विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीका कारण दाङ बिजौरीका गुरुप्रसाद केसी र चितवनका बुद्धिराम महतो जलेर घाइते भएको प्राप्त समाचारमा जनाइएको छ । सो कम्पनीमा भारतीय र नेपाली गरी ७६ जनाले काम गर्दै आएका छन् । आगलागीका कारण १२ जना नेपाली कामदार बिचल्लीमा परेको समाचार प्राप्त भएपनि थप विवरण भने प्राप्त भएको छैन । पीडितमध्येका एक रोल्पाका प्रशान्त पुनले सबै नेपालीहरु कम्पनीको खुल्ला चौरमा सुतिरहेको जानकारी दिएका छन् ।
Showing posts with label परदेश. Show all posts
Showing posts with label परदेश. Show all posts
साउदी अरबमा आगलागी हुँदा १२ नेपाली बिचल्लीमा
नेपालीहरु कार्यरत साउदी अरबस्थित अल्मोनिक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्लीमा परेका छन् । राजधानी रियादस्थित सो कम्पनीमा आगलागीको घटना भएको हो ।
साउदीमा ३५ नेपालीको बिचल्ली
१२ जेठ, सुनसरी/ रोजगारका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । मोरङ बेलबारी निवासी विमल गौतमद्वारा सञ्चालित नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरुभूमिमा लगेर राखिएको छ ।
अधिकांश युवाहरू झापा र मोरङका हुन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भान्जालाई युवाहरूले पैसा बुझाएका थिए ।
नेपाली युवाहरू साउदी जाँदा सुपरमार्केट तथा अफिस क्लिनरका लागि भनेर सम्झौता भएको थियो । तर उनिहरूलाई साउदी पुर्याएर जोखिमपूर्ण काममा लगाएको पीडित शुक्र देवानले फोनमार्फत बताएका छन् । जोखिमपूर्ण काम गर्न नमान्दा कुटपिट गर्ने गरेको उनले गुनासो गरे । उनीहरूलाई भोकभोकै काममा लगाएपछि स्वास्थ्यमा पनि समस्या परेको छ । युवाहरूले आफूलाई घर फर्काउने व्यवस्था मिलाउन फोनमार्फत परिवारसँग आग्रह गरेका छन् । कम्पनीका कर्मचारी सागर निरौलालाई फोन गर्दा उल्टै गाली-गलौज तथा हप्की-दप्की गरेको फोनमार्फत मोरङका विशाल राईले बताए ।
घटनाबारे साउदीमा रहेका कम्पनीका प्रमुख विमल गौतमसँग सम्पर्क राख्दा उनीहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको बताए । तर, उनी अहिलेसम्म पीडितहरूको सम्पर्कमा आएका छैनन् । यता पीडितका आफन्तले भने कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध श्रम कार्यालयमा मुद्दा दर्ताका लागि तयारी गरिरहेको बताएका छन् ।
source:nayapatrika
कतारको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा नेपाली चेली
रवि रोषी / दोहा कतार आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन आईपुगिन् तव उनी छांगोबाट खसेको जस्तो भईन् ।
उनीलाई विगत सत्र दिन देखि नित्य जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन । आज भन्दा ४ बर्ष पहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन, मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् । झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं. ६३५मा दुई हातले मुख छोपेर भक्कानो छोडेर रोइन् । यदि मलाई नेपाली चेली सम्झिएर मलाई बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् । त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहज संग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए । २३ बर्षीया निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९००० रियाल बराबर ( एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् उनले भनिन् । पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् , यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु उनले भनिन् । उनको थप उपचारार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सम्पर्क मञ्चले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।
रोमानियाको एक गार्मेन्ट कारखानामा करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग
उमेश तिम्सिना (उत्तम )
बुखारेस्ट शहरबाट करीब २०० कि.मी. दक्षिण-पश्चिम स्लाटिना शहरमा रहेको एक गुरईटेक्स नामक गार्मेन्ट कारखानाले करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग गरेको छ । यो कारखाना कम्युनिस्ट समयदेखि नै गार्मेन्ट उत्पादनमा प्रख्यात छ। यो कारखाना त्यस शहरमा भएका ख्यातिप्राप्त र ठूलै बर्गमा पर्ने कारखानाहरू मध्येको एक हो।यस क्रममा हाललाई ५० जना कामदारको लागि अहिले काठमाडौँमा छनौट कार्य भई रहेको जानकारी नरापो न्यूज बुखारेस्टले जनाएको छ ।
कामदारकालागि नि:शुल्क खाना र बस्नको लागि उक्त कारखानामा क्यान्टिन र होस्टलको पनि सुबिधा रहेको छ। दुई बर्षका लागि मागिएका नेपाली कामदारहरूले रोमानियाको श्रम मन्त्रालय अन्तर्गतका नियमानुसार सबै सुविधाहरू प्राप्त गर्ने छन् । यी सुबिधाहरूमा: सरकारी बिदाहरू बाहेक एक बर्षमा २१ दिन बिदा पाउने; सबै प्रकारका ईन्सुरेन्स सुविधाहरू प्राप्त हुने; ओभर टाईमको ब्यबस्था हुने; न्यूनतम मासिक तलब ३०० डलर नेट रहने आदि छन् । यसका साथै राम्रो काम गर्ने कामदारहरूलाई अरू २ बर्षको म्याद थपिईने ब्यबस्था पनि रहेको छ।
सन् २००० सालमा स्थापना भएको यस कारखानाक़ा मालिक चाहि टर्कियन नागरिक हिदिर गुर्गुर छन । यस कारखानामा हाल रोमानियालीका साथै बंगालादेशी कामदारहरू कार्यरत रहेको कुरा नरापो न्यूजका सम्बादाताले जनाएका छन् । उक्त कारखानाका मालिकले भविष्यमा करिब एक हजार दुई सय नेपाली कामदारहरूको आवश्कता रहेको कुरा पनि बताएका छन् ।
कामदारहरूले पाउने सर सुबिधाका बारेमा यस कारखानामा काम गरी रहेका बंगलादेशी नागरिकहरूसंग भेट गरि सोधपुछ गर्दा उनीहरूले हाल सम्म पाएका तलब र सुबिधाबाट सन्तुष्ट भएका कुरा बताए । ३०० डलरबाट काम शुरू गरेका कामदारहरूले ४/५ महिना भित्रमा नै ओभर टायम काम गरी ५/६ सय डलर मासिक कमाउन थालेका कुरा समेत उनीहरूले बताएका छन्।
यो गार्मेन्ट कारखानाका विभिन्न कार्यक्षेत्रको निरीक्षण नेपाली राजदूताबास, मस्कोको अनुरोधमा गत नोभेम्वरमा नेपाली राजदूताबासका तर्फबाट तत्कालिन प्रथम सचिब तथा डेपुटी चिफ अफ मिशन अच्यूत भक्त पौडेल र गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट यस संघका अध्यक्ष नवराज पोखरेलले गर्नु भएको थियो । सो अवसरमा नेपालबाट कामदारहरू पठाउने कम्पनीका दुई नेपाली प्रतिनिधिहरू र म्यानपावर सोलुसन्स बुखारेस्टका म्यानेजर कोरिना कन्स्तान्तिनको पनि उपस्थित थियो।
नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो । हाल सम्म दुबै मित्ररास्ट्रहरू बिच मैत्री सम्बन्ध कायम भएता पनि राजदूताबास एवं बाणिज्य दूताबास समेतको स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नेपाल सरकारसंग रोमानियाको मैत्री सम्बन्धलाई अझै दरिलो बनाउने क्रममा सहयोग गर्न यहाँ गत २५ वर्ष देखि बसोबास गर्दै आएको एक नेपाली नागरिकको नाताले आफ्नो कर्तब्य ठानेको कुरा एन आर एन रोमानियाका अध्यक्ष नवराज पोखरेलले बताउनु भएको छ।बिगत लामो समयदेखि दुई देश बीच घनिष्ट सम्बन्ध रहि आएको भएतापनि हाल लगभग २५० जना नेपालीहरू रोमानियाको विभिन्न क्षेत्रमा कार्यरत छन । रोमानियाले सन् २००७ सालदेखि युरोपियन कम्युनिटीको सदस्यता पाएको छ भने सन् २०११ को अन्त्य सम्ममा सेन्गेन क्षेत्रको सदस्यता पाउने ठूलो सम्भाबना रहेको छ ।
मजदुर दिवसमा सांस्कृतिक कार्यक्रम हुने
क्वालालम्पुर मलेसिया ।

नयाँ बर्ष तथा अन्तराष्ट्रिय मजदूर दिवसको अवसर पारेर मलेसियाब्यापि सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदर्श युवा समूहको आयोजनामा हुन गईरहेको कार्यक्रम मलेसियाको जोहोर राज्य, मलक्का राज्य, क्वालालम्पुर र पेनाङ गरी भिन्न भिन्न समय र मितिमा आयोजना हुने भएको हो । नेपालका सर्वाधिक लोकप्रिय महिला गायीका अन्जु पन्त, सर्वाधिक लोकप्रिय पुरुष गायक दीपक लिम्बु, पुर्वेली लोक तथा आधुनीयक गायीका जसोदा लिम्बु, पश्चिमेली लोक गायक खुमन अधिकारी, जनवादी गायक माईला लामा, लोकप्रिय नायीका युना उप्रेती लगायतका कलाकारहरुको उपस्थितिमा उक्त सांस्कृतिक कार्यक्रम हुन गईरहेको कार्यक्रम संयोजक दिनेश कार्कीले बताए ।

नयाँ बर्ष तथा अन्तराष्ट्रिय मजदूर दिवसको अवसर पारेर मलेसियाब्यापि सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदर्श युवा समूहको आयोजनामा हुन गईरहेको कार्यक्रम मलेसियाको जोहोर राज्य, मलक्का राज्य, क्वालालम्पुर र पेनाङ गरी भिन्न भिन्न समय र मितिमा आयोजना हुने भएको हो । नेपालका सर्वाधिक लोकप्रिय महिला गायीका अन्जु पन्त, सर्वाधिक लोकप्रिय पुरुष गायक दीपक लिम्बु, पुर्वेली लोक तथा आधुनीयक गायीका जसोदा लिम्बु, पश्चिमेली लोक गायक खुमन अधिकारी, जनवादी गायक माईला लामा, लोकप्रिय नायीका युना उप्रेती लगायतका कलाकारहरुको उपस्थितिमा उक्त सांस्कृतिक कार्यक्रम हुन गईरहेको कार्यक्रम संयोजक दिनेश कार्कीले बताए । यसैगरी नेपाल पर्यटन बर्ष २०११ लाई समेत सो कार्यक्रमले सहयोग गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन मन्त्रालयले समेत सो कार्यक्रमलाई प्रायोजन गरेका छन् । कार्यक्रम आउँदो मे महिनाको १ तारिख देखि १७ तारिखसम्म सञ्चालन हुने जनाईएको छ । कार्यक्रमलाई नेपाली खबर साप्ताहिक, श्रमबोध मासिक, मेचीनगरअनलाई, लगायतका सञ्चारमाध्यमहरुले प्रचारप्रसार गरिरहेका छन् ।
मलेसियामा सास्कृतिक धमाका २०६८ हुने
योगेन्द्र वियोगी "हिमाल" /क्वालालम्पुर मलेसिया
नेपाली नया वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलान स्थित बन्दरबरु निलाईमा सास्कृतिक धमाका २०६८ आयोजना हुने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट सास्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । सास्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रबासमा नै काम गर्ने प्रबासी कलाकारहरु हुन् ।कलाकारहरुमा क्रमश:सिमा,मिलन,रोशन,नगेन्द्र,राई,दिया,रमला,दिनेश र सुधा लगायत अन्य अरु थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ । सास्कृतिक धमाका २०६८ हुने साथमा भाग्यसाली उपहारहरु पनि रहेको छ ।प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, त्रितिय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई आकर्षक पुरस्कारहरु पनि रहेका छन् । कार्यक्रम हेर्नको लागी प्रबेश सुल्क आर एम:१५ मात्र लाग्ने छ । तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागी निसुल्क बसको सुबिधा रहेको छ । कार्यक्रम आयोजना हुने मिति २०११ अप्रिल १७ तारिक,समय:बिहान ११ बजे,स्थान देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसिया आयोजक प्रबासी मगर संघ मलेसिया निलाई इकाई कमिटि,सहआयोजक:भुपेन्द्र महतरा,केबी र किरण बजगाई रहेका छन् । बिसेश सहयोगीहरु सयपत्री होटल,रमाइलो होटल,इन्द्रेणि होटेल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक:fwwmc , आई.एम.ई र रेमित- मास्टर रहेका छन् । सम्पर्क फोन नम्बरहरु:०१४९६५१९७८, ०१४९६५०४९५,०१०२५९२६५६, ०१०२१११४६४ र ०१६३४९९०३६ रहेको छ।
१२ नेपाली सम्पर्कविहीन
देवेन्द्र भट्टराई
फाल्गुन २९ - जापानको भूकम्प तथा सुनामीमा १२ नेपाली सम्पर्कविहीन भएका छन् । बढी प्रभावित मियागी र सेन्डाई क्षेत्रबाट शनिबार अपराह्नदेखि सम्पर्कमा नरहेका उनीहरूबारे टोकियोस्थित नेपाली दूतावासमा जानकारी गराइए पनि विदेश मन्त्रालयबाट ती बेपत्ताको स्थिति स्पष्ट नपारिन्जेल दूतावासले केही बताउन चाहेको छैन ।
'मियागीमा रहेको मेरा आफन्तको यती रेस्टुरेन्टका तुलाचन दम्पती सम्पर्कहीन बन्नुभएको छ, स्थानीय नेपाली जनसम्पर्क समितिले दिएको जानकारीअनुसार अरू नाम पनि संकलन गरेका छौं,' टोकियोमा रहेका नेपाल-जापान अनलाइन पत्रिकाका सम्पादक शरद शेरचनले फोनमा भने । बिजुली, पानी, टेलिफोनसहितका सम्पर्कहरूबाट विच्छेद रहेका कारण पनि बेपत्ताको स्थिति थाहा हुन नसकिरहेको हुन सक्ने उनले बताए ।
'आएका नामको स्थिति प्रमाणीकरण गर्न हामी आइतबार विदेश मन्त्रालयको विशेष आपतकालीन सूचना शाखामा जानेछौं,' उनले भने ।
मियागीको केसानु भन्ने स्थानमा सञ्चालित रेस्टुरेन्ट यती सुनामीको बहावमा परेको हुनसक्ने बताइएको छ । यस्तै, फुकुसिमास्थित साइनो नेपाली रेस्टुरेन्ट पनि सुनामीको छालले बगाएको छ भने यहाँ कुनै मानवीय क्षति नभएको खबर दूतावासलाई गराइएको छ ।
नेपालीको स्थिति पहिचान गर्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समितिसमेत गठन गरिएको छ । टोकियोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी छन् । समिति सदस्यहरूमा भूषण घिमिरे, गोविन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, किरणविक्रम थापा, राजन प्रधानांग, भवन भट्ट, सरोज कँडेललगायत छन् ।
'भूकम्प र सुनामीमा सबैभन्दा बढी प्रभावित फुकुसिमा र सेन्डाईमा केही नेपाली विद्यार्थी, होटल व्यवसायी र भर्खरै गएका प्रशिक्षार्थी कामदारसमेत केही कृषि फार्ममा रहेको थाहा भएको छ,' सुवेदीले फोनमा भने, 'उनीहरू खुला चौरमा सुरक्षित बसेका छन्, जापान सरकारले खाद्यान्न र राहत उपलब्ध गराएको छ ।' समाचारमा आएजस्तो नेपाली धेरै रहेको नागोया र ओसाका सहर भने असुरक्षित नरहेको उनले बताए ।
एनआरएनका उपाध्यक्ष एवं विद्यार्थी प्रतिनिधि भूषण घिमिरेका अनुसार जापानमा रहेका एक लाख अमेरिकी सेना पनि अहिले पीडितको राहत तथा उद्धारमा जुटेका छन् । 'सेन्डाई सहरमा रहेका भाषा पढ्ने विद्यार्थीमध्ये केही सम्पर्कमा आएका छैनन् तर यसो भन्दैमा बेपत्ता भएको भन्न मिल्दैन । एक दिनदेखि बिजुलीसमेत नरहेको सहरमा मोबाइल चार्ज गर्न नपाएको अवस्था छ,' घिमिरेले भने । पछिल्लो तथ्यांकअनुसार जापानमा २० हजारजति नेपाली छन् । राजधानी टोकियोमा ५ रेक्टरको मात्रै भुइँचालो आएकाले युवाते, मियागी, फुकुसिमा, सेन्डाईजस्तो ठूलो क्षति र हताहत स्थिति नरहेको दूतावासले जनाएको छ । 'टोकियोस्थित दूतावास, फुकुओका र ओसाकास्थित अवैतनिक दूतावासहरू आवश्यक सूचना संकलन गर्नमा जुटेका छन्,' गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता कुमार बस्नेतले भने, 'यहाँ भएका नेपाली संघसंस्था अरू सबै काम भुलेर नेपालीको स्थिति पहिचानमा जुटेका छन् ।' शनिबार बिहानसम्म नेपालीलाई कुनै क्षति नभएको भनिए पनि बेपत्ता र सम्पर्कविहीनको संख्या बढ्दै गएकाले यसबारे थप तदारुकता राखिने बस्नेतले बताए । परराष्ट्र सचिव मदनकुमार भट्टराईले सबै कूटनीतिक संयन्त्र र उपायबाट जापानको प्राकृतिक विपत्तिमा पर्न सक्ने नेपालीलाई उद्धार गरिने बताए ।
कोरियामा पक्राउ परेका सबै नेपालीलाई नेपाल पठाईयो
केहि समय अघि समातिएका नेपालिहरु लाई कोरियन अध्यागमनले नेपाल फर्काएको छ । उनीहरु ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन र सिउलबाट पक्राउ परेका थिए ।
प्राविधिक रुपमा कागजातमा समस्या भएका लाई छुटाउन राजदुतावासले पहल गर्ने भनिए पनि उनिहरु सबैको कागजात किर्ते र पहिले समातिएर नेपाल फर्काईएको पाईएको नेपाली राजदूतावास स्रोतले वताएको छ ।
कुवेतमा गैरकानुनी कामदारलाई आममाफी
कतार (दोहा), फाल्गुन २४ - गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई कुवेत सरकारले स्वदेश फर्किन वा कानुनी हैसियत प्राप्त गरी बस्नका लागि आममाफी (एमनेस्टी) दिने घोषणा गरेको छ । यो घोषणाबाट कुवेतमा गैरकानुनी रूपमा कार्यरत करिब ४ हजार नेपाली लाभान्वित हुनेछन् ।
कुवेत सरकारले चार महिनाको अवधि तोकेर यही मार्च १ देखि जून ३० अर्थात् फागुन १७ देखि असार १६ गतेसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई यो सुविधाको सदुपयोग गरी नेपाल फर्किन वा कानुनी हैसियत प्राप्त गरी काम गर्न अनुरोध गरेको छ ।
यो आममाफीमा हत्याको आरोप लागेका, लागूऔषध, तस्करी, कारागार सजाय भोगेका भने पर्दैनन् । गैरकानुनी रूपमा बसेका कामदारलाई आममाफी सुविधा दिएको हो । गैरकानुनी हुनेमध्ये अधिकांश आफ्नो स्पोन्सर (साहू वा कम्पनी) छोडेर भाग्ने कामदार छन् । खाडी राष्ट्रमा स्पोन्सरको अनुमतिबिना अरू ठाउँमा काम गर्नुलाई गैरकानुनी रूपमा लिने गरिएको छ । कुवेतमा करिब ४५ हजार नेपालीमध्ये महिलाको संख्या ३५ हजार छ । ती महिलाहरू मुख्य रूपमा घरेलु कामदार (हाउसमेड) को रूपमा कार्यरत छन् ।
कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले आममाफीको घोषणापछि सोमबारसम्म करिब १ हजार नेपालीले दूतावासमा सम्पर्क गरेको बताएका छन् । दूतावासले आममाफीको फाइदा लिन गैरकानुनी रूपमा बसेका नेपाली कामदारले पूरा गर्नुपर्ने प्रक्रियाको विस्तृत सूचनासमेत जारी गरेको छ ।
सूचनामा राहदानी हराएका, म्याद समाप्त भएको, आवासीय भिसा नभएका, प्रवेश भिसा भएर आवासीय भिसा नलिएका, कुनै कारणले राहदानी नभएर यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिनुपर्ने, बहिर्गमन भिसा (इक्जिट पेपर) लिन, भिजिट भिसामा आएर म्याद समाप्त भएकालगायतका विभिन्न विषय छुट्टयाएर कुवेतको अध्यागमन कार्यालय वा
दूतावासमा सम्पर्क गर्न भनिएको छ । दूतावासले सम्पर्कका लागि आफ्नो फोन नम्बर २५२४३२५४ र २५२४३२५७ उल्लेख गरेको छ । दूतावासले साहू वा कम्पनीबाट तलबलगायत सुविधा पाउन बाँकी भएका र उक्त सुविधा पाउनका लागि अदालतमा मुद्दा चलाएको भए रकम पाउनका लागि कानुनी रूपमा कसैलाई प्रतिनिधि नियुक्ति गरी घर जान सक्ने बताएको छ ।
आममाफीअघि समस्यामा एक वर्षको अवधिमा दूतावासको पहल, घरफिर्ती केन्द्र तथा जेल सजाय भोगेर ७ सय २० नेपाली स्वदेश फर्किइसकेका छन् भने २ सय महिला दूतावासको आश्रयस्थलमा रहेको राजदूत पौडेलले बताए । नेपाली महिलामध्ये करिब एक तिहाइ नक्कली राहदानी, अर्काको राहदानीमा फोटो परिवर्तन गरेर भारतीय बाटो हुँदै कुवेत भित्रिएका हुन् ।
कुवेत सरकारले आममाफीको अवधिभर स्वदेश जानेहरूले कुनै सजाय भोग्नु नपर्ने र दण्ड जरिवाना तिर्नु नपर्ने र पुन: कुवेत फर्किन पाउने घोषणा गरेको छ । तर समयावधिभित्र कानुनी हैसियत नपाई कुवेतमै बस्नेले कडा सजाय भोग्नुपर्ने, सजायपछि देश निकाला (डिपोर्ट) गर्ने र पुन: कुवेत आउन नदिने भएको छ । राहदानी भएर गैरकानुनी हैसियतमा बसेका कामदारले आवासीय भिसा लिई कुवेतमा बस्न चाहेमा उक्त अवधिको जरिवाना तिरी आवासीय भिसाका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले जनाएको छ ।
आममाफी पाएर स्वदेश फर्किनका लागि दूतावासले सस्तो दरमा हवाई टिकट उपलब्ध गराउन फ्लाई दुवाई र एयर एरेवियासँग कुरा गरेको छ । जसअनुसार फ्लाई दुवाई ३० केजी लगेज र ७ केजी ह्यान्डक्यारी सहित ४१ डिनार टिकट दिने निश्चित गरेको छ ।
कुवेतले आफ्नो राष्ट्रिय दिवसको स्वर्ण महोत्सव, २० औं मुक्ति दिवस र राजा साबह अल(जाबर अल सबानको पाँचौं राज्य रोहणको अवसर पारेर आममाफी घोषणा गरेको हो । फागुन १४ मा मनाइएको कुवेतको राष्ट्रिय दिवसको अवसरमा नेपाली राष्ट्रपति डा. राष्ट्रपति रामवरण यादवसहित ४० देशका राष्ट्र प्रमुख र विशेष प्रतिनिधिहरू सहभागी थिए ।
Via Source:- eKantipur
नेपालमा ७५ करोडको इ–लाइब्रेरी खुल्ने
सिड्नी, अष्ट्रेलिया, फाल्गुन २१ - नेपाल सरकार, गैर आवासीय नेपाली महासंघ र बिभिन्न दातृ निकायहरुको पहलमा नेपालका सम्पूर्ण जिल्लामा बिद्युतीय पुस्तकालय(इ लाईबे्ररी) खोलिने भएको छ । जसको पहिलो चरणको अनुमानित लागत १० मिलियन डलर अर्थात करिब ७५ करोड रुपैयाँ रहेको छ ।
यही १५ फागुनमा भएको सहमति अनुरुप यस कामलाई तदारुकतासाथ अघि बढाउन योजना र प्राविधिक गरी दुईवटा कार्यकारी समिति समेत गठन गरिएको छ । जसमा योजना तहको कार्य अघि बढाउन अष्ट्रेलियामा कार्यरत वैज्ञानिक डा. राजु अधिकारी र प्राविधिक तहको कार्य अघि बढाउन विश्वका अधिकांश क्षेत्रमा कार्यरत हेल्प नेपाललाई सयोजन गर्ने जिम्मेवारी दिइएको छ । जस अनुसार वैशाख भित्रमा सबै कार्य सम्पन्न गरेर कार्य अघि बढाइनेछ । बिशेष गरेर एनआरएनको पहलमा सुरु गरिएको यो कार्यक्रम पहिलो चरणमा १५ जिल्लामा लागू गरिनेछ । कार्यक्रम सुरु गर्नका लागि पहिलो चरणमा सरकारले नै रकम विनियोजन गरेर खर्च गर्नुपर्ने र त्यसपछि अन्य दातृ निकायहरुसँग सहयोगका लागि आग्रह गरिनेछ ।
यसअघि नै नेपालमा हेल्प नेपालले बिभिन्न २२ वटा बिद्यालयमा इ लाइबे्ररी स्थापना गरिसकेको छ । यसले प्रभावकारी काम गरेपछि यो कामको थालनी गरिएको हो । योजना बनाउने जिम्मा पाएका डा. राजु अधिकारीका अनुसार यो कार्यक्रम नेपालका सबै जिल्लामा लागू गरिनेछ । पहिलो चरणको कार्यक्रम १५ जिल्लाबाट सुरु गरिने र अन्य जिल्लाहरुमा पनि तत्कालै लाग गरिनेछ । अधिकारीका अनुसार प्रत्येक जिल्लाका बिद्यालयहरुमा कम्युटर राखिनेछ । कार्यक्रम सुरु भएपछि यसको बिस्तारका लागि सरकारको तर्फबाट दातृ संस्थाहरुसँग प्रस्ताव पेश गरिने र त्यसकै आधारमा सहयोग जुटाईनेछ ।
एनआरएनको सहयोगमा सरु हुन लागेको यो कार्यक्रम नै सबैभन्दा ठूलो भएको सम्बन्धित व्यक्तिहरुले बताएका छन् । कार्यक्रम सफल बनाउनका लागि तदारुकताका साथ लागिपरेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष धु्रव सुवेदीले बताए । २१औं शताब्दी अनुरुप नेपाली बिद्यार्थीहरुलाई पनि सुचना र सञ्चार मार्फत विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रमको सुरु गरिएको हो ।
@ ekantipur
तीव्र विरोधकाबीच विधानसभा निर्वाचनको तयारीमा
सिलिगुडी फाल्गुन १९ – सत्तारुढ माक्र्सवादी कम्युनिष्ट पार्टीको तीव्र विरोधका वावजुद दार्जिलिङमा राज्य विधानसभा निर्वाचनको मिति तय गरिएको छ ।
केन्द्रीय चुनाव आयोगले दार्जिलिङसहित पश्चिम वंगालका ६ जिल्लामा आगामी वैशाख ५ गते ६ चरणमा चुनाव सम्पन्न गर्ने घोषणा गरेको छ । दार्जिलिङमा तत्काल चुनावको स्थिति नभएको बताउदै आएको माक्र्सवादी निर्वाचनको विरोधमा उभिएको छ । ‘पहाडमा चुनावी परिस्थिति नै छैन’, सिलिगुडीका विधायक अशोक भट्टाचार्यले भने,‘पहाडमा अहिले चुनाव गरिनु तनाव निम्त्याउनु मात्रै हो ।’ भट्टाचार्यले दार्जिलिङ र डुवर्सको स्थिति अझै गम्भीर रहेको बताउदै निर्वाचन नगराउन आयोगलाई यस अघि नै आग्रह गरेको थियो । तर, आयोगको एक प्रतिनिधि मण्डलले दार्जिलिङको हालैको भ्रमणमा निर्वाचनको सम्भावना देखिएको बताएको थियो ।
दार्जिलिङलगायत नेपालीभाषि वाहुल्य क्षेत्रमा माक्र्सवादीले पछिल्लो समय जनाधार गुमाउदै गएको छ । आफ्नो पार्टी पराजित वन्न सक्ने त्रासका कारण माक्र्सवादी चुनावदेखि डराइरहेको बताइएको छ । मोर्चाका प्रचार सचिव हर्क क्षेत्री भन्छन्,‘आफ्नो पराजय निश्चित भएपछि माक्र्सवादी पार्टी चुनावदेखि डराएको हो ।’ क्षेत्रीका अनुसार पछिल्लो समय जलपाइगुडीको सिप्सुमा भएको गोली काण्डका कारण माक्र्सवादी सर्वत्र आलोचित बनेको छ ।
मुख्य निर्वाचन आयुक्त एसवाई कुरैसीले बताए अनुसार दार्जिलिङसहित कोचविहार, जलपाइगुडी, उत्तर र दक्षिण दिनाजपुर तथा माल्दामा एकै समयमा निर्वाचन हुदै छ । उत्तर र दक्षिण दिनाजपुर माओवादी प्रभावित क्षेत्र मानिन्छ । यस क्षेत्रमा कडा सुरक्षा सहित चुनाव गराइने जनाइएको छ । राज्य विधानसभाको कुल २ सय ९४ सिटमध्ये वंगालका ६ जिल्लामा ५४ सिटका लागि निर्वाचन हुदै छ । पश्चिम वंगालमा मात्रै नेपालको जनसंख्याको दोव्वर मतदाता छन् । दार्जिलिङमा भारतीय जनता पार्टी, माक्र्सवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी, अखिल भारत गोर्खा लिग, त्रिणमुल कंग्रेसलगायतका पार्टीले निर्वाचनमा भाग लिने जनाइएको छ । छुट्टै गोर्खाल्याण्डका लागि आन्दोलित गोर्खा जनमुक्ति मोर्चाले निर्वाचनवारे निर्णय गरिसकेको छैन । दार्जिलिङमा यस पटक ममता वेनर्जी नेतृत्वको त्रिणमुल कंग्रेसको पटक राम्रो देखिएको छ । केही महिना अघि दार्जिलिङको भ्रमण गरेकी वेनर्जीले हालै जारी रेल वजेटमा दार्जिलिङलाई विशेष योजनासहत प्राथमिकतामा राखेकी छन् । उनले सिलिगुडी नजिकको सेवोकदेखि कालिम्पोङसम्म जोड्ने रेल मार्गको विस्तार गर्ने, दार्जिलिङमा सफ्टवेयर कारखानाको निर्माण गर्ने र खर्साङमा नसिङ कलेजको स्थापना गर्ने वजेटमार्फत उल्लेख गरेकी छन् ।
कोरियामा इपिएस प्रणालीबाट आएका २ सय नेपाली पक्राउ
मञ्जु थापा, सिउल (दक्षिण कोरिया), फागुन १६- कोरियामा इपिएस प्रणालीबाट आएका २ सय नेपाली पक्राउ परेका छन्। भिसा भएका उनीहरुलाई काम गरिररहेको कारखानाबाट नै अध्यागमनका कर्मचारीले गत शनिबारदेखि धमाधम पक्राउ गरिरहेको छ।
| केही समय अगाडी कोरिया जान लाईन लागेका नेपालीहरु |
ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन र सिउलबाट यस्ता नेपाली पक्राउ परेका हुन। यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका तथा पछि फेरि इपिएस प्रणालीद्वारा यहाँ आएकाहरु बढी छन्।
राति होस् या बिहान, जनुसुकै बेलामा पनि कोरियन अध्यागमन कर्मचारीले विना कुनै सूचना काम गरिरहरेको कारखानाबाट पक्राउ गर्ने गरेको उनीहरुले बताएका छन्। यसरी समातिएकालाई छानविनपछि मात्र नेपाल पठाउने जानकारी पनि दिइएको छ।
यस सम्बन्धमा एनसिसीका अध्यक्ष डेबिट राईसँग गरिएको कुराकानी
अहिलेसम्म इपिएसमार्फत् फेरि कोरिया आएका नेपाली कति समातिएका होलान् ?
राई : आजको दिनसम्म २ सय जना समातिसकेको आधिकारिक सूचना प्राप्त भएको छ।
उनीहरु सबै प्रक्रिया पुराएर आएका थिए तर किन समातिए त ?
राई : किनभने उनीहरुले नाम परिवर्तन गरी आइ, पासपोट र जन्ममिति परिवर्तन गरेको प्रमाण फेला पारेको र फोटोको आधारमा समातिएका हुन।
यस्तो कसरी पत्ता लाग्यो ?
यसमा नेपाली समूह र कोरियन दलालको ठूलो हात रहेको छ। किनभने यो सम्झौता दुई देशको सरकारबीच रहेको र कुनै पनि दलालले रकम उठाउन नपाएका कारणले उजुरी पर्न गएको जानकारीमा आएको छ। यस घटनालाई नेपाल सरकारले छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हुन्छ। यदि सरकार मौन रहेको खण्डमा पीडित पक्षलगायत् कोरियामा भएका सम्पूर्ण नेपाली सङ्घ/संस्था बुद्धिजीवी पत्रकार, नेपाली समुदायले गम्भीररुपमा सोच्नुपर्ने
अवस्था सिर्जना हुनेछ।
किन यो कुरा अहिले आयो त जब कि कोरियन सरकारले नै अन्तिम नामावली पठाएको थियो। त्यो बेलामा किन जाँचबुझ गरेन त ?
राई : १. हाम्रो नेपाल सरकारको कमजोरी नै प्रमुख कारण हो किनभने एक व्यक्तिले इच्छाअनुसार नाम, जन्ममिति र नागरिकता पटकपटक फेर बदल गर्न सक्नु र गाविसदेखि परराष्ट्र मन्त्रालयसम्मका कर्मचारी पनि यस कुरामा संलग्न रहेको पुष्टि हुन्छ।
२. सम्बन्धित व्यक्ति पनि गैरकानुनी काम गरेको हुनाले पनि त्यस व्यक्ति सजायको भागिदार हुनुपर्ने हुन्छ तर उनीहरुको
रहर होइन त्यो उनीहरुको बाध्यता हो। किनभने कोरियन सरकारले सजिलै भिसा नदिने हुनाले पनि उनीहरुले इपिएस प्रणाली
अपनाएका हुन।
राईका अनुसार यसरी नाम परिवर्तन गरी वा एक पटक कोरियाबाट समातिएर गएका नेपालीहरु फेरि इपिएस प्रणालीबाटै किन नहोस्, कोरिया नआउनु राम्रो हुनेछ।
मलेसियाबाट मानसिक असन्तुलन भई स्वदेश फिर्ता
योगेन्द्र योगी "हिमाल" /मलेसिया
रोल्पा जिल्ला घर भई आज भन्दा ३ वर्ष अगाडी बैदेसिक रोजगारीको सिलसिलामा मलेसिया आइपुगेका प्रेम के.सी मानसिक असन्तुलन भई गत सोमबार स्वदेश फर्किसकेका छन् ।
प्रेम के.सी मलेसियाको निलाई शहर स्थित युनाईटेड मोर कम्पनीमा कार्यरत थिए। मानसिक असन्तुलन भएको ४ महिना भएको थियो। निजलाई मलेसियन धामी झाक्री लगायत मेडिकल गर्दा पनि स्वाथ्यमा सुधार नआएको कारण कम्पनीले घर जाने टिकटको ब्यबस्ता मिलाई दिएको हो ।
उनीले धुम्रपन मध्यपन गरेपछि साथीहरुलाई नराम्रो कुरा भन्ने गाली गर्ने जथाभाबी हिडने गर्थे । काठमाडौं देखि घर पुग्ने खर्च न भएको कारण सबै साथीहरु नेपाली,भियतनाम,बंगलादेश र म्यानमार लगायत साथीहरु बाट रकम उठाई जम्मा आर.एम- ८०० र मलेसिया निलाई स्थित नेपाली एकता समाज बाट आर.एम ५१ गरी जम्मा आर.एम -८५१ निज प्रेम के.सी लाई हस्तारण गरीएको थियो ।
सो रकम ठाकुर खतिवडा र खडक बहादुर बटालाको सक्रियतामा रकम जम्मा भएको थियो । निज प्रेम के.सीले नेपाल पुगी म सकुसल नेपाल आइपुगे भनि पत्रकार योगेन्द्र 'हिमाल' लाई फोन गरी जानकारी गराएको प्राप्त समाचारमा जनाईएको छ ।
५ सय ६२ नेपाली कामदार इजिप्टको सीमामा अलपत्र
लिबियामा जारी हिंसात्मक आन्दोलनपछि नेपाल फर्कन लागेका ५ सय ६२ नेपाली कामदार इजिप्टको सिमाक्षेत्र दर्नामा अलपत्र परेका छन् ।
८ वटा ट्रकमा चढाएर इजिप्टको सीमाक्षेत्रमा ल्याइएका नेपाली कामदारलाई सीमाक्षेत्रमा छाडी कम्पनी प्रतिनिधि भागेपछि उनीहरु अलपत्र परेको इजिप्टका लागि नेपाली राजदूत श्याम तपदारले बताउनुभयो । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै तपदारले भन्नुभयो-’पहिले कम्पनीले इजिप्टसम्म ल्याउने र इजिप्टबाट नेपाल जाने हवाई टिकटको खर्चसमेत बेहोर्ने बताएको थियो, तर इजिप्टको सीमाक्षेत्रमा ल्याएपछि कम्पनीका प्रतिनिधि सम्पर्कबिहीन भए ।’
कामदार जिम्मा लिन इजिप्टको सीमाक्षेत्रमा पुगेका इजिप्टस्थित दूतावासका प्रथम सचिव तीर्थ अर्याल नेपाली कामदारको सम्र्पकमा पुगेको तपदारले जानकारी दिनुभयो । अहिले उनीहरु सुरक्षित र सामान्य रहेको भएपनि इजिप्ट ल्याउन आर्थिक अभाव भएकाले नेपाल सरकारको निर्देशन कुरेर बसिरहेको तबदारले जानकारी दिनुभयो ।
‘उनीहरुलाई कायरोसम्म ल्याउन र हवाई टिकटको ब्यबस्था गरि नेपालसम्म पुर्याउन धेरै खर्च लाग्छ’- तपदारले भन्नुभयो- ‘खर्चका लागि मैले परराष्ट्रमा अनुरोध गरेको छु, निर्देशन आउनासाथ कामदारलाई इजिप्ट ल्याइन्छ ।’
कायरोबाट करिव ८ सय किलोमिटर टाढा रहेको दर्ना सीमाक्षेत्रमा रहेको नेपालीलाई जिम्मा लिन गएका प्रथम सचिव अर्याल आफ्नो नियमित सम्पर्कमा रहेका उहाँले जानकारी दिनुभयो । परराष्ट्र र फिल्डमा रहेका कर्मचारीसंग आफुले निरन्तर कुरा गरिरहेका भन्दै उहाँले सरकारको निर्देशन पाउनासाथ कामदारलाई बसमा राखेर कायरो ल्याउने जानकारी दिनुभयो ।
लिबियाको अबस्था झन झन खस्किदै गएको भन्दै कायरोस्थित नेपाली दूतावासले अन्य स्थानमा रहेका नेपालीहरुले दूतावासमा सम्पर्क गरिरहेको र उनीहरुलाई पनि सुरक्षित उद्दारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
यसैवीच बिहीवार सााझ काठमाण्डौंस्थित परराष्ट्र मन्त्रालयले नेपाली कामदारलाई नेपाल ल्याइपुराउन लाग्ने अनुमान खर्च कायरोस्थित दूतावाससंग मागेको छ । परराष्ट्रलाई अनुमानित खर्च बिबरण पठाएपछि शुक्रबारमात्र कामदार फिर्ति प्रकृया सुरु हुनसक्ने तपदारले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयमा धर्ना
लिबियामा जारी सरकार विरोधी आन्दोलनका कारण अलपत्र परेका नेपालीलाई अविलम्ब उद्धार गर्नुपर्ने माग गर्दै आज परराष्ट्र मन्त्रालयमा एकघण्टा धर्ना दिइएको छ । पीडित परिवार र नेपाल मानवअधिकार सगठनद्वारा संयुक्त रुपमा बिहान १० बजेदेखि ११ बजेसम्म मन्त्रालयको ढोकामा धर्ना दिएका हुन् । धर्नापछि संगठनका अध्यक्ष सुदीप पाठकको नेतृत्वको टोलीले परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पाठकले लिवियामा अहिले करिब दुई हजार आठसय नेपालीको ज्यान जोखिममा रहेकाले सरकारले प्रतिनिधि पठाएर कूटनीतिक रुपमा तिनीहरुको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।
अनलाइन खवर
लिबियाका सातसय नेपालीलाई इजिप्ट सार्ने तयारी
सरकारले लिबियामा रहेको करिव सात सय नेपालीलाई इजिप्टमा सार्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लिबियामा जारी सरकार विरोधी आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरु असुरक्षित बनेको भन्दै इजिप्टमा पार्ने निर्णय गरेको हो ।
बैठकपछि विनाविभागिय मन्त्री विष्णु पौडेलले भन्नुभयो-’लिबियामा जारी आन्दोलनका कारण केही नेपालीको वासस्थानमा असर परेकाले करिव ७ सयलाई इजिप्टमा सार्न सरकारले तयारी गरिरहेको छ ।’ त्यसका लागि बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजूको नेतृत्वका एक टोली बुधबार राति इजिप्ट प्रस्थान गरेको छ । टोलीले नेपालीलार्इ इजिप्टमा सार्न कुटनीतिक पहल गर्नेछ ।
बटाजूका अनुसार टोलीले लिबियाको दर्ना भन्ने स्थानमा रहेका करिव सात सय नेपालीलाई पैदल मार्ग हुँर्दै इजिप्टमा सारिनेछ । उनीहरुलाई नेपाल ल्याउने/नल्याउने भन्ने अझै तय भइसकेको छैन । बैदेशिक रोजगार व्यवसायी संघका अनुसार लिबियामा हाल करिव १८ सय नेपाली रहेको भएका छन् ।
जसमध्ये आन्दोलन चर्किएको बेङ्गाजीमा रहेका ७०/८०,कर्नेल गद्धाफीको गृहनगरमा रहेका ३०/४० र डेयनामा रहेका करिव ६० जनाको भने उद्धार गर्न प्राय: असम्भव देखिएको छ । सरकारविरोधी आन्दोलनका कारण उनीहरुको उद्धार गर्न सक्ने अवस्था नरहेको बटाजूले बताउनु भयो । अल्जेरियाको वर्डर नजिकै घाटमा एक चाइनिज कम्पनिमा कार्यरत नेपालीलाई भने कम्पनीले नै त्यहाँबाट सार्ने प्रयास थालेको बताइएको छ ।
विश्व साईकल यात्री वुधवार थाईलेण्ड लाग्दै
रामचन्द्र नेपाल/Yogendra Yogi
क्वालालम्पुर मलेसिया, विश्व साईकलयात्री शौरभ दाहाल मलेसियाको एक महिने भ्रमण पछि बुधवार थाईलेण्ड जादैछन् । सबैको लागि समान शिक्षा,बिश्व शान्ति लगायत वातावरण संरक्षणको नारा लिएर ०५९ सालमा
नेपालबाट आफ्नो यात्रा थालेका सौरभ २९ राष्ट्रको भ्रमण पछि एक महिना अगाडि मात्रै मलेसिया आईपुगैका थिए । मलेसियामा उनले विश्वकै चर्चीत पर्यटकीय क्षैत्र ज्ञान्तीग हाईलैण्ड,विश्वकै चर्चीत मलक्कामा रहैकौ चिडिया घर तथा मलेसियामा रहेको प्रहरी प्रसाशनका उच्च तहका कर्मचारीहरु संग भैटघाट समेत गरेका थिए । साईकल यात्राकै क्रममा उनले मलेसियाले आयेाजना गरेको ४० राष्ट्र सहभागी भएको साईयात्रामा समेत भाग लिने मौका पाएका थिए । विश्व साईकल यात्री भएकै कारण सवैको ध्यान उनको साईकल यात्रामा परैको देखिएको थियो । मलेसियामा उनलाई नागरिकस्तरवाट प्रवासी तामाङ एकता समाज,तथा प्रवासी मगर संघलै सम्मान गरेको थियो ।सौरभको थाईलैण्ड तीसौ राष्टको भ्रमण रहेको छ । उनी कान्तिपुर पव्लिकेशनका सदभावना राजदूत समेत हुन् ।
वाशिङगटन डि.सी. मा शीतकालीन कविता प्रतियोगिता सम्पन्न
वाशिङगटन डि।सी।/ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज 'अनेसासु' को वाशिङ्गटन डिसी मेट्रो च्याप्टरले हरेक वर्षझैं यस वर्ष पनि शीतकालीन कविता प्रतियोगिता २०११ आयोजना गरेको छ ।
यही फेब्रुअरी २० का दिन स्थानीय आर्लिङ्गटन पुस्तकालयमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगी र अप्रतियोगी गरी जम्मा १५ कविता वाचन गरिएको थियो ।
प्रतियोगी कविहरुकोतर्फबाट गुणराज लुइटेल, रविन्द्रभक्त श्रेष्ठ, अनिषा दवा,डी विवेचना निरौला, प्रकाश नेपाल र विजय थापाले कविता वाचन गर्नु भएको थियो भने अप्रतियोगी कविताकोरुपमा कवि होमराज सुवेदी, शरद निरौला, रजनी श्रेष्ठ, मन्जु निरौला, रामप्रसाल खनाल, गोपाल रेग्मी, प्रेम संग्रौला, हेमन्त श्रेष्ठ र विमला निरौलाले सहभागिता जनाउनु भएको थियो ।
प्रस्तुत कविताहरुमध्ये प्रकाश नेपालको 'अशुभ हुन्छ भन्छन्' शिर्षकको कविता प्रथम घोषित भएको थियो भने गुणराज लुइटेलको 'क्रन्दनु' दोश्रो र विजय थापाको 'नेपाल आमा' नामक कविता तेस्रो भएका थिए । प्रमुख अतिथी नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले प्रथम, द्धितीय र तृतीय हुने कविहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
रामप्रसाद खनाल, गोपाल रेग्मी र मोहन निरौला रहनु भएको निर्णायक मण्डलले उत्कृष्ट कविता छनौट गरेको थियो ।
यसैवीच, सोही अवसरमा कवयत्री तथा लेखिका मन्जु निरौलाको नयां पुस्तक 'यथार्थमा अमेरिका' को विमोचन प्रमुख अतिथी सचिव तथा साहित्यकार शर्माले गर्नु भएको थियो । एक निवन्ध शैलीमा लेखिका निरौलाले आफ्नो पुस्तकमा अमेरिकामा रहदा नेपाली समुदायका मानिसहरुले भोग्ने गरेका समान समस्याहरुको वर्णन गर्नुभएको छ । यस अघि उहांको 'प्रवासका सुस्केरा' नामक कविता संग्रह प्रकाशित भइसकेको छ ।
कार्यक्रममा साहित्यकार गोविन्द गिरी 'प्रेरणा' ले नेपाली मुर्धन्य साहित्यकारहरु कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपि शेरचन, हृदयचन्द्र िसंह प्रधानलगायतका व्यक्तित्वहरुका काव्य यात्रा सम्बन्धमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदीले प्रवासमा साहित्य विस्तारकोलागि सवैको सहयोग चाहिने कुरा बताउनु भयो ।
प्रमुख अतिथि आनन्दप्रसाद शर्माले अनेसासले नेपाली साहित्यको जगेर्ना गर्न पुर्याएको योगदानको प्रसंशा गर्दै आफैद्धारा रचित छन्दबद्ध कविता वाचन गर्नु भएको थियो ।
बहराइन र लिबियामा नेपाली कामदार पठाउन रोक
वैदेशिक रोजगारीका आकर्र्षक गन्तव्य मुलुक बहराइन र लिबियामा आन्दोलन चर्किंदै गएपछि सरकारले कामदार पठाउन रोक लगाएको छ । बहराइनमा २५ हजार नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । गैरकानुनी ढङ्गले गएका समेत गरी करिब ४० हजार नेपाली त्यहाँ रहेको अनुमान छ । लिबियामा तीन हजारभन्दा बढी नेपाली कार्यरत् छन् ।
सुरक्षाका लागि कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागका निर्देशक काशीनाथ मरासिनीले बताए । बहराइनको राजधानी मनामामा सोमबारदेखि बहुसङ्ख्यक सिया समुदायले सुन्नी मुस्लिम राजपरिवारविरुद्ध आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीहरु राजनीतिक निकासका साथै राजतन्त्र अन्त्यको माग राख्दै आन्दोलनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजनीतिक बन्दीको रिहाइ, रोजगारी सिर्जना तथा जनताद्वारा लिखित संविधानको माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रदर्शनकारीहरुले बताएका छन् ।
लिबियामा पनि प्रजातन्त्रको माग गर्दै सैनिक शासनविरुद्ध जनता सडकमा उत्रिएका छन् । त्यहाँको आन्दोलन र नेपाली कामदारको अवस्थाबारे जानकारी लिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको निर्देशक मरासिनीले बताए । नेपाली जोखिममा परे उद्धारको व्यवस्था मिलाउन परराष्ट्रमार्पmत् सम्बन्धित मुलुकका दूतावासमा आग्रह गरिएको छ । ‘आन्दोलन नरोकिएसम्मका लागि कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिएको हो’, उनले भने ।
वैदेशिक रोजगार व्यवसायी संघले पनि बहराइन र लिबियामा आन्दोलन बढ्दै गएपछि तत्कालका लाग कामदार नपठाउन आग्रह गरेको थियो । बहराइनको राजधानी मनामामा नेपाली धेरै रहेकाले हडतालको समयमा बाहिर ननिस्कन संघले अनुरोध गरेको छ ।
बहराइन आन्दोलन / 'हामीलाई खतरा छैन'
आन्दोलन चर्केको बहराइनको राजधानी मनमामा व्यवसाय गर्दै आइरहेका सिन्धुपाल्चोक हेलम्बुका श्याम तामाङ तनाबमा थिएनन् । उनले त्यहाँ रेष्टुराँ, दोहोरी साँझ र क्याटेरिङ चलाइरहेका छन् । 'बाहिर देखिएको जस्तो खतरा यहाँ छैन्', शुक्रबार दिउँसो फोनमा कुराकानी भइरहँदा उनी भन्दै थिए- 'आज बिदा भएपनि मेरो क्याटेरिङमा काम भइरहेका छ ।'
राजधानी मनमाको केन्द्र भाग भन्दा ढेड किलोमिटर मात्रै टाढा बस्दै आएका तामाङले बहराइनमा चलेको आन्दोलनबाट नेपाली समुदाय खतरा मुक्त रहेको बताए । 'सरकारबिरुद्ध यहाँ सिया समुदायले आन्दोलन चर्काउने प्रयास गरेको हो', १० बर्षदेखि त्यहाँ बस्दै आएका उनले भने- 'तर, यो राजधानीको निश्चित भागमा मात्रै केन्दि्रत छ ।'
राजधानी भन्दा बाहिर रहेका सबै नेपाली कामदारले सहज रुपमा काम गरिरहेको उनले जनाए । 'बिरोध चर्किएको ठाँउमा मात्रै हामीलाई खुल्ला रुपमा हिड्न दिइएको छैन्', उनले भने-'अरु सबै सामान्य अबस्था छ ।'
सिया समुदायले संबिधानको परिवर्तन, भष्ट्रचारको नियन्त्रण, बिदेशीलाई नागरीकता दिन रोक, सिया समुदयामा सेना र प्रहरीमा भर्ना गर्न लगायत माग राखी आन्दोलन चर्काउने प्रयास भइरहेको उनले बताए । बहराइनमा सुन्यु समुदायले शासन गरिरहेको छ । उनीहरुले सेना र प्रहरीमा सिया समुदायलाई भर्ना नलिई पाकिस्तानी र युमनीहरुलाइ भर्ना लिने गरेको छ ।
रेमिट्यान्स कम्पनीहरुका सर्बेक्षण अनुसार बहराइनमा ३५ देखि ४० हजार नेपाली कामदार कार्यरत छन् । 'यहाँ सफाई, निर्माण क्षेत्र, सपिङ कम्पेलक्स, सुरक्षा गार्डमा बढी नेपाली कामदार रहेका छन्', गैरआबसीय नेपाल संघ बहराइनका अध्यक्ष समेत रहेका उनले भने-'डाक्टर, इजिनियरहरु पनि छन् ।'
नेपाली क्लब बहराइनका अध्यक्ष दुर्गा गिरीका अनुसार बिदेशी सहित नेपाली कामदार सामान्य अबस्थामा काम गरिरहेका छन् । 'नेपालीहरुलाई असर परेका छैन', साउदी अरेबियामा रहेका नेपाली दुताबासको लागि सम्र्पक ब्यक्तिको रुपमा समेत रहेर काम गर्दै आइरहेका गिरीले भने-'सबै नेपाली दाजुभाई सम्र्पकमा आइरहेका छन् । कसैले समस्या भएको बताएको छैन् ।' बहराइनमा नेपाली दुताबास खुलेको छैन् । त्यहाँ साउदीबाट हेर्दै आइरहेको छ ।
उनले प्रर्दशन भइरहेको स्थानमा मात्रै सुरक्षा दिन उद्योग र कम्पनीहरुले काम बन्द गरिएको बताए । उनका अनुसार सम्भाबित खतराबाट बच्न फिलिपिन्स सरकारले भने आफ्ना कामदारहरुको बिषयमा निकै चासो दिइरहेको छ । 'कुन कुन क्षेत्रमा आफ्नो कामदारको अबस्थाको बारेमा फिलिपिन्स दुताबासले आफ्नो नागरीकको बिबरण लिइरहेको छ', उनले भने-'यसो हुदाँ नेपालीहरुले पनि चासो दिइरहेको छ ।'
खाडीका ६ मुलुक मध्ये बहराइन सबैभन्दा खुकुलो मुलुक हो । त्यसकारण धेरै नेपालीले रेष्टुरा र दोहोरी साँझ सञ्चालन गर्दै आइरहेका छन् ।
Source:- ekantipur
जानकारी गराएरै आत्महत्या
क्वालालम्पुर (मलेसिया), फाल्गुन ६ - मलेसियामा एक नेपालीले सवैलाई फोनवाट जानकारी गराएर विहीवार साँझ आत्महत्या गरेका छन् । सर्लाही जिल्ला अर्घी– १, भोक्टेनीका ३५ वर्षीय राजकुमार महतोले नेपालमा रहेका घर परिवार तथा मलेसियामा रहेका साथीहरुलाई आफुले आत्महत्या गर्न लागेको जानकारी गराएका थिए ।
तीस महिना अगाडी मलेसिया आएका महतो क्वालालम्पुर नजिकै गुड इयर टायर कम्पनीमा कार्यरत रहेका थिए ।
लामो समयदेखि विरामी परेका महतोले आफुलाई एचआईभि एड्सलागेको आशंका गर्दै आएको साथीभाईहरुले बताएका छन् । तर, उपचारमा संलग्न डाक्टरले भने उनलाई एडस नभई भिरंगी लागेको वताएको उनका साथी शरन महतोले बताए ।
तीन छोरी, एक छोरा र श्रीमती रहेका महतोले आफनै होस्टलमा सवै साथी कम्पनीमा गैसकेपछि आफैले वजारवाट डोरी किनेर ल्याई पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । लामो समय देखि विरामी परेका महतोलाई आईतवार नेपाल पठाउन कम्पनीले टिकट समेत काटिदिईसकेको थियो ।
–रामचन्द्र नेपालबाट
Subscribe to:
Posts (Atom)

