२१ औं शताब्दीलाई सञ्चारको युग भनिन्छ । अहिले ग्रामीण भेगसम्मका मानिसले इमेल इन्टरनेट सेवा उपयोग गर्छन् । इमेल इन्टरनेट सेवा सर्वसाधारणको पहुँचसम्म पुगिसके पनि इलामका धेरै कार्यालयहरुमा भने अहिलेसम्म यसको पहुँच पुगेको छैन ।
इलामका जिल्ला प्रशासन कार्यालय मात्र होइन जिल्ला विकास समिति जिल्ला प्रहरी कार्यालय जिल्ला स्वास्थ्य कार्यालय डिभिजन सडक कार्यालयजस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने ठाउँहरुमा समेत भरपर् इमेल इन्टरनेट सेवा छैन ।
इन्टरनेट सेवा नहुँदा माथिल्लो निकायबाट आउने निर्देशन तथा आफूहरुले दिने सूचना र जानकारीका लागि कार्यालयहरुलाई समस्या भइरहेको छ । सूचना लिन र दिनका लागि यस्ता कार्यालयले टेलिफोन र फ्याक्सको प्रयोग गर्दै आएका छन् ।
कतिपय कार्यालयमा भएका इमेल इन्टरनेट सेवा कर्मचारीहरुका लागि फेसबुकमा रमाउने र समय विताउने माध्यम बनेका छन् । कार्यालयको गतिविधि अध्यावधिक गर्नुभन्दा ल्यापटपमा फेसबुक खोलेर समय बिताउने कर्मचारी पनि केही कार्यालयमा देखिन्छन् । सयौँ रुपैयाँ खर्च गरेर लिएको इन्टरनेट सेवा कतिपय कार्यालयले उपयोगमा ल्याउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयमा अहिले इन्टरनेट सेवा नै छैन । इमेल इन्टरनेटलाई कार्यालयका सबै शाखामा पुर् याउन वाइरिङ्ग गरेको दुई वर्ष बितेपनि इन्टरनेट जोड्न नसकेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
"इन्टरनेट सेवाका लागि गृह मन्त्रालयले वाइरिङ्गसमेत गरिसकेको छ तर आर्थिक अभावकै कारण हामीले यो सेवाका लागि प्रविधि जडान गर्न सकेका छैनौं" प्रजिअ निरौलाले भने ।
विज्ञानको युगमा पनि प्रविधिको उपयोग गर्न नसकेकाले मन्त्रालयका कतिपय गतिविधि अध्यावधिक गर्न समस्या भइरहेको निरौलाले बताए ।
जिल्ला विकास समिति इलामको वेवसाइट बनेको धेरै समय भइसकेपनि समयमा अध्यावधिक हुने गरेको छैन । पछिल्लो समयमा पनि कार्यालयका गतिविधिहरुलाई अध्यावधिक गर्न नभ्याएको कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अग्नी अधिकारीले बताए ।
"केही समय अगाडिसम्म कार्यालयका सूचना र जानकारी अध्यावधिक गरिदै आएपनि व्यस्तताकै कारणले अहिले अध्यावधिक गर्न सकिएको छैन" उनले भने । १५ दिनभित्रमा पछिल्ला सबै गतिविधि वेव साइटमा हेर्न सकिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा इन्टरनेट सेवा भएर पनि उपयोगमा आएको छैन । सीमित व्यक्तिले त्यसलाई चलाउने गरेपनि अहिलेसम्म कार्यालयको सूचना र जानकारी सार्वजनिक गर्ने वेवसाइट नबनेको कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ गौतमले बताए । "हामीलाई त्यो चलाउने खासै आइडिया पनि छैन तर आइडिया नभएरै नबनाएको पनि होइन" उनले भने । कार्यालयमा इन्टरनेटको सेवा भएर पनि उपयोग नगर्ने थोरै कार्यालयमध्ये जिल्ला प्रहरी कार्यालय पनि एक हो ।
इलाम नगरपालिका कार्यालय र जिल्ला शिक्षा कार्यालयले भने अन्य कार्यालयको तुलनामा इमेल इन्टरनेटको प्रयोगलाई धेरै उपयोग गरेको पाइएको छ । यी दुवै कार्यालयले सार्वजनिक जानकारीका लागि आ-आफ्नै वेवसाइटमा सूचना र जानकारी अध्यावधिक गर्दै आएको बताएका छन् ।
नगरपलिकाले दुई वर्षयता कार्यालयका गतिविधिलाई वेव साइटमै राख्ने गरेको कार्यकारी अधिकृत युवराज दाहालले बताए । शिक्षा कार्यालयले पनि आफ्ना तलव भत्तासम्मका हिसावकितावलाई वेवसाइटमै राखेको जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले पनि पटक पटक मन्त्रालयमा आग्रह गर्दासमेत कार्यालयमा इमेल सेवा उपयोग गर्न नपाएको बतायो । इन्टरनेट सेवा नभएकै कारण कार्यालयले आफ्ना जानकारी र सूचना विभागबाट सार्वजनिक गर्न बाध्य बनेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर तारानाथ पोख्रेलले बताए । "अहिलेसम्म त्यसका लागि बजेट आएको छैन बजेट आउनेवित्तिकै जडान गर्नेछौं" पोख्रेलले भने । सरकारले टेलिमेडिसिन कार्यक्रम लागू भएका दुर्गम जिल्लाका स्वास्थ्य कार्यालयहरुमा भने इन्टरनेट सेवा दिएको छ ।
जिल्लाको डिभिजन सहकारी कार्यालयमा वेवसाइट बनेको चार/पाँच वर्ष वितेको छ । तर त्यसको प्रयोग भएको छैन । वेवसाइट भएपनि इन्टरनेट सेवा नभएका कारण कार्यालयका गतिविधि अध्यावधिक गर्न नसकेको कार्यालय प्रमुख माधवप्रसाद पोख्रेलले बताए । "केही दिन भित्रैमा एडिएसएलको सेवा लिएर कार्यालयका सूचना र जानकारी अध्यावधिक गर्ने सोचमा छौं" उनले भने ।
पूर्वााचल डिभिजन सडक कार्यालयलगायत अन्य महत्वपूर्ण सरकारी कार्यालयहरुमा पनि इन्टरनेटको भरपर्दा सेवा र सुविधा छैन ।
कार्यालयमा इमेल इन्टरनेटको सेवा नहुँदा कार्यालयहरुलाई त समस्या छ नै त्यसबारे सरोकारवाला नागरिकलाई पनि समस्या हुने गरेको छ । कुनै पनि कार्यालयको गतिविधिबारे जानकारी लिन वेवसाइटलाई पहिलो आधार र श्रोत मान्ने प्रचलन बढ्दै गएपनि इलामका धेरै सरकारी कार्यालयहरुका हकमा यो आधार लागू हुन सकेको छैन ।
Via Source:- Online Edition of Ilam Post Daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...