Showing posts with label अपराध. Show all posts
Showing posts with label अपराध. Show all posts

संबेदनशील अङ्गहरु तथा लिङ्ग हेर्ने भन्दै ..............


कोहि नछुटुन र कोहि नोदोर् उन् भन्ने मुल नाराका साथ भइरहेको दोश्रो चरणका जनगणनामा लैङ्गीक तथा यौनीक अल्पसंख्यकको पहिचान नखुलाइएको र यस बिषयमा सम्बन्धित निकायमा कुरा गर्दा उल्टै दुब्र्यवहार खेप्नु परेको उनिहरुले बताएका छन् ।
पुर्वााचलमा मात्रै आठ हजार पाँच सय बढी यौनीक तथा लैङ्गीक तथा यौनीक अल्पसंख्यकहरु सम्पर्कमा रहेको र उनिहरुले जनगणना जस्तो महत्वपुर्ण अभियानमा आफ्नो पहिचान लेखाउन नपाएको नीलहिरा समाज दमककी कार्यक्रम अधिकृत चाचला सुब्बाले बताउनु भएको छ ।
यौनिक तथा लैङ्गीक अल्पसंख्यक हरुको हक अधिकारका लागि कृयाशील यस संस्थाले यस बिषयमा जिल्ला जनगणना कार्यलय चन्द्रगढीमा सम्पर्क गर्दा त्यहाँ फोन उठाउने कर्मचारीले कुराकानी गर्दा आफुहरुको अपहेलना गरेको समेत सुब्बाले बताउनु भयो ।
पूरुष र महिला बाहेकको अन्य पहिचानको बिषयमा केहि लेख्न नमिल्ने बताएपछि आफुहरुको पहिचानको बिषयमा जानकारी गराउदा कर्मचारीले नसोध्नु पर्ने बिषय सोधेर हैरान पारेको समेत सुब्बाले बताउनु भयो ।
सुब्बाका अनुसार जनगणनाका कार्यलयका कर्मचारीले यौन आशययुक्त कुराहरु गरेर संबेदनशील अङ्गहरु तथा लिङ्ग हेर्ने भन्दै आफुहरुमाथि दुब्र्यवहार गरेको र भन्नै नमिल्ने शब्दहरु प्रयोग गर्दै यौन आशय राखेका थिए ।
दमकमा आफुहरुको कार्यलय रहेको र यहि आएर समेत धेरै साथीहरुको पहिचान सहितको गणनाहोस भनेर आफुहरुले प्रस्ताब गरेको बताउदै लैङ्गीक तथा यौनीक अल्पसख्यकको अधिकार शुनिश्चिताको माग रहेको उनिहरुले बताएका छन् ।
पहिलो चरणमा छुटेकाहरुको पहिचान सहितको नामवली जनगणनामा उल्लेख गर्नु पर्ने उनिहरुको मागको बिषयमा गणकहरुले यो आफुहरुको अधिकार बाहिरको कुरा भएको जनाइएको बताइएकोछ ।
जिल्ला जनगणना कार्यलय झापाका प्रमुख कपिलतिम्सिना यस बिषयमा बुझ्न बारम्बार मोबाइलमा सम्पर्क गर्दा समेत उहाँले फोन उठाउनु भएन ।जिल्ला जनगणना कार्यलयको फोनमा समेत सम्पर्क हुन सकेन ।

होटलवाट दुई लाख चोरेर भग्न खोज्ने पक्राउ

झापा जेष्ठ ९/ झापाको काकरभिट्टा स्थित गोर्खा सैनिक होटलवाट दुई लाख रुपैया चोरेर भग्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको गल्लामा रहेको २ लाख रुपैया लिएर भाग्न खोज्ने रामेछाप खानीवेसी घर भई हाल काठमाण्डौ स्थित कपन वस्दै आएका २० वर्षीय रुपेश कार्कीलाई प्रहरीले आज दिउसो पक्राउ गरेको हो ।
कार्कीले विहान होटलवाट पैसा चारी नजिकै रहेका साथिलाई राख्न दिएको र झोला लिन पुन होटल आएका वखत आफुले संका लागि सोधपुछ गर्दा उनलेनै रकम चोरेको थाहा भएको होटलका सञ्चालक राजु लामाले जानकारी दिनुभयो ।कार्की सोहि होटको कोठा नम्वर १ सय ४ मा विगत ४ दिन देखि वस्दै आएका थिए ।
कार्कीले आफुलाई माइती नेपालको कर्मचारी रहेको र काकरभिट्टा स्थित कार्यालयमा तालिमका लागि आएको वताउने गरेका थिए ।पक्राउ परेका कार्किलाई हाल इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखि अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

पूर्वका होटलमा नयाँ तरिकाबाट यौन धन्दा

सुब्रत न्यौपाने 
झापाको बिर्तामोडस्थित एउटा होटलमा यौन धन्दा सञ्चालन हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मार्ने निर्णय गर्‍यो । सादा पोसाकमा खटिएका प्रहरी ग्राहक बनेर छापा मार्ने निर्णयमा पुगे । होटलमा पुग्दा थाहा भयो- सबै कोठाका ढोकामा बाहिरबाट ताला मारिएको छ । आखिर यस्तो गलत सूचना दिएर कसले झुक्याइरहेको छ ? प्रहरी अल्मलियो । 
 प्रहरीले पाएको सूचना न गलत थियो, न त होटलका कोठा खाली थिए । दिउँसै यौन क्रियाकलाप गर्न चाहने ग्राहकको संख्या बढेपछि यतिवेला पूर्वका होटलले अपनाएको नयाँ उपाय प्रहरीले पत्तै पाएन । अहिले यो उपाय यौनधन्दा चलाउनेका लागि आम्दानीको दहि्रलो स्रोत भएको छ । 'त्यो उपाय भनेको ग्राहकलाई एक वा दुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चा मारिदिने हो,' बिर्तामोडको होटलका एकजना कर्मचारी भन्छन्, 'होटलका कोठामा ताला लागेको देखेपछि आउने-जाने सबैलाई कोठा खाली छन् भन्ने भान पर्छ ।'
'रात परेपछि भन्दा पनि होटल चल्ने त दिउँसै हो,' ती कर्मचारीले भने, 'एक घन्टामा राम्रै आम्दानी हुन्छ ।' उनका अनुसार, होटलका कोठा दिनभरि यौन क्रियाकलाप गर्न चाहने ग्राहकले खचाखच भरिने गर्छन् । ग्राहकले एक घन्टा कोठा लिएबापत बढीमा पाँच सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । काउन्टरमा अगि्रम भुक्तानी गरेपछि कोठामा पसेका ग्राहकलाई बाहिरबाट ताल्चा लगाएर राखिन्छ । ग्राहकले मागेको समय पूरा भएपछि होटलका कर्मचारीले ताल्चा खोलिदिन्छन् । 
अधिकांश ग्राहकले साथमा युवती लिएर आउने गरेकाले खासै मोलमोलाई गरिरहनु नपर्ने ती कर्मचारीको अनुभव छ । 'हामीले लिने भनेको समयअनुसारको भाडा मात्रै हो,' उनले भने, 'युवतीसहित कोही एक/दुई घन्टा आएर बस्छ भने त्यसमा कसैले टाउको दुखाउनुहुँदैन ।' होटलका कोठा पहिल्यै बुक गराएर मात्रै ग्राहक आउने गरेको बताउँदै झापा दमकका एकजना होटल सञ्चालक भन्छन्, 'ग्राहकको इच्छाअनुसार चल्नु व्यवसायीको धर्म हो ।'
होटल व्यवसायी संघ मध्यपश्चिमका अध्यक्ष गंगाप्रसाद सिटौलाले विकृतिमुक्त होटल र गेस्टहाउस छन् भन्न सक्ने अवस्था नरहेको बताए । 'प्रहरीसमेतको सहभागितामा व्यवसायलाई मर्यादित बनाउने निर्णय भए पनि प्रभावकारी रूपमा लागू गर्न सकिएको छैन,' उनले भने । होटलमा विकृति बढेपछि दुई वर्षपहिले झापाको दमकमा महिला संगठनका प्रतिनिधिले यौनकर्मी महिलालाई होटलबाट निकालेर कुटपिट गरेका थिए । झापाका सहर बजारमा स्थानीय मात्र होइन, शरणार्थी जीवन बिताइरहेका भुटानी युवती पनि प्रशस्तै भेटिन्छन् । बिर्तामोड, दमक, काँकडभिट्टालगायत स्थानमा शरणार्थी युवतीकै बाहुल्य छ । यौनजन्य क्रियाकलापमा शरणार्थी युवतीको संलग्नता पहिलो घटना भने होइन । यस्ता दर्जनाँै घटना छन्, जहाँ शरणार्थी युवतीको संलग्नता नभएको होस् । प्रहरीले छापा मार्दा होटलबाट शरणार्थी युवती समातिएका दर्जनौँ घटना रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्की बताउँछन् । 
आफूखुसी यौन व्यवसायमा लागेका शरणार्थी युवती पूर्वका सहरपिच्छे भेटिन्छन् । उनीहरू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ झापाको दमक हो । यसबाहेक पूर्वको धरान, इटहरी, विराटनगर, इनरुवालगायत सहरमा पनि उनीहरू देहव्यापारका लागि जाने गरेका छन् । 'झापाबाहिर धरानमा उनीहरूको माग बढी छ,' शरणार्थी शिविरका एकजना अगुवाले भने, 'तीन हजार बढी शरणार्थी युवती देहव्यापारमा लागेको अनुमान गरेका छौँ ।'

दुई बलत्कारीविरुद्ध अदालतमा मुद्दा दर्ता


गरामनी गाविस ९ की १ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका १८ वर्षीय भुन्टे भन्ने ममताज आलमविरुद्ध ०६८ जेठ २ गते प्रहरीले अदालतमा जबरस्ती करणी मुद्दा दर्ता गरेको छ ।

प्राप्त जानकारी अनुसार आरोपितले घरमा कोही नभएको समयमा ०६८ बैशाख २९ गते दिउँसो १.३० बजे बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन् । पीडितलाई यसरी बलात्कार गरेको परिवारजनले वताएका छन् । पीडितको ०६८ जेठ १ गते मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले वताएकोछ ।
त्यस्तै अनारमनी गाविस ३ की १२ वर्षीया अर्की एक बालिकालाई बलत्कार गरेको आरोपमा ०६८ जेठ २ गते सोही गाविस ४ का २३ वर्षीय विष्णु चौधरीलाई प्रहरीले बलात्कार मुद्दा दर्ता गरेको छ ।
चौधरीले सोही स्थानकी ती बालिकालाई ०६८ वैशाख ३० गते पीडितको घरमा गई कोही नभएको समयमा बलात्कार गरेको पीडित परिवारले बताएका छन् । आरोपितहरू दुवैलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

इन्सेक

५ किशोरसँग युवतीको सार्वजनिकस्थलमा खुलेआम सेक्स


 रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् 
सेक्स अनि खुलेआम ! सुन्दा पनि लाजै लाग्ने । पश्चिमेली संस्कृतिमा समेत नपच्ने यस्तो अस्लिलता पूर्विय संसारमा पच्ने त कुरै भएन । अब लाज नै पचेपछि कसको के लाग्छ ? यस्तै गरेकी छिन् एक बेलायती युवतीले । रेलयात्रा गरिरहेका यात्रुहरुले प्रष्ट देख्ने गरी उनले पाँच स्कुले केटाहरुसँग पालैपालो सम्भोग गरिन् । क्रुद्व यात्रुहरुले फोनमार्फत घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो ।
ड्रग सेवन गर्ने २१ वषिर्य आर्मस्ट्रोङले रेल स्टेसननजिकैको गल्लीमा गई पाँच केटाहरुलाई भनिन्, ‘केटा हो, मसँग सेक्स गर्न चाहन्छौ ?’ केटाहरुलाई अरु के चाहिन्थो र Û अनौठो अफरबाट गदगद बनेका केटाहरु युवतीको पछिपछि लागिहाले । दक्षिण लण्डनको एब्बे उड रेल लाइन नजिक रहेको घरको पछाडि युवतीले केटाहरुसँग सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी थिइन् । पाँचमध्ये दुई केटाहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ । युवतीसँगै पक्राउ परेका तीन केटाहरु १५/१६ वर्षका रहेको प्रहरीले बताएको छ ।
आफ्नो गल्तीले सार्वजनिक मर्यादामा खलल पुगेको आर्मस्ट्रोङले ग्रीनविच मेजिस्ट्रेट अदालतसमक्ष बयान दिने क्रममा स्विकारिन् । कुन ब्यवहार उचित भन्नेबारे पहिचान गर्न आर्मस्ट्रोङको समस्या रहेको तर मानसिक बिरामी नरहेको एक मनोबैज्ञानिकले बताए । ‘उनीमा आत्मविश्वास र आत्मसम्मानको कमी छ,’ आर्मस्ट्रोङका वकिल टटिन्डर सोकलले अदालतसमक्ष दलिल पेश गरे । अदालतको निर्णय पछि सारिए पनि युवतीलाई सजाय दिइने जिल्ला न्यायाधिस एग्नस हेमिल्टनले जनाए । यो काण्डले केटाहरुलाई त लट्री नै परेको छ तर उनीहरुका अभिभावक भने निश्चय नै रिसाउने छन- दि सन पत्रिकाले जनाएको छ ।

केटीभन्दा ८ गुणा बढी पोर्नेग्राफि हेर्छन केटाहरु



शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला ।

‘दि सन’ ले हालै गरेको एक अध्ययन अनुसार केटाहरु औषतमा २ घण्टा र केटीहरु १५ मिनेट इन्टरनेटमा पोर्नोग्राफी हेर्दछन् । उक्त अध्ययन १८ वर्षदेखि २४ वर्ष उमेर समूहका १ हजार युवापिढीमा गरिएको थियो । अस्लिल तस्वीर वा भिडियो हेर्नाले बैबाहिक जीवनमा समेत कटुता आएका पोर्नो हेर्ने तीन मध्ये एक युवाले स्विकारे । पोर्नो स्टारजस्तै सेक्स गर्न पुरुषले आफ्नो पार्टनरलाई दबाब दिने गरेकाले पनि सम्बन्धमा चिसो आउने बुझिएको छ । त्यस्तै, एक चौथाई युवापिढीले पोर्नो हेेरेपछि सेक्स चाहना घटेको बताएका छन् ।
पोर्नो हेर्दा बढ्छ डर
अस्लिल तस्वीर, भिडियो आदि खुलेआम हेर्ने त कुरै आउदैन । लुकीछिपी अरुको नजर छलेर धेरै युवापिढीहरु पोर्नोको आनन्द लिन्छन् । यसमा उनीहरुको अलिअलि कुरकुरे वैशको पनि दोष छ । आधिबेहरीको अवस्था मानिने प्रोढवस्थामा केटाकेटीले पोर्नोग्राफी हेर्नु कुनै नौलो होइन । शारीरिक विकासको क्रममा फक्रदै गरेको जवानीमा सेक्स र यससँग सम्बन्धित विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । त्यसमाथि अहिलेको इन्टरनेटको सुविधा युवापिढीलाई बरदान नै भएको छ । तर पनि अरुले थाहा पाउलान कि भन्ने सन्त्रास र भयले भने उनीहरुलाई आतङ्िकत बनाएको हुन्छ । पोर्नोग्राफी हेर्ने युवायुवतीको संख्या बढेर होला, कैयौं सेलिबि्रटीहरु यो पेशामा लागेको पाइन्छ ।
सनका अनुसार पोर्नो हेर्नाले एक चौथाइ केटाहरुमा डरको आभास हुने गरेको पाइएको छ ।

बलात्कार गरेको आरोपमा उजुरी


महारानीझोडा गाविसकी ७ वर्षीया बालिकालाई सोही स्थानका ६६ वर्षीय वृद्धले बलात्कार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय दमकमा दिएका छन् ।
पीडित बालिकालाई आरोपित मानबहादुर मोक्तानले ०६८ वैशाख २ गते घरैमा गई बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । उक्त घटनालाई स्थानीय बासिन्दाहरूले गाउँघरमै पैसा लेनदेन गरी मिलाउन खोजेको र नमिलेपछि प्रहरीमा आएको इन्स्पेक्टर नविन कार्कीले बताएका छन् ।
पीडित बालिकालाई ०६८ वैशाख १८ गते मेची अञ्चल अस्पताल भद्रपुरमा जाँच गरी आवश्यक अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर कार्कीले बताएका छन् । गाउँघरमा मुद्दा मिलाउन खोज्ने व्यक्तिहरू बारेमा पनि अनुसन्धान भइरहेको र उनीहरू पनि दोषी देखिए कारबाही गरिने प्रहरीले बताएको छ । आरोपीलाई हाल दमक प्रहरीको हिरासतमा राखिएको कार्कीले बताएका छन् ।

बलात्कारको आरोपमा पाँच किशोर थुनामा

इटहरी/ गाउँलेले आक्रमण गर्न खोजेपछि अविभावकहरुको आग्रहमा मोरङको बेलबारी प्रहरी चौकीले पाँचजना किशोरहरुलाई तीन दिनदेखि प्रहरी चौकीमा राखेको छ ।
मोरङको बयरवनकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको भन्दै गाउँले तथा बालिकाका आफन्तले पक्रेर कुटपिट गर्न थालेपछि ती उनीहरुलाई अभिभावककै अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका किशोरहरुमा १७ वर्षीय निरज राई, २० वर्षीय यज्ञबहादुर विक, १४ वर्षीय यमबहादुर सार्की, १५ वर्षीय सन्तोष थापा मगर र १६ वर्षीय मदन मिजार छन् ।
उनीहरुमाथि बालिका करणीअन्तर्गत मुद्दा चलाइने बेलबारी प्रहरीले जनाएको छ ।
किशोरहरुले भने राजीखुशीमै यौनसम्पर्क गरेको बताए । घटना प्रकाशमा आएलगत्तै बालिकाका आफन्त तथा छिमेकीले उनीहरुलाई बोलाएर कुट्न थालेपछि उनीहरुकै अभिभावकको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो । छोरालाई मार्न दिनुभन्दा थुनाउनु ठीक भन्ने ठानेर प्रहरीलाई बोलाएर चौकीमा ल्याएको एक अभिभावकले बताए ।

With reference to blast times daily

झापामा व्यपारीमाथि गोली प्रहार


हिमाल आचार्य 
चैत १/ झापाको सुरुङ्गा मा अज्ञात समुहले प्रहार गरेको गोली र छुरा वाट व्यापारी घाइते भएका छन ।
अज्ञात समुहले प्रहार गरेको गोली र छुरा वाट झापाको सुरुङ्गामा दुई जना व्यापारी बावु–छोरा घाइते भएका छन् ।
गयराती १२ वजे नकाब लगाएर आएका १०÷१२ जनाको समुहले प्रहार गरेको गोली लागि सुरुङ्गा–५ का ५५ वर्षीय हरि अग्रवाल र उनका छोरा २७ वर्षीय विजय अग्रवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुरुङ्गाका पुराना व्यापारी हरिको पेटमा गोली लागेको छ भने विजय छुरा प्रहारवाट घाइते वनेका हुन ।घाइते दुवैको धरान स्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घटनास्थलवाट प्रहरीले एक थाना छुार वरामद गरेको छ भने घटनामा संलग्न समुहको पहिचान हुन सकेको छैन ।
घरको चेन गेटको ताला काटी भित्र पसेको समुहले अग्रवाल माथि गोली र छुरा प्रहार गरेको वताइएको छ ।

होसियार !! मसाज केन्द्रका घरमालिक

पर्यटकीय क्षेत्र ठमेल अवैध मसाज पार्लरका कारण बदनाम भएको भन्दै प्रहरीले त्यस्ता मसाज सञ्चालन गर्न दिने घरमालिकलाई पनि कारबाही गर्ने अभियान थालेको छ । सो क्षेत्रमा अवैध मसाल पार्लरको सङ्ख्या अत्यधिक बढ्नुमा त्यस क्षेत्रका घरमालिक प्रमुख जिम्मेवार देखिएको सोह्रखुट्टे महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक शिवबहादुर सिंहले अभियानलाई बताए । उनले भने, 'सम्बन्धित निकायमा दर्ता नभई सञ्चालित मसाज पार्लर बसेका घरका मालिकलाई कारबाही गर्ने अभियान थालिएको छ ।’
ठमेल क्षेत्रमा १ सय ५० भन्दा बढी मसाज पार्लर सञ्चालन भएकामा ७५ ओटामात्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा दर्ता भएका छन् । दर्ता नभई मसाज पार्लर सञ्चालन गर्न दिने घरमालिकको नाम सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक सिंहका अनुसार शुरूमा सचेत बनाउन पर्चा, पम्फलेट र माइकिङ गरी दर्ता नगरी मसाज पार्लर सञ्चालन नगर्न र दर्ता नभएकालाई घरभाडामा नदिन घरधनीलाई अनुरोध गर्ने र अटेर गरेमा सञ्चालक र घरमालिक दुवैलाई कारबाही गरिनेछ । मसाजका नाममा हुने अनैतिक कामलाई पूर्ण रूपमा हटाई ठमेललाई नमूना पर्यटकीय क्षेत्र बनाउनका लागि सो कार्य थालिएको हो । त्यस कार्यमा प्रहरी, प्रशासन, पर्यटकीय सङ्घसंस्था तथा नगरपालिका लागिरहेको सबै सक्रियताका साथ लागिरहेको बताइएको छ । मसाजका नाममा भइरहेको बढ्दो यौन व्यवसायलाई नियन्त्रण गर्न यो प्रयास प्रभावकारी हुने प्रहरीको भनाइ छ ।
अभियानका क्रममा पछिल्लो डेढ महीनामा १ सय २० जना मसाज व्यवसायी तथा अवैध कार्यमा संलग्न हुनेहरूलाई पक्राउ गरी कारबाही गरिएको सोह्रखुट्टे प्रहरीले बताएको छ । 'महँगो भाडाको लोभमा घरमालिकहरूले केका लागि घर भाडामा लिएको भन्नेतिर वास्ता नगर्ने गरेको देखिएको छ’, प्रहरीले भने, त्यसैले मुख्यतः घरमालिकलाई पछिल्लो समयमा निगरानी गर्न थालिएको हो ।’ अभियान शुरू भएपछि ठमेलमा ९५ प्रतिशत सुधार देखिएको पनि प्रहरी निरीक्षक सिंहले दाबी गरे । मसाज व्यवसायलाई मर्यादित र व्यावसायिक बनाउन प्रहरी, प्रशासन, ठमेलका मसाज व्यवसायी, घरमालिक, नगरपालिका, नेपाल पर्यटन बोर्डलगायतको संयुक्त पहलमा मसाज व्यवसायीका लागि आचारसंहिता बनाउने कामसमेत भएको बताइएको छ । आचारसंहिता लागू नगर्ने व्यवसायीमा कारबाहीमा पर्ने प्रहरीको भनाइ छ ।
ठमेल क्षेत्रमा सीसीटीभीको व्यवस्थासँगै प्रहरी निगरानी बढ्न थालेपछि पछिल्लो ३ महीनामा १५ जना मसाज व्यवसायी व्यवसाय छाडी भागेको मसाज व्यवसायी सङ्घले बताएको छ । सङ्घका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार व्यावसायिक रूपमा राम्रो किसिमले काम गरिरहेका मसाज व्यावसायीलाई केही नराम्रो गतिविधि गर्नेले बदनाम गराएका छन् । त्यसैले मसाज व्यवसायको वर्गीकरण गर्न जरुरी भएको उनको भनाइ छ । 'जथाभावी रूपमा मसाज पार्लरमा मारिने छापामा निर्दोष व्यक्तिसमेत पर्ने भएकोले सम्पूर्ण मसाज व्यवसाय नै आतङ्कित छ', उनले अभियानलाई बताए । मसाज व्यवसायी सङ्घले अवैध ढङ्गबाट सञ्चालित मसाज पार्लरविरुद्ध गरिने जुनसुकै कारबाहीमा सङ्घले सहयोग गर्नेसमेत स्पष्ट पारेको छ ।

लिंग र योनी झुन्ड्याएर होली मनाउँदै


सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्न गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् ।
तर भक्तपुरमा भने फरक तरिकाले होलीको सुरुवात हुन्छ । दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात भएको छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिएको छ । टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पाटीमा झुण्ड्याएको हो । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ ।  यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ ।
नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको स्थानीयबासी कृष्णबहादुर गायजुले बताए ।
'भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल-पसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन,' उनले भने ।
बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा झुण्ड्याएको छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 'सांकेतिक रुपमा यौन संग सम्बन्धित फागु पर्व अथार्त होली पर्व  दक्षिण यसियामै कतै कृष्णसंग र कतै प्रल्हादसंग सम्बन्धित रहने भएपनि बिशेषत भक्तपुरमा भिमसेनसंग सम्बन्धित रहेने गरेको छ,' उनले भने । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको भिड लागेको छ ।
चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् ।
फागुन शुक्ल पूणिर्माका दिन रंग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पुजा गरेपछि नगर परिक्रमा गरिन्छ ।
त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट  लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राख्ने गरेको धौभडेलले बताए ।
यसरी मन्दिरबाट खोला सम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।
लिंग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।  भिमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकोल यो परम्परा  पनि यही बेला देखि सुरुवात भएको हुन सक्ने धौभडेलले बताए । एक सातासम्म मन्दिरमा झुण्ड्याएको लिंग र योनी हेर्न र दर्शन गर्न स्थानीय महिला र पुरुषको भिड लाग्ने गरेको छ । दर्शन गर्न आउने भक्तजनले काठको लिंगलाई हल्लाउने गरेका छन् ।

यौनशोषणको उजुरी दिंदा बालिका बिस्थापित


प्रभोलनमा पारि अश्लिल भिडियोसमेत देखाएर आफुलाई यौन शोषण गरेको उजुरी दिएपछि भूमेस्थान गाविसकी १४ बर्षीया किशोरी गाउँबाटै बिस्थतापित हुनुपरेको छ ।
पीडकपक्षले पटकपटक मुद्दा फिर्ता नलिए जे पनि गर्नसक्ने भन्दै धम्की दिएका कारण पीडित बालिका विस्थापित भएकाले जिल्लामा क्रियाशील महिला मानवअधिकार रक्षकहरूले उद्धार गरी सुरक्षित स्थानमा राखेको महिला मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।
पीडित विस्थापित भएका कारण कक्षा सातको अन्तिम परीक्षासमेत दिन पाएकी छैनन् । दुई अभियुक्त प्रहरी नियन्त्रणमा भए पनि उनीहरूको सञ्जालले पीडित बालिकाको घरमा गएर धम्की दिएको र गाउँभरि हल्ला गरेर बेइज्जत गरिदिन्छौँ भन्दै तत्काल नमिले आफूहरूले ठूला मानिसलाई भनेर मुद्दा फिर्ता गर्नसक्ने चेतावनी दिइररहेको पीडितको परिवारले जनाएको छ ।
भारत मोतीहरी मलाइधाम मलाइवेडरुवा निवासी ४३ वषर्ीय विनोद गुप्ता र रौतहट निवासी धादिङको थाक्रे गाविस वडा नं ३ महादेवबेसीमा पसल गरी बस्ने शेख अल्यासले पटकपटक बालिकाको नाङ्गो तस्बिर बनाएर गाउँभरि वितरण गरेको, पटकपटक यौन शोषण गरेको र बिक्री गर्न खोजेको भन्ने पीडितको जाहेरीको आधारमा प्रहरीले पीडकहरूलाई गिरˆतार गरेको जनाइएको छ ।
ती बालिकालाई मोबाइल, पैसा जति चाहिए पनि दिने भनी ललाइफकाई गरेर यौन शोषण गरेको तथा उनीहरूले भनेको ठाउँमा भनेको मान्छेसँग यौन सम्पर्क गर्न नमानेपछि फोटोलाई एनिमेसन गरेर गाउँभरिका मानिसको मोबाइलमा पठाएको पीडित बालिकाले बताइन् ।
रासस

आत्महत्याको सूचना फेसबुकमै


फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।
सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।
फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।
यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।
फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।
तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।
त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।
Via Source:- Onlinekhabar

प्रेमको बहानामा हत्या


प्रतिमा बाँस्कोटा
कुनै प्रेमीले आफ्नी मायालुलाई बिहेको प्रस्ताव राख्दा के मात्रै नभन्ला ? सपनाको घर सजाउनेदेखि लिएर आकाशको तारै झारिदिनेसम्मका कुरा, हैन ? नभए पनि कम्तीमा 'सँगै बाँच्ने सँगै मर्ने' कुरा त गरेकै हुन्छ ।
झापाकी युवती तारा गुरागाईंलाई पनि उनका 'प्रेमी' ले त्यसै भनेका थिए । तर वास्तविकतै नबुझी विश्वासमा परेकी तारालाई प्रेमको नाटक रच्न पोख्त भइसकेका युवक तुलाराम खड्काले माया होइन, मृत्यु दिए । झापाकै पृथ्वीनगरका खड्काले गत पुस १६ गते बिर्तामोडबाट काठमाडौं जाने भन्दै भगाएर तारालाई एक साता नबित्दै जनकपुरस्थित एक होटलमा लगी हत्या गरिदिए ।
खड्काको प्रेममा परेकी ताराले भागेर दमक पुगेपछि घरमा भाउजूलाई फोन गरी आफू बिहे गरेर हिँडेको बताएकी थिइन् । त्यसपछि मोबाइल अफ गरेर एक साताभन्दा बढी उनी सम्पर्कविहीन भएपछि आफन्त खोजी गर्दै काठमाडौं आएका थिए । सम्भावित सबै ठाउँमा खोज्दा पनि फेला नपरेपछि युवतीका दाइले महानगरीय प्रहरी अपराध महाशाखामा लिखित उजुरी दिएका थिए ।
'टेलिफोन नम्बर र फोटो पाएपछि हामीले त्यो युवकलाई फोन गरेर युवतीबारे सोध्यौं,' अपराध महाशाखाका एक अधिकृतले भने, 'तर ऊ भागेर हिँड्न थाल्यो । सम्पर्कमा आउन छाडेपछि फोनका आधारमा पक्राउ गर्‍यौं ।' इटहरीमा पक्राउ परेका खड्कालाई प्रहरीले ताराको हत्या भएको जिल्ला धनुषा ल्याएको छ । सुरुमा हत्याको अभियोग अस्वीकार गरे पनि युवतीको तस्बिर देखाएपछि उनले छल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झापाबाट साथ लिएर हिँडेकै दिन खड्काले ताराको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । 'हत्याको पूर्वयोजना अनुसार नै खड्काले अर्कै व्यक्तिको नाममा होटलको कोठा लिएको देखिएको छ,' धनुषाका प्रहरी उपरीक्षक दिनेश अमात्यले भने, 'होटलमा आफ्नो परिचय, सम्पर्क नम्बर सबै गलत लेखाएका रहेछन् ।'
उनीहरू मानकी होटलको ३०३ नम्बरको कोठामा बसेका थिए । खड्काले कोठा सरोज रिजालको नाममा बुक गराएका थिए ।
रिसेप्सनमा टिपाइएको टेलिफोन नम्बर प्रयोगमै थिएन । 'घटना पूरै नियोजित छ,' अमात्यले भने, 'नत्र नक्कली परिचय दिनु जरुरी थिएन ।' होटलमा बेवारिसे शव फेला परेपछि सबै जिल्ला प्रहरी कार्यालयहरूमा फोटो पठाइएको उनले जनाए । 'त्यसैका आधारमा युवतीका आफन्तले शव सनाखत गरेका हुन्,' उनले भने ।
ताराका दाइ भीम गुरागाइर्ंले बहिनी र खड्काको तस्बिरसहित अपराध महाशाखा काठमाडौंमा उजुरी दिएका थिए । 'बहिनीको कोठाबाट भागेका युवकको तस्बिर फेला पारेका रहेछन्,' अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले भने । आपराधिक पृष्ठभूमिका ३३ वषर्ीय खड्काले भने प्रेम सम्बन्ध गहिरो हुँदै गएपछि ताराले बिहे गर्न कर गरेकाले उनको हत्या गर्नुपरेको प्रहरीलाई बयान दिएका छन् । उनी व्यावसायिक 'किलर' रहेको प्रहरीको दाबी छ ।
खड्काले २०५१ मा झापाका कृष्णकुमार राईलाई खुकुरी हानेर हत्या गरेकामा १० वर्ष कैद सजाय पाएका थिए । २०६१ सालमा माओवादीले इलाम जेलमा आक्रमण गरेको मौका छोपी भागेका थिए । त्यसपछि सामान्य नागरिकसरह बस्दै आएका खड्काले २०६३ मा ताप्लेजुङकी अम्बिका लिम्बुलाई सिलगुढी पुर्‍याएर बेचेका थिए ।
उनलाई पनि बिहेकै नाटक रचेर बिक्री गरेको उनले बयान दिएका छन् । त्यो अपराधसमेत प्रमाणित भएपछि अदालतले त्यसमा पनि कैद सजाय सुनाएको थियो । उनी हत्या र बेचबिखनको १५ वर्ष कैद सजाय सकेर २०६६ असोजमा जेलमुक्त भएका थिए ।
Via Source:- Ekantipur

अश्लिल सिडिले लियो नाबालकको ज्यान


धरान/ यहाँस्थित विष्णु मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत् १२ वर्षीया छात्रा सृष्टी रानाभाटले झोलामा अश्लीन सिडि भेटिएको ४ दिन पछि सोमबार आत्महत्या गरेकी छन् । धरान–१० स्थित आफ्नो कोठाको पङ्खामा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आÏनी छोरीलाई विद्यालयका शिक्षक अजय शर्माले चार दिनदेखि मानसिक यातना दिएको भन्दै सृष्टीका बुबा राम रानाभाटले शर्मालाई कारवाही गर्न मागसमेत गरेका छन् । रामले सोमबारै विज्ञप्ति जारी गरि अश्लील चलचित्रको सिडी बोकेको विषयमा अभिभावकलाई कुनै जानकारी नदिई मानसिक यातना दिएका कारण छोरीलाई गुमाउनु परेको आरोप लगाएका छन् । तनाव दिएकोले छोरीले आत्महत्या गरेको विज्ञप्तिमा उल्लेख छ । यता शिक्षक शर्माले कुनै मानसिक यातना नदिएको बताए । अबदेखि विद्यालयमा यस्तो सिडी नल्याउनु मात्र आफूले भनेको उनले भने ।
धरान इलाका प्रहरी कार्यालयका डिएसपी दीपक रेग्मीले घटनाको अनुसन्धान भइरहेको बताए । आत्महत्याको कारण सिडि हो या अन्य कुनै कारणले हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शिक्षक शर्मा इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालले भने ३/४ दिनअघि छात्राको साथबाट अश्लील चलचित्र भेटेको तर अभिभावकलाई जानकारी दिन नपाउँदै घटना भएको बताए । आमावाबुले थाहा पाउने भयले छात्राले आत्महत्या गरेकी हुनसक्ने उनले बताए । शिक्षक शर्मा तथा विद्यालयले कुनै मानसिक यातना नदिएको कटुवालले जनाएका छन् । @ Blast Times

लाइफ पाटर्नर चाहियो ?


तपाई एकल हुनुहुन्छ ? हुनुहुन्छ, भने सिंगापुर जानुहोस्, त्यहाँ तपाईंले विवाहको अवसर पाउन सक्नुहुन्छ । त्यो पनि सिंगापुर सरकारको मेजमानीमा । सिंगापुरमा जन्मदर घट्दै गएपछि वृद्धिका लागि सरकारले नयाँ योजना सार्वजनिक गरेको छ ।
सिंगापुरको सरकारी पत्रिका स्ट्रेट टाइम्सका अनुसार एकल पुरुष र महिलाका लागि सरकारले जोडी खोजिदिन लागेको हो । सिंगापुरमा धेरैजना एकल बस्न थालेका छन्, जो विवाहित छन्, उनीहरुले पनि बच्चा पाउन कम गरेका छन्, सिंगापुरका समाज विकास, युवा तथा खेलकुदमन्त्री भिवान बालाकृष्णले बताए ।
मन्त्री बालाकृष्णले यस विषयमा संसदको आगामी सत्रमा छलफल हुने जानकारि समेत दिए । सिंगापुरका पुरुष तथा महिलासँग बिवाह गर्ने विदेशी नागरिकलाई नागरिकता लगायतका सुविधा दिने विषय पनि यसमा पर्न सक्ने बताइएको छ । तर मन्त्री बालाकृष्णले भने योजनाको पूर्ण विवरण भने दिएनन् ।
‘हामीलाई थाहा छ, सिंगापुरका एकल पुरुष तथा महिला विवाह गर्न चाहन्छन्, उनीहरुलाई सही साथि छनोटका लागि सहयोगको जरुरत छ, त्योसँगै उनीहरुलाई अरु के आवश्यक छ त्यो सहयोग पनि दिन जरुरी छ, जसले उनीहरुलाई परिवार सुरु गर्न सहयोग मिलोस्’, मन्त्री बालाकृष्णले भने ।
सिंगापुरको जन्मदर अहिले घटेर निक्कै तल झरेको छ । यो जनवरीमा सार्वजनिक गरिएको गतवर्षको तथ्यांक अनुसार सिंगापुरमा जन्मदर १ दशमलव १६ प्रतिशत मात्र छ । विवाहित जोडीको औषत दुई बच्चा छन्, यो भने स्वस्थ नै छ, मन्त्री बालाकृष्णले प्रष्ट पारे ।
यो वर्ष बजेट विनियोजन गर्दा पनि सरकारले बच्चाको जन्मदर वृद्धिका लागि राम्रै लगानी गरेको छ । सिंगापुर सरकारले जनसंख्या वृद्धिका लागि सन् २००८ मा प्याकेजको घोषणा गरेको थियो । विश्व वित्तिय संकटले जन्मदरमा असर परेको हुन सक्ने अनुमान सिंगापुर सरकारले गरेको छ । पुरुषको तुलनामा एकल महिलाको संख्या सिंगापुरमा ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार २५ देखि २९ वर्षका साढे ४५ प्रतिशत महिलाहरु मात्रै अहिले विवाहबन्धनमा बाँधिने गरेका छन् । सन् २००० को तथ्यांक अनुसार यो ६२ प्रतिशत थियो ।
सिंगापुर सरकारले यस्तै सामाजिक मामिलामा सहयोग गर्न सन् १९८४ मा सामाजिक विकास युनिट खडा गरेको थियो । यो युनिटले सुरुमा स्नातक तह उत्रिण एकल महिलाको विवाहका लागि प्रोत्साहन गर्दथ्यो । त्यसपछि स्नातक उत्रिण नभएका महिलालाई विवाह बन्धनमा बाँध्न सामाजिक विकास सेवा खडा गरेको थियो । सन् २००९ मा सामाजिक विकास सञ्जाल खडा गरेको थियो ।

यौन धन्दा चलाएको आरोपमा गाउँ निकाला


भद्रपुर/ अवैधरुपमा मदिरा बिक्री गरेको तथा यौन धन्दा चलाएको भन्दै चन्द्रगढी–६ धनुषमोडका बासिन्दाले दुई महिलालाई शुक्रबार गाउँ निकाला गरेका छन् । 
झापा जिल्ला सदरमुकाम चन्द्रगढीमा प्रहरी–प्रशासनकै आँखाअगाडि चारआली गाउँछेउ कृष्णबहादुर खड्काको घर भाडामा लिएर एक वर्षदेखि अनमोल कोल्ड सेन्टर सञ्चालन गर्ने महिलाहरु यौन व्यापारमा संलग्न रहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । संगीता राई र रिना नाम बताउने महिलाको अगुवाईमा सो कोल्ड सेन्टर सञ्चालन भइरहेको थियो । उनीहरु दुवैलाई स्थानीयवासीले गाउँ निकाला गरेका हुन् । 
गत भदौ १२ गते सो होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा राई थरकी एक महिलालाई स्थानीय बासिन्दाले रंगेहात भेटेपछि धनुष मोडको युवा समूहको अगुवाईमा १५ दिनभित्र सो क्षेत्रमा मदिरा व्यापार तथा यौन कार्य नगराउने सर्तमा उनीहरुलाई छाडिएको थियो । त्यै पनि मदिरा व्यापार तथा यौन क्रियाकलापमा कमी नआएपछि भदौ २६ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा अवैध मदिरा पसल तथा यौनधन्दा रोक्न माग गर्दै स्थानीयवासीले निवेदन दिएका पनि हालसम्म कार्यान्वयन नभएको द्रोण अधिकारीले बताए । प्रहरीलाई मासिकरुपमा रकम बुझाउने गरेकाले प्रहरीकै संरक्षणमा यौन धन्दाले निरन्तरता पाएको स्थानीयवासीको आरोप छ ।

बाबुबाटै बेचिइन् चेली


जन्म दिने अभिभावकले आफ्नै सन्तानलाई बेच्न सक्लान् रु प्रायः सक्दैनन् । तर सिन्धुपाल्चोकका एक निर्दयी बाबुले जागिर लगाइदिने बहानामा छोरी बेचेका छन् । बेचिएर भारत पुगेकी युवती तीन वर्षपछि भागेर फर्की घर आएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।
युवतीले मुद्दा हालेपछि उनलाई बेच्ने बाबु र स्थानीय दुई दलाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
चौतारा घर भएकी १८ वर्षीया चौतारा आई (प्रहरीले राखेको नाम) लाई २०६४ मंसिरमा स्थानीय दलालसँग मिलेर उनकै बाबु लोकबहादुर घलेले बेचेको अभियोग छ । सोमबार अदालतले लोकबहादुर र अन्य दुई अभियुक्त ईश्वर र रामशरण घलेलाई पुर्पक्षका लागि थुनामा राखेको हो । न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो आदेश दिएको हो ।
ती युवतीका श्रीमानले दास्रो विवाह गरेपछि माइत बसेको मौका छोपेर राम्रो जागिर लगाई दिने प्रलोभनमा उनलाई बेचिएको थियो । अभियुक्तमध्येकै दावा र काजीमान तामाङ फरार छन् । लोकबहादुरले छोरीलाई राजधानी लगेर गाउँकै दलालसँग ८० हजार रुपैयाँ लिएर बिक्री गरेको बयान प्रहरीमा दिएका छन् । भागेर फर्केपछि युवतीले दिएको किटानी जाहेरी र बयानका आधारमा उनका बाबु र दलालहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
लोकबहादुरले बेचेको नभई राम्रो जागिर लगाई दिने आशामा रकम लिएर चिनाजानका मान्छेलाई छोरी पठाएको बताए । युवती भारतको सदित नगरबाट भागेर मुलुक फर्केपछि माघ २ गते प्रहरी सम्पर्कमा आएकी थिइन् । त्यसअघि नै सासू कृष्णमायाले बुहारी बेचिएको र त्यसमा सम्धीको समेत हात रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अभियुक्तलाई प्रहरीले चेलिबेटी बेचबिखनका अन्य घटनामा पनि 'मोस्ट वान्टेड' का रूपमा राखेको थियो । यस्तै प्रकृतिका ११ वटा मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी जिल्ला सरकारी वकिल यादवप्रसाद सेडाईंले कान्तिपुरलाई दिए ।
चेलिबेटी बेचबिखन रोक्ने नाममा दर्जनौं संघसंस्था खुलेका छन् । सरकारी संयन्त्रसमेत क्रियाशील छन् । सिन्धुपाल्चोकमा वषौ देखि हुँदै आएको चेली बेचबिखन भने अझै रोकिएको छैन । त्यसमा गरिबी र दलालहरूले अपनाएको फरक प्रक्रिया कारण रहेको बताउँछिन्, महिला हिंसाविरुद्ध सक्रिय नानीमैयाँ नेपाल । 'गरिबी पनि उस्तै छ,' उनी भन्छिन्, 'जागिर लगाउने भन्दै पासपोर्टमा भिसा लगाउँदै विभिन्न मुलुकमा चेलीहरू बेचिएकै छन् ।' @ eKANTIPUR

विद्यालयमै सेक्सभिडियो बनाउँदा शिक्षक निलम्वित


बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ । उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स टेप देखेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनले पुरुष शिक्षक र महिला सहायकलाई तत्कालै निलम्वन गरेको थियो ।
भिडियोमा पुरुष कर्मचारी कुर्चीमा बसिरहेको र क्यामेरामा हरेका थिए भने महिला सहायकले ‘सेक्स अभिनय’ गरेकी थिइन । पछि उनीहरुले विद्यालयमै यौनजन्य क्रियाकलपा गरेर ‘सेक्स भिडियो’ बनाएका थिए । जसलाई उनीहरुले कम्युटरमै सेभ गरेका राखेका थिए ।
भिडियो भेटेपछि विद्यालयले ४६ वर्षका शिक्षक टिम एडवार्ड र ५० वर्षकी सहायक एन्जेला थ्रोनहिललाई विद्यालयबाट निलम्वन गरेको छ । दक्षिणी लण्डनस्थित क्राउडनको एडिङटन विद्यालयमा फिल्म खिचिएको हो वा होइन भन्ने विषयमा विद्यालयले छानविन गरिरहेको छ ।
विद्यालयको कम्युटरमा राखिएको यो भिडियोसम्म ८०० विद्यार्थीको पहुँच भए पनि कतिले त्यसलाई हेरे वा हेरेनन् भन्ने विषयमा विद्यालय प्रशासन भने मौन छ । एडवार्डलाई विद्यालयले वाषिर्क ४७ हजार पाउण्ड तलव दिन्थ्यो । उनी त्यो विद्यालयका कम्युटर टेक्नोलोजी सम्वन्धी शिक्षकको अलावा सूचना तथा सञ्चार प्रमुख समेत थिए । उनले विद्यालयमा विद्यार्थीलाई कम्युटर दुरुपयोग सम्वन्धी पाठसमेत पढाउँथे ।
शिक्षक विवाहित छन भने सहयाकका दुई छोराछोरी छन्, ती सहायकले श्रीमानलाई भने छोडपत्र दिइसकेकी छन् । सुरुमा विद्यालय सरसफाइको जागिरमा प्रवेश गरेकी एन्जेलालाई बढुवा गरेर कक्षाकोठाको सहायक बनाइएको थियो ।

source:-onlinekhabar

फेसबुकबाट बेश्याबृती


फेसबुकमा चलचित्रका नायक नायिका, मोडल, नेताहरूमात्र नभर्इ कल गर्लहरूले समेत खाता खोल्न थालेका छन्। यीनीहरूले बिश्वव्यापी रूपमा सबभन्दा प्रसिध्द सामाजिक संजालको रूपमा रहेको फेसबुक मार्फत ग्राहक खोज्न थालेका छन्। 
हालै यस कूराको खुलासा फेसबुकका लागि गरिएको एक सर्वेक्षण मार्फत जानकारीमा आएको छ। धेरै जसो कल गर्लहरूले फेसबुक मार्फत हाई सोसाइटी ग्राहकहरूलार्इ फसाउनका लागि यस्तो खाताको प्रयोग गर्ने गरेका छन्। 
यीनीहरूले यस कार्यका लागि उत्तेजित फोटोहरू समेत फेसबुकमा राख्ने गरेका छन्। यस अलावा यीनीहरूले प्रयोग गर्ने भाषा तथा शव्दहरूले यीनीहरूको पहिचान गर्न सजिलो हुने गरेको तथ्य फेला परेको छ। 
यस्ता कल गर्लहरूले फेसबुकको माध्‍यमबाट सजिलो संग ग्राहक पाउने गरेको तथा यस्ता ग्राहकहरूसंग हिड्ने गर्दा उनीहरू समातिने डर कम हुने देखियो। यस बाट उनीहरूले दलालको भर पर्न नपर्ने भर्इ रकम समेत बचाउने गरेको छ।