दमक, १३ असार / पूर्व–पश्चिम राजमार्ग अन्तरगतको दमक चोकमा रहेको गोलपार्क अव्यवस्थित भएको भन्दै हटाउन माग उठेको छ । राजमार्ग निर्माण गर्दा सवारी साधनको चाप कम्ती भएकोले ठुलो आकारमा बनाइएको पार्ककै कारण अहिले कयौंपटक दुर्घटना भएका छन् ।
पार्क भत्काएर सानो आकारमा बनाउने र घण्टाघर राख्ने उद्योग बाणिज्य संघले प्रस्ताव गरेको छ । अहिलेको पार्कमा फूलबारी बनाइएको छ । पार्कको आकार ठुलो हुने हुनाले पहिलोपटक यो राजमार्गमा आएका गाडीहरुले मुख्य बाटो झुक्किएर शाखा बाटोतिर लाग्ने गरेका छन् । ट्राफिक प्रहरी कार्यालय दमकका हवल्दार रामचन्द्र दाहाल भन्छन् ‘पश्चिमबाट आएका गाडीहरुले सडकको मेसो नपाएर सिधै पूर्वउत्तर लाग्छन् । जसले गर्दा कयौंपटक दुर्घटना भएको छ ।’ घुम्नुपर्ने ठाउँ ठुलो हुनु र ट्राफिकको कुनै संकेत नभएका कारण यस्तो हुने गरेको चालकहरुको भनाई छ ।
संघले केही समय पहिले ल्याएको प्रस्तावमा दलहरुले आपत्ति गरेको संघसम्बद्ध पदाधिकारीहरुले गुनासो गरेका छन् ।‘पार्क भत्काएर नयाँ बनाउने काम बाणिज्य संघको होइन’ राजनीतिक दलका केही नेताले आफूहरुको योजनामा गरेको टिप्पणी स्मरण गर्दै एक पदाधिकारी भन्छन् – ‘वाणिज्य संघले व्यापारीका पक्षमा काम गर्ने हो विकास निर्माण हामी गर्छौ ।’
ठूलो घेरामा रहेको पार्कमा केही समय पहिलेसम्म दल र तिनका भ्रातृसंगठनहरुले तछांँडमछाड गरेर आप्mना झण्डा गाडेका थिए । यो पार्कमा झण्डा गाड्नुलाई उनीहरु आफनो प्रतिष्ठासंग गाँसेर हेर्ने गर्छन् । अहिले पार्कको वरिपरी पार्टीका पोष्टर, अपिल, भित्तेलेखन गरेर फोहोर बनाइएको छ । ‘सबैतिरबाट माग भइरहँदा पनि नगरपालिका र दलका नेताहरुले पार्कको पुनः निर्माणमा ध्यान नदिनु आफनो प्रचारका लागि निःशुल्क स्थान उपलब्ध भएकोले नै हो’ चोक नजिकै पसल गर्ने एक व्यापारीले भने ।
डिभिजन सडक कार्यालय दमकले पनि सवारी साधनको संख्या बढ्दै गएकोले उपयुक्त नभएको ठहर गतबर्ष नै गरेको हो । कार्यालयका प्रमुख इन्जिनियर हरिप्रसाद पोखरेलका अनुसार गतबर्ष नै विभागमा दमक र बिर्तामोडमा रहेका दुईवटै पार्कको विस्तृत अध्ययनका लागि प्रस्ताव पठाइएको छ । ‘यो आर्थिक वर्षमा खास काम हुन सकेन’ पोखरेलले भने ‘आगामी बर्षमा यसलाई कार्यान्वयन हुने गरी ताकेता गर्छौ ।’
उद्योग बाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाईका अनुसार यहाँ नयाँ र सानो आकारको पार्क बनाएर त्यसमा दमकको पहिचान हुने गरीको कनै स्मरणीय वस्तु राख्ने वाणिज्य संघको योजना छ । ‘त्यसो नभए कुनै स्तम्भ, सालिक वा घण्टाघर राख्नु उपयुक्त हुन्छ’ प्रसाईले भने – ‘यसका लागि नगरपालिकाले केही आर्थिक सहयोग गरे अरु श्रोत बाणिज्य संघले जुटाउने छ ।’
समचार स्रोत : झापाको पूर्वीद्धारबाट प्रकाशित हुने जनसंसद दैनिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...