनलाईन संस्करण सुरु गरेको छ । तर केही समय अगाडी सम्म सो पत्रिका जस्ताको जस्तो पढ्न सकिन्थ्यो तर यो रिपोर्ट तयार पार्ने क्रममा यस साईटभित्र प्रवेश गर्दा सो सुविधा पाउन सकिएन । यस लेखमार्फत इलाम पोष्ट दैनिकलाई पनि नियमित रुपमा आफ्नो पत्रिकाको हार्ड कपि भर्सन अनलाईनमा राख्नको लागि सुझाव ।

तालिका नं.२

S.N.
Name of Newspaper
Place
Website
Last Update
1
Rastriya Sandhayakalin Daily
Parsa
2067.12.12
2
Adarsha Samaj
Kaski
2068.01.12
3
Khojtash Daily
Kathmandu
Name only exist
4
Prachhepan Daily
Bhaktapur
2065.09.15
5
Majdoor Daily
Bhaktapur
no date
6
Samadhan
Kaski
2068.02.20
7
City Post Daily
Kathmandu
2067.12.12
8
Blast
Sunsari
2068.01.14

पर्साबाट निस्कने राष्ट्रिय दैनिक सन्ध्याकालिनले धेरै अगाडीदेखि नै इन्टरनेटको पहुँचमा पुगेको देखिन्छ । आजभन्दा ४ वर्ष अगाडी वल्डप्रेसबाट एउटा ब्लग बनाएर आफ्नो पत्रिकाको पी.डि.एफ फाईल अपडेट गर्ने गरेको सन्ध्याकालिन दैनिकले खै किन हो किन २०६४ साल फाल्गुन ३० गतेदेखि नियमित ७ दिनसम्म आफ्नो हार्ड कपि भर्सनलाई इन्टरनेटको जालोमा राखेको थियो तर त्यसपछि भने उसको आधिकारीक साईटमा केही हेरफेर पनि गरिएको छैन ।
आर्दश समाजको डटकम को वेवसाईट धेरै दिन अघिदेखि अपडेट भएको देखिदैन । यसको अन्तिम अपडेट भनेको २०६८ साल बैशाख २२ गते हो जहाँ त्यही दिनको पत्रिकाको हार्डकपि भर्सन पिडिएफ फाइल बनाएर अपडेट गरिएको थियो । यो रिपोट तयार पार्दासम्म १ महिना वितिसकेको छ । यसलाई तपाईहरु यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
काठमाडौंबाट सञ्चालन भैरहेको खोजतलास दैनिकको समाचार पनि २०६८ साल बैशाख ११ गतेदेखि अपडेट भएको देखिदैन । यसको अफिसियल साईटमा आफ्नो हार्ड कपि भर्सन पनि राखिएको छै्रन ।
गण्डकी अञ्चलको कास्की जिल्लाबाट छापा माध्यममा प्रकाशन हुँदै आएको पोखरा आवाजले आफ्नो साईट पनि खोलेको छ तर राम्रोसँग नियालेर हेर्ने हो भने यो उसको आधिकारीक वेवसाईट भन्न मिल्दैन । एउटा सञ्चारमाध्यमको आधिकारीक वेवसाईट पूरै कपि पेस्ट डट कम हुनुहुदैन भन्ने यो लेखकको प्रारम्भिक अनुमान रहेको छ । यस्तो छ पोखरा आवाजको आधिकारीक वेवसाईट ।
यो पोष्ट तयार पार्ने क्रममा यस्ता यस्ता पत्रिकाका साईटहरु भेटिए । जसलाई उनिहरुले गर्वका साथ नेपाल प्रेस काउन्सिलमा मेरो पनि वेवसाईट छ है भनेर सूचिकृत गरेका छन् तर साह्रै अफसोच के लाग्यो भने नेपाल प्रेस काउन्सीलले प्रकाशित गरेको आफ्नो वार्षिक प्रतिवेदन २०६७ मा यस्ता साईटहरुको नाम पनि राखेको छ जुन विगत ३ वर्ष अगाडीदेखि अपडेट गरिएको छैन । भक्तपुरबाट प्रकाशन भैरहेको प्रक्षेपण दैनिक यस्तो एउटा पत्रिका हो । जसले लाजै पचाएर नेपाल प्रेस काउन्सिलमा मेरो पनि अफिसियल साईट छ भनेर साईटको नाम दिएको तर साह्रै लाजमर्दो कुरा उसको साईट विगत ३ वर्षदेखि अद्यावद्यिक भएको छैन ।
त्यस्तै अर्को पनि साईट भेटियो भक्तपुरबाट प्रकाशित हुने मजदुर दैनिक । २००९ सालमा बनेको सो साईटको प्रमुख समाचारमा २ वर्षको अवधिमा ७ वटा मात्र समाचार राखिएको छ ।
कास्कीबाट निस्कने समाधान को अद्यावधिक नियमित छैन । यसले पनि आफ्नो पत्रिकाको पी.डि.एफ फाईल नियमित रुपमा अद्यावधिक गर्ने गरेको छैन ।
के यति मात्र हुन् त नेपाली दैनिक पत्रिकाको अनलाईन संस्करण यो अझै खोजको विषय रहनेछ । यदि तपाईहरुलाई अरु पनि थाहा छ भने भन्नु नभुल्नुहोला ।
Disclaimer:- यो पोष्ट नेपाल प्रेस काउन्सिले निकालेको वार्षिक प्रतिवेदन २०६७ मा आधारित छ ।

A to Z Short-cut key of winword with CTRL+.......

Ctrl + A= Select All
Ctrl + B = Bold
Ctrl + C = Copy
Ctrl + D = Font Open
Ctrl + E = Center Alignment
Ctrl + F = Find
Ctrl + G = Go to
Ctrl + H = Replace
Ctrl + I = Italic
Ctrl + J = Justify
Ctrl + K = Hyperlink
Ctrl + L = Left Alignment
Ctrl + M = Left Indent of paragraph
Ctrl + N = New Page
Ctrl + O = Open
Ctrl + P = Print
Ctrl + Q = Left Alignment & Line spacing 1.15
Ctrl + R = Right Alignment
Ctrl + S = Save
Ctrl + T = Left Indent from second line
Ctrl + U = Underline
Ctrl + V = Paste
Ctrl + W = Page close
Ctrl + X = Cut
Ctrl + Y = Redo or Repeat
Ctrl + Z = Undo

ओरालो लाग्दैछ नेपाल टेलिकमको स्तर

काठमाडौं  नेपाल टेलिकमको मोबाइल सेवाको गुणस्तर दिन प्रतिदिन खस्किंदै गएको छ । मोबाइल सेवाले राम्रो सेवा दिन नसक्दा ग्राहकहरुले थरिथरिका कठिनाई झेल्दै आएका छन् । लोडसेडिङ्गको मारमा मोबाइल टावरको बैट्री चार्ज नहुंदा सम्पर्क गर्न गा¥हो भएको छ भने ग्राहकहरूले मोबाइलको स्वीच अन गरिरहेकै बेला “मोबाइलको स्वीच अफ गरिएको छ” भनी टेलिकमले गलत सन्देश प्रवाह गर्दा हजारौं उपभोक्ताहरूले हैरानी बेहोर्दै आएको पीडितहरू बताउंछन् ।
नेपाल टेलिकमका कर्मचारीहरू निजी मोबाइल कम्पनीहरूसँग महिनाबारी भत्ता बुझी गैर कानूनी र उपभोक्तालाई ठग्ने हर्कत गर्दै आएको श्रोतको दावी छ । नेपाल दूरसंचार कम्पनी, प्राधिकरण र त्यसमा आवद्ध कमिशन खोरको क्रियाकलापले नमस्ते प्रिपेड र पोष्टपेड दुवैका ग्राहकहरू चिन्तित बनेका छन् । हालै मात्र मोबाइलको स्वीच अफ नभएको बेला “अफ भनी” टेलिकमले सन्देश ंिददा ताहाचलमा लोग्ने र स्वास्नीबीच ठूलो झगडा भएको छ । यस्तो हुन नदिन टेलिकमले आफ्नो मशिनमा सुधार र भ्रष्ट कर्मचारीको छानविन गरी दोषीमाथि कारवाही गर्नु पर्ने उपभोक्ताहरुको माग छ ।

बढ्न थाल्यो ई–हाजिरीको प्रयोग

वैशाख १४, काठमाडौं । सूचना प्रविधिको विकाससँगै विभिन्न विद्यायल, कलेज, बैङ्क तथा अन्य संस्थामा -हाजिरी प्रविधिको प्रयोग बढ्न थालेको छ । रजिष्टरमा हस्ताक्षर गर्ने पुरानो हाजिरी शैलीभन्दा बढी विश्वसनीय हुने र सही तथ्याङ्क आउने भएकाले यस्तो प्रविधिको प्रयोग बढेको सम्बन्धित विक्रेताहरू बताउँछन् । उनीहरूका अनुसार अहिले यस्तो प्रविधि विक्री गर्ने २० भन्दा बढी कम्पनी नेपालमा छन् ।

अरबी मुलुकमा ई–हाजिरीको प्रयोग
गर्दै एक व्यक्ति । तस्विर गुगल
नेपालमा यस्तो प्रविधि आएको धेरै भएको छैन । एभरसेफ नेपाल प्रालिका निर्देशक बीबी अधिकारी यस्तो प्रविधिको प्रयोग हुन थालेको ३ वर्षमात्रै भएको बताउँछन् । अझ यसको प्रयोग राजधानीमा   मात्रै केन्द्रित रहेको छ । उपत्यकाभन्दा बाहिरी जिल्लामा अझै पनि यसको प्रयोग प्रभावकारी रूपमा हुन सकेको छैन ।
गत वर्षसम्म निजी संस्थाहरूमा बढी प्रयोग भएको यो प्रविधि यस वर्षभने सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयमा पनि प्रयोग हुन थालेको छ । गत फागुनदेखि विज्ञान तथा प्रविधि मन्त्रालयले यो ई-हाजिरी  शुरू गरेको छ । यसबाहेक सामान्य प्रशासन, अर्थ मन्त्रालयका साथै मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा पनि यो प्रविधिको प्रयोग भइसकेको छ । अहिले अन्य मन्त्रालयले पनि प्रविधिको प्रयोगका तयारी गरेका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रवक्ता मुकुन्दराज घिमिरे खर्च धेरै लाग्ने भए पनि सही तथ्याङ्क आउने भएकाले यसको प्रयोग राम्रो भएको बताउँछन् । 'अझ सम्पूर्ण विवरण राख्ने सफ्टवेयर राख्ने तयारीमा छौं,' उनले भने । मन्त्रालयमा सो प्रविधिका लागि करीब रू. ९० हजार लगानी भएको उनले बताए ।     
यो प्रविधिको प्रयोग गर्न ब्याट्री ब्याकअपको सुविधा आवश्यक पर्छ । अहिले दुई किसिमका ई-हाजिरी प्रचलनमा छन् । पहिलो संस्थाको परिचयपत्र 'स्वाइप' गरेर र अर्को औंला छुवाएर हाजिरी गर्ने । परिचयपत्रभन्दा औंलाको प्रयोग गरी गरिने हाजिरी बढी विश्वसनीय हुन्छ । परिचयपत्रको प्रयोग गरी अर्कोले हाजिर गर्ने सम्भावना रहन्छ । तर, औंला छुवाएर गरिने हाजिरमा यस्तो सम्भावना हुँदैन । यी दुवै प्रयोगका लागि फरक सफ्टवेयर आवश्यक पर्छ ।
विक्रेताहरू सफ्टवेयरअनुसार प्रविधिको मूल्यमा फरक पर्ने बताउँछन् । अहिले बजारमा न्यूनतम रू. २० हजारदेखि रू. १ लाखसम्मका प्रविधि उपलब्ध छन् । कतिपय बैङ्क तथा वित्तीय संस्थाले आफ्नै सफ्टवेयरको प्रयोग गरी हाजिरी गर्ने गरेका छन् । अहिले नेपाली र विदेशी दुवै प्रकारका सफ्टवेयर उपलब्ध छन् । विदेशीको तुलनामा नेपाली सफ्टवेयर केही सस्तो भएको विक्रेताहरू बताउँछन् ।
अभियान दैनिकको अनलाईन संस्करणबाट साभार ।  

जीएसएममा एनसेलले ओगट्यो प्रथम स्थान


एनसेलका ग्राहक ५० लाख
 काठमाडौं, ६ वैशाख
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ५० लाख ग्राहक भएको घोषणा गरेको छ । ‘एनसेल’ ब्रान्डसँगै तीव्र रूपमा ग्राहक वृद्धि भएपछि कम्पनीले मंगलबार ५० लाख पुगेको जनाएको छ ।
एक वर्षको अन्तरालमा कम्पनीका ग्राहक शतप्रतिशतभन्दा धेरै वृद्धि भएका छन् । गत जेठमा ‘एनसेल’ ब्रान्ड घोषणा गर्दा कम्पनीका ग्राहक २२ लाख थिए । एक वर्षमा कम्पनीका २३ लाख ग्रहाक भएका छन् । अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय सेवा र नयाँ योजनाले मोबाइल प्रयोगकर्ताको रोजाइ भएको कम्पनीले जनाएको छ । “यो अवस्थामा आउँदा हामी धेरै खुसी हुनुका साथै थप उत्तरदायित्व थपिएको अनुभूति भएको छ,” कम्पनीका कार्यकारी अधिकृत पासी कोइस्टेनन्ले भने, “लोडसेडिङ ठूलो चुनौती थपिएकाले ५० प्रतिशत ग्रिन साइटबाट सोलार पावरबाट सञ्चालन गर्न सुरु गरेका छौं ।” बर्सेनि लोडसेडिङको चाप बढ्दै गएपछि सोलारमार्फत कार्बन बीटीएसबाटै बाटो र बिजुलीको पहुँच नपुगेका क्षेत्रमा मोबाइल सेवा दिएको हो ।
नेपालमा मोबाइलको पहँुच कुल जनसंख्याको ३५ प्रतिशतभन्दा धेरैकमा पुगेको छ । एनसेल ग्लोबल सिस्टम मोबाइल (जीएसएम) सेवामा पहिलो स्थानमा आउन सफल भएको छ । प्रतिस्पर्धी कम्पनी टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता ४९ लाख ग्राहक नागेका छन् ।
५० औँ लाख नम्बरमा पर्ने नुवाकोटकी सुमित्रा पाण्डे क्षेत्रीलाई कम्पनीले मोटरसाइकल उपहार दिएको छ । “भविष्यमा पनि ग्राहकलाई यसरीनै योजना र सुविधाका साथै सेवालाई गुणस्तरीय बनाउन पहल गरिनेछ,” कम्पनीका कार्यकारी अधिकृत कोइस्टेनन्ले भने । 
Via Source:- Karobar Daily

अब इन्टरनेटबाटै कण्डम


सन्तोष पोखरेल 
पोखरा बैशाख ५
तपाईलाई कन्डम किन्न पसलसम्म जान लाज लाग्छ ? चिन्ता नगर्नुहोस् । इन्टरनेटमा एक क्लिक, घरसम्मै कन्डम आइपुग्नेछ । 
विभिन्न ब्रान्डका कन्डमसहित यौन खेलौना किन्न चाहनेले अब पसल र डिपार्टमेन्टल स्टोर धाउनु पर्दैैन । स्विटसेक्रेट स्टोरले घरसम्मै यी सामाग्री पु¥याईदिन्छ । दुई हजार रुपैयाँको सामाग्री किन्ने ग्राहकलाई घरसम्मै पुर्याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए । यौनसामाग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधान दिन निःशुल्क डेलिभरी व्यवस्था गरेको उनले बताए । 
सात महिनादेखि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि समाग्री पुर्याउने बताउको छ । ढकालले भारत, साउदी अबर, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामाग्री पठाइसकेको बताए । 
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिन थालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ । ‘३० बर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,’ उनले भने । 
स्विकसेक्रेटले पोखरा सिर्जनाचोकमा आइतबार नयाँ विक्रि कक्ष सुरु गरेको छ । काठमाडौंपछि उसले खोलेको यो दोस्रो विक्रिकक्ष हो । छिट्टै इटहरीमा तेश्रो विक्रीकक्ष खोल्न तयारी गरेको स्टोरले जनाएको छ । स्विटसेक्रेट स्टोरमा सयभन्दा बढी यौनसामाग्री किन्न पाइन्छ । 
समाचार स्रोत : नागरिक ईपेपर

एसएमएसमा थपियो सुविधा


सरस्वती ढकाल
नेपाल टेलिकमले सर्ट म्यासेज सर्भिस (एसएमएस) मा ग्राहकलाई नयाँ सुविधा दिने भएको छ । नयाँ वर्ष २०६८ को शुभारम्भसँगै कम्पनी ग्राहकलाई एसएमएसमा ‘अटो रिप्लाई’, ‘कपी एसएमएस’, स्पोन्सर एसएमएस, एसएमएस फरबाड, लगायतका करिब १ दर्जन सेवा दिने अन्तिम तयारी गरेको छ ।
कम्पनीले जीएसएमतर्फ प्रिपेड तथा पोस्टपेड सेवामा यो सेवा दिन लागेको हो । सीडीएमएमा पनि तयारी भएको कम्पनीले जानकारी दिएको छ । प्रतिस्पर्धी बजारमा ग्राहकले भ्यालु एडेड सेवा खोज्ने क्रम बढेपछि नयाँ–नयाँ सुविधा दिन लागिएको कम्पनीका प्रवक्ता सुरेन्द्रप्रुसाद थिकेले बताए । “तयारी अन्तिम चरणमा छ छिट्टै ग्राहकले सेवा पाउनेछन्,” प्रवक्ता थिकेले भने ।
टेलिकमले ‘अटो रिप्लाई’ सेवामा मोबाइल प्रयोगकर्ता व्यस्त भएको अवस्थामा सेटिङ गरिएको म्यासेज स्वतहः पठाउने व्यक्तिको मोबाइल जानेछ । ग्राहकले व्यस्त भएको अवस्थामा म्यासेज पठाउने व्यक्तिलाई जानकारी गरानुपर्ने  भएमा सम्बन्धित ‘टेक्स्ट’ लेखी सेटिङ गर्नुपर्नेछ । यो सुविधा धेरै बैठक सभा सम्मेलन तथा व्यस्त रहने व्यक्तिले लिन सक्नेछन् । टेलिकमले यो सुविधा ‘एक्टिभ’ गर्न कति शुल्क तय गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी भए पनि बढीमा ४० रुपैयाँभन्दा धेरै नपर्ने जानकारी दिएको छ । टेलिकमको यो सुविधमा करिब ४८ लाख प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ता लाभान्वित हुन सक्नेछन् ।
एसएमएस पठाउने व्यक्तिलाई लाग्ने शुल्क पाउने व्यक्तिले तिर्न मिल्ने गरी ‘स्पोन्सर एसएमएस’ सेवा दिने भएको छ । एसएमएस पठाउने व्यक्तिलाई आर्थिक भार नपरोस् भनी कम्पनीले स्पोन्सर एसएमएस सेवा ल्याएको जनाएको छ । मोबाइल प्रयोगकर्ताले सेट गरेका सम्बन्धित नम्बरहरूबाट एसएमएस आएमा प्रापकको मोबाइलबाट रकम घट्नेछ । यो सुविधा घरको मुलिले आफ्ना परिवारका सदस्य, साथीभाइ, व्यवसायी तथा व्यापारी लगायतका लागि उपयुक्त हुनेछ ।
कसैले पठाएको एसएमएस सबै एकैपटक सबैमा फरबाट हुने सुविधा पनि टेलिकमले छिट्टै दिने तयारी गरेको छ । एउटा एसएमएस धेरै जनालाई जानकारी गराउन यो सुविधा उचित हुनेछ । त्यसैगरी हाल फोन सुविधामा ‘व्याल्क लिस्ट’ सुविधा भएजस्तै एसएमएसमा हुनेछ । यसबाट ग्राहकले आफूलाई मन नपर्ने व्यक्तिका नम्बरबाट एसएमएस आउन बन्द गर्न सक्नेछन् । अनावश्यक एसएमएस गरी दुःख दिने समस्याबाट मुक्त हुनेछन् ।
यो लगायत हालसम्म इमेलमा हुँदै आएको सुविधा ‘सिग्नेचर’ सुविधा अब एसएमएसमा पनि पाउन सकिनेछ । यो सुविधामा एसएमएस पठाइसकेपछि अन्तिमा नाम, पोस्ट, लगायतका जानकारीहरू राख्न सकिनेछ ।
Via Source:- Karobar Daily

होम–डिसले एउटै स्याटेलाइटबाट प्रसारण गर्ने


प्रसारणमा देखिएको समस्या केही दिनमै समाधान हुन्छ : अध्यक्ष
डाइरेक्ट टु होम (डीटीएच) सेवाप्रदायक कम्पनी डिस टिभी र होम टिभी प्रालि मर्ज भइसकेपछि एउटै स्याटेलाइटबाट च्यानल प्रसारण हुने भएको छ । एउटै कम्पनीले दुईवटा स्याटेलाइट प्रयोगमा ल्याउनु आवश्यक नभएको भन्दै डिस–होमले भैंसीपाटीस्थित अर्थस्टेसनबाट सेवा दिने भएको हो । कम्पनीले एउटै स्याटेलाइटमा रुपान्तरण गर्न लागेकाले करिब १५ दिनयता सेवामा समस्या देखिएको छ ।
सुरुमा भिन्दाभिन्दै अर्थस्टेसनबाट सेवा लिएका ग्राहकले अब एउटै अर्थस्टेसनबाट सेवा पाउने भएका छन् । “दुईवटा अर्थस्टेसन राख्दा धेरै आर्थिक भार पर्छ,” डिस–होम प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, “एउटै कम्पनीका लागि दुईवटा आवश्यक छैन, त्यसैले बिस्तारै दरबारमार्गको अर्थस्टेसन बन्द गरी भैंसीपाटीबाट मात्रै सेवा दिन लागेका छौं ।” उनका अनुसार ग्राहकले एम्पेग–४ प्रविधिमा आधारित सेवा पाउँछन् ।
होम टिभीले भैंसीपाटी र डिस टिभीले दरबारमार्गबाट च्यानल प्रसारण गरेका थिए । अब डिस–होमले ‘रिसिभिङ लुक एंगल’ ६४.२ डिग्रीबाट सेवा दिनेछ । यसअघि डिस टिभीले ५०ं डिग्री एंगल बनाई स्याटेलाइट राखेको थियो । डीटीएच सेवाका लागि ४५ डिग्रीभन्दा माथिको लुक एंगल राम्रो मानिने प्राविधिकहरूले बताएका छन् । जति लुक एंगल कम भयो, त्यति नै होचो भवन वा अन्य चिजले असर पार्छ ।
पछिल्लो समय टेलिभिजनको पर्दामा एकपछि अर्को च्यालन परिवर्तन हुँदा समय लाग्ने, सेटिङ गरिएको स्थानमा अन्य च्यानल आउने र तस्बिरको गुणस्तर कम हुँदै जाने समस्या देखिएको सीतापाइलाका डीटीएच प्रयोगकर्ता मनोज श्रेष्ठले कारोबारलाई बताए । “मैले होम टिभीबाट लिएको हो, पहिला छिटो चल्थ्यो, अहिले धेरै कम गतिमा चल्छ,” उनले भने, “शुल्क तिरेर पनि राम्रो सेवा पाउन सकिएन ।”
डिसले ७२ मेघाहर्ज स्यास्टेलाइट स्पेस लिएको छ । यसबाट ८० वटासम्म गुणस्तरीय च्यानल देखाउन सकिन्छ । ७० च्यानलका लागि ८ हजार ५ सय ४५ (भ्याटसहित) रुपैयाँ शुल्क तय गरिएको छ । कम्पनीले उपभोक्तालाई मासिक किस्ताबन्दीमा सेवा उपलब्ध गराएको छ । सुरूमा नगद २ हजार तिरेपछि मासिक ४ सय ५० रुपैयाँ दुई वर्षसम्म तिर्नुपर्छ ।
डीटीएच सेवा सञ्चालनका लागि प्रसारण अनुमतिपत्र र अर्थस्टेसनको अनुमति सूचना तथा सञ्चार मन्त्रालयले दिने गरेको छ । प्रसारण इजाजत अनुमतिपत्रका लागि २५ हजार रुपैयाँ र अर्थस्टेसन लाइसेन्सका लागि १ लाख रुपैयाँ प्रतिच्यानल धरौटी राख्नुपर्छ ।
ठूलो लगानीमा भित्रिएका यी दुई कम्पनीले अहिले डिस–होम ब्रान्डको नाममा सेवा विस्तार गरेका छन् । एउटै व्यक्तिले धेरै डीटीएच सेवा लिएमा विशेष छुटको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ ।
नेपाली डीटीएच बजारमा आए पनि ग्रामीण क्षेत्रसम्म पर्याप्त बजारीकरण हुनले पनि अवैध डीटीएचले स्थान लिएका छन् । अवैध रूपमा सञ्चालमा आएका डीटीएचले बर्सेनि अर्बाैं रुपैयाँ राजस्व छली गरी आफूखुसी च्यानल प्रसारण गरिरहेका छन् ।