"मलेसियमा घर फर्क या बैध हौं अफर" लाख भन्दा बढी अवैध नेपाली कामदार लाभान्वित हुने

दिनेश कार्की । मलेसिया व्यूरो
मोरङ जिल्ला सलकपुरका ज्ञानसिह राई मलेसिया आएको १२ बर्ष नाघिसक्यो । उनी थाइलेण्डको बाटो हुदै अवैध रुपमा मलेसिया छिरेका थिए । एक दशक भन्दा लामो समय उनी मलेसियामा (अवैध) गैर कानुनी रुपमै बसेर रोजगारी गरे । त्यस्तै झापाको खुदुनाबारीका महेस बुढाथोकी पनि सम्झौता अनुसारको तलब र काम नपाएका कारण मलेसिया आएको दुई महिना नबित्दै (इलिगल) अवैध रुपमा कम्पनि छोडेर भाग्न वाध्य भए । सन् २००१ भन्दा अगाडि थाईलेण्डको बाटो हुँदै रोजगारीका लागि मलेसिया आउने र सन् २००१
पछि आउने सम्झौता अनुसारको काम, तलब, सेवा सुविधा, कम्पनिको ज्याजती सहन नसकेर हजारौ मान्छे मलेसियामा लुकीछुपी अवैध रुपमा काम गर्न बाध्य हुँदै आएका छन् । तर यो बर्ष आउँदो जुलाई ११ देखि अवैधानिकलाई घर फर्क या वैधानिक हौ भन्ने अभियान मलेसिया सरकारले ल्याएपछि ज्ञानसिह, महेस जस्ता हजारौ नेपाली अहिले निकै हर्सित छन् । नेपाली मात्र होईन म्यानमार, भियतनाम, बंगलादेश, इण्डोनेसिया लगायतका गरी १९ लाख अवैध विदेशी कामदारहरुमा अहिले निकै खुसीयाली छाएको छ । बषौ सम्म घर फर्कन नसक्नेहरु आफ्नो देश फर्कन पाउने भएका छन् भने बषौसम्म अवैधानिक भएर सास्ती खेपिरहेका कामदाहरु बैधानिक भएर काम गर्ने मौका पाएका छन् ।

देशमा रहेका करिब १९ लाख अवैध कामदार ब्यवास्थापन गर्न मलेसिया सरकारले सुरु गर्न लागेको ‘घर फर्क या वैध हौ’ अफर अन्तरगत जुलाई ११ देखि दर्ता पक्रिया थालनी गर्न लागेको छ । दर्ताका लागि जम्मा दुई साताको समय दिइएको छ । बैदेशिक कामदार सम्बन्धि समितिका अध्यक्ष तथा मलेसियाका उपप्रधानमन्त्री मुहायदिन यासिनले यसै साता यो अफर बारे घोषणा गरेका हुन् । उपप्रधानमन्त्रीले जुलाई ११ देखि हुने रजिस्टेसनमा सहभागी हुन मलेसियामा कार्यरत सम्पूर्ण अवैधानिक कामदारलाई आह्वान समेत गर्नु भएको छ । यस्तो प्रत्रियामा सहभागी हुनेले विना कानूनी कारवाही स्वदेश फर्कन वा वैध भएर कानूनी हैसियत प्राप्त गरी काम गर्न पाउने छन् । आफ्नो कम्पनीमा काम गरीरहेका अवैध विदेशि कामदारलाई रजिष्टेसन गराउने कम्पनीको पहिलो कर्तब्य कम्पनी मालिकहरुको भएको भन्दै नछुट्न भन्ने उद्देश्यले नजिकैको रजिष्टेसन सेन्टरमा लगेर दर्ता गराउन उहाँले अनुरोध गर्नु भएको छ ।
यो अभियानबाट मलेसियामा रहेका एक लाख भन्दा बढी अवैधानिक नेपाली कामदार लाभान्वित हुने भएका छन् । विदेशि कामदारको रजिष्टेसनका लागि यस क्षेत्रमा अनुभव प्राप्त कम्पनीहरुलाई एजेन्टको रुपमा नियुक्ति समेत गरिएको छ । रजिष्टेसन सकिएपछि उनीहरुको इच्छा अनुसार स्वदेश फर्कने वा आवश्यक प्रक्रिया पुरा गरेर मलेसियामै बसी काम गर्ने दुई अवसरहरु प्राप्त हुनेछन् । एकपटक मलेसियामा रजिष्टेसन प्रक्रिया सकिएपछि सरकारले कडाईका साथ अवैध विदेशि कामदारविरुद्ध अभियान चाल्ने बताईएको छ । मलेसियाले यसलाई अन्तिम अवसर भन्दै सबै अवैध विदेशि कामदारलाई रजिष्टेसनमा सहभागी हुन अनुरोध गरेको छ । पहिलो चरणमा अनडकुमेन्डेड विदेशि कामदारको बायोमेट्रिक प्रणाली अन्तरगत दर्ता गरिने छ । घर जान चाहनेहरुले रजिष्टेसन गरेको दुई महिनाभित्र स्वदेश फर्कन सक्ने छन् भने मलेसियामै बस्न चाहनेले डिसेम्बरभित्र कानुनी हैसियत पाउने छन् । तर मलेसियामै बस्ने या स्वदेश फर्कने हो त्यो रजिष्टेसन गर्दाखेरी नै खुलाउनु पर्ने हुन्छ । दर्ता प्रक्रिया सहज होस् भनेर सरकारले यो अवधिभर रेला (भोलेन्टियर प्रहरी) को कारवाही स्थगीत गर्न निर्देशन दिएको छ । दर्ता गर्न जाँदा कुनै प्रहरी, रेला वा अध्यागमन अधिकारीले पक्राउ गर्ने छैनन् ।
यसअघि साउदी अरब र कुवेतले पनि यस्तै विदेशी कामदारलाई घर फर्कन अफर सार्वजनिक गर्दा धेरै अवैध विदेशी कामदारहरु र त्यहाँ भएका नेपाली कामदारहरुले सो अफरलाई बेवास्ता गरेका थिए । मलेसियामा पनि सो प्रबृत्ति दोहोरिने आशंका गर्दै मलेसिया सरकारले बस्न चाहनेलाई कानुनी हैसियत दिने भएको हो । तर मलेसियामा बस्न बायोमेट्रिक दर्ता हुनै पर्छ । यदि सरकारले आह्वान गरेको अन्तिम मितिसम्म अवैध कामदार दर्ता भएनन् भने सरकारले उनीहरुलाई पक्राउ गर्न सम्पूर्ण प्रशासन खटाउने छ । यसरी पक्राउ परेका विदेशी श्रमिकहरुलाई डिपोर्ट गर्नु अघि मलेसियाको कानुन अनुसार अदालतमा उभ्याईने छ भने सोही अनुसार जेल चलान र जरिमाना गरि सजाय काटेपछि मात्र स्वदेश फर्कन पाउने जनाईएको छ ।
अर्कोतिर मलेसिया सरकारले ल्याएको यो अफर अझै अन्योल र थुपै्र अनुक्तरित प्रश्नहरु अझै कायमै छन् । दर्ताका लागि न्यूनतम् शुल्क लाग्ने भनिएता पनि के कति लाग्ने खुलाईएको छै । यस्तै बायोमेट्रिक प्रणालीमा दर्ताका लागि दुई सय बढी कम्पनीलाई नियुक्ति दिईएको जनाईता पनि कुन कम्पनी हुन् भन्ने त्यसको सूचना सार्वजनिक गरिएको छैन । मलेसियामै रहेर काम गर्न चाहने विदेशी कामदारलाई कुन क्षेत्रमा काम दिईने हो त्यो पनि खुलाईएको छैन र त्यसका लागि के कति रकम लाग्ने हो त्यो पनि खुलाईएको पाईदैन । कामदार स्रोतहरु देशहरुका राजदूतहरुसँग मलेसियाका अधिकारीहरुको भेटमा सो कुरा नखुलाईएको मलेसियाका लागि नेपाली राजदुत डा. ऋषीराज अधिकारीले बताउनु भयो ।
त्यसैगरी यो अवसरलाई मलेसियामा कार्यरत सबै अवैधानिक नेपालीहरको कामदारहरुको पहुँचमा पु¥याउन निकै सक्रिय भएर जुटेको छ । मलेसिया सरकारको ‘घर फर्क या वैधानिक हौ’ भन्ने अफरलाई सक्दो उपयोग गर्न र सबैको पहुँचमा पु¥याउन पत्रकार सम्मेलन, पत्रपत्रिकामा सूचना प्रकाशित गर्ने जस्ता क्रियाकलापहरु ह्वात्तै बढाएको छ । बायोमेट्रिक प्रणाली अन्र्तरगत औठा छाप लाएर दर्ता हुने यो पक्रियमा सबै अवैधानिक नेपाली कामदारहरु सहभागी गराउन दूतावासले आह्वान गरेको छ । जुलाई ११ देखि २४ सम्म चल्ने यो दर्ता प्रक्रिया सहभागीता गराउन मलेसियामा रहेका रेमिट्न्यास, संघ संस्था, पत्रपत्रिका, टेलिकम, गैरआवसीय नेपाली संघ लगायतकाहरुसँग सहकार्य गरेर कार्यक्रम सफल बनाउन लागि परेको दूतावासका श्रम सहचारी सूर्यप्रसाद भण्डारीले बताउनु भयो । दूताबासले गत साता यो अभियानमा सहभागीता जनाई मौकाको फाईदा लिन प्रेस विज्ञप्ति जारी सबैलाई तयारी रहन र होसीयार रहन आग्रह गरेको थियो ।
दूतासका अनुसार घर फर्कने या यहि काम गरेर बस्ने हो जो सुकैले नि तोकिएको समयमा बायोमेट्रि गर्नु पर्नेछ । घर फर्कन भनि दर्ता भएका नेपाली कामदारहरुलाई आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र नेपाली राहदानीको प्रतिलिपि, मलेसियमा काम गर्दाको भिषाको प्रति पेश गरेमा दूतावासले एकतर्फि यात्रा अनुमति पत्र दिने जनाईएको छ । मलेसियामा बसी काम गर्न इच्छुक नेपाली नागरिकका हकमा आफ्नो नागरिकताको सक्कलै प्रमाणपत्र र नेपाली राहदानी तथा मलेसियामा काम गर्दाको भिषाको प्रतिलिपि साथै राहदानी हराएको भए प्रहरी प्रतिवेदन र रोजगारदाताले सबै प्रक्रिया पु¥याएर पेश गर्नु पर्ने हुन्छ ।
अन्तरवार्ता
हामीले आवश्यक गृहकार्य गरिरहेका छौं– डा. ऋषीराज अधिकारी राजदुत नेपाली दूतावास मलेसिया मलेसियाले ल्याएको ‘घर फर्क या वैध हौं’ भन्ने अफरका लागि दूतावासको कस्तो तयारी हुँदैछ ?
हामीले आवश्यक रुपमा गृहकार्य गरीरहेका छौं । हामीलाई यो सम्बन्धि सूचना प्राप्त हुन साथ सूचना प्रकाशित गरी सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका थियौं । अहिले मिति तोकिएको अवस्थामा मलेसियाको सबै क्षेत्रमा यो सूचना पु¥याई सकेका छौं । त्यसका लागि आफ्नो राहदानी नम्बर, सक्कली नागरिकता र त्यो पनि नभए गाविसको सिफारिस मगाउनेतिर अनुरोध गरिसकेका छौं । तर अझै थुपै्र कुराहरु अनुत्तरित नै छन् । दर्ता प्रक्रियामा कति कति सहभागी होलान् वैधानिक हुन चाहनेलाई कुन कम्पनीमा देला, विज्ञापन गरेर मलेसियनलाई प्राथमिकता दिने भनेको छ, त्यसो गर्दा विदेशी कामदारलाई कुन कुन क्षेत्रमा कसरी रोजगारी देला, काम पाईसक्न कति अवधि लाग्ला लगायतका धेरै प्रश्न अनुत्तरित नै छन् । बायोमेट्रिक दर्ता प्रक्रिया सकिएपछि हामीलाई घर जाने र यहाँ बस्नेको सूची सरकारले दिन्छ, त्यहिँ आधारमा घर जानेलाई ट्राभल डकुमेन्ट र यहिँ बस्नेलाई राहदानी उपलब्ध गराउने छौं ।
यो अभियानमा सबै नेपाली सहभागी होलान् त ?
निश्चिय नै हुन्छन् । ९९ प्रतिशत सहभागी हुन्छन् । सबै सहभागी हुन् भनेर हामीले सबै क्षेत्रमा सूचना जारी गरिसकेका छौं । फेरि जुन कम्पनिमा काम गरिरहेका कामदारलाई दर्ता गराउने जिम्मेवारी सोही कम्पनीको हुन्छ । फेरि हामीले यो अफरमा कोही पनि नछुटुन् भनेर हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं ।
कति पैसा लाग्छ कुन क्षेत्रमा काम दिईन्छ भन्ने कुरा अहिले चासोको विषय बनेको छ नी ?
कति पैसा लाग्छ भन्ने कुरा अहिलेसम्म हामीकहाँ आईपुगेको छैन । निश्चिय नै यहिँ बस्दा केही शुल्क बढि लाग्न सक्छ तर स्वदेश फर्कदा भने अति न्यूनतम शुल्क लाग्ने जनाईएको छ । काम पनि कुन क्षेत्रमा कुन प्रकारको दिने भन्ने कुरा पनि जानकारी गराईएको छैन । हामीलाई जानकारी हुनसाथ हामी जानकारी गराउने छौं । तर जे जसो भए पनि यो अफरमा सबै सहभागी हुनै पर्छ । अन्यथा भोली दण्डित हुनु पर्ने अवस्था हुन्छ ।
के यो कामका लागि दूतावासमा प्रर्याप्त जनशक्ति छन् ?
जनशक्ति त कम नै छ । तर हामीले ट्राभल डकुमेन्ट वितरण गर्दा जनशक्तिको कमी भएको खण्डमा हामी केही समयका लागि जनशक्ति राख्ने तयारी पनि गरिरहेका छौं । राहदानी वितरण गर्नका लागि जतिसक्दो चाडो गर्नका लागि हाम्रा स्टाफहरु काठमाडौं नै पठाउने तयारी पनि गरिरहेका छौं ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...