Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

काँकडभिट्टा र चारालीको विजयी सुरुवात


एन्फा झापा लिग
मेची फुटवल क्लव काकरभिट्टा र प्रतिभा युवा क्लव चारालीले अखिल नेपाल फुटवल संघको कार्यायोजना अन्तरगत झापाको विर्तामोडमा जारी “एन्फा रेडवुल झापा लिग २०६८” फुटवल प्रतियोगीतामा विजयी सुरुवात गरेका छन ।
अनारमनी स्थित डोमालाल राजवंशी रङ्गसालामा आज भएको पहिलो खेलमा मेची हेल्थ क्लव इटाभट्टालाई २-१ गोल अन्तरले पराजीत गर्दै काकरभिट्टाले विजयी सुरुवात गरेको हो ।
काकरभिट्टाको जितका लागि चेतराज चेम्जोङले खेलको २१ औं र हेमराज पौडेलले ४४ औं मिनेटमा गोल गरे ।इटाभट्टाका दिपक गिरीले खेलको ७० औ मिनेटमा सान्त्वना गोल फर्काए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा प्रतिभा युवा क्लव चारालीले कटरडाँगी स्पोर्टिङ क्लव चकचकीलाई १ का विरुद्ध दुइ गोलले पराजित गर्यो ।खेलको छैटौं मिनेटमा धर्म श्रेष्ठको गोलवाट कटरडाँगीले अग्रता लिएपनि प्रतिभाका इन्द्रहाङ लिम्वुले ७६ औं मिनेट र सन्तोस लिम्वुले ७८ औं मिनेटमा गोल गरी टिमलाई जित दिलाए ।
यसअघि प्रतियोगिता अन्तरगत हिजो श्रीजंघा स्पोर्टिङ क्लवलाई २-० ले हराउँदै ध्रुवतारा स्पोर्टिङ क्लव दमकले विजयी सुरुवात गरेको थियो भने दोस्रो खेलमा विर्तामोड युथ क्लव र रक्षा नेपाल क्लव डाँगीवारीले १-१ को वरावरी खेलेका थिए ।
झापा जिल्ला फुटवल संघको आयोजनामा गत वैसाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा झापाका २४ वटा फुटवल टिम सहभागि छन् । विभिन्न छ वटा समुहमा जारी प्रतियोगीतामा प्रत्येक समुहको विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।उक्त प्रतियोगीताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद १५ हजार सहित सिल्ड, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

युकेएफसी कसियाङ सेमीफाइनलमा


देबु बानिया, बुधवारे, चैत २३ ।
भारतको युकेएफसी कसियाङ प्रथम सहिद स्मृति नकआउट फुटवल च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
झापाको बुधवारेमा जारी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा उर्लावारी फुटवल कल्व मोरङलाई चार दुईले हराउँदै कसियाङ सेमीफाइनमा पुगेको हो ।
टिमलाई जित दिलाउन विलम प्रधान २ र रिग्देन लामाले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार प्राप्त भएको छ ।
पराजित टिमका विकास राई र सुवास लिम्बुले एक एक गोल गरेका थिए । अव कसियाङले सेमीफाइनमा आयोजक ११ सँग प्रतिस्पर्धा गर्नेछ।
मञ्च संम्बद्ध संघिय लिम्बुवान राज्य परिषद् झापाले आयोजना गरेको खेलमा भोली विर्तामोड युथ कल्व विर्तामोड र राष्टिय जागृति कल्व सुनसरी आम्नेसाम्ने हुनेछन् ।
समाजसेवी रमेश भुजेल प्रायोजक र गोर्खा ब्रुअरीको सानमिगल वियर तथा समाजसेवी कुमार श्रेष्ठ सहप्रायोजक रहेको खेलको विजेताले ट्फी सहित नगद एक लाख र उपविजेताले ट्फी सहित नगद ५० हजार पाउने खेल संयोजक नगेन राईले जानकारी दिनुभयो।

बुढासुब्बा गोल्डकप शुरु, आयोजक धरान पराजित


धरान । १३ औ अन्र्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकप मंगलबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको मंगलबार सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्बललाई १—० गोल अन्तरले पराजित गदै मोरङ फुटबल संघ क्वार्टरफाइनल प्रवेश गरेको छ ।
मोरङको जितको लागि पहिलो हाफको ४५ औं मिनेटमा टिम क्याप्टेन विनोद लामाले एकमात्र निर्णायक गोल गरेका थिए । लामो फ्रिकिक प्रहार गरेको वललाई धरानका गोलकिपर पदमहाङ लिम्बुले पञ्च गर्न खोज्दा फुत्किएपछि मोरङका विनोदले हेडमार्फत गोल गरेका थिए । पहिलो खेलमा आयोजक धरान पराजित भएको यो नै पहिलो पटक हो ।
पराजित भएपनि खेल अवधिभर आयोजक क्लबले मोरङलाई दबाबमा राख्दै करिब दर्जन जति गोल गर्ने प्रयास गरेपनि धरान सफल भने हुन सकेन ।
खेलको म्यानअफ द म्याच मोरङका गोलकिपर मनिष तिमिल्सीना घोषित हुदै टफिसागै एउटा वर्ड मोवाइल सेट पनि हात पारे ।
उद्घाटन अवसरमै भेडेटारबाट उडेका दुई प्याराल्याइडर नरेश राई र मणीराज राईले आकाशबाट पुष्पवृष्टि गदै खेल मैदानमा अवतरण गरेका थिए । साथै, गायक राजेशपायल राईले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
प्रतियोगिताको उद्घाटन अवसरमा प्रमुख अतिथि रहेका शान्ति तथा पुर्ननिर्माण एवं युवा तथा खेलकुद मन्त्री बर्षमान पुन अनन्तले धरानबासीहरुले खेलक्षेत्रमा पुर्याएको योगदानको कदर गदै रंगशाला निर्माण गर्न सरकारको तर्फबाट आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
खेलकुदमा राजनीति भएको कारण विगतमा खेलक्षेत्र विजोग अवस्थामा रहेको उल्लेख गदै उनले अब खेलक्षेत्रलाई राजनीति गर्ने अखडा र कार्यकर्ता भर्ती केन्द्र हुन नदिने बताए ।

१३ औं बुढासुब्बा गोल्डकप चैत ८ देखि


धरान । १३ औं अन्र्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकप यही चैत ८ गतेदेखि १९ गते (२२ मार्चदेखि २ अप्रिल)सम्म सञ्चालन हुने भएको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हुने बारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तथा प्रतियोगिताका मुल आयोजक समिति अध्यक्ष सुवास राईले प्रतियोगिताको ९५ प्रतिशत तयारी पुरा भइसकेको जानकारी दिए । प्रतियोगिताको तयारीस्वरुप प्रायोजन, सहयोगी दाताहरु खोज्ने कार्य, खेलमैदानको मर्मत, प्याराफिट निर्माण, टाइसिट निर्माण, प्रचारप्रसारका सामग्रीहरु निर्माण, प्रचारप्रसारका विविध कार्यक्रमहरुको तर्जुमाजस्ता कार्यहरु सम्पन्न भइसकेको अध्यक्ष राईले बताए ।
अब प्रतियोगिताको प्रचारप्रसाको लागि स्थानीय पत्रपत्रिका, रेडियो एफएम, पम्प्लेट,टाइसिट र माइकिंगजस्ता कार्यहरुलाई तीब्रता दिइने उनले बताए ।
प्रतियोगितामा भारत र बंगलादेशका दुई क्लब र राष्टिय १० क्लबसमेत गरी १२ वटा क्लबहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अन्र्तराष्टिय क्लबमा सिक्किम भारतको नाम्ची फुटबल क्लब र बंगलादेशको मिरपुर फुटबल क्लब सहभागी हुने छ भने राष्टिय क्लबहरुमा रानी पोखरी कर्नर टिम(आरसिटि),धरान फुटवल क्लब, थ्री स्टार, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बल, हिमालयन शेर्पा क्लब,डब्लुएमएससी मजदुर सहिद स्मृति क्लब,सहारा क्लब, झापा फुटबल संघ र मोरङ फुटबल संघले सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजकले अनुमानित आयतर्फ २८ लाख ८५ हजार र खर्ततर्फ २८ लाख ४० हजार ५ सयको अनुमानित आयव्यय समेत प्रस्तुत गरेको थियो । यसैगरि,प्रतियोगिता अवधिभर दैनिकरुपमा टिकटबाट लक्की ड मार्फट एक दर्शकलाई वर्ड मोवाइल पुरस्कार स्वरुप दिइने आयोजकले जनाएको छ ।
पुरस्कार लिन कुनै पनि नेपाली कम्पनीको मोवाइलबाट बीएसजि स्पेश टिकेट नम्बर टाइप गरि ५००४ मा एसएमएस गर्ने व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष राईले बताए । पत्रकार सम्मेलनमा प्रतियोगितालाई सहयोगस्वरुप धरान दुबई हेल्पिङ्ग हेन्स, दुबईको तर्फबाट अध्यक्ष सोम तामाङले आयोजक समितिलाई नगद २५ हजार हस्तान्तरण गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगितालाई सहयोग स्वरुप धरान हङ्गकङ्ग मञ्च,हङ्गकङ्गबाट नगद १ लाख ५० हजार र धरान यू.के. समाज, यू.के.बाट ५० हजार आर्थिक सहयोग प्राप्त हुने पक्का भएको छ भने धरान ६ निवासी खेलप्रेमी मेहरलाल श्रेष्ठले सौजन्यस्वरुप २२ जोर फुटवल जर्सी प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले प्रथम नगद पुरस्कार वापत २ लाख र उपविजेताले १ लाख नगद पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अवभिधरको उत्कृष्ट खेलाडीले नगद २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार पाउनेछ । फाइनल खेलको म्याद अफ दि म्याच घोषित खेलाडीले नगद १० हजार र एक थान वर्ड मोवाइल सेट पाउने छ भने प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले पनि वर्ड मोवाइल एक थान पाउनेछ ।
प्रतियोगिताको प्रचारप्रसार गर्न पूर्वका विभिन्न शहरहरमा चर्चित कलाकारहरुको साथमा टुबोर्ग म्युजिक अन विल्स इन सपोर्ट फर १३ बुढासुब्बा गोल्डकप नामको लाइभ कन्र्सट आयोजना गरिने धरान फुटबल क्लबका उपाध्यक्ष एवं प्रतियोगिताको प्रसारप्रसार समिति संयोजक इन्दु रसाईलीले जानकारी दिएका छन् ।
उक्त टूर कन्सर्ट चैत ५ गते इटहरी, चैत ६ गते इलाम, चैत ७ गते धनकुटा र चैत ८ गते उद्घाटन अवसरमा धरानमा आयोजना गरिनेछ । कन्र्सटमा चर्चित गायक राजेशपायल राई,नवराम राई, सपन श्रेष्ठ र डिल्ली फोम्बोको प्रस्तुती रहनेछ ।
शब्द : रोहित राई
तस्वीर:सोहन श्रेष्ठ

घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता

भद्रपुर २० फाल्गुन / नेपाल क्रिकेट संघ झापाले तयार गरेको मेची बहुमुखी क्याम्पसको क्रिकेट मेदानमा फाल्गुन २५ गतेदेखि चौथो विनेश स्मृति नकआउट क्रिकेट प्रतियोगिता संञ्चालन हुने भएको छ ।
प्रतियोगितामा टाटा क्रिकेट टीम जमसेदपुर, पटना क्रिकेट टीम बिहार, भागलपुर क्रिकेट टीम झारखण्ड र नेपालका सशस्त्र प्रहरी, भैरहवा तथा ओयाजक सहित छ वटा टीम सहभागी हुने भएका छन् । प्रसतियोगिता लिग कम नक आउटको आधारमा ५०÷५० ओभरको हुने भएको छ । बिजयी प्रथम टीमलाई ट्रफी र २५ हजार नगद प्रदान गरिने छ भने म्यान अफ दी म्याचलाई एक हजार प्रदान गरिने भएको छ । 
संघले मेची बहुमुखी क्यामपसँग वार्षिक रु २५ हजार रोयल्छी दिने शर्तमा २५ वर्षका लागि मैदान भाडामा लिएको हो । 
झापा पोष्ट दैनिकको सहयोगमा 

शहिद स्मृती खेलकुद सम्पन्न


१९ फागुन / बिर्तामोड, 
सुखानी शहिद स्मृती दिवसको सन्दर्भमा नेकपा एमाले कोहेड टोल कमिटी अनारमनी ३ को आयोजनामा सञ्चालीत शहिद स्मृती खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भयो ।
१३ बर्ष मुनीका बालकहरुबिच फुटबल र बालिकाहरुबिच २०० मिटर दौड प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगिताको फुटबल तर्फ लिर्वर्टी स्कुल अनारमनी ३ ले प्रथम स्थान हासिल गरेको छ । सो प्रतियोगितामा न्यूटन एजुकेशन एकेडेमी अनारमनी ३ ले दोश्रो स्थान प्राप्त गरेको छ भने तेश्रो स्थान बिरता बाल क्लब अनारमनी ३ र सान्तवना मिडल प्वाईण्ट अंग्रेजी स्कुल भएका छन । यसरी नै बालिकाहरुको २०० मिटर दौडमा न्यूटनकी सिवानी कटवाल प्रथम, लिवर्टीकी आशिका कार्की दितीय र अनारमनी अनौपचारिक प्राविकी अञ्जु विश्वकर्मा तृतीय भएकी छिन । 
लिटल फ्लावर्स अग्रेजी स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फुटबल तर्फ लिवर्टीका रिसब घिमीरे म्यान अफ द सिरीज भएका छन । यसरी नै प्रतियोगिताको फाईनल खेलमा न्यूटनका समिर सुब्बा म्यान अफ दि म्याच र तेश्रो स्थानको लागि भएको खेलमा मिडल प्वाईण्टका प्रतिक घिसीङ्ग म्यान अफ दी म्याच भएका थिए ।
प्रतियोगिताका बिजयी समुह र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य एवम् मदन भण्डारी फाउण्डेशन झापाका अध्यक्ष देवेन्द्र दाहाल, बिषेश अतिथी फुटबल संघ झापाका अध्यक्ष जलकुमार गुरुङ्ग, पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोख्रेल एमाले अनारमनी अध्यक्ष हरि ओझा, नन्दमणी विमली लगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रथम हुने समुहले म्याडल सहित ट्रफी र फुटबल, दाश्रो हुने समुहलाई कप सहित फुटबल पुरस्कार प्रदान गरिएको कार्यक्रममा तेश्रो र सान्वतव्ना स्वरुप फुटबल पुरस्कार वितरण गरिएको थियो । म्यान अफ दी म्याच हुने खेलाडीलाई मेडल सहित नगद पुरस्कार प्रदान गरिएको थियो भने यसरी दौडतर्फ प्रथम, दितीय र तृतीय लाई मेडल सहित क्रमशः ३ सय, २ सय र १ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
आयोजक कमिटी अध्यक्ष शान्ता रोकाको अध्यक्षता तथा सोमनाथ पोर्तेलको सञ्चालनमा सम्पन्न पुरस्कार बितरण समारोहमा प्रमुख अतिथी देवेन्द्र दाहाल, बिषेश अतिथी जलकुमार गुरङ्ग सहित गणेश पोख्रेल, हरि ओझा, फीरोज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
यस अघि प्रतियोगिताको उद्घाटन हिजो १७ गते एमाले नेता हरिचरण शिवाकोटीले गर्नु भएको थियो । शान्ता रोकाको अध्यक्षता सोमनाथ पोर्तेलको सञ्चालन र देशमाया राईको स्वागत मन्तव्य रहेको उदघाटनमा एमाले मेची अञ्चल सल्लाहकार तेजबहादुर कन्दङ्गवा, मोहन शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भलिबल उपाधी पशुपतिको पोल्टामा


झापा जिल्लास्तरीय अन्तरविद्यालयस्तरीय भलिवल प्रतियोगितामा
 उपाधी चुमेपछि तस्विर खिचाँउदै पशुपति बोडिङ स्कूलका खेलाडीहरु ।

देवूँ बानियाँ । बाहुनडाँगी झापा 
एन प्याब्सन झापाको आयोजनामा सोमबारदेखि काँकडभिट्टास्थित सूर्योदय बोडिङ स्कूलमा जारी  जिल्लास्तरीय अन्तरविद्यालय भलिबलको उपाधी पशुपतिको बोडिङ स्कूलले हात पारेको छ । 
आज सम्पन्न फाईनल खेलमा ईष्ट होराईजन धुलाबारीलाई २५/१३, २५/१७, २५/२१ को सोझो सेटले हराएको छ । विजेता र उपविजेतालाई क्रमश २५ सय र १५ सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । 
उक्त प्रतियोतिमा १० ओटा विद्यालयको सहभागिता भएको थियो । 


धिमाल भए मिष्टर कोशी


उर्लाबारीका विकास धिमालले तेस्रो कोशी च्याम्पियन खुल्ला अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी जितेका छन् ।
शनिबार धरानमा सम्पन्न प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेका हुन् । उपाधीसँगै उनले नगद २० हजार रुपैयाँसमेत प्राप्त गरे । उनी उर्लाबारीस्थित मेटालिक मल्टी जिममा आबद्ध छन् । प्रतियोगितामा उनी ६० केजी तौल समूहबाट सहभागी भएका थिए । प्रतियोगितामा ६५ केजी तौल समूहमा धरानको मेजेष्टी जिमका पूर्ण तामाङ दोस्रो भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी बेलबारीको द डायमन्ड जिमका इन्द्र सापकोटाले तेस्रो स्थान हात पारेका थिए । नगद ६ हजार रुपैयाँ हात पारेका सापकोटा ६५ केजी ओभर तौल समूहबाट सहभागी भएका थिए ।
यस्तै, ५५ केजी तौल समूहबाट विराटनरका मोहन टी बाबु पासवानले सान्त्वना स्थान हात पारे । उनलाई आयोजकले नगद ४ हजार रुपैयाँ प्रदान गरेको थियो । प्रतियोगितामा धरानस्थित फिटनेस फ्याक्ट्री क्लबका ६० केजी तौल समूहबाट सुमन श्रेष्ठले बेष्ट पोजरको उपाधी हात पारेका थिए ।
सुनसरी क्षेत्र नम्बर १ का संविधानसभा सदस्य किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मुख्य निर्णायक राजभगत प्रधानाङ्ग थिए । प्रतियोगितामा कैलाश कार्की र निमेश शाक्यले मार्सलको भूमिका निर्वाह गरेका थिए ।


राजधानीमा अन्तराष्ट्रिय रेस्लिङ


१४ फागुन, काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय मेगा इभेन्ट्स पुरुष तथा महिला व्यावसायिक रेस्लिङ प्रतिस्पर्धा शनिबारबाट राजधानीमा सुरु हुँदैछ । गोल्डेन सिने इन्टरप्राइजेज, नेपाल रेस्लिङ एसोसियसन र खेलाडी तथा प्रशिक्षक सङ्घद्वारा संयुक्तरुपमा आयोजित सो प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह २ बजेपछि सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको तर्फबाट भरत बिसुराल ‘हिमालयन टाइगर’ भिड्नेछन् । अमेरिका, क्यानाडा, स्पेन, बेलायत, अस्टे्रलियालगायत राष्ट्रका महिला तथा पुरुष रेस्लरबीच भिडन्त हुनेछ । प्रतिस्पर्धामा १३ पुरुष तथा चार महिला रेस्लरको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागि हुन अमेरिकी रेस्लर बिग भिटोसहित क्यानाडा स्पेनलगायत राष्ट्रका ५ खेलाडी नेपाल आइसकेका छन् ।

जिल्ला स्तरीय क्रिकेट उपाधी एकाडेमीको पोल्टामा


धुलाबारी, ११ फागुन ÷ मेची क्रिकेट एकाडेमी काँकरभिट्टाले यहाँ सञ्चालित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।
मारवाडी युवा मञ्च मेचीनगरले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा मेचीले आयोजक मञ्चलाई ५३ रनले पछि पार्दै उपाधि जितेको हो । टस जितेर व्याटिङ गरेको मेचीले निर्धारित २० ओभरमा तीन बल बाँकी रहँदै सबै विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । जसमा सन्नी पुनले ३६, सन्तोष वरालले २२, लाक्पा लामाले १७, प्रविन थापाले १५ र अमित श्रेष्ठले १२ रन बनाएका थिए । मञ्चका अंकुस विन्दलले ३, विक्की खडोलिया र सोनु ठाकुरले २÷२ तथा पंकज कर्णले १ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको मञ्चले १५ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो ।  पारु आङदेम्वेले १९ रन बनाउन बाहेक अन्यले दोहोरो अंक बनाएनन्
। मञ्चका अरविन्द कामतले ९, विक्की खडोलिया र विकेक खडोलियाले ७÷७ रन बनाए
मेचीका अमिन दाहालले ३, लाक्पा लामा र सुरज गुरागाईले २÷२ विकेट लिए । खेलका उत्कृष्ट खेलाडी सन्नी पुन, प्रतियोगिताका उत्कृष्ट खेलाडी विक्की खडोलिया र उत्कृष्ट व्याट्सम्सान अनिस शिवाकोटी भए ।
प्रतियोगिताको उपाधिसँगै मेचीले ५ हजार १ सय नगद, ट्रफी र प्रमाण पत्र तथा उपविजयी मञ्चले ३ हजार १ सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगिता समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल, जन–संसद् दैनिकका सम्पादक मोहन काजी, धुलाबारी उच्च माविका अध्यक्ष गणेशविक्रम नेम्वाङ, अखिल नेपाल महिला फुटबल संघकी केन्द्रीय उपाध्यक्ष
संगीता राउत, धुलाबारी माविका प्रधानाध्यापक रुद्रकुमार कुरुम्वाङ, कांग्रेस महासमिति सदस्य राम कट्टेल, एमाले जिल्ला सदस्य देवकुमार राई, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, मारवाडी सेवा समितिका मेचीनगर अध्यक्ष चिरञ्जिवीलाल साहु, मेची उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रल्हादमणि ओली, कांग्रेस नगर सभापति प्रेम सम्बाहाम्फे, मारवाडी युवा मञ्चका मेचीनगर अध्यक्ष मदन वंशल लगायतले बोलेका थिए ।
कार्यक्रमको कन्मेन्ट अंग्रेजी माविका प्रिन्सिपल विक्रम क्षेत्री, धुलाबारी उमावि शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुली लगायतको उपस्थिति थियो । 

जुनियर फूटवलमा सूर्योदयको कव्जा


निजी विद्यालयहरुको संगठन एन प्याव्सन झापाले आयोजना गरेको झापा जिल्लास्तरिय विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि मेचीनगरको सुर्योदय अंग्रेजी विद्यालयले हात पारेको छ ।
आज झापाको केर्खामा सम्पन्न प्रतियोगितको फाईनल खेलमा सुर्योदयले मेचीनगर कै अरुणोदय अंग्रेजी विद्यालयलाई १-० ले हराउँदै उपाधी कव्जा गरेको हो ।
जीतसँगै सुर्योदयले नगद ५ हजार रूपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेताले नगद ३ हजार रूपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
त्यसैगरि प्रतियोगिताको तेस्रो स्थान बिजेता बिर्तामोडको इडन गार्डेन बोर्डिङ स्कुलले नगद १ हजार रूपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको हाई स्कोरर वण्डरल्याण्ड बोर्डिङका शिव श्रेष्ठ र उत्कृष्ठ खेलाडी सुर्योदयका उपेन्द्र राउत घोषित भए । उनीहरुले नगद १/१ हजार रूपैयाँसहित ट्रफी हात पारे ।
कार्यक्रमका प्रमुख अतिथि तथा झापा जिल्ला शिक्षा कार्यालयका उपसचिव फनिन्द्र खत्री र एन प्याव्सन झापाका अध्यक्ष जय बहादुर श्रेष्ठले बिजेता र उपबिजेता टिम तथा खेलाडीहरुलाई पुस्कार बितरण गर्नु भएको थियो । @ Purbeli Times



कसरी भयो क्रिकेटको विकास ? क्रिकेटको नालीबेली


उमेश  तिम्सिना

इतिहास – मूर्खले खेल्ने र महामूर्खले हेर्ने खेलका रूपमा चिनिने क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै  बेलायतबाट  सुरु  भएको  मानिन्छ । सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान  खिचेको हो । इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि  विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप  पाएको हो ।

कसरी विकसित भयो क्रिकेट शब्द ?
क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ । क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको हुनसक्छ ।
औपचारिक खेलको सुरुवात
क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन  बेलायतको केन्टमा भएको थियो । सत्रौँ शताब्दीको अन्त्यतिर केही  पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ ।  सन् १७०६ मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक प्रकाशन गरे । त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे  भने ४ बलको एक ओभर हुन्थ्यो । सन् १७४४ मा प्रकाशित क्रिकेटको दोश्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्‍यो ।
सन् १७६० मा इंग्ल्यान्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो । त्यसपछि सन् १७८७ मा अर्को क्लब म्यारिलेबन  स्थापना भयो ।
सुरुमा बलरले बललाई जमिनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्यो तर सन् १७७० को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो  जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो । सन् १७७४ मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न  थालियो । सन् १७८० मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो । सन् १८७० मा क्रिकेटमा चौ का र छक्काको व्यवस्था भयो ।
टेस्ट क्रिकेटको सुरुवात सन् १८७७ मा भयो, जुन इंग्ल्यान्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ४५ रनले  हराएको थियो । सन् २००७ मा पहिलो ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सम्पन्न भयो, जसमा भारतले विश्वकपको उपाधि जित्यो ।
केही रोचक तथ्य
सन् १९४६ मा इङ्ल्यान्डमा बार्बाडोज र बि्रटिस गुएनाबीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो । उक्त ओभरमा  कुनै नो बल वा वाइड फालिएको थिएन । ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको  थियो ।
आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३ मा इङ्ल्यान्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट  राखिएको थियो । परिक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो ।
बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ । भारतका  विनोद माँकड  विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ ।
सन् १९४६ मा इङ्ल्यान्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो । दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन  हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे । त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो । पिचको लम्बाइ २२ यार्ड  हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाइएको थियो ।
टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट  घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन् । दक्षिण  अफ्रिकाविरुद्ध सन् १९९२ मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए । अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपिलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे ।
सन् १९८६ मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो । खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए । जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई  ब्याट् टिपेर हिर्काउँदै पर फाले । जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे ।
एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान  ग्राहम म्याक केन्जी ।
सन् १९७५ को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै जम्माजम्मी ३६ रन बनाएका थिए ।  उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो ।
टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९ मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्यान्ड  र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो । मार्च ३ मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चले को थियो । त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो । ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन । १४ तारिखको  बेलुकीसम्ममा इंग्ल्यान्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता  थियो । १५ तारिखमा खेल भएको भए इंग्ल्यान्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्यान्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो ।  त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो । टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो ।

ईष्ट होराईजनद्धारा म्याराधुन दौड


सञ्जीव चापगाई 
धुलावारी झापा ।
झापाको धुलावारी स्थित इस्ट होराइजन आवासिय उच्च माविको आयोजनामा आज म्याराथन दौड सम्पन्न भएको छ ।
आज विहान सम्पन्न सो दोडमा व्याइज सिनियर तर्फको उपाधी पुजन उपरकोटीले तथा ग्रल्स सिनियर तर्फको उपाधी प्रतिक्षा शर्माले हात पारेका छन । 
 
मागुरमाणी स्थित पुरानो खानेपानीको ट्याक्कि देखि विद्यलय सम्मको ६ किलोमिटर दुरी पुरा गर्दै व्यइज सिनियर तर्फ प्रसान्त नेपाल दोस्रो र आदीत्य कार्की तेस्रो भएका छन । त्यस्तै कवि सिरोमणी उच्च मावि देखि विद्यालय सम्मको ५ किलोमिटर दुरी पुरा गर्दै सिनियर गल्र्सतर्फ पार्वता कडरीया दोस्रो र अम्रिता वस्नेत तेस्रो भएका छन ।
पाच किलोमिटरकै दुरी रहेको व्याइज जुनियर तर्फको दौडमा कुमार श्रेष्ठ प्रथम, सुरज राई दोस्रो र नविन प्रसाई तेस्रो भए भने हिमालय विद्यालयदेखि साढे ३ किलोमिटरको दुरी पुरा गर्दै गल्स जुनियर तर्फ मिना वानिया प्रथम, निरुपा गौतम दोस्रो र सोनिका प्रसाई तेस्रो भएका छन ।
प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले सिनियर तर्फ क्रमस २ हजार,१५ सय र १ हजार तथा जुनियर तर्फ क्रमस १५ सय, १ हजार र ५ सय रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्दिप राइले जानकारी दिनुभयो ।

कतारलाई हराउँदै नेपाल फाइनलमा


थाइल्याडमा जारी एसीसी यु १९ क्रिकेटमा कतारालई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेशसँगै नेपाल यु १९ विश्वकपको छनौट खेलका लागि छानिएको छ । मंगलबारको खेलमा नेपाली कप्तान पृथु बाँस्कोटा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेर घाइते भएका छन् ।
उनी खुट्टाको गोलीगाँठोमा लागेको चोटका कारण तीन सातासम्म खेल्न नसक्ने भएका छन् । नेपालले मंगलबार पनि टस जितेको थियो । गिलो विकेटमा फिल्डिङ गर्ने कप्तान बाँस्कोटाको निर्णयलाई उनको अनुपस्थितिमा कप्तानी सम्हालेका राहुल विश्वकर्माले ४ विकेट लिएर सही साबित गरे ।
कतारलाई ४७ ओभरमा ११३ रनमा समेट्न भुवनले २ विकेट लिए भने अविनाशको नाममा १ विकेट रहृयो । ३ विकेट रन आउट थिए । नेपालले फाइनल खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

मैत्रीपूर्ण खेलमा एनआरटी पराजीत


काँडभिट्टा – राजधानीको न्युरोड टीम (एनआरटी)   झापाको मेची फुटवल क्लवसंग पराजित भएको छ । 
आइतवार यहा सम्पन्न मैत्रीपुर्ण फुटवल प्रतियोगितमा ए डिभिजन एनआरटीलाई मेचीले १–० को गोल अन्तरले पराजित गर्यो । 
एनआरटी र मेचीका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्वीर सौजन्यः कृष्ण सिंजाली 
काँडभिट्टा माविको मैदानमा सम्पन्न खेलमा मेचीका कुमार गिरीले दोश्रो हाफको १० मिनेटपछि  एनआरटीविरुद्ध गरेको गोल निर्णायक वनेको थियो । विक्रम लिम्वुको क्रसलाई कुमारले सदुपयोग गर्दै जाली चुमाएका थिए । भारतको सिलिगुडीमा संचालित छैटौ सुकुना गोल्डकपमा पहिलोपटक सहभागिता जनाउन आएको एनआरटीले मेचीसंग मैत्रीपुर्ण खेल खेलेको हो । 
एनआरटीवाट लक्ष्मण रुचाल, राजिव गुरुङ, र रघु प्रजापति र गोलकिपर विनय राईलगायतका खेलाडी सम्मिलित छन् । मेचीले मिन वस्नेत, सचिन्द्र धिमाल, कर्ण सुव्वा, हेम गुरुङ, विशाल तामाङ, कुमार गिरीलगायतका खेलाडी सहभागि थिए । मेचीको टोलीमा १० जना जावलाखेलसंग आवद्ध  छन भने एक जना मुना सुव्वा वासवारी क्लववाट खेल्छन् । 
एनआरटीले सुकुना गोल्डकपमा झापाको मेची फुटवल क्लवसंग मंगलवार प्रतिस्पर्धा गर्दै छ । त्यसैको अभ्यासका लागि मैत्रीपुर्ण खेल आयोजना गरिएको हो । मिनी सार्क कप मानिने सुकुना गोल्डकपको फाइनल आउदो शुक्रवार हुने छ । 


उपाधी चितवनको पोल्टामा {फोटो फिचरसहित}


 प्रकाश उप्रेती
चारआली/ झापाको शहरेडाँगीमा सञ्चालित नकआउट फुटवाल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा चितवन विजयी भएको छ ।
  प्रथम डिभिजन चुलाचुली र न्यू पंचदिप यूवा क्लब चितवनबीचको फाइनल खेलमा चुलाचुलीलाई पाखा लगाउदै न्यू पंचदिप युवा क्लब विजयी भएको हो ।
 ७ जिल्लाका १३ टिमले प्रतिस्पर्धा जनाइसकेको उक्त भलिवल प्रतियोगिताको अन्तिम खेलको वेष्ट अफ ४ खेलमा  चितवनले ३ खेलमा आफ्नो स्थान कायम राख्न सफल भएको थियो । 
 खेलमा चितवनले २५—१८, २५—१३, र २५—१९ अंकले जितेको थियो भने उपविजेता टिम चुलाचुलीले २६—२४ अंकले वेष्ट अफ पाचैको खेल जितेको थियो ।
 विजयी टिमलाई ३१ हजार नगद, ट्रफि र प्रमाणपत्र र उपविजेता टिम चुलाचुलीलाई १५ हजार नगद ट्रफि र प्रमाणपत्रद्धारा समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष कुमार ओझाले पुरस्कृत गर्नुभएको थियो । सुरुदेखिको उक्त भलिवल खेलमा फेयर प्लेको उपाधी आयोजक टिमले हात पार्न सफल भएको छ ।
 त्यस्तैगरी वेष्ट स्टाइकर जनमुक्ति प्रथम डिभिजनका राजु श्रेष्ठले, र चितुवनका टिमबाट  वेष्ट अफ डिफ्रेन्समा राजन लिम्बु, वेष्ट अफ लिफ्टरमा शिवलाल चौधरी, तथा मेन अफ दि टुनामेन सरोज महत्तोले १ हजार नगद राशीबाट सम्मानित भएका थिए ।
 खेलको समापनको अवसर पारेर धाइजन शहरेडागी यूवा परिवारले विभिन्न क्षेत्रमा त्रिलयाशिल ५ दर्जनबढी व्यक्ति तथा  संघसस्थालाई सम्मान गरेको छ ।
 सम्मानित हुनेहरुमा झापाको सञ्चालित छापा तथा विधुत्तीय संचारगृह लाई सम्मन गरेको थियो । साथै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि पूर्वका डिआइजी जिवनकुमार थापा, राष्ट्रिय नायक दिलीप रायमाझी, विलसनविक्रम राई,  छमछमी नृत्यमा पहिले हुन सफल झापाकी अनुजा अग्रवाल, तेश्रो हुने मञ्जु मगर र टप सातौ हुने बिक्रम विक, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरजन राजवंशी
साथै स्यानीय क्षेत्रमा तीन दर्जनबढी  खेलमा सहयोग गर्ने तथा समाजसेवीलाई दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मान गरेको थियो ।
 कार्यक्रममा विभिन्न जातिका झाँकी, नृत्य, कराँते, डोजोको प्रर्दशनी, तथा राष्ट्रिय कलाकारलाई दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मन गरिएको उक्त कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष कालु मेचेले गरेको थिए ।

विजेता टिम उपाधीसाथ । तस्विर प्रकाश उप्रेती


फाईनलमा समापन हुनुअगाडी भएको साँस्कृतिक कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै नायक विल्सन विक्रम राई (चश्मा) र छमछमी विजेता अनुजा अग्रवाल (कालो पेन्टमा)

इनरुवामा कुस्ती


२० माघ, इनरुवा । सुनसरीको इनरुवामा शुक्रबारदेखि जिल्लास्तरीय कुस्ती प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला खेलकुद समिति सुनसरीको आयोजनामा शुक्रबार र शनिबार पूर्वाञ्चलब्यापी जिल्लास्तरीय कुस्ती प्रतियोगिता हुने भएको हो । नेपालको पुरानो पहिचान बोकेको कुस्ती बदलिँदो समय र परिस्थितीसँगै लोप हुन लागेकाले खेल सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।
ओलम्पिक मान्यताका आधारमा खेल आयोजना गरिने जनाउँदै आयोजकले ६० र ६२ केजी तौल समूहका खेल हुने जानकारी दिएको छ ।नेपाल खेलकुद महासंघ सुनसरीका अध्यक्ष तिर्थ अधिकारीले प्रतियोगितामा पूर्वाञ्चलभरीका खेलाडी समेट्ने प्रयास भईरहेको जानकारी दिनुभयो । प्रतियोगिताको लागि सिरहा, सप्तरी, मोरङ, झापा, इलाम र सुनसरीका खेलाडीहरुको सहभागिता सुनिश्चित भईसकेको आयोजकले जनाएको छ ।

सेमिफाइनलमा सशस्त्र प्रहरी, जनमुक्ति सेना र चितवन


 धाईजन माघ १९– पुर्वाञ्चल स्तरीय नक आउट भलिवल प्रतियोगिता अन्तरगत वुधवार सम्पन्न क्वाटरफाइनल खेलमा विजयी वन्दै सशस्त्र प्रहरी, संखुवासभा, जनमुक्ति सेना र चितवन विजयी सेमिफाइनल  प्रवेश गरेका छन् ।  
झापाको धाइजन सहरेडागी युवा परिवारको आयोजनामा स्थानीय सरस्वती वाल कल्याण माविको मैदानमा संचालित प्रतियोगिताको पहिलो खेलमा सशस्त्र वल इटहरीले  २५–११ र  २५–११ सोझो सेटमा दमक क्याम्पसलाई हराएको छ । त्यस्तै अर्को खेलमा खादवारी नगर खेलकुद टोलीले जन जागृति इटहरीलाई संघर्षपूर्ण खेलमा  २५–१७ र २५–२० को अन्तरले पराजित गर्यो ।
जनमुक्ति सेनाले इलामलाई २५–७ र १९ को सोझो सेटमा हराउदै सेमिफाइनल प्रवेश गर्यो । आगन्तुक टोली चितवनले विर्तामोडको भगवान व्रदर्शलाई हरायो । २५–१३ र २५–२० को सोझो सेटमा भगवान पराजित भएको हो । 
विहीवार जनसेना र संखुवासभावीच पहिलो तथा चितवन र सशस्त्र वल इटहरीवीच दोश्रो सेमिफाइनल प्रतियोगिता आयोजना हुने आयोजक समितिका सचिव भीष्म पौडेलले जानकारी दिए । 

भलिभवलमा इटहरी र इलाम विजयी


प्रकाश उप्रेती धाईजन÷ विर्तामोड
 झापाको धाइजनमा सञ्चालन भइरहेको पूर्वाञ्चलस्तरीय नक आउट भलिवल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा जनजागरण क्लबइटहरी र इलाम भलिवल संघ विजयी भएका छन् ।
   प्रतियोगितामा जनजागरण क्लब सगुन क्लब मंगलबारे लखनपुरलाई २५—१५, २५—२६ र २५—१३ को सोझोतरले पराजित गरेको थियो ।
 सप्तरीको भलिवल टिमले सहभागिता नजनाएपछि इलाम भलिवल संघले वाक ओभर पाएको थियो ।  
 भोलिको खेल दमक बहुमखी क्याम्पसका बीच सशस्त्र प्रहरी बल—पकाली सगँ हुनेछ ।  गत १६ गतेदेखि सुरु भएको नकआउट भलिवल खेलमा र्पूाञ्चलका सात जिल्लाका १३ वटा टिमले सहभात्गिता जनाउने प्रचारप्रसार समितिका विष्णु रिमालले जानकारी दिए । खेलमा प्रथम हुनेलाई ३० हजार र दोश्रोलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ 

न्यूज फ्लोअप प्रथम मेची ब्याडमिन्टन प्रतियोगिता २०६७


एपीएफका रत्नजितलाई दोहोरो सफलता
काकडभिट्टा, १७ माघ,
नेपाल ब्याडमिन्टन संघको सहयोग तथा मेची ब्याडमिन्टन क्लबको आयोजनामा संचालित पूर्वाञ्चलस्तरीय प्रथम मेची ब्याडमिन्टन प्रतियोगिताको माघ १६ गते आईतबार सम्पन्न फाइनल खेलको पुरुष एकलतर्फ एपीएफ, मेचीका रत्नजित तामाड्ड सोही क्लबका खेलाडी तथा युगलतर्फको आफ्नै जोडी विशाल प्रधानलाई पराजित गर्दै उपाधीको हकदार सावित गरे । तामाड्डले श्रेष्ठमाथी २१–१३ र २१–१८  को अन्तरले दवाव जमाए । तामाड्डले नगद १५ हजार सहित प्रमाणपत्र प्राप्त गरे भने श्रेष्ठले ७ हजार प्राप्त गरे । सेमिफाइनलको यात्रा तय गरेका सुनसरीका सूर्य श्रेष्ठ र भोजपुरका विवेक श्रेष्ठले नगद ३÷३ हजार प्राप्तगर्न सफल भए ।

पुरुष युगल तर्फको खेलमा नेपाल एपीएफ क्लबका विशाल प्रधान र रत्नजित तामाड्डको जोडीले ओखलढुड्डा र भोजुरका जोडी राम राई र रोशन राईको जोडीलाई पराजित गदै उपाधी माथी कब्जा जमाए । उनी हरुले नगद १६ हजार सहित प्रमाणपत्र प्राप्त गरे । तामाड्ड र प्रधानको जोडीले राईद्वयको जोडीलाई २१–१५, २१–१६को सोझो सेटमा पराजित गरेका थिए । राईद्वयको जोडीले नगद ८ हजार प्राप्त गरे भने सेमिफाइनलमा पुगेका खेलाडीहरुले नगद ४ हजार प्राप्त गरेका छन् ।

भेट्रान्स डबल तर्फको खेलमा सुनसरीका चन्द्रशेखर लामा र पुष्प ताम्राकारको जोडी पाचथरका महेन्द्र थामसुहाड्ड र ईन्द्र लिम्वुको जोडीलाई २१–१९ र २१–९ले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भए । लामा र ताम्राकारको जोडीले नगद १० हजार र थामसुहाड्ड र लिम्बुको जोडीले नगद ८ हजार प्राप्त गरे । तृतिय स्थान पुग्न सफल खेलाडीहरुले नगद २ हजार प्राप्त गरे । 
विजेता खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष पूर्व अतिरिक्त महानिरिक्षक रमेशकुमार श्रेष्ठ, महाचिव रामजी श्रेष्ठलगायतले नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
मेची सामुदायिक हलमा संचालित प्रतियोगितामा पुरुष एकलमा ३०, पुरुष जोडीमा ४३ र भेट्रान तर्फ १४ टीम गरी कुल ८७ टोलीको सहभागीता रहेको छ । 
माघ १४ गते देखि तीन दिन सम्म संचालित प्रतियोगितामा पूर्वाञ्चलका एक विभागीय एपीएफ क्लब र आयोजक मेची ब्याडमिन्टन क्लब सहित ८ क्लबको सहभागीता रहेको थियो ।