Showing posts with label फिल्मी खबर. Show all posts
Showing posts with label फिल्मी खबर. Show all posts

मिस नेपाल प्रतियोगीतामा आर्थिक अभाव

विगत १६ वर्षदेखि आयोजना हुँदै आएको मिस नेपालमा यसवर्ष भने केही आर्थिक अभाव देखिएको छ । नेपालकै सवैभन्दा ठूलो सौन्दर्य प्रतियोगीताको रुपमा लिईएको प्रतियोगीताको १६ औं संकरणमा आर्थिक अभाव प्रष्ट देखिएको हो । मिस नेपालको विजेतालाई दिईदै आएको पुरस्कार राशी यसवर्ष निक्कै कम हुनुले आर्थिक अभाव भल्किएको हो । काठमाण्डौको ललितपुरमा आयोजना गरीएको पत्रकार सम्मेलनमा समेत आयोजकले यो कुरालाई स्विकार गरेका छन् । गतवर्ष मिस नेपाललाई कार उपहार दिईएतापनि यो वर्ष यो उपहार राखिएको छैन ।

यो विषयमा पत्रकारको जिज्ञासामा आयोजकले भनेको छ, रकमको अभाव भएकाले यो उपहार नराखीएको हो । यस वर्षको मिस नेपालको विजेताले नगद रु पचास हजार मात्र प्राप्त गर्नेछिन् । यो वर्षदेखि मिस नेपालको मुख्य प्रायोजक समेत परिवर्तन भएको छ । डाबर नेपालको प्रायोजनमा हुँदै आएको मिस नेपाल यसवर्षदेखि लक्स सावुनको प्रायोजनमा हुने भएको हो । डावरको प्रायोजन नभएपछि देखिएको यो आर्थिक संकटलाई अर्थपुर्ण तरीकावाट हेरीएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा यही भाद्र १३ गते आयोजना हुनेछ । अन्तिम प्रतियोगीताका लागी देशभरका विभीन्न शहरवाट १९ प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगीतामा २० जना सहभागीहरु अन्तिम प्रतिस्पर्धाका लागी छनोट गरीएको भएतापनी १ सहभागीको खुट्टाको अप्रेशन गरेका कारण उनी सहभागी हुन नसक्ने वुझिएको छ ।

मिस नेपालमा यो वर्ष कुल २ लाख वरावरको पुरस्कार राशी रहेको छ । जसमा, मिस अर्थले ३५ हजार, मिस नेपाल ईन्टरनेशनलले २५ हजार नगद प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, ९ विभीन्न टाईटल अवार्डका विजेतालाई नगद १० हजार पुरस्कार राशी राखीएको छ । द हिडन ट्रेजरको आयोजनमा हुदै आएको यो प्रतियोगीताका विषयलाई लिएर हरेक वर्ष विवाद र विरोधहरु हुदै आएका पनि छन् । यो वर्षपनि यस्ता किसीमका विरोध हुनसक्ने कुरामा आफूहरु सचेत रहेको आयोजक वताउछ । तर, आजका दिनसम्म मिस नेपाल प्रतियोगीतालाई लिएर त्यस्ता विरोधका स्वरहरु सुनिएका छैनन् । मिस नेपालमा विभीन्न शिर्षकमा विजयी हुने सहभागीहरु विश्वमा हुने चर्चित सौन्दर्य प्रतियोगीतामा समेत सहभागी हुन पाउनेछन् । मिस नेपालले वेलायतको राजधानी लन्डनमा यसैवर्ष आयोजना हुने मिस वल्र्डमा आफूलाई नेपालको प्रतिनिधित्व गराउनेछिन् । यस्तै, मिस नेपाल ईन्टरनेशनलले चिनको चेङ्डुमा आयोजना हुने मिस ईन्टरनेशलमा आफ्नो सहभागीता जनाउनेछिन् भने मिस नेपाल अर्थ थाईल्यान्डको पट्टायामा हुने मिस अर्थमा सहभागी हुने वताईएको छ ।

मिस नेपाल जस्तो राष्ट्रिय प्रतियोगीता १६ संकरणसम्म आईपुग्दा पनि काठमाण्डौमै सिमीत रहेको छ । काठमाण्डौ भित्र नै रहेर आयोजकले अडिशन लिईदिदा देशभर छरिएर रहेका प्रतियोगीहरु भने ओझेलमा परेको कुरालाई नकार्न सकिदैन । यसवारेमा आयोजकले आउदो वर्षवाट विचार पुर्याउनु जरुरी छ । अर्कोतिर, काठमाण्डौ लगायत देशभर विगत केही समय यता सौन्दर्य प्रतियोगीताको व्यापार फस्टाएको छ ।

जसका कारण, मिस नेपाल जस्तो राष्ट्रिय प्रतियोगीतालाई समेत असर पुग्न गएको विश्लेषकहरुको भनाई छ । तर, जे जस्तो वाधा र अड्चन आएतापनी मिस नेपाल प्रतियोगीता सफलतापुर्वक सम्पन्न होस्, हाम्रो शुभकामना ।

'देली बेली'को सम्पादित प्रिन्ट नेपाली बजारमा

प्रयुक्त शब्द र दृश्यले विवादित बलिउड चलचित्र 'देली बेली'को सम्पादित प्रीन्ट सोमबार दिउँसो नेपाल आइपुगेको छ । भारतीय सेन्सर बोर्ड स्वयमले पुनः सम्पादन गरी चलचित्रको सम्पादित संस्करण काठमाडौं पठाएको हो । दिउँसो एक बजे इन्डियन एयरलाइन्सको उडानबाट क्यूव वितरकको प्रीन्ट आइपुग्यो भने यूएफओको मंगलबार बिहान आइपुग्नेछ ।
'देली बेली'को सम्पादित भस्रनमा अश्लील (एब्यूजिव वर्डस्)हरु हटाइएको प्रदर्शक नकिम उद्दिनले बताए । यतिबेला वितरकहरु सम्पादित भस्रनबाटै चलचित्र चलाउनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको पर्खाइमा छन् । सेन्सर बोर्डले सम्पादित चलचित्र चलाउन वितरकहरुलाई जिम्मा दिइसकेको अवस्था हो सदस्य चेतन सापकोटाले मेरोसिनेमासँग भने चलचित्र चलाउने नचलाउने कुरा प्रशासनको निर्णयमा निर्भर हुनेछ ।
सोमबार पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले 'देली बेली' चलाउने सबै वितरकलाई कार्यालयमा डाकेर बुझेका थिए । वितरकहरुले गल्ती नदोहोर्‍याउने सर्तमा एकपटकलाई आममाफी दिन सीडीओलाई अनुरोध गरेका थिए । बोर्ड सदस्य सापकोटाले नेपालीको लगानी परेको चलचित्रलाई डुब्न नदिन एक पटक आममाफीका लागि प्रशासनलाई आग्रह गरिने बताए । यसबारे मंगलबार बिहान बस्ने प्रशासन, सेन्सर बोर्ड र वितरकबीचको त्रिपक्षीय वार्ताले निर्णय गर्ने भएको छ । प्रशासनले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनामा दोषी पाइए नछाड्ने सीडीओको भनाई उध्दृत गर्दै सापकोटाले बताए । क्यूबलॆ झन्डै तीस लाखमा 'देली बेली' किनेको बुझिएको छ ।

के छ नयाँ भर्सनमा ?
प्रशासनको निर्णयपछि पुनः प्रदर्शन हुने आशा गरिएको 'देली बेली'को नयाँ संस्करणमा अश्लिल र अब्युजिव शब्दहरु हटाइएको छ । दृश्यमा कुनैपनि परिवर्तन गरिएको छैन । खासगरी किशोर र युवाले दैनिक बोलिचालीमा प्रयोग गर्ने स्ल्याङ वर्डस्हरु फिल्ममा थिए । भद्दा लाग्ने दृश्यहरु नहटाइनुको पछाडि चलचित्रको मर्म नै बांगिने हो कि भन्ने भय कारण छ ।

'देली बेली' प्रकरणले जगाएका बहसहरु

विष्णु शर्मा
'चाँदनी चोक टु चाइना'पछि बलिउडकै अर्को चलचित्र 'देली बेली'ले नेपाली रजतपट गर्माएको छ । वितरकको बदमासीपछि सेन्सर बोर्डले चालेको कदमले हाम्रो सेन्सर बोर्डको पुनस्रंरचना र सेन्सरसिपका बहसहरु सतहमा उत्रिएका छन् ।
नोकरशाही
मातहतको सेन्सर बोर्ड, कानुनी राज्य र त्यसका संहिताहरुलाई चुनौति दिने वितरक, मौसमी चलचित्र विकास बोर्ड र सयवटा मुसा खाएर तीर्थ हिँडेका बिरालाजस्ता अभियन्ताह
रुको गतिले 'देली बेली' प्रकरण पैदा गरिदिएको छ ।

आमिर खानको 'देली बेली' त एउटा निमित्त कारण मात्र हो । सवाल -सेन्सर बोर्डको प्रवृत्ति र संरचनाविरुद्धको बहस हो । विज्ञहरु 'देली बेली'माथि उठाइएको प्रतिबन्ध र छाँटकाँटलाई समस्याको अचुक उपाय ठान्दैनन् । बेलायत र अमेरिकामा अपनाइएको सेन्सरको वर्गीकरण प्रणाली गतिलो उपाय हुने सुझाउँछन् ।
पत्रकार यज्ञश भन्छन् -'सवाल सेन्सरको प्रणाली कस्तो हुने भन्ने हो । चलचित्रलाई रोक्ने काट्ने नभई वर्गीकरण गर्नुपर्छ । फिल्म जस्ता दर्शकको लागि उपयुक्त हुन्छ तिनै दर्शकको लागि देखाउने हो, बन्द गर्ने होइन ।' तर, सेन्सर बोर्डको सिफारिस हुँदाहुँदै वितरकले ढाँटेर गरेको प्रदर्शनपछि लगाइएको रोकलाई भने उनी कानुनी राज्यको अपरिहार्य विशेषता ठान्छन् ।
निर्देशक नवीन सुब्बालाई लाग्छ 'सीधै फिल्म चलाउन रोक्नु जायज होइन किनभने निर्णय क्षमता र अश्लिलता पचाउन सक्ने दर्शकका लागि भने त्यस्तो फिल्म हेर्नका लागि खुला गरिनुपर्छ । निश्चित दर्शकका लागि सिनेमा वर्गीकरण गरेर प्रदर्शन गरिनुपर्छ ।' सेन्सर बोर्डको सुझाव मान्छु भनिसकेपछि त्यसलाई पालना नगरी प्रदर्शन गर्ने वितरकको चरित्रले अराजकता र भाँडभैलो निम्त्याउने तर्क छ सुब्बाको । भन्छन् -'प्रीन्ट जफत गर्ने र आफ्नो अख्तियार लागु गराउन दबाब दिने प्रशासनिक प्रवृत्ति आफ्नो ठाउँमा ठीक होला तर पहिल्यै आपत्ती थियो भने वितरकहरुले सेन्सरबेलै कुरा उठाउनुपथ्र्यो ।'
पत्रकार यज्ञश यौन, िहंसा र शब्दको मामिलामा सेन्सर बोर्डलाई वर्गीकरण नीति अपनाउन सुझाव दिन्छन् । नेपालमै निर्वाध प्रदर्शन भैरहेका हलिउडका चलचित्रप्रति सेन्सर बोर्डको उदार नीतिबारे भने जानकारहरुबीच मतभिन्नता छ । नेपाली सिनेमाबारेका एकमात्र पीएचडीकर्ता प्रदीप भट्टराई हलिउड र बलिउडलाई सेन्सर गर्ने दृष्टिकोण र मान्यता पृथक हुनुपर्ने तर्क गर्छन् । भन्छन् -'दुवैको सिनेम्याट्रीक ल्यांग्वेज एउटै हुने भएकाले कानुनले दुवैलाई विभेद नगरेपनि हिन्दी र अंग्रेजी सिनेमाको सेन्सरमा भने केही मात्रामा भिन्न मान्यता आत्मसात गर्नुपर्छ । किनभने अंग्रेजीभन्दा हिन्दी भाषा र संस्कृतिप्रति हामी नजिक छौं ।'
प्रदीपको विश्लेषण छ -'देली बेली वास्तवमा सेक्सी सिनेमा होइन । हलिउडको गोरो छालाले किस गर्‍यो भने हामी त्यसलाई उनीहरुको कल्चर ठान्छौं तर हाम्रो गहुँगोरो छालाले किस गर्‍यो भने हामी त्यसलाई भद्दा भन्ठान्छौं । वास्तवमा हाम्रा युवालाई दौडाउने बेला भएको छैन । हामी उनीहरुलाई हिँडाउन मात्र सक्छौं । दौडेर छिटो पुग्ने प्यासन उनीहरुमा छैन ' उनी यसलाई भूमण्डलीकरणको सफल नमुना मान्छन् । नियम कानुन मान्दिन भन्ने हो भने अदालतमा जान वितरकलाई प्रदीपको सुझाव छ ।
प्रस्तुत तीनैजना विज्ञहरुको दृष्टिकोणमा वितरकले ठाडै कानुनलाई चुनौती दिएका छन् । सेन्सरको वर्तमान पद्धती नै गलत भन्दै उनीहरुले वर्गीकरण नै समाधानको विन्दु हुने सुझाएका छन् । सार्वजनिक प्रदर्शन अर्थात हलहरुबाट 'देली बेली' उतारिसकेपछि सडक र पसलमा बेच्न राखिएका 'देली बेली'का सीडीका ठेलीहरु नियन्त्रण र नियमन गर्नेतर्फ बोर्डको ध्यान पुग्न सकेको छैन किनभने सुनको पिँजडाजस्तै बोर्डलाई अनुगमनको अधिकार छैन ।
जतिसुकै सैद्धान्तिक विश्लेषण गरेपनि देली बेली प्रकरणका दोषीलाई प्रशासनले कारवाही गर्न सक्ने संकेतहरु यो समाचार लेख्दासम्म देखापरेका छैनन् । पर्दापछाडी धेरै कारणहरु छन् । स्वयम सेन्सर बोर्डका एक सदस्यले एकपटकलाई आममाफी दिने हो कि भनेर दण्डहिनतालाई बल पुर्‍याउने तरिकाले बोलिसकेका छन् ।

Via Source:- Merocinema

‘मेरो मुटुमा त्यहि नेपाली रगत दौडिरहेको छ’ प्रशान्त तामाङ


स्व. मदन कुमार तामाङ तथा रुपा तामाङको कोखबाट सन् १९८३ जनवरी ४ मा दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ दुईवटा दिदीहरुका कान्छा भाई हुन् । १२ कक्षा पास गरेर भारतीय प्रहरीमा भर्ती भएको ४ बर्षपछि प्रहरी व्याण्डमा आवद्ध भएका तामाङ भारतका तेश्रो इण्डियन आइडल हुन सफल भएका थिए । उत्कृष्ट गायकमा दर्ज भईसकेका उनले आफुलाइ गोर्खा पल्टन नामक चलचित्रबाट सफल नायकको परिचय बनाईसकेका छन् । तामाङसंग मेचीनगर अनलाईनको लागि पत्रकार रवि रोषीले लिएको अन्तर्वार्ताको सार संक्षेपः

वाल्यकाल कस्तो रह्यो तपाईंको ?
– सामान्य नै भन्नुपर्छ । घुमफिर, स्कुल तथा साथीभाईहरु संगनै विताइयो । खासै स्मरणीय कुराहरु केहि भएनन् ।

गायक नै बन्छु भन्ने आत्मविश्वाश कहिले बाट जागृत भयो ?
– गाउने काम त स्कुले विद्यार्थीजीवनबाट नै सुरु गरेको हो । तर पनि माध्यमिक तहको पढाई सकिएर कलेज ज्वाइन गरेपछि चाहिँ स्थानीय तथा पश्चिम बंगाल बाहिरको कन्सर्टहरुमा पनि गाउनलाई अफर आउने गर्दथ्यो र गाउने क्रमलाई निरन्तरता दिँदै गएको थिएँ । भारतीय प्रहरी डिपार्टमेन्टको व्याण्डमा जागीरे भएपछि त्यहाँ दिनहुँ गाउने प्राक्टीस हुने गर्दथ्यो । मेरो खारिदै आएको स्वरलाई अन्दाज गर्दै प्रहरी प्रभागका साथीहरुबाट इण्डियन आइडलमा जान सुझाएपछि त्यहाँ जाने सोच बनाएँ । साथीहरुको अनुरोध र दवावमा जुन दिन इण्डियन आइडलमा जान्छु भनेर निर्णय गरेँ, त्यहि दिनबाट नै मेरो गायकीमा दम छ भन्ने आत्मविश्वाश पलाएको हो ।

इण्डियन आइडलको उपाधि नै प्राप्त गर्न सक्छु भन्ने आत्मविश्वास नै बोकेर जानुभएको थियो त भाग लिन ?
– युद्धमा लड्न जाने सिपाहीले मर्छु भनेर कहिले पनि गएको हुँदैन । मार्छु नै भन्ने आत्मविश्वाशको साथ युद्धमा गएजस्तै हार भएर फर्कनु अर्को वास्तविकता छँदा छँदै पनि जित्छु भन्ने मनशाय नै लिएर गएको थिएँ । मेरो गायन क्षमताको कदर गर्दै भारतीय मेरा प्mयान हरु तथा नेपाली भाषीहरुको अगाध मायाले गर्दा जित्न सफल भएँ । फेरि पनि मलाई भोट दिएर इण्डियन आइडलको ताज पहिराउन सघाउने मेरा सम्पुर्ण शुभचिन्तकमा आभार प्रकट गर्न चाहन्छु ।

भारतीय नागरिक भएपनि नेपाली भाषी भएकै कारणबाट तपाईं माथि कुनै त्यस्ता अप्ठ्यारो महसुस त गर्नुभएन ?
– त्यस्तो केहि पनि मैले सामाना गर्नु परेन । गीत, संगीत, साहित्य र संस्कृति कुनै क्षेत्र र देशमा मात्र सिमित नरहने भएकोले गीत संगीत सवैको साझा सम्पत्ति ठानेर नै माया गर्ने र सुन्ने भएकोले मैले पनि त्यहि माया पाएको छु । अपमान र अप्ठयारो कहिले पनि महसुस गर्नु परेन ।

दार्जिलिङे तथा सिक्किमेली नेपालीभाषी साहित्यकार, कलाकार तथा गायककार हरुलाई कि त कालले चाँडै लान्छ कि त काठमाण्डौँले तान्छ भन्ने कुरालाई तपाईंले पनि भारत छोडेर नेपाल प्रवेश गरी चरितार्थ गर्नुभयो नि । कतै भारतमा अवसरको आशा नरहेर नेपाल प्रवेश गर्नुभएको हो ?
– नेपाली साहित्यकार र कलाकारको हकमा चाहिँ भारतको बजार सानो भएकोले ठूलो बजारको खोजीमा काठमाण्डौँ प्रवेश गरेको हुनुपर्छ । तर मेरो भने त्यो अवस्था सिर्जना भएर काठमाण्डौँ पसेको चाहिँ पक्कै होइन । आफु संग गायन क्षमता भएर पनि भारतमा गीतहरु गाउनुको लागि सधैँ खुट्टा मोल्ने प्रवृत्ति हावी भएकोले आफ्नो गायन प्रतिभाको अपमान हुन नदिनकै लागि स्वाभिमानले भारतीय बजारमा घुँडा टेक्न मानेन र म नेपाल प्रवेश गरेको हुँ । कसैले गाउनको लागि अफर गर्छ भने जुनसुकै भाषाको गीत गाउन तयार छु । तर हस् हजुरमा विश्वाश कहिले पनि राख्दिन र झुक्न चाहन्न । काठमाण्डौँलाई मैले कर्मथलोको रुपमा रोजेको त्यसैको नतिजा होे ।

भारतमा गायन क्षेत्रमा एकछत्र राज गर्न सफल नेपाली मूलका उदितनारायण झा ढाका टोपी फुकालेर भारत पलायन भएभने तपाईं इण्डियन आइडल घोषित भएको दिनमा नै स्टेजमा ढाका टोपी पहिरिएर नेपाल फर्किनुभयो । आखिर के कुराले नेपाल प्रवेश गर्न तपाईंलाई प्रेरित गर्यो ? पैसा कमाउनको लागि त नेपालको बजार भन्दा भारतको बजार नै राम्रो थियो होला नि ?
– उदित नारायण झाको मामलामा बोल्नु पर्दा भारतीय सम्मानबाट सुशोभन हुन आफुलाई भारतीय हुँ भन्ने कुरा म अलि कच्चा उमेर हुँदैमा सुनेको हुँ । उहाँले भारतीय मिडीयाहरुमा आफुलाई भारतीय हुँ भन्नुभएको भएपनि किन भन्नुभयो भनेर प्रश्न गर्न चाहन्न । त्यो उहाँको व्यक्तिगत अभिव्यक्ति हो । तर तपाईंले भने जस्तै कालले यो दार्जिलिङे ठिटोलाई लाने उमेर नभए पनि काठमाण्डौँले तानेको भने पक्कै स्वीकार्छु (हाँस्दै) । मेरो पूर्व वंशजको थातथलो नेपालमा भएको र नेपाली भाषी भएको हुनाले र नेपालले मलाई केहि गुन लगाएको छ । त्यहिकारणले मलाई नेपालले तानेको हो । मैले आफ्नो प्रतिभालाई पैसा कमाउने माध्यम मात्र बनाउन हुँदैन भन्ने सोचेँ । मेरो मुटुमा त्यहि नेपाली रगत दौडिरहेको छ । नेपालीभाषी हुनुको गर्वले मलाई नेपाली संस्कृति र नेपाली भाषाको गीतहरु गाउननै घच्घच्याईरह्यो । पैसा अत्यावश्यक वस्तु हो भन्ने जान्दाजान्दै पनि मैले त्यति महत्व दिइन । त्यहि भएर नेपालको गीत र अभिनयको बजारलाई मैले रोजेको हो ।

नेपालमा आएपछि तपाईंलाई कसैले नेपाली नागरिकता दिन्छु । नेपाली भएर चिनिनुपर्छ भनेर भनेनन् ?
– नेपालका तत्कालिन प्रधानमन्त्री स्व. गिरीजा प्रसाद कोइरालाले नेपाली नागरिकता लिनको लागि आग्रह गर्नुभएको पनि हो । म गायक भएर श्रीलंका, पाकिस्तान, बंगलादेशका हिन्दी भाषा बुझ्ने सवैको साझा गायकको रुपमा परिचित भईसकेको हुनाले नेपाली नागरिकता नै लिने आवश्यकता ठानिनँ । अर्को कुरा लिईहालेको भएपनि भारतीय सरकारी जागीरमा संलग्न भईरहेको र नेपालको नागरिकता लिएको खण्डमा नेपालमा मेरै कुरालाई अर्को विवादको विषय बनाउँछन् कि भन्ने कारणले लिन चाहिन । म सवैको प्रिय गायक भएर बाँच्न चाहन्छु । त्यसमा पनि सवैभन्दा धेरै नेपालको माया र आशिर्वाद चाहिएको छ ।

तपाईं गायकबाट अहिले नायक पनि बन्नुभएको छ । किन अभिनय क्षेत्रलाई रोज्नुभएको ?
– आफु संग क्षमता छ भने देखाउनुपर्छ भनेर नै मैले अभिनय क्षेत्रमा पनि हात हालेको हो । जसलाई गोर्खा पल्टनले प्रमाणित गरेर पनि देखायो । मलाई गायन संगसंगै अभिनयमा पनि पहिले देखि नै रुचि थियो । त्यसको लागि पनि मैले नेपाललाई रोजेको हो ।

गोर्खा पल्टन बजारमा आईसक्यो भने बजारमा आउन लागेको अंगालो यो मायाको र किन मायामा भन्ने चलचित्रबाट कस्तो आशा राख्नुभएको छ ? यस बाहेक अरु चलचित्रमा अभिनयको लागि पनि अफरहरु आएको छ कि ?
– अंगालो यो मायाको चलचित्रमा मैले हर्षिका श्रेष्ठ र विजयिता वराईलीसंग अभिनय गरेको छु भने किन मायामा सुिमना घिमिरेसंग अभिनय गरेको छु । उनीहरुको अभिनय पनि परफेक्ट छ । दुवै चलचित्रहरु प्रेम, दर्शन र समाजमा केन्द्रित कथा भएको हुनाले यसले पनि नेपाली चलचित्रको फाँटमा राम्रो धाक जमाउने छ भन्ने विश्वाश लिएको छु । दुइवटा फिल्महरु एकैपटक बजारमा आउने तयारीमा पनि रहेको छ । त्यसको नतिजा चाहिँ कस्तो आउँछ, त्यो हेर्न भने बाँकी नै छ । त्यहाँ पनि मैले शशक्त भूमिकामा शशक्त अभिनय गरेको छु । अरु चलचित्रहरुमा पनि नायकको भूमिकाको लागि अफर आएको छ । गायन संगसंगै अभिनयलाई पनि त्यत्तिकै महत्वका साथ समय दिनेछु ।

अहिले सम्म कतिवटा गीतहरु गाईसक्नुभयो ? एउटा गीत गाए बापत कति लिने गर्नुभएको छ ?
– हाल सम्म मैले जम्मा ३०, ३२ वटा मात्र नेपाली गीतहरु गाएको छु । मैले गीत गाए बापत यति नै लिन्छु भनेर व्यवशायिक रुपमा प्रस्तुत नभएकोले मेरो गाउने गीतको कुनै रेट नै छैन ।

तपाईंको वैवाहिक जीवनको बारेमा केहि बताईदिनुहुन्छ कि ? विवाह भएपनि केटी फ्यानहरुले कत्तिको मरिहत्ते गर्छन् ?
– केटीहरुको त कुरै नगरौँ । कति क्रेजी फ्यानहरुले त अंगालोमा चेपेको चेपै गरेर हैरान पारिदिन्छन् । म चाहिँ विजुलीको खम्बा झैँ उभिएर बस्नु सिवाय केहि विकल्प रहँदैन । उनीहरुले मलाई दर्शाउने सदासयता प्रति मात्र भुतुक्क हुन्छु । केटी फ्यानहरुको स्पर्शलाई खासै वास्ता गर्दिन । मैले नागालैण्डवासी गीता आलेसंग मागी विवाह गरेको हो । हामी वीचमा प्रेम चाहिँ पहिले देखि नै थियो । विवाह हुनु भन्दा पहिले देखिनै पारिवारिक सम्बन्ध राम्रो भएको कारणले पनि हाम्रो सम्बन्धलाई अझ गाढा बनायो । तर हाम्रो पहिलो पटकको भेट चाहिँ कन्सर्ट देखाउन गएको वेलामा बैंगलोरमा भएको हो । उनी किंगफिसर एयरको एयर होस्टेजमा कार्यरत छिन् । साह्रै राम्रो सम्बन्ध रहेको छ ।

तपाईंको कन्सर्ट रेट कति हो ? एउटा कार्यक्रममा कति लिने गर्नुहुन्छ ? मूलुक वाहिरको कार्यक्रममा सवै भन्दा दर्शकहरुको उपस्थिती र रमाइलो अनुभव कुन देशमा बटुल्नुभयो ?
– नेपालमा गरिने कन्सर्टहरुको रेट विदेशमा गरिने रेट भन्दा कम नै लिने गरेको छु । विदेशमा चाहिँ कार्यक्रमको समयावधि हेरेर अढाई लाख भारुदेखि माथि लिने गरेको छु । कतारमा यति संगीत प्रेमी रहेछन् भन्ने कुरा दुइपटक कतारको कार्यक्रमबाट अनुभव बटुलेको छु । कतारमा यदि कार्यक्रमको लागि अफर आएमा विशेष महत्व दिएर आउने वाचा पनि गर्न चाहन्छु । अरब भाषी दर्शकहरुले समेत आफ्नो गीतमा नाचेर गरेको रमाईलो क्षणको सम्झना भने मेरो मस्तिष्कमा सधैँ ताजा रहिरहनेछ ।

यौन सम्बन्ध राख्नुको रहस्य

कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषसंग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुंदो हो कि साथीको चित्त बुझाउन मात्र एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, विना कारणको टाउको  दुखाईमा पर्न नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् ।
उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । टेक्सस विश्वविद्यालय अन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित ’ह्वाई विमेन ह्याभ सेक्स ?’ (महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसंग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन्् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् ।स अहिलेसम्मको मान्यता अनुसार पुरुषहरुलाई महिला यौन रुपमा आकर्षक (सुक्सुअली अट्याक्टिभ) लाग्छन् तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसंग सुत्नु पर्नाका थुप्रै कारण बताए । एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकारगरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हुंदै जाओस् भनी पतिसंग यौन सम्बन्ध राखिन्छ । जीवनमा उल्लास छाओस् भनेर  यौन सम्बन्ध राख्छ, एउटी महिलाले भनेकी छिन्– किनभने सेक्स गर्नु झगडा गर्न भन्दा बढी सजिलो छ । कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ । अनुसन्धानमा केही महिलाले जे भने, त्यो प्रायलाई अनौठो लाग्छ सक्छ । एउटी महिलाले भनेकी छन्– मैले पुरुषसंग किन सम्बन्ध राखें भने उसमाथि दया लागिरहेको थियो । करिव १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिं आफ्ना लागि पुरुषले डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नु परेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आफ्ना ब्वाइफ्रेण्ड बाहेकका पुरुषसंग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । ती मध्ये कतिपयले आफ्नो सेक्सुअल परफर्मेन्स राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्– मैले ब्वाइफ्रेण्डसंग किन यौन सम्पर्क गरें भने म आफ्नो यौन क्षमता अरु राम्रो बनाउन चाहन्थें । उक्त अुनसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकर्षित, अग्ला, ओजनदार स्वर सुगन्धित शरीर भउको पुरुषसंग मरिहत्ते गर्छन् ।
मनोवैज्ञानिक अनुसन्धान अनुसार महिलाहरू मानसिक एवं भावनात्मक लोकमा जिउँछन् तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउँछन् । महिलाका लागि उनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियालकपा । महिलाको स्वभाव दिनेर बाँड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने र त्यसमाथि रजाई गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला–पुरुष एक–अर्काका विपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापि दुवैमा एक–अ्रर्काप्रति प्रेम, आकर्षण र वासना हुन्छ । यही कुराले विपरीत भएर पनि उनीहरू एक–अर्काप्रति आकर्षित हुन्छन् । प्रकृतिले महिलालाई दिएको कुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन । अतः यी दुई बीचको आकर्षण प्राकृतिक रुपमा पनि स्वभाविक छ । त्यसैले दुईबीच मिलन हुन्छ, आपसी मिलनबाट एक–अर्काको अधुरोपन पुरा गरी पूर्णता र तृप्ति हासिल हुन्छ । यो मिलन वा मिलनको कल्पना मात्रले पनि महिला–पुरुष दुवै रोमाञ्चित हुन्छन्, व्यक्ति प्रेमले भरिन पुग्छ । अतः यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभव गर्न महिला पुरुष आ–आफ्नो तरिका अंगाल्छन् ।

महिला–पुरुषको मनोविज्ञानलाई मध्यनजर गरेर कुरा गर्ने हो भने पुरुष यौनकालागि प्रेम गर्छ भने महिला प्रेम प्राप्त गर्न यौनका लागि स्वीकृति दिन्छन् । दुवैसित एक–अर्कालाई पूर्णता प्रदान गर्न बहाना र माध्यम उपलब्ध छन् । पुरुष दर्साएर आफ्नो भागको यौन सुख हासिल गर्छ भने महिला यौन सुख अनुभव गरेर वा यौनलाई स्वीकार गरेर आफ्नो भागको प्रेम प्राप्त गर्छिन् । वास्तवमा यो प्रेम र यौनको आदान–प्रदानबाट महिला–पुरुष दुवैमा एक गहन तृप्ति जन्मन्छ जसले प्रेमलाई अरु प्रगाढ र गहिराइमा लान्छ । प्रेम र यौन एक–अर्काका पूरक हुन् । अन्य अर्थमा हेर्ने हो भने पनि यौन प्रेमकै एक मजबुत पक्ष हो, जसका माध्यमबाट प्रेमीले आफ्ना भावनालाई यौनका माध्यमबाट अभिव्यक्त गर्छ । यौनको अर्थ सम्भोग मात्र नभएर शारीरिक क्रिया र इसारासित पनि सम्बद्ध छ जसका माध्यमबाट व्यक्तिले आफ्नो प्रेम दर्शाउँछ जुन कुरालाई शब्दमा व्यक्त गर्न सकिंदैन, त्यसलाई शारीरिक क्रियाका माध्यमबाट व्यक्त गर्न यौनले अवसर प्रदान गर्छ । मनको सम्बन्ध विना तनको सम्बन्धको कुनै अर्थ हुंदैन तर यदि आपसमा मानसिक सम्बन्ध राम्रो छ भने साथीको स्पर्श, चुम्बन, आलिङ्गन आदि आनन्ददायक अनुभव हुन्छ । आपसमा प्रेम छ भने त्यसलाई व्यक्त गर्न व्यक्तिले यी कुरालाई माध्यम बनाउंछ वा यी कुराले प्रेम सम्बन्धमा थाहै नपाई स्थान बनाउंछ । प्रश्न उठ्छ प्रेम भएर पनि यौन हुंदैन वा नहुने सम्भावना रहन्छ र आत्माको धरातलमा यसो हुन सक्छ तर साधारण भौतिक वा सांसारिक धरालतमा यस्तो सम्भव छैन । महिला–पुरुषबीच स्वाभाविक आकर्षण छ भने इच्छा  र इच्छाले तृप्तिको बाटो खोल्छ तर व्यक्तिले आफ्नो तृप्तिका लागि रोज्ने बाटो फरक हुने कुरा बेग्लै हो । किनभने विना प्रेम यौन सम्पर्क गर्नु एक प्रकारको बलात्कार हो । तर जो आफ्नो यौन सम्पर्क गर्दैन वा गर्न सक्षम हुंदैन, उसले आफ्नो शारीरिक तृप्तिका लागि अन्य माध्यम रोज्छ तन र मनले उसलाई आफ्नो इच्छा पूरा गर्न प्रेरित गर्छ ।

चलचित्रकी नायिका दावी गर्छिन् ´मर्डर २´ नीलो चलचित्र होर्इन

२००४ मा प्रदर्शन भएको मल्लिका शेरावत तथा इमरान हाश्मीको चलचित्र 'मर्डर' ले बलिउडमा चुम्मन तथा गरमा गरम दृष्यहरूयूक्त चलचित्रको नँया शुरूवात गरेको थियो। यस चलचित्रले ठुलो जमातका दर्शकहरूको भिडको ध्यान खीच्न सफल भएको थियो। चलचित्रमा इमरान तथा मल्लिकाले भरपूर अन्तरंग दृष्यहरू दिएका थिए। अहिले यसै चलचित्रको दोस्रो भागमा जैकलिन फर्नांडिस र इमरानले फेरी एक पटक मर्डरको भन्दा पनि गरमा गरम अन्तरंग दृष्यहरू दिएका छन्।
खबरका अनुसार महेश भट्टको निर्माण कम्पनीले निर्माण गरेको यस चलचित्रको कथा नीलो चलचित्रको जस्तै रहेको छ। तर यस चलचित्रका नायिका जैकलिनका अनुसार यो कुनै नीलो चलचित्र होर्इन। उनले यस चलचित्रमा कथाको माग अनुसार मात्र अन्तरंग दृष्यहरू दिएको बताएकी छिन्।
केहि दृश्यहरु जस्ता को तस्तै






यो जमाना सिफारिसको ।


जागिरका लागि मात्र होइन छोराछोरीलाई राम्रो स्कुल भर्ना गर्न र नाम चलेका डाक्टरकहाँ परीक्षण गराउन पनि सिफारिस अनिवार्य भएको छ । सिफारिस भएन भने कि त महिनौँ दिन कुर्नुपर्छ कि त पहिलो रोजाइ छाड्नुपर्छ ।
व्यक्तिगत सम्बन्धको आधारमा हुने यस्तो सिफारिस प्रथाले समाजको कुनै पनि क्षेत्रलाई अछुतो राखेको छैन । समाजको ऐनाका रूपमा चित्रित चलचित्र क्षेत्रमा पनि अहिले सिफारिसको चलन बढ्दो छ । सिङ्गो नेपाली चलचित्र क्षेत्र यो रोगबाट नगाँजिए पनि केही कलाकारका कारण भने यो क्षेत्र सिफारिसमय बन्दै गएको छ ।
'गहिरो' मित्रता र व्यक्तिगत सम्बन्धको आधारमा निर्माता/निर्देशक/कलाकारले आ-आफ्नो मान्छेको सिफारिस गर्दै आएका छन् । कतिले दबाब पनि दिने गरेका छन् । सिफारिस अनुसारको कलाकार छनोट नभए चलचित्र नै बहिष्कारसम्म गरिन्छ यहाँ ।
चल्तीका नायक विराज भट्टले आफू निकटकी नवनायिका जेनिसा केसीलाई सिफारिस अनुसार चलचित्रमा नलिँदा चलचित्र नै छोडेको गाइँगुइँ अझैसम्म सेलाएको छैन । गत वर्ष एक दर्जन चलचित्रमा अभिनय गरेका विवाहित विराजले आफूलाई अनुबन्ध गरिएको चलचित्रमा जेनिसाको नाम सिफारिस गर्दै आएका छन् । बिकाउ हिरो भएपछि कि त उनको कुरा सुन्नु पर्छ होइन भने उनलाई छोडेर अर्कोलाई लिनु पर्छ । जानकारहरू भन्छन्, चल्तीको हिरो नलिने आँट कसले गर्छ र ?
सञ्चितासँग बिहे गर्नुअघि अर्का व्यस्त नायक निखिल उप्रेतीले उनको नाम निर्माता/निर्देशकसँग सिफारिस गर्थे । सिफारिस गर्नमा कामुक नायिका रेखा थापा अग्रस्थानमा पर्छिन् । सुरुमा विराज भट्टलाई सिफारिस गर्दै हिँड्ने रेखाले बीचमा आर्यन सिग्देल र अहिले आयुष रिजालको नाम सिफारिस गर्छिन् । चलचित्र हिफाजतपछि रेखाले आयुषलाई सिफारिस गर्न थालेकी हुन् । आफू निर्मित चलचित्र मात्र होइन आफू अभिनित अन्य चलचित्रमा पनि उनले आयुषको नाम सिफारिस गर्छिन् । कलाकार मात्र होइन निर्देशक पनि सिफारिस गर्न पछि छैनन् । चलचित्रको कमान सम्हाल्ने निर्देशकले चलचित्रको स्त्रिmप्ट अनुसार कलाकार छनोट गर्ने मान्यता विश्वव्यापी रूपमा रहेको छ । तर नेपालमा भने स्त्रिmप्ट होइन 'अन्तरङ्ग' सम्बन्ध र लिनेदिने परम्परका आधारमा कलाकार छनोट गरिन्छ ।

निर्देशक दीपक श्रेष्ठले आफ्ना प्रायः चलचित्रमा नायिका युना उप्रेतीलाई छनोट गर्छन् । यति मात्र होइन आफ्ना निकटका निर्देशकलाई पनि युनाको नाम सिफारिस गर्छन् । चलचित्र 'हो यही माया हो'का लागि दीपकले युनाको नाम सिफारिस गरे पनि पछि उनको नाम चलचित्रबाट हटाइएको घटना अझै ताजा छ । अर्का निर्देशक नरेश पौड्यालले आफू निर्देशित प्रायः चलचित्रमा नायिका अरुणिमा लम्साललाई दोहोर्‍याउँछन् ।

यसैगरी निर्माता/निर्देशक सोभित बस्नेत, निर्माता वसन्तकुमार श्रेष्ठ, चिरञ्जीवी बस्नेत, रोज राणा, वितरक कृष्ण कार्की, सुनिल मानन्धरले पनि आफू नजिकका नायिकाको नाम सिफारिस गर्दै आएका छन् । सोभितको चलचित्रमा प्रायः रेजिना उप्रेती देखापर्छिन् भने निर्माता वसन्तकुमार श्रेष्ठको चलचित्रमा नायिका नन्दिता केसी देखिँदै आएकी छन् । वितरक कृष्ण कार्कीले नायिका सोनिया केसीलाई चलचित्रहरूमा सिफारिस गर्दै हिँड्छन् । नेपाली चलचित्रमा वितरक र हलमालिकको बोलवाला रहेकाले कृष्णको सिफारिस निर्माताले काट्ने कुरै छैन । अर्का निर्माता/वितरक सुनिल मानन्धर नायिका अर्पणा सिंहको सिफारिस गर्दै हिँड्छन् । यी बाहेक अन्यले पनि आफू निकटका कलाकारको नाम सिफारिस गर्ने गरेका छन् । भारतीय चलचित्र क्षेत्रमा भने सिफारिस प्रथाले कम प्रश्रय पाउने गरेको देखिन्छ । परिवारवाद हावी भए पनि कथा अनुसारको कलाकार छनोट गर्ने चलन बलिउडमा रहेकेा छ । 
Via Source:- Filmykhabar 

‘दुई करोड भारु लिएर म जुनै बेलापनि नाङ्गिन तयार छु _ याना गुप्ता


धेरैले बिर्सिसकेकी बलिउड अभिनेत्री याना गुप्ता ‘पेन्टीलेस’ अबस्थामा सार्बजनिक कार्यक्रममा देखिएपछि पुनः चर्चामा आउन थालेकी छन् । कार्यक्रम झलकदिख लाजापछि उनको चर्चा अझै बढ्यो । जसका कारण बिपासालाई लिने भनिएको आइटम डान्समा समेत यानाले चान्स पाइन् ।
पछिल्लो समयमा यानाको चर्चा छ ‘टपलेस’ फोटोसुटका कारण । एफएचएम नामक एक म्यागेजिन कभरका लागि टपलेस अर्थात कम्मरमाथिको भागमा कुनै कपडा नलगाई फोटोसेसन गरेपछि याना फेरि भारतीय मिडियाको ध्यान तान्न सफल भएकी छन् । आफ्नो सेक्सी फिगरलाई छ्याङ्ग देखाएकी यानाले आफ्ना स्तनलाई हातले ढाकिरहेकी छन् ।
यानाको चाहना त न्यूड फोटोसेसन अर्थात शरिरमा एक टुक्रापनि बस्त्र नलगाई फोटो सेसन गर्ने थियो । जसका लागि उनले म्यागेजिन संचालकसँग २ करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, म्यागेजिन संचालकले त्यत्रो रकमको रिस्क उठाउन चाहेनन र आधा नाङ्गो तस्वीरमात्र खिचियो । यसका लागि उनले १५ लाख भारु लिएको बताइएको छ ।
यानाले खुलेआम आमन्त्रण गरेकी छन- ‘दुई करोड भारु लिएर म जुनै बेलापनि नाङ्गिन तयार छु ।’

"चिकतबरे" बन्यो हालसम्मकै गरमा गरम बलिउड चलचित्र


इंजीनियरबाट चलचित्र निर्माता बनेका सुनीत अरोड़ाको चलचित्र चितकबरे बलिउडकै हालसम्मको सबभन्दा गरमा गरम चलचित्र हुने भएको छ। चलचित्र प्रदर्शन हुनु अगावै यस चलचित्रले इंटरनेट मार्फत धुम मच्चाएको छ। यस चलचित्रले भारत तथा विदेशमा भएका कैयन समारोहहरूमा राम्रो नाम कमाएपछी शोसल नेटवर्किंग साइट्हरूमा यसको प्रशंसा हुन थालेको छ। 
अरोड़ाको यस चलचित्रका बारेमा सबभन्दा बढी हल्ला यसका गरमा गरम दृष्यहरूका कारण भएकोछ, खबरका अनुसार यसमा जतिको अंग प्रदर्शन बलिउडको कुनै पनि चलचित्रमा कहिल्यै भएको थिएन। 
यस चलचित्रमा तकनीकी क्रांतिमा लागिरहेको बिश्वमा लगातार रूपमा घट्दै गर्इरहेको मानविय सम्बन्धका बारेमा देखार्इएको छ। यस चलचित्रमा भोजपुरी स्टार रवि किशनले नायकको भूमिका निभाएको छ भने युक्रेनकी स्वीटलाना मनोलयोले चलचित्रमा निकै गरमा गरम दृष्यहरू दिएकी छिन्। अरोड़ाका अनुसार चलचित्रमा वास्तविकता ल्याउन कैयन कलाकारहरूले चलचित्रमा टपलेस हुन कुनै आपत्ती जनाएनन्।

संसारको पहिलो थ्री डी यौन चलचित्र रिलिज {अबतार पनि पर्यो पछि }

गएको बिहीबार हङकङमा संसारकै पहिलो थ्रीडी अश्लील फिल्म रिलिज भएको छ। रमाइलो त के छ भने, सोचेजस्तै यो फिल्मको टिकट मारामार बिक्री भएको छ।  

चीनको पुरानो यौन साहित्यमा आधारित 'थ्रीडी सेक्स एन्ड जेनः एक्स्ट्रीम एक्स्टासी' नामक यो फिल्मको बजेट ३२ लाख डलर रहेको बताइएको छ।  
 विश्वकै पहिलो थ्रीडी फिल्म ठूलो पर्दामा रिलिज भएपछि अफिसका कामदारहरु, कामबाट बिदा लिएका बूढाहरु र विद्यार्थीहरुको ओइरो लागेको थियो।  
रमाइलो त के थियो भने, फिल्म हेर्न भनेर केही महिलाहरु समेत देखिएका थिए। भिडभाडमा उनीहरुलाई कुनै लाज नभएको स्पष्ट अनुभव गर्न सकिन्थ्यो।
 'सामान्यतयाःसिनेमा हलमा म फिल्म हेर्दिनँ तर यो छुटाउन चाहिँ मन लागेन', ३२ वर्षीय जस्टिन लाईले भनिन्। उनी कज बेको सिनेमा घरमा फिल्म प्रदर्शन बेला कुरेर बसिरहेकी थिइन्। यो क्षेत्र मनोरञ्जन गर्ने व्यस्त क्षेत्रमध्येमा गनिन्छ। उनलाई थ्रीडीमा यौन फिल्म हेर्न निकै मनपर्ने समेत खुलेर बताइन्।
 कलेजकी विद्यार्थी यान शेक, २१, पनि यौन थ्रीडी फिल्म पहिलो दिनको पहिलो शोमा आफूले नछुटाउन बिहानै आइपुगेको बताए। ११३ मिनेटको यो फिल्मलाई हङकङ सरकारले क्याटगरी थ्री भनेर वर्गीकृत गरिदिएको छ। जसको अर्थ १८ वर्षभन्दा मुनिका मानिसलाई हेर्न उपयुक्त छैन भन्ने सङ्केत हो।


प्राचीन चीनी कामसूत्रमा आधारित यस चलचित्रमा रहेका नग्न दृश्यहरूलार्इ हेर्न मानिसहरूले तछाड मछाड गर्न थालेका छन्। फिल्म व्यवसायका मानिसहरूका अनुसार यस चलचित्रको व्यापार जेम्स कैमरूनको की मशहूर ३डी चलचित्र अवतारको भन्दा बढी रहेको छ। हंगकंगमा प्रदर्शन शुरू गरिएको यस चलचित्रलार्इ हेर्न कैयन देशका मानिसहरू हंगकंग पुगेको छ। 

 'जबदेखि यो फिल्मका बारेमा सुनेँ, हामीलाई ज्यादै कौतुहल थियो', उनले भनिन्– 'सिनेमा घरमै म पहिलो पटक यौन फिल्म हेर्न आइरहेकी छु। यो पक्कै पनि रोचक अनुभव हुनेछ।' अर्का फिल्म दर्शक त काम छाडेर नै फिल्म हलमा आएको बताए।
'म पहिलो दिनको पहिलो शो नै हेर्न काम छाडेर आएको हुँ किनभने म मेरा साथीहरुमध्ये सबैभन्दा पहिले हेर्ने व्यक्ति म नै हुन चाहन्छु', स्थानीय एउटा कम्पनीमा बिक्री प्रबन्धकको रुपमा काम गर्ने र आफूलाई डेभिड नाउँले चिनाउने उनले भने। उनले आफू पूरा परिचय खुलाउन चाहेनन्।
चीनको मिङ राजवंश ताकाको कथामा आधारित यसमा एउटा तरुण दरबारको यौनिक संसारमा पुगेपछि आफ्नी पूर्वपत्नी नै जीवनको आधार रहेको पत्ता पाउँछ। फिल्ममा जापानी यौन कलाकार युकिको सुओ र साओरी हाराले अभिनय गरेका छन्।
 यो फिल्म शुक्रबारदेखि ताइवानमा पनि रिलिज भएको छ। फिल्मको तगडा चर्चा हुन थालेपछि जापान, दक्षिण कोरिया, यूरोप र अमेरिकामा समेत यस फिल्मलाई रिलिज गर्न फिल्मका निर्माताहरुसँग चियो सुरु गरेका छन्।
मुख्य भूमि चीनमा चाहिँ यौनप्रधान फिल्म प्रतिबन्धित भएकाले मुख्य भूमिका मानिसहरु ताइवान र हङकङ गएर भए पनि फिल्म हेर्न थालेको फिल्मका प्रवक्ता शेरिन याउले बताएका छन्। 'टिकट बिक्रीबाट हामी ज्यादै खुसी भएका छौँ', चाइना थ्रीडी डिजिटल इन्टरटेन्मेन्ट लिमिटेडका प्रवक्ता याउले एएफपीलाई बताए।
उनको कथन थियो– 'हामीले गएको साता ७०–८० प्रतिशत बिक्री भयो भन्ने खबर पाएका थियौँ तर अहिले फिल्मले मज्जैले गति लिएको देख्दा हामीलाई स्वाभाविक खुसी लागेको छ।'
 यता साउथ चाइना मोर्निङ पोस्टका फिल्म समीक्षक पल फोनोरफले चाहिँ यो फिल्म थ्रीडीमा निकै लामो र अस्वाभाविक भएको प्रतिक्रिया लेखेका छन्।
 यो फिल्म सन् १९९१ मा बनेको फिल्म 'सेक्स एन्ड जेन”को रिमेक भएको बताइएको छ। यो फिल्मले अहिलेसम्मकै अश्लील फिल्ममध्येमा सबैभन्दा बढी कमाउने भनी गनिएको थियो।
 थ्रीडी सेक्स फिल्मको सफलतासँगै अन्य सेक्स फिल्मका निर्माताहरुले पनि अन्य फिल्म निर्माण गर्ने घोषणा गर्न थालेका छन्। यसको शुरुवात इटालीका सेक्स फिल्म निर्देशक टिन्टो ब्रासले १९७९ को बहुचर्चित यौन फिल्म 'क्यालिगुला'लाई पुनः निर्माण गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्का निर्माता हस्टलरले 'अवतार'को यौन संस्करण थ्रीडीमा निर्माण गर्ने घोषणा गरेका छन्।  

यस्तो रहयो नेपाली चलचित्रक्षेत्र २०६८७ मा एक समिक्षा


वर्ष समीक्षा २०६७

images5.वर्ष २०६७ सालभरिमा सेन्सर पास भएको आधारमा चलचित्रको संख्या गणना गर्ने हो भने ७३ हुन आउछ । तर, यो वर्ष भिडियो फिल्मलाई छाडेर र डिजिटल फिल्मलाई जोडेर भन्नुपर्दा गत वैशाख २८ गते लागेको चलचित्र ‘भागि–भागि नजाऊ’देखि चैत २५ गते लागेको चलचित्र ‘प्रहार’सम्म आइपुग्दा जम्माजम्मी ३९ चलचित्र प्रदर्शनमा आए । तर, दुःखपूर्वक भन्नुपर्छ –ती चलचित्रमध्ये नौ चलचित्र पनि राम्रोस“ग चल्न सकेनन् । वर्ष २०६७ मा प्रदर्शन भएका चलचित्रको लेखाजोखा गर्ने हो भने एउटा चलचित्र सुपरहिट, दुईटा चलचित्र हिट र पा“चवटा चलचित्र औषत रहे । अन्य चलचित्र लगानी पनि नउठाउने गरि डब्बा भएका छन् । समग्रमा भन्नुपर्दा २०६७ नेपाली चलचित्रको लागि कालो वर्षको रुपमा स्थापित बन्यो । कालो यस अर्थमा कि, यसबर्ष नेपाली सिनेमाको इतिहासमा कहिल्यै नदेखेको र कहिले नसुनेको कुरा देख्नुपर्यो र सुन्नुपर्यो । एक एक हप्तामा सिनेमाहरु साफ भए, जसरी जापानमा हालै आएको सुनामीले मानविय ज्यु र धन साफ पारेको थियो । भनिन्छ नि, मेड इन चाईना, आज छ भोलि छैन, हो यस्तै स्थिति भोग्नु पर्यो नेपाली सिनेमाहरुले यसबर्ष, आज हलमा छ, भोलि छैन ।

लोदर सिनेमा

नेपाली सिनेमा क्षेत्रलाई यसरी लोदर लाग्न थालेको कृषा चौलागाईको सिनेमा ‘कसम हजुर’को प्रदर्शन शुरु भएदेखि हो । कसम हजुरको प्रदर्शनमा आए पश्यात् सिनेमाहरु एकएक हप्तामा लाग्दै गए र उत्रदै गए । बर्ष ०६७ का जम्मा ५२ हप्तामा ४९ सिनेमाहरु रिलिज भए । अझैे उपत्यका बाहिरको प्रदर्शन पश्यात् उपत्यका छिरेका सिनेमाहरु यसबिचमा कति प्रदर्शमा आए भन्ने तथ्य निकाल्न खोज्ने हो भने जो कसैलाई पनि ज्वरो फुट्छ । हिसाबका पानाहरुलाई नपल्ट्याई भन्ने हो भने यसबर्ष बन्नुसम्म फिल्म बने, लाग्नुसम्म लागे र उत्रनुसम्म उत्रिए । यो लगाई र उत्र्याईको बिचमा ‘गोर्खा पल्टन’ यो बर्षकै सुपरहिट सिनेमा बन्न पुग्यो ।

यस्तै, बर्ष २०६७ मा ‘कसले चोर्यो मेरो मन’ र ‘फष्टलभ’ यि दुई सिनेमाहरु पनि हिट सिनेमाहरुको लिस्टमा पर्न सफल भए । चैत मसान्ततिर आएर प्रदर्शन प्रारम्म्भ गरेका ‘निगरानी’ र ‘प्रहार’ले भने यतिबेला सिनेमा बजार तताई रहेकै छन् । तर सिनेमा प्रदर्शनमा आएको एक हप्ता भित्रै त्यस सिनेमालाई हिट वा फ्लप भन्न भने मिल्दैन ।

सुपरहिट र हिट सिनेमाहरु

यसबर्षको सुपरहिट सिनेमाको रुपमा ‘गोर्खा पल्टन’ दरियो । यो सिनेमा धेरै चल्यो तर यो गोर्खा पल्टन नभै इन्डियन आइडियल प्रशान्त तामाङ्ग चलेका हुन् । प्रशान्तलाई इन्डियन आईडियल बनाउन अघि सरेका हातहरुले खरिद गरेको टिकटकै कारण यो फिल्म सुपरहिट भयो । गोर्खा पल्टन त चल्यो तर सिनेमाका क्याप्टेन अर्थात् निर्देशक नारायण रायमाझीको नाम कतै चलेन । गोर्खा पल्टन चलेकै कारणले अघिल्लो सिनेमा ‘कोही मेरो’बाट डुब्नुसम्म डुबेका निर्माताद्धय सुरज बंशल र राजेश वंशलले पनि केहि राहतको महशुस गरे । तर पनि यतिबेला उनीहरु नेपाली सिनेमा निर्माण गर्न भनेपछि सय कदम पछि हटिरेहेका छन् । उनीहरुको हातबाट अब हत्तपत्त नेपाली सिनेमा निर्माण हुदैन । वंशल दाजुभाई मात्रै सिनेमा निमाृणबाट भागिरहेका छैनन् यता यसबर्षको अर्को सफल सिनेमा फस्टलभका निर्माता माधव वाग्ले पनि सिनेमा निर्माणबाट टाढा सरिरहेका छन् । फिल्म सफल भएपनि पैसाजति हलले नै कुम्ल्याएको उनले आरोप लगाएका छन् ।

यस्तै, नायिका रेखा थापाले बनाएको भनिएको कसले चोर्यो मेरो मनको ब्यापारले पनि सुस्ताएको नेपाली सिनेमा बजारमा केहि चहलपहल ल्यायो । यस सिनेमाको सफलताले नायिका रेखा थापालाई त फाईदा पुग्यो नै यसै सिनेमाबाट डेब्यु भएका निर्देशक सबिर श्रेष्ठको कामको प्रशंशा पनि धेरैले गरे ।

सुपर फ्लप सिनेमा

बर्ष ०६७ मा एक सिनेमा पनि रिलिज भयो, ‘हासिदेऊ एकफेर’ । यस सिनेमा प्रदर्शन अघि निकै चर्चामा रह्यो तर जब सिनेमा रिलिज भयो दर्शकहरु एकफेर त टाढाको कुरा आधी फेर पनि हासेनन् । मह जोडीलाई लिने बित्तिकै सिनेमा सफल हुन्छ भन्ने सोचलाई यस सिनेमाको ब्यापारले उल्टो बनाईदियो । यस सिनेमाको कारणले निर्माता त डुबे नै महको फिल्मी करिअर पनि चौपटै भयो । यस्तै सिनेमा ‘कहा भेटिएला’बाट थुप्रै तारिफ बटुलेकी नायिका श्वेता खड्कालाई पनि यस सिनेमाको ब्यापारले डुब्न बाध्य बनाईदियो । त्यसो त यसबर्ष फ्लप भएका सिनेमाहरुको चर्चा गर्ने हो भने धेरै दिनहरु ढल्न सक्छन् । तर हासिदेऊ एकफेर यसरी फ्लप भयो कि बर्ष २०६७ का अरु सबै फ्लप सिनेमाहरु यसका अघि फिक्का देखिए ।

नजमेकी मनिषा

images7.यस्तै फेरी भेटौंला भनेर बलिउड छिरेकी नायिका मनिषा कोइरालाको ‘धर्मा’ नामक सिनेमा मार्फत् भएको पुनरागानलाई पनि नेपाली दर्शकहरुले रुचाएनन् । उमेर छउन्जेल बलिउडमा रमाएकी मनिषाको ढल्कदो उमेरलाई उनीहरुले रुचाईएन् । मनिषाको सिनेमाले चर्चा नपाएपनि बिवाहको प्रसङ्गले भने निकै चर्चा बटुल्यो । सम्राट दाहालसंग बिवाह बँधनमा बाधिएपछि उनी बिवाहित त भइन तर उनको बिवाहको सुखद समाचार धेरै दिन टिक्न भने सकेन । बिवाह गरेको दुई महिनामै सम्राट र मनिषा छुट्टिने कुराले पनि निकै चर्चा पायो तर त्यो चर्चा चर्चामै सिमित रह्यो ।


आशलाग्दा सिनेमा

बर्ष ०६७ मा रिलिज भएका सिनेमाहरु ‘बाटो मुनिको फुल’ र ‘ब्याच नं १६’ ले आश लाग्दो ब्यापार नगरेता पनि यि सिनेमाहरुको चर्चा निकै भयो । यि दुबै सिनेमाहरुले लगानीका आधारमा पनि पैसा उठाउन नसकेका हुन् । यदि आम नेपाली सिनेमा बन्ने बजेटमै यि सिनेमाहरु बनेका भए, यि सिनेमाहरु सफल सिनेमाको रुपमा दरिने थिए होला तर धेरै लगानकिा कारण मार खानु पर्यो यि दुबै सिनेमाहरुले । यद्यपी यि दुबै सिनेमाको सम्बन्धमा सबैभन्दा बढि चर्चा छायाङ्कन पक्षले पायो । बाटो मुनिको फुल  संजय लामाले खिचेका हुन् भने ब्याच नं १६का पुरुषोतम प्रधानले ।

चलेका गीत संगीत

चैत मास खडेरीमा डडेलोले बनै खायो, यो गीतले भने जस्तै भयो बर्ष ०६७ मा नेपली सिनेमाका गीत संगीतको चर्चा र बजार । यस बर्ष जति फिल्महरु रिलिज भए, एउटा सिनेमाको लगभग चारवटा गीतका हिसाबले गणना गर्ने हो भने दुई सय भन्दा बढि गीतहरु फिल्मी बजारमा आए । तर दुभाग्र्यको कुरो, ती दुई सय गीतहरु मध्ये पाचवटा गीतर पनि राम्रोसंग चलेनन् । बरु ‘मुन्नी बदनाम हुई’ र ‘शिलाकी जवानी’ले नै नेपाली बजार तताईदियो । 

images6.यसरी हेर्दा बर्ष २०६७ नेपाली फिल्मी गीत संगीतका खागि खडेरी बर्षकै रुपमा रह्यो । । यद्यपी तानतुन पारेर हेर्ने हो भने महेश खड्काद्धारा संगीतबद्ध ‘नाई नभन्नु ल’ बोलको गीतले बजार भन्दा बढि सिआरविटी ततायो । यस्तै कुनै बेलाका नम्बर १ संगीतकार सुरेश अधिकारी यस बर्ष एउटै गीतबाट आफ्नो अस्तित्व जीवित राख्न सफ भए । त्यो गीत हो, कसले चोर्यो मेरो मनको शिर्ष गीत । यता बर्षकै सफ सिनेमा गार्खा पल्टनको शिष गीत पनि सफ मानियो, जसका संगीतकार बी.बी अनुरागी थिए । यस्तै अर्का संगीतकार बसन्त सापकोटाले पनि यो बर्ष काम त थुप्रै पाए तर उनका गीत भने खासै चलेनन् भन्दा फरक नपर्ने स्थिति देखिन्छ । यद्यपी बसन्त अहिले पनि आफ्नो उहि तिन चार बर्षे पुरानो तर सफल गीत ‘सागर सरी चोखो माया’को बासुरी बजाई नै रहेका छन् । यता कुनै बेलाका गोल्डेन टच संगीतकार शम्भुजित बास्कोटाका गीतहरु पनि पुरानै ढर्राकै भएका कारण चर्चामा आउन सफल भएनन् तर गायक तथा संगीतकार सुगम पोखरेलको संगस्त रहेको गीत संगीले राम्रै चर्चा बटुल्यो यो बर्ष । जुन गीत सिनेमा ब्याच नं १६ को थियो ।

चर्चामा रहेका गायक गायिका

ब्याच नं १६को संगी बोलको गीत गायकै कारण गायक शिव परियार यो बर्ष चर्चामा रहे । शिवका अलावा दिपक लिम्बु, यश कुमार, बाबु बागटी, प्रशान्त तामाङ्ग आदि गायकहरु आफ्नो एकदुई गीतका कारण चर्चामा रहे ।

गायिकाको कुरा गर्दा अन्जु पन्तको ठाउ लिने यो बर्ष पनि कोही नन्मिएनन् । अन्जुका अलावा अर्की गायिका रजिना रिमाल पनि चर्चा मै रहिन् । यि दुईलाई छाडेर दाजिलिङ्गकी सानी गायिका प्रकृति गिरीको चर्चा ब्यापक भयो । यिनले यश कुमारसंग मिलेर गाएको गीत ‘तिमीलाई कुनै पल’ले निकै चर्चा पायो ।

हिरो अफ दि इयर

images.बर्ष २०६७ मा नया पुराना गरी थुप्रै हिरोहरु नेपाली रजतपटमा देखा परे । सिनेमा खेलेको संख्याका आधारमा हेर्ने हो भने बिराज भट्ट नै यो बर्षको ‘हिरो अफ दि इयर’ हुनुपर्ने हो । तर संख्या मात्र बढाएर हिरो अफ दि इयर भईन्न, त्यसका लागि तर सिनेमाहरु सफल पनि हुनुपर्यो । ब्यापारको आधारमा हिरोको मुल्याङ्कन गर्नुपर्दा प्रशान्त तामाङ्ग नै यो बर्षको हिरो अफ दि इयर हुनुपर्ने हो तर उनी कहिं कतैबाट हिरो जस्तो देखिंदैनन् र उनको छाप ईन्डियन आइडियलको छ, वास्तवमा उनी गायक नै हुन् । त्यसो भए बर्ष २०६७ को हिरो अफ दि इयर को हुन् त ?

बर्ष २०६७ का तिन सफल सिनेमा मध्ये ‘फस्टलभ’ र ‘कसले चोर्यो मेरो मन’का नायक आर्यन सिग्देल नै यस बर्षका ‘हिरो अफ दि इयर’ हुन् । आर्यन पछि नाम लिंदा बिराजको नाम आउछ, बिराजको यस बर्ष दशवटा जति सिनेमाहरु रिलिज भएका छन् । उनका केहि सिनेमाहरुले इनिसियल समेत हानेका छन् । यस अर्थमा उनलाई बर्ष २०६७ को इनिसियल हिरो भन्दा फरक नपर्ला । बिराज पछि राजेश हमालको  नाम आउछ, उनको यसबर्ष आठ वटा जति सिनेमाहरु प्रदर्शनमा आएका थिए । तर उनका चर्चायोग्य र सफल सिनेमा भने कुनै पनि भएनन् । यस अर्थमा उनी यसबर्ष अभिनेतामा मात्र सिमित रहे । त्यस्तै, निखिल उप्रेतीका पनि आठवटै सिनेमाहरु रिलिज भए । उनका पनि एकदुई सिनेमा बाहेक अरुले राम्रो ब्यापार गर्न सकेनन् ।

अनलक्की हिरो अफ दि इयर

यता, सातवटा सिनेमामा हिरोको रुपमा देखिएका राजबल्लभ कोइरालाको यसबर्ष लकले साथ दिएन् । राजका फिल्महरुले पानी माग्नु त टाढाको कुरा साससम्म पनि फेर्न सकेन ।

अर्का नायक सुमन सिंह पनि बर्षभरी नै छाईरहे तर उनका फिल्महरुले पनि खासै उपलब्धि हासिल गर्न सकेनन् । तैपनि अभिनय क्षमताको आधारमा कुरा गर्दा सिनेमा ब्याच नं १६ मा भने उनले न्वारन देखिकै बल लगाएर काम गरेका छन् । सम्भवत सुमनको हालसम्म कै फिल्मी करिअरमा यो नै उनको सबेभन्दा उत्कृष्ट अभिनय रहेको फिल्म होला ।

आशलाग्दा नवनायक

यस्तै थुप्रै नवनायकहरु यस बर्ष रजतपटमा उदाए तर यिनीहरुको आगमन दुई रेक्टर सकेलको भुकम्प जस्तै भयो, कहिले आए कहिलेृ गए थाहै भएन । यद्यपी बाटो मुनिको फुलबाट उदाएका दुई नवनायकहरु यश कुमार र बाबु बोगटीको अभिनय क्षमताको चर्चा यसबर्ष निकै भयो । यस अर्थमा यि दुबै नायकहरु सम्भावना बोकेका नायकहरुका रुपमा देखिएका छन् । यस्तै सिनेमा ब्याच नं १६ मा खलपात्रका रुपमा देखिएका अर्पण थापाले पनि सिनेमा प्रदर्शनमा रहुन्जेल राम्रै प्रशंशा बटुले । नेगेटिभ हिरोको रुपमा अर्पण थापाको खोजी अब भैरहनेछ भन्ने हामीलाई लाग्या छ ।

हिरोइन अफ दि इयर

images09.बर्ष २०६७ मा नायिकाहरुको संख्या पनि उल्लेखनिय नै रह्यो । तर ब्यवसायिकताको कसीमा दाज्दा रेखा बाहेक अरु सबै नायिकाहरुको स्थिति उस्तै भयो । रेखाको सिनेमा कसले चोर्यो मेरो मन ब्यवसायिक रुपमा सफल भएकै कारण उनी नै यस बर्षको हिरोइन नं वनको रुपमा रहिन् । यि बाहेक सिनेमाहरु बाटो मुनिको फुल, गंगाजल, शासन, प्रहारमा पनि रेखाको उपस्थिति राम्रै देखियो । यस अर्थमा पनि उनलाई बर्ष २०६७ की हिरोइन अफ दि इयरका रुपमा मान्यता दिदा फरक नपर्ला ।



सिफारिसकी हिरोइन

संख्याका आधारमा हेर्ने हो भने रेखापछि जेनिषा केसीको नाम आउछ । तर जेनिषा आफैमा दम भएकी हिरोइन भने होइनन् । किनकी कसैको बुई चढ्दैमा हिरोइन होइदैन । कुरा नलुकाई गर्दा जेनिषा कसैकी सिफारिसकी हिरोइन हुन् ।

रेखापछि कुनै नायिकाको नाम आउछ र लिनुपर्छ भने त्यो नाम हो निशा अधिकारी । उनी अभिनित सिनेमा फस्टलभ यस बर्षको सफल सिनेमा मध्ये एक हो । यस सिनेमापछि निशालाई थुप्रै सिनेमाहरुबाट अफर आएतापनि त्यस पश्यात् फिल्म सम्बन्धि अध्ययन गर्न उनी अमेरिका छिरेकीले अन्य फिल्महरुमा काम गर्न भने पाईनन् । यद्यपी निशा यतिबेला नेपालमै छिन् र थुप्रै सिनेमाहरुमा अभिनय गर्ने तरखरमा पनि छिन् । 

अर्की नायिका झरना थापाको पनि यस बर्ष थुप्रै सिनेमाहरु प्रदर्शनमा आए तर ब्यवसायिक हिसाबले कुनै पनि सफल भएनन् । गत बर्ष नं वन नायिकाको ताज पहिरिन सफल यि नायिका यस बर्ष निकै तल परिन् । अन्य नायिकाहरुमा अरुणिमा, संचिता, युनाको स्थिति पनि उस्तै रह्यो । अर्की अभिनेत्री रेजिना पनि एउटै ड्याङ्गको मुलाकै रुपमा रहिन् किनकी उनको महत्वकाङक्षी सिनेमा ‘चिनो’ पनि असफ नै ठहरियो ।

अनलक्की हिरोइन अफ दि इयर 

सदा झैं यसबर्ष पनि नायिका गरिमा पन्त अनलक्की हिरोइनकै रुपमा रहिन् अर्थात् उनका कुनै पनि सिनेमाले बजार तताउन सकेन् । जबकि गरिमाले सोलो हिरोइनको रुपमा थुप्रै सिन्माहरुमा काम गरिन् । तर नुन नहालेको अचार जस्तै भयो उनको उपस्थिति । उषा पौडेलका् त यसबर्ष पलायनको बर्षनै सावित भयो । उनी यतिबेला मुम्बईमा छिन् । के गर्दैछिन् त्यो त उनैलाई थाहा होला ।

आशलाग्दा नवनायिका

बर्ष २०६७ मा थुप्रै नवनायिकाहरुको चुरीफुरी देखियो नेपाली रजतपटमा । त्यस मध्ये कत्तिको चुरीफुरी चुरीफुरी मै सिमित रह्यो भने केहि नवनायिकाहरु राम्रै सम्भावना बोकेका नवनायिकाहरुका रुपमा गनिन पुगे ।

त्यसमध्ये सबैभन्दा बढि चर्चा केकी अधिकारीको भयो । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी केकीलाई रेखा थापाको कुर्सी खोस्न सक्ने नायिकाको रुपमा लिईएको थियो तर केकीको डेब्यु सिनेमा स्वरको असफलताको कारणले गर्दा उनलाई ठुलो धक्का लागेको छ । तथापि केकी मैदान छोडेर भाग्ने पक्षमा भने रहेकी छैनन् ।

केकी संगै स्वरमा देखिएकी अर्की नायिका रिमा बिश्वकर्मालाई बोलेरै पिठो बेच्ने नायिकाको रुपमा लिईदै छ । यता नाई नभन्नु लबाट रजतपटमा पाईला टेकेकी अर्की नायिका ऋचा सिंह ठकुरी पनि हेर्दाकी राम्री देखिईन् तर अभिनयमा उस्तै हो ।

यस्तै, द युग देखि युगसम्मबाट रजतपटमा छिरेकी नायिका अनु शाह नव नायिकाको रुपमा भने सिनेमा धर्माबाट उदाईन् । धर्मामा मनिषा कोइराला हाईलाईट भईन् तर एउटी नायिकामा हुनुपर्ने सम्पुर्ण गुण अनुमा भेटियो । तरपनि अनुलाई आफ्नो सिनेमामा लिईहाल्ने निर्माताहरुको लाइन भने खासै देखिएन् । 

सम्भावना बोकेका दुई नायिकाहरु

यसैबर्ष दुई नवनायिकाहरुको सिनेमा रिलिजमा नआए पनि चर्चा भने कम भएन । ती नायिकाहरु हुन्, निता ढुङ्गाना र सुमिना घिमिरे । निताको तुलनामा सुमिना पत्र पत्रिकाहरुमा निकै छँईन तैपनि निताको चर्चा पनि कम छैन । अब यि दुईमध्ये बाजी कस्ले मार्ने हो त्यो हेर्न भने अर्को सालसम्म कुर्नै पर्ने हुन्छ