सन्तोष पोखरेल
पोखरा बैशाख ५
तपाईलाई कन्डम किन्न पसलसम्म जान लाज लाग्छ ? चिन्ता नगर्नुहोस् । इन्टरनेटमा एक क्लिक, घरसम्मै कन्डम आइपुग्नेछ ।
विभिन्न ब्रान्डका कन्डमसहित यौन खेलौना किन्न चाहनेले अब पसल र डिपार्टमेन्टल स्टोर धाउनु पर्दैैन । स्विटसेक्रेट स्टोरले घरसम्मै यी सामाग्री पु¥याईदिन्छ । दुई हजार रुपैयाँको सामाग्री किन्ने ग्राहकलाई घरसम्मै पुर्याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए । यौनसामाग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधान दिन निःशुल्क डेलिभरी व्यवस्था गरेको उनले बताए ।
सात महिनादेखि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि समाग्री पुर्याउने बताउको छ । ढकालले भारत, साउदी अबर, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामाग्री पठाइसकेको बताए ।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिन थालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ । ‘३० बर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,’ उनले भने ।
स्विकसेक्रेटले पोखरा सिर्जनाचोकमा आइतबार नयाँ विक्रि कक्ष सुरु गरेको छ । काठमाडौंपछि उसले खोलेको यो दोस्रो विक्रिकक्ष हो । छिट्टै इटहरीमा तेश्रो विक्रीकक्ष खोल्न तयारी गरेको स्टोरले जनाएको छ । स्विटसेक्रेट स्टोरमा सयभन्दा बढी यौनसामाग्री किन्न पाइन्छ ।
समाचार स्रोत : नागरिक ईपेपर
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...