केही दिन अगाडी नेपाल प्रेस काउन्सिले प्रकाशित गरेको वार्षिक प्रतिवेदन २०६७ हात लाग्यो । १५० पृष्ठ लामो सो प्रतिवेदनबाट भित्र लुकेर रहेका धेरै कुरा उजागार गर्ने मौका मिल्यो । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा अरु केही विकास नभए पनि सञ्चार जगतमा धेरै नै विकास भएको कुरा बेलाबेलामा सुन्दै आएको थिए । तर प्रत्यक्ष कस्तो छ त नेपालमा सञ्चारको अवस्था भन्ने बारेमा आफैमा अनविज्ञ थिए । २०६७ सालको अन्त्य सम्ममा नेपाल राज्यबाट ४६५ वटा दैनिक पत्रिकाहरु दर्ता भएको अभिलेख नेपाल प्रेस काउन्सिल सँग छ तर तीमध्धे अढाई दर्जन जति पत्रिकाले मात्र आफ्नो अनलाईन संस्करण सुरु गरेका छन् तर के ति सबै अद्यावधिक छन् त के छ तिनीहरुको अवस्था एउटा खोजमुलक रिपोर्ट ।
नेपालमा इन्टरनेटको प्रयोग विस्तारै विस्तारै बढ्दै गएको छ । धेरै मानिसहरुका लागि अहिले यो अत्यावश्यक भैसकेको छ । चाहे पत्रिका पढ्न होस, चाहे एफ.एम सुन्नको लागि होस् चाहे नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न होस्, जे भएतापनि इन्टरविनाको जिवन कल्पना गर्न नै नसकिने भएको छ ।
हामी धेरैले समाचारको लागि हेर्ने इन्टरनेट साईटहरुमा इकान्तिपुर, नागरिक, नयाँपत्रिका, अनलाईनखबर, मेचीकालि, दैनिकी, गोरखापत्र, नेपालन्यूज, पर्दछन् । तर अहिले म स्वतस्र्फूतमा रुपमा चलेका समाचारमूलक इन्टरनेट साईट बाहेक पत्रिकाका अनलाईन संस्करणको बारेमा लेख्दैछु । तल दुईवटा तालिका दिइएका छन् । पहिलो तालिकामा दैनिक अद्यावधिक हुने साईटहरुको नाम र उनिहरुको हाइपरलिंक राखिएको छ भने दोस्रो अपडेट हुन नसकेका तर मेरो पनि अनलाईन संस्करण छ है भनेर गर्व गर्ने पत्रिकाहरुको नाम उनिहरुको अन्तिम अद्यावधिक मिति र हाईपरलिंक समेत राखिएको छ । त्यस हाईपरलिंकमा क्लिक गरेर उनिहरुको साईटभित्र प्रवेस गर्न सकिनेछ ।S.N. | Name of Newspaper | Place | Website | |
1 | Kantipur Daily | Kathmandu | ||
2 | The Kathmandu Post | Kathmandu | ||
3 | Nagarik Daily | Kathmandu | ||
4 | Republica | Kathmandu | ||
5 | Naya Patrika | Kathmandu | ||
6 | Annapurna Post | Kathmandu | ||
7 | Gorkhapatra | Kathmandu | ||
8 | Udgosh Daily | Morang | ||
9 | Chitwan Post | Chitwan | ||
10 | Jana Disha | Kathmandu | ||
11 | Naya Yugbodh | Dang | ||
12 | Janakpur Today | Janakpur | ||
13 | Butwal Today | Rupandehi | ||
14 | Sudur Sandesh | Kailali | ||
15 | Ilam Post | Ilam | ||
16 | Dhaulashri | Baglung |
दैनिक अपडेट हुने पत्रिकाको अनलाईन संस्करणमा गर्नुपर्ने सुधारहरु
माथिको क्रमसंख्या १ देखि ४ सम्ममा कुनै सुधार गर्नुपर्ने मैले भेटेको छैन । क्रम संख्या ५ मा भएको नयाँ पत्रिकाले आफ्नो समाचार मात्र सम्प्रेण गर्दै आएको छ । यसले ई-पेपेर पनि दैनिक रुपमा अद्यावधिक गरेमा सुनमा सुगन्ध थपिने थियो ।
क्र.म संख्या ६ मा रहेको अन्नपूर्ण पोष्टको अफिसियल साईटमा भाषाको समस्या छ । हेर्दा जापानिज भाषा जस्तो देखिन्छ । खैर यो मेरो कम्प्युटरको मात्र समस्या हो कि अरुको पनि हो त्यो भने बुझ्न बाँकी छ ।
मध्यपश्चिमकै पहिलो पत्रिका भनेर गर्व गर्ने नयाँ युगबोध र मधेशको पहिलो 'क' वर्गको पहिलो पत्रिका भनेर गर्व गर्ने जनकपुर टुडे ले अहिले नै ई–पेपर नसकेपनि दैनिक रुपमा पी.डी.एफ फाईल अपडेट गर्न सकेको खण्डमा धेरै राम्रो हुनेछ । त्यस्तैगरी धौलागिरी अञ्चलको प्रतिनीधि वेवसाईट भनेर चिनाउन सफल भएको धौलाश्रीको अफिसियल वेवसाईटले पनि सकेमा ई–पेपर नभए पनि दैनिक पि.डी.एफ फाईल अपडेट गर्नुपर्ने देखिन्छ । जनकपुर टुडेले २०६८ साल बैशाख ३१ गतेदेखि संसारभरी झरिएका नेपालीहरुको ४ हजार ईमेल आईडीमा पत्रिकाको पी.डि.एफ फाईल पढाउने गरेको उसले जनाएको छ उसले प्रयोग गर्ने ईमेल सेवाबाट एकपटकमा ५०० मेल आईडीमा मात्र सो पी.डी.एफ पुग्ने गरेको छ के उसले ४ पटक लगाएर पठाउँछ वा उसले भनेको संख्या बास्तविक हैन त्यो भने फेरी खोजको विषय भएको छ ।
आफैले आफैलाई राजधानी पछिको ठूलो आकारको पत्रिका भनेर घोषणा गर्ने बुटबल टुडेको अफिसियल साईटमा फन्टको समस्या रहेको छ । उसको पत्रिकाको साईज २२"X२८" हो तर झापाबाट नै ३ वटा (जनसंसद, प्रतिदिन र पूर्वाञ्चल) दैनिक पत्रिकाहरु २०"X३०" को साईजमा निस्कीरहेका छन् ।क्र.म संख्या ६ मा रहेको अन्नपूर्ण पोष्टको अफिसियल साईटमा भाषाको समस्या छ । हेर्दा जापानिज भाषा जस्तो देखिन्छ । खैर यो मेरो कम्प्युटरको मात्र समस्या हो कि अरुको पनि हो त्यो भने बुझ्न बाँकी छ ।
मध्यपश्चिमकै पहिलो पत्रिका भनेर गर्व गर्ने नयाँ युगबोध र मधेशको पहिलो 'क' वर्गको पहिलो पत्रिका भनेर गर्व गर्ने जनकपुर टुडे ले अहिले नै ई–पेपर नसकेपनि दैनिक रुपमा पी.डी.एफ फाईल अपडेट गर्न सकेको खण्डमा धेरै राम्रो हुनेछ । त्यस्तैगरी धौलागिरी अञ्चलको प्रतिनीधि वेवसाईट भनेर चिनाउन सफल भएको धौलाश्रीको अफिसियल वेवसाईटले पनि सकेमा ई–पेपर नभए पनि दैनिक पि.डी.एफ फाईल अपडेट गर्नुपर्ने देखिन्छ । जनकपुर टुडेले २०६८ साल बैशाख ३१ गतेदेखि संसारभरी झरिएका नेपालीहरुको ४ हजार ईमेल आईडीमा पत्रिकाको पी.डि.एफ फाईल पढाउने गरेको उसले जनाएको छ उसले प्रयोग गर्ने ईमेल सेवाबाट एकपटकमा ५०० मेल आईडीमा मात्र सो पी.डी.एफ पुग्ने गरेको छ के उसले ४ पटक लगाएर पठाउँछ वा उसले भनेको संख्या बास्तविक हैन त्यो भने फेरी खोजको विषय भएको छ ।
सुदुरपश्चिमाञ्चलको कैलाली जिल्लाबाट निस्कने सुदुर सन्देशले पनि आफ्नो अनलाईन संसकरण राखेको यो खोजमा भेटियो । तर एउटा पत्रिकाको अनलाईन संसकरणको उद्देश्य दैनिकरुमा १/२ वटा मात्र समाचार पस्किनु मात्र हो जस्तो यो लेखकलाई लाग्दैन । २०६५ साल ११ महिना ५ गते "राष्ट्रपतिद्वयलाई कालो झण्डा शिर्षक"को समाचार राखेको आफ््नो अनलाईन सुरु गरेको भेटिएको छ । यो रिपोर्ट तयार पार्दासम्म २७ महिना वितिसकेको छ, यति समयसम्ममा साईटलाई हेर्ने भिजिटरको संख्या मात्र ७,५३५ पुगेको छ ।
ईलामबाट निस्कने इलाम पोष्ट पनि समयअनुसार परिवर्तित हुँदै आफ्नो अनलाईन संस्करण सुरु गरेको छ । तर केही समय अगाडी सम्म सो पत्रिका जस्ताको जस्तो पढ्न सकिन्थ्यो तर यो रिपोर्ट तयार पार्ने क्रममा यस साईटभित्र प्रवेश गर्दा सो सुविधा पाउन सकिएन । यस लेखमार्फत इलाम पोष्ट दैनिकलाई पनि नियमित रुपमा आफ्नो पत्रिकाको हार्ड कपि भर्सन अनलाईनमा राख्नको लागि सुझाव ।

तालिका नं.२
S.N. | Name of Newspaper | Place | Website | Last Update |
1 | Rastriya Sandhayakalin Daily | Parsa | 2067.12.12 | |
2 | Adarsha Samaj | Kaski | 2068.01.12 | |
3 | Khojtash Daily | Kathmandu | Name only exist | |
4 | Prachhepan Daily | Bhaktapur | 2065.09.15 | |
5 | Majdoor Daily | Bhaktapur | no date | |
6 | Samadhan | Kaski | 2068.02.20 | |
7 | City Post Daily | Kathmandu | 2067.12.12 | |
8 | Blast | Sunsari | 2068.01.14 |
पर्साबाट निस्कने राष्ट्रिय दैनिक सन्ध्याकालिनले धेरै अगाडीदेखि नै इन्टरनेटको पहुँचमा पुगेको देखिन्छ । आजभन्दा ४ वर्ष अगाडी वल्डप्रेसबाट एउटा ब्लग बनाएर आफ्नो पत्रिकाको पी.डि.एफ फाईल अपडेट गर्ने गरेको सन्ध्याकालिन दैनिकले खै किन हो किन २०६४ साल फाल्गुन ३० गतेदेखि नियमित ७ दिनसम्म आफ्नो हार्ड कपि भर्सनलाई इन्टरनेटको जालोमा राखेको थियो तर त्यसपछि भने उसको आधिकारीक साईटमा केही हेरफेर पनि गरिएको छैन ।
आर्दश समाजको डटकम को वेवसाईट धेरै दिन अघिदेखि अपडेट भएको देखिदैन । यसको अन्तिम अपडेट भनेको २०६८ साल बैशाख २२ गते हो जहाँ त्यही दिनको पत्रिकाको हार्डकपि भर्सन पिडिएफ फाइल बनाएर अपडेट गरिएको थियो । यो रिपोट तयार पार्दासम्म १ महिना वितिसकेको छ । यसलाई तपाईहरु यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
काठमाडौंबाट सञ्चालन भैरहेको खोजतलास दैनिकको समाचार पनि २०६८ साल बैशाख ११ गतेदेखि अपडेट भएको देखिदैन । यसको अफिसियल साईटमा आफ्नो हार्ड कपि भर्सन पनि राखिएको छै्रन ।
गण्डकी अञ्चलको कास्की जिल्लाबाट छापा माध्यममा प्रकाशन हुँदै आएको पोखरा आवाजले आफ्नो साईट पनि खोलेको छ तर राम्रोसँग नियालेर हेर्ने हो भने यो उसको आधिकारीक वेवसाईट भन्न मिल्दैन । एउटा सञ्चारमाध्यमको आधिकारीक वेवसाईट पूरै कपि पेस्ट डट कम हुनुहुदैन भन्ने यो लेखकको प्रारम्भिक अनुमान रहेको छ । यस्तो छ पोखरा आवाजको आधिकारीक वेवसाईट ।
यो पोष्ट तयार पार्ने क्रममा यस्ता यस्ता पत्रिकाका साईटहरु भेटिए । जसलाई उनिहरुले गर्वका साथ नेपाल प्रेस काउन्सिलमा मेरो पनि वेवसाईट छ है भनेर सूचिकृत गरेका छन् तर साह्रै अफसोच के लाग्यो भने नेपाल प्रेस काउन्सीलले प्रकाशित गरेको आफ्नो वार्षिक प्रतिवेदन २०६७ मा यस्ता साईटहरुको नाम पनि राखेको छ जुन विगत ३ वर्ष अगाडीदेखि अपडेट गरिएको छैन । भक्तपुरबाट प्रकाशन भैरहेको प्रक्षेपण दैनिक यस्तो एउटा पत्रिका हो । जसले लाजै पचाएर नेपाल प्रेस काउन्सिलमा मेरो पनि अफिसियल साईट छ भनेर साईटको नाम दिएको तर साह्रै लाजमर्दो कुरा उसको साईट विगत ३ वर्षदेखि अद्यावद्यिक भएको छैन ।
त्यस्तै अर्को पनि साईट भेटियो भक्तपुरबाट प्रकाशित हुने मजदुर दैनिक । २००९ सालमा बनेको सो साईटको प्रमुख समाचारमा २ वर्षको अवधिमा ७ वटा मात्र समाचार राखिएको छ ।
कास्कीबाट निस्कने समाधान को अद्यावधिक नियमित छैन । यसले पनि आफ्नो पत्रिकाको पी.डि.एफ फाईल नियमित रुपमा अद्यावधिक गर्ने गरेको छैन ।
के यति मात्र हुन् त नेपाली दैनिक पत्रिकाको अनलाईन संस्करण यो अझै खोजको विषय रहनेछ । यदि तपाईहरुलाई अरु पनि थाहा छ भने भन्नु नभुल्नुहोला ।

Disclaimer:- यो पोष्ट नेपाल प्रेस काउन्सिले निकालेको वार्षिक प्रतिवेदन २०६७ मा आधारित छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...