शनिश्चरे (झापा), वैशाख १४ - नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नागरिक अस्थिरताको अन्त्य गरेर अघि बढ्नु दलहरुको पहिलो दायित्व भएको बताएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सातबुँदे सहमतिबाट देशमा तीव्र राजनीतिक सङ्कट आएको दाबी गर्दै उनले माओवादी लडाकूको समायोजन र पुनः स्थापना गर्ने दलीय सहमति विपरित सेना समायोजनको तर्क माओवादीले अगाडि सार्दा समस्या उत्पन्न भएको उल्लेख गरे ।
उनले संविधानसभाको म्याद थप्ने वा नयाँ जनादेशमा जाने ठोस निर्णय काँग्रेसले गरी नसकेको प्रष्ट पारे ।
शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान काँग्रेसको लक्ष्य भएको बताउँदै उनले त्यसका लागि पार्टी राष्ट्रिय जनजागरण अभियानमा जुटेको जानकारी दिए ।
रासस
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...