सरस्वती ढकाल
नेपाल टेलिकमले सर्ट म्यासेज सर्भिस (एसएमएस) मा ग्राहकलाई नयाँ सुविधा दिने भएको छ । नयाँ वर्ष २०६८ को शुभारम्भसँगै कम्पनी ग्राहकलाई एसएमएसमा ‘अटो रिप्लाई’, ‘कपी एसएमएस’, स्पोन्सर एसएमएस, एसएमएस फरबाड, लगायतका करिब १ दर्जन सेवा दिने अन्तिम तयारी गरेको छ ।
टेलिकमले ‘अटो रिप्लाई’ सेवामा मोबाइल प्रयोगकर्ता व्यस्त भएको अवस्थामा सेटिङ गरिएको म्यासेज स्वतहः पठाउने व्यक्तिको मोबाइल जानेछ । ग्राहकले व्यस्त भएको अवस्थामा म्यासेज पठाउने व्यक्तिलाई जानकारी गरानुपर्ने भएमा सम्बन्धित ‘टेक्स्ट’ लेखी सेटिङ गर्नुपर्नेछ । यो सुविधा धेरै बैठक सभा सम्मेलन तथा व्यस्त रहने व्यक्तिले लिन सक्नेछन् । टेलिकमले यो सुविधा ‘एक्टिभ’ गर्न कति शुल्क तय गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी भए पनि बढीमा ४० रुपैयाँभन्दा धेरै नपर्ने जानकारी दिएको छ । टेलिकमको यो सुविधमा करिब ४८ लाख प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ता लाभान्वित हुन सक्नेछन् ।
एसएमएस पठाउने व्यक्तिलाई लाग्ने शुल्क पाउने व्यक्तिले तिर्न मिल्ने गरी ‘स्पोन्सर एसएमएस’ सेवा दिने भएको छ । एसएमएस पठाउने व्यक्तिलाई आर्थिक भार नपरोस् भनी कम्पनीले स्पोन्सर एसएमएस सेवा ल्याएको जनाएको छ । मोबाइल प्रयोगकर्ताले सेट गरेका सम्बन्धित नम्बरहरूबाट एसएमएस आएमा प्रापकको मोबाइलबाट रकम घट्नेछ । यो सुविधा घरको मुलिले आफ्ना परिवारका सदस्य, साथीभाइ, व्यवसायी तथा व्यापारी लगायतका लागि उपयुक्त हुनेछ ।
कसैले पठाएको एसएमएस सबै एकैपटक सबैमा फरबाट हुने सुविधा पनि टेलिकमले छिट्टै दिने तयारी गरेको छ । एउटा एसएमएस धेरै जनालाई जानकारी गराउन यो सुविधा उचित हुनेछ । त्यसैगरी हाल फोन सुविधामा ‘व्याल्क लिस्ट’ सुविधा भएजस्तै एसएमएसमा हुनेछ । यसबाट ग्राहकले आफूलाई मन नपर्ने व्यक्तिका नम्बरबाट एसएमएस आउन बन्द गर्न सक्नेछन् । अनावश्यक एसएमएस गरी दुःख दिने समस्याबाट मुक्त हुनेछन् ।
यो लगायत हालसम्म इमेलमा हुँदै आएको सुविधा ‘सिग्नेचर’ सुविधा अब एसएमएसमा पनि पाउन सकिनेछ । यो सुविधामा एसएमएस पठाइसकेपछि अन्तिमा नाम, पोस्ट, लगायतका जानकारीहरू राख्न सकिनेछ ।
Via Source:- Karobar Daily
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...