Showing posts with label विश्व समाचार. Show all posts
Showing posts with label विश्व समाचार. Show all posts

गोजमु अध्यक्ष अचानक दिल्ली प्रस्थान

काँकडभिट्टा– आउदो २० डिसेम्वरभित्र अन्तरिम व्यवस्था लागु गर्न माग गर्दै आन्दोलित गोर्खा जनमुक्ति मोर्चाका अध्यक्षसहितको चार सदस्यीय टोली अचानक दिल्ली प्रस्थान गरेको छ । 
मोर्चा अध्यक्ष विमल गुरुङसहित महासचिव रोशन गिरी, प्रचार सचिव हर्क क्षेत्री र केन्द्रीय सदस्य नर्वुदोर्जे लामा दिल्ली गएका हुन् । दिल्ली जानु अघि पत्रकारसंगको संक्षिप्त कुराकानीमा मोर्चा अध्यक्ष गुरुङले कंग्रेस नेता राहुल गान्धीले निमन्त्रणा गरेको र उनैलाई भेट्न जान लागेको बताए । अन्तरिक व्यवस्थाका विषयमा शुक्रवार गान्धीसंग मोर्चा टोलीले छलफल गर्ने मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए । उनले भने,‘अन्तरिक व्यवस्थाको निर्माणमा देखिएका वाधा अड्चन फुकाउन छलफल केन्द्रीत हुने छ ।’  गुरुङले अन्तरिन व्यवस्था केन्द्र सरकारको प्रस्ताव भएको बताउदै आफुले अघि सारेको प्रस्ताव पुरा गर्न केन्द्रलाई कर लाग्ने बताए । गुरुङको यो दोस्रो दिल्ली दौडाहा हो । यस अघि केन्द्रीय गृहमन्त्री पी चिदम्वरमको निम्तोमा गत ३० अक्टोवरका दिन उनी दिल्ली गएका थिए । मोर्चा टोलीको अचानक दिल्ली यात्राले पहाडका विपक्षि पार्टीहरुमा विभिन्न खाले अड्कलवाजी शुरु भएको छ ।

विकिलिक्सका स‌स्थापक असाञ्जेलाई धरौटीमा छाड्न आदेश

काठमाडौ, मंसिर २८ - अमेरिकी गोप्य कुटनीतिक सन्देशहरु प्रकाशनमा ल्याएपछि चर्चामा आएका विकिलिक्सका स‌स्थापक जुलीयन असाञ्जेलाई अदालतलेम म‌गलबार धरौटीमा छाड्ने आदेश दिएका छन् ।
यद्यपी उनी अदालतले भने अनुसारको रकम धरौटीमा राख्न नसकेसम्मका लागि जेलमै रहने छन् । उनलाई स्वीडेनमा दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लण्डनमा पक्राउ गरिएको थियो ।
उनले कुल २ लाख ४० हजार पाउण्ड (करिव २ करोड ८० लाख रुपैयाँ) अदालतमा धरौटी वापत तिर्न भनिएको छ । उक्त रकम नतिरेसम्म नछाड्न पनि आदेश गरिएको छ । गतसाता उनी भाग्न सक्ने भन्दै अदालतले धरौटीमा छाड्न अस्वीकर गरेको थियो ।