दोहा– विस्तृत ग्यास सम्पदाका कारण कतार विश्वको सवैभन्दा धनी राष्ट्र बनेको छ ।
सन् २०१० को लागि सवैभन्दा धनी राष्ट्रहरूको सुचिमा दोश्रो स्थानमा युरोपेली राष्ट्र लम्जम्बर्ग रहेको छ भने अरव जगतका कतारको पछाडी कुवेत र युएई धनी राष्ट्रको सुचीमा अग्रस्थानमा ओगटेका छन् ।
अमेरिकी अग्रणी विजनेश म्यागेजिन ‘ग्लोवल फाइनान्स’ ले निकालेको सो सुचीमा विश्वका २० वटा धनी राष्ट्रको समुहमा अरव जगतका ३ राष्ट्रलेमात्रै स्थान बनाउनु स्वाभाविकरुपमा आश्चार्यपुर्ण मानिएको छ । सो सुचिमा साउदीभन्दा पनि बहराइन रहनु तथा इराक १ सय २४ औं स्थानमा रहनु पनि सो सुचीको अर्को आश्चर्य हो । कुनै पनि राष्ट्रको कुल गाहस्र्थ उत्पादन (जिडिपि) प्रतिब्यक्ति आय र जनसंख्याको आधारमा विश्वका १ सय ८२ वटा राष्ट्रहरूमाझ धनी राष्ट्रको सुची बनाएको ग्लोवल फाइनान्सले जनाएको छ ।
‘विश्वको सवैभन्दा धनी राष्ट्र कतारको जिडिपि प्रतिब्यक्ति आय सन् २०१० मा ९० हजार १ सय ४९ अमेरिकी डलर थियो भने विश्वको सवैभन्दा गरिव राष्ट्र कंगोको जिडिपि प्रतिब्यक्ति आय ३ सय ४२ अमेरिकी डलर थियो’ ग्लोवल फाइनान्सले भनेको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...