Showing posts with label छोटोमिठो. Show all posts
Showing posts with label छोटोमिठो. Show all posts

मोटरसाइकलमा आएकाले वृद्धलाई गोली हानेर भागे


अमर खड्का, इटहरी, फागुन ३०- इटहरी वडा नम्बर ४ मा ६० वर्षीय वीरबहादुर मगरलाई आज बिहान मोटरसाइकलमा आएका दुई जनाले दुई राउन्ड गोली हानी भागेका छन्। घर नजिकै बसिरहेका मगरलाई खुट्टामा गोली लागेको जानकारी छ।

 घाइते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। गोली हान्नेहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका सई विनोद श्रेष्ठले बताए।

गोली किन र कसले हानेको भन्ने बारे केही थाहा हुन सकेको छैन।

लखनपुरमा सवारी दुर्घटना ५ गम्भिर


लखनपुर, २० फागुन/पूर्व–पश्चिम राजमार्गको लखनपुर सडकखण्डमा बिहीबार राति भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 
दुर्घटनामा परी बैगुनधुरा–३ का ४१ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको हो । ना३क २०८३ नम्बरको अनटेस्ट बोलेरो ट्याक्सी बैगुनधुराबाट दमक जाने क्रममा लखनपुरमा अनियन्त्रित भई चौतारामा ठोकिएको थियो । दुर्घटनामा परी बैगुनधुरा–३ का ४९ वर्षीय नेत्र पोखरेल, बैगुनधुरा–६ का ४० वर्षीय सुरेन्द्र अधिकारी, ३५ वर्षीय सुरेन्द्र पौडेल, ४० वर्षीय गोपाल भट्टराई र मोरङ इन्द्रपुरका ४२ वर्षीय यज्ञ निरौला घाइते भएका हुन् । 
उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडक दुर्घटनामा राई घाईते


जगदिश चौहान झिलझिले १७ फागुन
       सोमबार विहान करिब ९ः३० बजे मोटर साईकलले वाटो काट्ने क्रममा तोपगाछी – ५ का ५४ वर्षिया माङ्मा राईलाई ठक्कर दिदाँ उनलाई उपचारको क्रममा नोबेल अस्पताल पु¥याइएको छ ।
       पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे २ प २३२ नं. को सुपर स्पलेन्डर मोटर साईकलले पुर्वपश्चिम सडक खण्डको झिलझिले चौकमा सो दुर्घटना भएको हो ।
       घाईतेको  अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ भने मोटरसाईकल चालक अर्जुनधारा – ६ निवासी राजेन्द« पोखरेल स्वंयमले एम्बुलेन्समा राखी नोवेल अस्पताल पु¥याएको हुन् । मोटर साईकल हाल इ. प्र. का. झिलझिलेको नियन्त्रणमा रहेको इ. प्र. का. ले जनायो । 

ट्रक सडकमा पल्टियो, एकको मृत्यु

पशुपतिनगर/ इलामको बाँझो–८ लारुम्बामा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् ।
दमकबाट पाँचथरको रवि जाँदै गरेको मे. १ ख १८१५ नम्बरको ट्रक सडकबाट पल्टँदा चालक नरेन्द्र राईको मृत्यु भएको हो । राई पाँचथरको भारपा–६ का बासिन्दा हुन् । बुधबार बिहान ७ बजे भएको दुर्घटनामा सहचालक सन्तोष इभा घाइते भएका छन् । उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
साँघुरो र भिरालो बाटो भएका कारण ट्रक दुर्घटनामा परेको इलाम जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान दीपक खड्काले जनाए ।

साउदी अरेवीयामा इलामे युवकको मृत्यु


पशुपतिनगर/ वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका एक इलामे युवकको त्यहीँ निधन भएको छ ।
सात महिनाअघि साउदी पुगेका सुलुबुङ–६ का २९ वर्षीय पूर्ण बुर्जाको मृत्यु भएको होे । केही दिनअघि उनको मृत्यु भएको खबर आए पनि शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।
उनको शव नेपाल ल्याउन सहयोग गरिदिन परिवारले सरकारलाई आग्रहसमेत गरेको छ ।


कारागारमा कैदीको मृत्यु

झापाको चन्द्रगढीस्थित जिल्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा २० वर्षे जेल सजाय भोग्दै आएका तोपगाछी–७ केर्खाका जीवन श्रेष्ठको सोमबार राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गत साउनदेखि काराबासको सजाय भोगिरहेका श्रेष्ठ मिर्गाैला र पिसाबसम्बन्धी रोगबाट पीडित थिए ।

दुर्घटनामा तीनको मृत्यु


मोरङ, झापा र सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीनजनाको मृत्यु भएको समाचारदाताहरुले जनाएका छन् ।
मोरङको डाँगिहाट–५ लक्ष्मीमार्गस्थित सडकखण्डमा मङ्गलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पथरी घर भई इटहरीमा बस्दै आएका २२ वर्षीय तेजेन्द्र पोखरेलको मृत्यु भएको छ । पूर्वतिर जाँदै गरेको को. ७ प ५७०० नम्बरको आपाची मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको थियो । अस्पतालतर्पm लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बेलबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । पोखरेल सवार मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनताएको छ ।
यस्तै, सप्तरीको बरमझियामा मङ्गलबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट जनकपुरतर्पm जाँदै गरेको को. १ ख. २९१२ नम्बरको सुपर गुराँस यातायात यात्रुवाहक बसले ठक्कर दिँदा को. ३ प १९२९ नम्बरको मोटरसाइकलमा सवार चालक सप्तरीको पोर्ताहाका १९ वर्षीय बमबम गुप्ताको मृत्यु भएको हो ।
बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने शवलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल लगिएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि स्थानीयले घण्टौंसम्म सडक अवरुद्ध गरेका थिए । पछि प्रहरीको सक्रियतामा जाम खुलाइएको थियो ।
यसैगरी झापाको मेचीनगर–१० मा मङ्गलबार नै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ट्याक्टरले मेचीनगर–१२ इँटाभट्टाका पैदल यात्री ६० वर्षीय गर्रा किसानलाई अपराह्न २ बजे ठक्कर दिएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



अब लोडसेडिङ दैनिक १४ घण्टा (तालिका सहित)


 नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
सुख्खायाममा जलसायमा पानीको सतह घटेकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

पासो लगाई श्रीमतिको हत्या


बिर्तामोड/ घरायसी विवादका कारण आप्ः्नै श्रीमतीको हत्या गर्ने झापाको अनामरनी–१ स्यालडाँगीका २० वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शेरी भनिने १९ वर्षीया श्रीमती शारदा चौधरीको हत्या गर्ने अर्जुनसहित उनका १५ वर्षीय भाइसमेत पक्राउ परेका छन् । भारतको गोरखपुरमा माइती भएकी शेरीले माइत जाने भनेपछि शनिबार रातिदेखि नै विवाद भएको अर्जुनले बताएका छन् । श्रीमती माइत गइरहँदा समाजले नराम्रो नजरले हेर्ने भएकाले बारम्बार नजान सम्झाएको उनले बताए । रातभरि सम्झाए पनि आइतबार बिहान कपडा लगाएर माइत जान ठिक्क परेको देखेपछि आवेशमा पत्नीको हत्या गरेको अर्जुनले बताए । सधैं आफूसँग झगडा गरेर माइत जाने गरेर श्रीमतीले परिवारका इज्जत पानीमा मिलाइदिएको बताउने अर्जुनले उनको हत्या गरेकोमा कुनै पश्चाताप नभएको बताएका छन् । आइतबार बिहान पनि माइत नजान भन्दा नमानेपछि घाँटीमा डोरी कसेर हत्या गर्ने प्रयास गरेको र त्यो सफल नभएपछि मुख थुनेर हत्या गरेको उनले बताए ।
घरभित्र हत्या गरेपछि अर्जुनले घरनजिकै आँगनमा खाडल खनेर शव पुरेका थिए । गाउँलेले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि भाग्ने तयारीमा रहेका अर्जुनलाई पक्राउ गरिएको इन्स्पेक्टर सुरेन्द्र सिटौलाले बताए ।


एकैरातमा पाँच पसलमा चोरी


झापाको सतासीधाम गाविसअन्तरगत दुधेमा एकैरात पाँच पसलबाट करिव पाँच लाख रुपैयाँ बराबारको धनमाल चोरी भएको छ ।
दुधेका शिवशक्ति विजुली भण्डार, सुरेश शाहको किराना पसल, सागर सुव्वाको मोवाईल पसल, हार्डवेयर लगायतका पसलका सटरको चावी फुटाएर ती सामान चोरिएको हो । चोरले राति करिव १ बजेतिर आफ्नो पसलको चावी फुटाएर नगद एक लाखसहित मोवाइलका सामान चोरेको पिडित सागर सुव्वाले बताए ।
पटकपटक सो क्षेत्रमा यस्ता चोरीका घटना दोहोरिने गरेको भन्दै स्थानीय व्यापारीहरुले रात्री सुरक्षा गस्ती सक्रिय बनाउन प्रशासनसमक्ष माग गरेका छन् । उनीहरुले स्थानीय बजार विकास समितिले बजार सुरक्षामा ध्यान नदिएको भन्दै राजिनामा दिनुपर्ने तर्क गरेका छन् ।
यसैबीच दमक चौक र बजार क्षेत्रमा समेत दुले चोरको विगविगी बढेको स्थानीयवासी तथा व्यापारीहरुले बताएका छन् । दिनदहाडै दमक चोकबाट एकैछिनमा आफ्नो साइकल चोरिएको पिडित सञ्चारकर्मी विष्णु पौडेलले बताए ।


स्थानीयवासी र विद्यालय प्रशासनबीच झडप


सुनसरीको गौतमपुर–४ स्थित जनता माध्यमिक विद्यालयमा बिहीबार स्थानीयवासी र विद्यालय प्रशासनबीच झडप भएको छ ।
विद्यालयमा भएको तालाबन्दी खोल्ने र खोल्न नदिने पक्षबीच भएको झडपमा चारजना घाइते भएका छन् । झडपमा परी गौतमपुरका दिपु मेहता, श्रीप्रसाद मेहता, रणवीर मेहता र प्रमानन्द मेहता सामान्य घाइते भएको स्थानीय धर्मवीर आर्यले जानकारी दिए ।
विद्यालयमा कर्मचारी नियुक्तिमा प्रधानाध्यापक चौधरी यादव र व्यवस्थापन समितिका अध्यक्ष दौरिकलाल शाहले मनोमानी गरेको भन्दै बुधबारदेखि दोस्रोपटक तालाबन्दी गरिएकोले विवाद उत्पन्न भएको हो । झडप मिलाउन गएका प्रहरी र स्थानीयबीच समेत तनाव उत्पन्न भएको छ । विद्यालयमा तालाबन्दी गर्न गएका स्थानीयवासी र ताला खोल्न गएका प्रहरीबीच तनाव भएको हो । विद्यालयमा कर्मचारी नियुक्तिको विषयमा स्थानीयले लगाएको ताला विद्यालय प्रशासनले जबर्जस्ती फुटाउन खोज्दा झडप भएको हो ।

दुर्घटनामा दुइको मृत्यु

झापा,माघ १७ । पुर्व पश्चिम लोकमार्ग अन्तरगत झापाको सुरुङ्गा–२ स्थित जुकेकल्भर्टमा भारतिय ट्रकको ठक्करवाट दुइजनाको मृत्यु भएको छ ।

डव्ल्यु वि ७१–ए ०४४१ नम्वरको मालवहाक भारतीय ट्रकको ठक्करवाट गम्भिर घाइते भएका झापा सतासीधाम १ का १८ वर्षीय विनोद शेर्मा र सोहि स्थानका ३० वर्षीय राजकुमार शेर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिम तर्फ जादै गरेको सो भारतीय सवारी साधनले हिजो विहान ओभरटेक गर्ने क्रममा सोहि दिशातर्फ जादै गरेको  मे २ प ८६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा गम्भिर घाइते भएका मोटरसाइकलमा सवार शेर्माद्वयलाई उपचारका लागि विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।


मोटरसाइकल चालक विनोदको हिजौ र अर्का घाइते राजकुमारको उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरी चौकी सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

जवरजस्ति करणी गर्ने वालक पक्रउ


झापा,माघ १७ । स्थानिय एक वालीकालाई जवरजस्ति करणी गरेको आरोपमा झापा ज्यामिरगढी ६ का १४ वर्षीय वालक कमल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले ज्यामिरगढी –७ घर भएकी ९ वर्षीया राजवंशी थरकी स्थानीय वालिकालाई हिजो साझ ६ वजे जवरजस्ति गर्न खोजेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई हिजो साझै धुलावारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

सडक क्षेउबाट गोलिया हटाउन आग्रह

मेची मार्ग छेउमा अव्यवस्थितरूपमा राखिएका गोलिया हटाउन राष्ट्रिय वन पैदावार व्यावसायी संघले आग्रह गरेको छ । जथाभावी राखिएका गोलियाका कारण यातायात सञ्चालनमा समस्या भएको भन्दै विरोध आएपछि संघले व्यवसायीलाई आग्रह गरेको हो । 


सडक किनारामा अनियन्त्रितरूपमा लामो समयसम्म गोलिया राखेका कारण यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै सडकसमेत भत्केको छ । 

व्यवसायीहरूले जंगलबाट ट्रयाक्टरमा ल्याई गोलिया राजमार्गको छेउ भित्तामा राख्ने गरेका छन् । निकासीका लागि सडक किनारा मिचेर जथाभावी गोलिया थुपारेका कारण आफूहरूलाई सवारी साधन सञ्चालनमा समेत कठिनाइ भइरहेको यातायात व्यावसायीले गुनासो गर्दै आएका छन् । सडक डिभिजन कार्यालयले गोलियाका कारण ठाउँठाउँमा सडक बिगि्रएको भन्दै पटकपटक पत्राचार गर्दा पनि अटेर गरेको जनाएको छ । मेचीमार्गको पाँचथरको फिदिमदेखि इलाम र झापाको सिमानासम्म हिउँदयाममा  करिब तीन सयभन्दा बढी ठाउँमा गोलिया थुपार्ने गरेका छन् ।  



लामो समयसम्म गोलिया सडकमा राखेर पटकपटक लोड-अनलोड गर्दा सडक बिग्रने, फुट्ने गरेको डिभिजन सडक कार्यालयका इन्जिनियर जितेन्द्र चौधरीले बताए ।  गाउँगाउँमा मोटर पुगेपछि जिल्लाका निजी वनहबरूबाट ठूलो परिमाणमा गोलिया निकासी हुँदै आएको छ । बर्सेनि जिल्लाबाट तीन सय ५० ट्रक गोलिया झापातर्फ निकासी हुने गरेको छ । बर्खायाममा ग्रामीण सडकमा ट्रयाक्टरले गोलिया बोक्ने भएकाले सडक हिलाम्ये हुने समस्या पनि थपिएको छ ।

झापा आन्दोलनका योद्धालाई सहयोग


झापा आन्दोलनका योद्धा सानुदुर्गा अधिकारीलाई पेशागत महासंघ नेपालले तीनलाख रुपैया सहयोग गरेको छ ।
नेकपा एमालेका पुरानाकार्यकर्ताका रुपमा परिचित अधिकारीलाई राजधानीमा आयोजित एक कार्यक्रमका विच पार्टीका अध्यक्ष झलनाथ खनालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
झापाको मेचीनगर नगरपालिका ३ धुलावारी घर भएका अधिकारीलाई महासंघ नेपालका अध्यक्ष केदार संजेलले विभिन्न संघ संस्थावाट संकलित रकम घर निर्माणका लागि प्रदान गरेको वताउनुभयो ।
झापा आन्दोलनका क्रममा १७ वर्ष जेल जीवन समेत विताएका अधिकारीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोग गरिएको संजेलले वताउनुभयो ।महासंघले अधिकारीलाई निःशुल्क औषधी उपचार गर्ने र छोरीलाई प्रवेशिका परीक्षा उत्तीर्णपश्चात मेडिकल पढ्न सहयोग गर्ने समेत जनाएको छ ।

धामीले भूत भगाउन अगुल्टो फाल्दा घर जल्यो


जाजरकोट, माघ १७ - जिल्लाको ढीमे गाविस वडा नं १ दम्दालामा  आगलागि हुँदा १२ लाख क्षती  भएको छ । स्थानीय खड्गबहादुर थापा र नीमबहादुर थापाको घरमा आगो लाग्दा  उक्त क्षती भएको हो ।
आगलागिबाट दुईवटा घर जलेर नष्ट भएका छन् । घरभित्र भएको अनाज , कपडा , भाडावर्तन , नगद समेत गरी १२ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी चौकी पाँचकाटीयाले जनाएको छ ।
शनिबार राति छिमेकमा धामीले भूतलाई भगाउन आगोको अगुल्टा अन्धा धुन्द फाल्दा आगलागि भएको प्रत्यक्षदर्शी डिल्ली बहादुर थापाले बताए ।

मेचीनगर फेरी शोकाकुल


झापाको दमकमा मोटरसाइकल दुर्घटनामा गएराती एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा मेचीनगर १० का ३५ वर्षीय सिद्धार्थ थापा मगर रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अर्न्तर्गत दमक १४ मा मे ३ प ६५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि वसेका थापामगर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा राति १२ वजे मृत्यु भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल चालक मेचीनगर १० का नविन श्रेष्ठलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको दमक प्रहरीले जनाएको छ ।
"मेचीनगरका चर्चित व्यक्ति अरुण श्रेष्ठको दुर्घटनामा मृत्यु भएको केही समय नवित्दै काँकडभिट्टाका सिद्धाथ थापाको मृत्युको खबरले मेचीनगर पुरै स्तव्ध भएको छ । मेचीनगर अनलाईन शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै उहाँको आत्माको  चिरशान्तिको  कामना गर्दछ ।" 


लुटेरा पक्राउ


काँकडभिट्टा खुकुरी प्रयोग गरी लुटपाट गर्दै गर्दा सोमबार राति दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नम्बर प्लेट नखुलेको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । 
झापाको बाहुनडाँगी–५ तेलपानी भन्ने ठाउँमा मेचीनगर–४ का धर्म राई र इलामको जिर्मले–८ का नारद राईलाई जिर्मलेकै हेमन्त तामाङलाई खुकुरी देखाएर ध्द्य ण्ठण् ऋ ढडटद्द नम्बरको मोटरसाइकल लुट्न लाग्दा स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद फागोले बताए । 
लुटेराहरु अन्य आपराधिक गतिविधिमा समेत संलग्न भएको अभिलेख प्रहरीसँग फागोले जानकारी दिए । दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

झापामा मोवाईल सेवा अवरुद्ध


झापामा आज बिहानदेखि मोवाईल सेवा अबरुद्ध भएको छ ।
नेपाल टेलिकमले प्रदान गर्ने नमस्ते मोवाईल आज बिहान ११ बजेबाट अबरुद्ध भएको हो । टेलिकम दमक शाखाका प्रमुख अर्जुन घिमिरेका अनुसार बिर्तामोडमा आज बिहान बिद्युत ट्रान्सर्फमरमा भएको आगलागीका कारण टेलिकमका उपकरणमा क्षति पुग्दा मोवाईल सेवा अबरुद्ध भएको हो । क्षति पुगेको स्थानमा मर्मतका लागि प्राबिधिक टोली पुगिसकेको उहाँले बताउनुभयो ।
टेलिकमको मोवाईल सेवा अवरुद्ध हुँदा अरु समय एडिएसल सेवा पनि अवरुद्ध हुने गरेको थियो तर अहिले भने एडिएसएल सेवा सुचारु भएको छ । 


प्रश्रित दम्पत्ति सम्मानित


प्रश्रित दम्पत्ति सम्मानित
काँकडभिट्टा  – यहा आयोजित एक कार्यक्रमका वीच लेखक मोदनाथ प्रश्रित दम्पत्तिलाई सम्मान गरिएको छ । 
जुही साहित्यिक त्रैमासिक पत्रिकाको पछिल्लो अंक विमोचन कार्यक्रमका अवसरमा शनिवार प्रश्रित दम्पत्ति सम्मानित भएका हुन् । जुहीले यो अंक प्रश्रित पत्नी कविता पौडेल विशेषांक प्रकाशन गरेका छ । प्रँडा अनिरुद्ध तिमिल्सिना, जुहीका सम्पादक चुडामणि रेग्मीलगायतले लेखकद्वयलाई  दोसल्ला ओडाएर सम्मान गरेका थिए । तिमिल्सिनाले जुहीको विशेषांक लोकार्पण गरेका थिए । वद्रीविलास पोखरेलले कृतिको समिक्ष् गरेका थिए । स्थानीय समाजसेवी एवम साहित्यिक व्यक्तित्व कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा तिमिल्सिना, प्राडा कालुराम खम्वु, पत्रकार चन्द्र भण्डारी, लेखक भवानी क्षेत्री, रामचन्द्र उप्रेती, पुण्यप्रसाद खरेललगायतले मन्तव्य व्यक्त गर्दै प्रश्रित दम्पत्तिको साहित्यिक व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । 

भलिवल हुने 

काँकडभिट्टा – शहरेडागी युवा परिवार धाइजन झापाको आयोजनामा आउदो १६ गतेदेखि पुर्वान्चलस्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । 
शहीद दिवसको अवसरमा आयोजना गरिने प्रतियोगितामा पुर्वान्चलका १६ टोलीले भाग लिने आयोजकले जनाएका छन् । ‘भिजन २०२० राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका प्रचार संयोजक विष्णु रिमालले जानकारी दिए । प्रतियोगिताका विजेता तथा उपविजेतालाई क्रमशः ३१ र १५ हजार प्रदान गरिने जनाइएको छ । 

पर्यटन श्रमिक संघ

काँकडभिट्टा  – नेपाली कांग्रेस निकट पर्यटन श्रमिकहरुको आइतवार यहा सम्पन्न भेलाले युवा पर्यटन व्यवसायी उदय श्रेष्ठको अध्यक्षमा नेपाल पर्यटन श्रमिक संघको झापा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको छ । 
समितिका उपाध्यक्षमा गोपाल खनाल, सचिव विजय सुवेदी र कोषाध्यक्ष्ँ वुद्ध क्षेत्री चयन भएका छन् । भेलाले चन्दा सुव्वा, मोहन तामाङ, हेमराज कार्की र नारायण ढुंगानालाई सदस्यमा चयन गरेको छ । 
नवगठित संघ कांग्रेसको मजदुर संगठन नेपाल यातायात मजदुर संघसंग आवद्ध रहने जनाइएको छ । भेलाले भवानी केरुङ, दुर्गा सापकोटा र शेखर ढकाललाई सल्लाहकारको रुपमा मनोनित गरेको छ । 

आगो लाग्दा ५ लाख क्षति

काँकडभिट्टा  – झापाको मेचीनगर ६ स्थित नगरपालिकाले् भाडा लगाएको एक कपडा पसलमा शनिवार मध्यराति आगो लाग्दा करिव ५ लाख वढीको क्ष्ँति भएको छ । 
स्थानीय चन्द्र ओलीले संचालन गरेको कपडा पसलमा अचानक आगो लाग्दा करिव ५ लाख मुल्य वरावरको कपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय का“कडभिट्टाले जनाएको छ । मेचीनगरनगर पालिकाको दमकले स्थानीयको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।