वर्ष समीक्षा २०६७
लोदर सिनेमा
नेपाली सिनेमा क्षेत्रलाई यसरी लोदर लाग्न थालेको कृषा चौलागाईको सिनेमा ‘कसम हजुर’को प्रदर्शन शुरु भएदेखि हो । कसम हजुरको प्रदर्शनमा आए पश्यात् सिनेमाहरु एकएक हप्तामा लाग्दै गए र उत्रदै गए । बर्ष ०६७ का जम्मा ५२ हप्तामा ४९ सिनेमाहरु रिलिज भए । अझैे उपत्यका बाहिरको प्रदर्शन पश्यात् उपत्यका छिरेका सिनेमाहरु यसबिचमा कति प्रदर्शमा आए भन्ने तथ्य निकाल्न खोज्ने हो भने जो कसैलाई पनि ज्वरो फुट्छ । हिसाबका पानाहरुलाई नपल्ट्याई भन्ने हो भने यसबर्ष बन्नुसम्म फिल्म बने, लाग्नुसम्म लागे र उत्रनुसम्म उत्रिए । यो लगाई र उत्र्याईको बिचमा ‘गोर्खा पल्टन’ यो बर्षकै सुपरहिट सिनेमा बन्न पुग्यो ।
यस्तै, बर्ष २०६७ मा ‘कसले चोर्यो मेरो मन’ र ‘फष्टलभ’ यि दुई सिनेमाहरु पनि हिट सिनेमाहरुको लिस्टमा पर्न सफल भए । चैत मसान्ततिर आएर प्रदर्शन प्रारम्म्भ गरेका ‘निगरानी’ र ‘प्रहार’ले भने यतिबेला सिनेमा बजार तताई रहेकै छन् । तर सिनेमा प्रदर्शनमा आएको एक हप्ता भित्रै त्यस सिनेमालाई हिट वा फ्लप भन्न भने मिल्दैन ।
सुपरहिट र हिट सिनेमाहरु
यसबर्षको सुपरहिट सिनेमाको रुपमा ‘गोर्खा पल्टन’ दरियो । यो सिनेमा धेरै चल्यो तर यो गोर्खा पल्टन नभै इन्डियन आइडियल प्रशान्त तामाङ्ग चलेका हुन् । प्रशान्तलाई इन्डियन आईडियल बनाउन अघि सरेका हातहरुले खरिद गरेको टिकटकै कारण यो फिल्म सुपरहिट भयो । गोर्खा पल्टन त चल्यो तर सिनेमाका क्याप्टेन अर्थात् निर्देशक नारायण रायमाझीको नाम कतै चलेन । गोर्खा पल्टन चलेकै कारणले अघिल्लो सिनेमा ‘कोही मेरो’बाट डुब्नुसम्म डुबेका निर्माताद्धय सुरज बंशल र राजेश वंशलले पनि केहि राहतको महशुस गरे । तर पनि यतिबेला उनीहरु नेपाली सिनेमा निर्माण गर्न भनेपछि सय कदम पछि हटिरेहेका छन् । उनीहरुको हातबाट अब हत्तपत्त नेपाली सिनेमा निर्माण हुदैन । वंशल दाजुभाई मात्रै सिनेमा निमाृणबाट भागिरहेका छैनन् यता यसबर्षको अर्को सफल सिनेमा फस्टलभका निर्माता माधव वाग्ले पनि सिनेमा निर्माणबाट टाढा सरिरहेका छन् । फिल्म सफल भएपनि पैसाजति हलले नै कुम्ल्याएको उनले आरोप लगाएका छन् ।
यस्तै, नायिका रेखा थापाले बनाएको भनिएको कसले चोर्यो मेरो मनको ब्यापारले पनि सुस्ताएको नेपाली सिनेमा बजारमा केहि चहलपहल ल्यायो । यस सिनेमाको सफलताले नायिका रेखा थापालाई त फाईदा पुग्यो नै यसै सिनेमाबाट डेब्यु भएका निर्देशक सबिर श्रेष्ठको कामको प्रशंशा पनि धेरैले गरे ।
सुपर फ्लप सिनेमा
बर्ष ०६७ मा एक सिनेमा पनि रिलिज भयो, ‘हासिदेऊ एकफेर’ । यस सिनेमा प्रदर्शन अघि निकै चर्चामा रह्यो तर जब सिनेमा रिलिज भयो दर्शकहरु एकफेर त टाढाको कुरा आधी फेर पनि हासेनन् । मह जोडीलाई लिने बित्तिकै सिनेमा सफल हुन्छ भन्ने सोचलाई यस सिनेमाको ब्यापारले उल्टो बनाईदियो । यस सिनेमाको कारणले निर्माता त डुबे नै महको फिल्मी करिअर पनि चौपटै भयो । यस्तै सिनेमा ‘कहा भेटिएला’बाट थुप्रै तारिफ बटुलेकी नायिका श्वेता खड्कालाई पनि यस सिनेमाको ब्यापारले डुब्न बाध्य बनाईदियो । त्यसो त यसबर्ष फ्लप भएका सिनेमाहरुको चर्चा गर्ने हो भने धेरै दिनहरु ढल्न सक्छन् । तर हासिदेऊ एकफेर यसरी फ्लप भयो कि बर्ष २०६७ का अरु सबै फ्लप सिनेमाहरु यसका अघि फिक्का देखिए ।
नजमेकी मनिषा
आशलाग्दा सिनेमा
बर्ष ०६७ मा रिलिज भएका सिनेमाहरु ‘बाटो मुनिको फुल’ र ‘ब्याच नं १६’ ले आश लाग्दो ब्यापार नगरेता पनि यि सिनेमाहरुको चर्चा निकै भयो । यि दुबै सिनेमाहरुले लगानीका आधारमा पनि पैसा उठाउन नसकेका हुन् । यदि आम नेपाली सिनेमा बन्ने बजेटमै यि सिनेमाहरु बनेका भए, यि सिनेमाहरु सफल सिनेमाको रुपमा दरिने थिए होला तर धेरै लगानकिा कारण मार खानु पर्यो यि दुबै सिनेमाहरुले । यद्यपी यि दुबै सिनेमाको सम्बन्धमा सबैभन्दा बढि चर्चा छायाङ्कन पक्षले पायो । बाटो मुनिको फुल संजय लामाले खिचेका हुन् भने ब्याच नं १६का पुरुषोतम प्रधानले ।
चलेका गीत संगीत
चैत मास खडेरीमा डडेलोले बनै खायो, यो गीतले भने जस्तै भयो बर्ष ०६७ मा नेपली सिनेमाका गीत संगीतको चर्चा र बजार । यस बर्ष जति फिल्महरु रिलिज भए, एउटा सिनेमाको लगभग चारवटा गीतका हिसाबले गणना गर्ने हो भने दुई सय भन्दा बढि गीतहरु फिल्मी बजारमा आए । तर दुभाग्र्यको कुरो, ती दुई सय गीतहरु मध्ये पाचवटा गीतर पनि राम्रोसंग चलेनन् । बरु ‘मुन्नी बदनाम हुई’ र ‘शिलाकी जवानी’ले नै नेपाली बजार तताईदियो ।
चर्चामा रहेका गायक गायिका
ब्याच नं १६को संगी बोलको गीत गायकै कारण गायक शिव परियार यो बर्ष चर्चामा रहे । शिवका अलावा दिपक लिम्बु, यश कुमार, बाबु बागटी, प्रशान्त तामाङ्ग आदि गायकहरु आफ्नो एकदुई गीतका कारण चर्चामा रहे ।
गायिकाको कुरा गर्दा अन्जु पन्तको ठाउ लिने यो बर्ष पनि कोही नन्मिएनन् । अन्जुका अलावा अर्की गायिका रजिना रिमाल पनि चर्चा मै रहिन् । यि दुईलाई छाडेर दाजिलिङ्गकी सानी गायिका प्रकृति गिरीको चर्चा ब्यापक भयो । यिनले यश कुमारसंग मिलेर गाएको गीत ‘तिमीलाई कुनै पल’ले निकै चर्चा पायो ।
हिरो अफ दि इयर
बर्ष २०६७ का तिन सफल सिनेमा मध्ये ‘फस्टलभ’ र ‘कसले चोर्यो मेरो मन’का नायक आर्यन सिग्देल नै यस बर्षका ‘हिरो अफ दि इयर’ हुन् । आर्यन पछि नाम लिंदा बिराजको नाम आउछ, बिराजको यस बर्ष दशवटा जति सिनेमाहरु रिलिज भएका छन् । उनका केहि सिनेमाहरुले इनिसियल समेत हानेका छन् । यस अर्थमा उनलाई बर्ष २०६७ को इनिसियल हिरो भन्दा फरक नपर्ला । बिराज पछि राजेश हमालको नाम आउछ, उनको यसबर्ष आठ वटा जति सिनेमाहरु प्रदर्शनमा आएका थिए । तर उनका चर्चायोग्य र सफल सिनेमा भने कुनै पनि भएनन् । यस अर्थमा उनी यसबर्ष अभिनेतामा मात्र सिमित रहे । त्यस्तै, निखिल उप्रेतीका पनि आठवटै सिनेमाहरु रिलिज भए । उनका पनि एकदुई सिनेमा बाहेक अरुले राम्रो ब्यापार गर्न सकेनन् ।
अनलक्की हिरो अफ दि इयर
यता, सातवटा सिनेमामा हिरोको रुपमा देखिएका राजबल्लभ कोइरालाको यसबर्ष लकले साथ दिएन् । राजका फिल्महरुले पानी माग्नु त टाढाको कुरा साससम्म पनि फेर्न सकेन ।
अर्का नायक सुमन सिंह पनि बर्षभरी नै छाईरहे तर उनका फिल्महरुले पनि खासै उपलब्धि हासिल गर्न सकेनन् । तैपनि अभिनय क्षमताको आधारमा कुरा गर्दा सिनेमा ब्याच नं १६ मा भने उनले न्वारन देखिकै बल लगाएर काम गरेका छन् । सम्भवत सुमनको हालसम्म कै फिल्मी करिअरमा यो नै उनको सबेभन्दा उत्कृष्ट अभिनय रहेको फिल्म होला ।
आशलाग्दा नवनायक
यस्तै थुप्रै नवनायकहरु यस बर्ष रजतपटमा उदाए तर यिनीहरुको आगमन दुई रेक्टर सकेलको भुकम्प जस्तै भयो, कहिले आए कहिलेृ गए थाहै भएन । यद्यपी बाटो मुनिको फुलबाट उदाएका दुई नवनायकहरु यश कुमार र बाबु बोगटीको अभिनय क्षमताको चर्चा यसबर्ष निकै भयो । यस अर्थमा यि दुबै नायकहरु सम्भावना बोकेका नायकहरुका रुपमा देखिएका छन् । यस्तै सिनेमा ब्याच नं १६ मा खलपात्रका रुपमा देखिएका अर्पण थापाले पनि सिनेमा प्रदर्शनमा रहुन्जेल राम्रै प्रशंशा बटुले । नेगेटिभ हिरोको रुपमा अर्पण थापाको खोजी अब भैरहनेछ भन्ने हामीलाई लाग्या छ ।
हिरोइन अफ दि इयर
सिफारिसकी हिरोइन
संख्याका आधारमा हेर्ने हो भने रेखापछि जेनिषा केसीको नाम आउछ । तर जेनिषा आफैमा दम भएकी हिरोइन भने होइनन् । किनकी कसैको बुई चढ्दैमा हिरोइन होइदैन । कुरा नलुकाई गर्दा जेनिषा कसैकी सिफारिसकी हिरोइन हुन् ।
रेखापछि कुनै नायिकाको नाम आउछ र लिनुपर्छ भने त्यो नाम हो निशा अधिकारी । उनी अभिनित सिनेमा फस्टलभ यस बर्षको सफल सिनेमा मध्ये एक हो । यस सिनेमापछि निशालाई थुप्रै सिनेमाहरुबाट अफर आएतापनि त्यस पश्यात् फिल्म सम्बन्धि अध्ययन गर्न उनी अमेरिका छिरेकीले अन्य फिल्महरुमा काम गर्न भने पाईनन् । यद्यपी निशा यतिबेला नेपालमै छिन् र थुप्रै सिनेमाहरुमा अभिनय गर्ने तरखरमा पनि छिन् ।
अर्की नायिका झरना थापाको पनि यस बर्ष थुप्रै सिनेमाहरु प्रदर्शनमा आए तर ब्यवसायिक हिसाबले कुनै पनि सफल भएनन् । गत बर्ष नं वन नायिकाको ताज पहिरिन सफल यि नायिका यस बर्ष निकै तल परिन् । अन्य नायिकाहरुमा अरुणिमा, संचिता, युनाको स्थिति पनि उस्तै रह्यो । अर्की अभिनेत्री रेजिना पनि एउटै ड्याङ्गको मुलाकै रुपमा रहिन् किनकी उनको महत्वकाङक्षी सिनेमा ‘चिनो’ पनि असफ नै ठहरियो ।
अनलक्की हिरोइन अफ दि इयर
सदा झैं यसबर्ष पनि नायिका गरिमा पन्त अनलक्की हिरोइनकै रुपमा रहिन् अर्थात् उनका कुनै पनि सिनेमाले बजार तताउन सकेन् । जबकि गरिमाले सोलो हिरोइनको रुपमा थुप्रै सिन्माहरुमा काम गरिन् । तर नुन नहालेको अचार जस्तै भयो उनको उपस्थिति । उषा पौडेलका् त यसबर्ष पलायनको बर्षनै सावित भयो । उनी यतिबेला मुम्बईमा छिन् । के गर्दैछिन् त्यो त उनैलाई थाहा होला ।
आशलाग्दा नवनायिका
बर्ष २०६७ मा थुप्रै नवनायिकाहरुको चुरीफुरी देखियो नेपाली रजतपटमा । त्यस मध्ये कत्तिको चुरीफुरी चुरीफुरी मै सिमित रह्यो भने केहि नवनायिकाहरु राम्रै सम्भावना बोकेका नवनायिकाहरुका रुपमा गनिन पुगे ।
त्यसमध्ये सबैभन्दा बढि चर्चा केकी अधिकारीको भयो । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी केकीलाई रेखा थापाको कुर्सी खोस्न सक्ने नायिकाको रुपमा लिईएको थियो तर केकीको डेब्यु सिनेमा स्वरको असफलताको कारणले गर्दा उनलाई ठुलो धक्का लागेको छ । तथापि केकी मैदान छोडेर भाग्ने पक्षमा भने रहेकी छैनन् ।
केकी संगै स्वरमा देखिएकी अर्की नायिका रिमा बिश्वकर्मालाई बोलेरै पिठो बेच्ने नायिकाको रुपमा लिईदै छ । यता नाई नभन्नु लबाट रजतपटमा पाईला टेकेकी अर्की नायिका ऋचा सिंह ठकुरी पनि हेर्दाकी राम्री देखिईन् तर अभिनयमा उस्तै हो ।
यस्तै, द युग देखि युगसम्मबाट रजतपटमा छिरेकी नायिका अनु शाह नव नायिकाको रुपमा भने सिनेमा धर्माबाट उदाईन् । धर्मामा मनिषा कोइराला हाईलाईट भईन् तर एउटी नायिकामा हुनुपर्ने सम्पुर्ण गुण अनुमा भेटियो । तरपनि अनुलाई आफ्नो सिनेमामा लिईहाल्ने निर्माताहरुको लाइन भने खासै देखिएन् ।
सम्भावना बोकेका दुई नायिकाहरु
यसैबर्ष दुई नवनायिकाहरुको सिनेमा रिलिजमा नआए पनि चर्चा भने कम भएन । ती नायिकाहरु हुन्, निता ढुङ्गाना र सुमिना घिमिरे । निताको तुलनामा सुमिना पत्र पत्रिकाहरुमा निकै छँईन तैपनि निताको चर्चा पनि कम छैन । अब यि दुईमध्ये बाजी कस्ले मार्ने हो त्यो हेर्न भने अर्को सालसम्म कुर्नै पर्ने हुन्छ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...