आदर्श कल्याणकारी समाज मेचीनगर १० बर्मेली टोलले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष नेत्रप्रसाद पराजुलीको सभापतित्व तथा रामचन्द्र उप्रेतीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले समाजको वार्षिक गतिविधि साथै १ लाख १८ हजार रुपैंया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समाजकी सदस्य कृष्ण कुमारी उप्रेतीको स्वागत तथा सचिव गणेश भण्डारीको सञ्चालन रहेको कार्यक्रममा राजन भेटवाल, रचना घिमिरे, राजकुमार कार्की लगायतले शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बर्मेली टोलका २ सय ५७ घरधुरी सदस्य रहेको समाजले समाजमा सामाजिक रुपान्तरण र सदभावको अभियान सहित समाजमा कसैको मृत्यू भएका बेला आर्थिक सहयोग समेत पुर्याउदै आएको बताइएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...