यसरी वैद्धिकश्रम तथा अर्धदक्ष प्रकारका युवाहरू सदाको लागि मुलुकबाट पलायन हुंदैछ। तेस्रो प्रकारका युवाहरू शारीरिक श्रम बेच्न गएका युवाहरू उत्पादनका साधनहरूमात्र भएका छन् र उनीहरूको मुख्य ध्यान परिवारको दैनिक खर्च चलाउनमा मात्र सिमित हुन पुग्ने बाध्यता हुंदैगएको छ। यसप्रकारका युवाहरू एकातिर आफ्नो दक्षताका अभावका कारण अत्यन्त जोखिमपूर्ण प्रतिकुल वातावरण र सस्तो मुल्यमा श्रम बेच्न बाध्य भएका छन् र जसले गर्दा उनिहरू दैनिक पारिवारिक खर्च चलाउन पनि कठिन अवस्थामा छन्। तर घरपरिवारका सदस्यहरूको एकातिर खर्चकोवृद्धि र सिमित भएको जमिन बाूझो हुंदैछ घर परिवारमा पारिवारीक असन्तुलन र विकृतिहरू बढ्दै गएको यसप्रकारका युवाहरूले ५/१० वर्ष विदेशमा समय विताई सकेको हुनेहुंदा उनिहरूमा एकातिर देशमा आएर श्रोत, साधन र श्रमलाई प्रयोगगर्ने मानसिकताबाट विमुख हुन्छन् भने सामाजिक र सांस्कृतिक चेतना विहिन हुंदै गएको अवस्था छ। यसले उनिहरूमा उपभोक्तावादी सांस्कृतिकले पछ्याउने र विवेक, विश्लेषण तर्क र योजना विहिन हुंदै अरूद्धारा निर्देशित तथा अन्धभक्तवादी प्रभावमा पर्दै गएका छन्।
सरकारी तथ्यांक अनुसार दैनिक नेपालको एयरपोर्टबाट ७११ जना जान्छन् भने भारतमा र भारतीय बाटो हुंदै पनि विदेशिएका छन्। सन् १९४७ को गोर्खा भर्तिकेन्द्र नेपालीयुवाहरू भाडाको सिपाही हुंदै आएका छन् प्रथम र दोस्रो विश्व युद्धमा साथै विभिन्न देशमा गोर्खाली सेनाहरू विदेशीहरूको लागि मृत्यु भएका छन् अपांग भएका छन्। विदेशमा नेपालीहरूको परिचय भाडाको रूपमा किन्ने वस्तुको रूपमा चिनाइएको छ। आफ्नो देशको शिक्षक, कर्मचारी हुनुभन्दा कुनै विदेशी मुलुकको सीपाही हुनुमा उनीहरू गौरव मान्दछन्। आजसम्म आइपुग्दा त्युप्रकारको श्रृंखला रोकिएको छैन अरू तिब्रतर रूपमा बढेको छ। अहिले देशमा राजनैतिक अवस्था परिवर्तन भए पनि सरकारमा गएका दलहरू मुख्यत एमाले, कांग्रेस, माओवादीहरूले युवा जनशक्तिलाई स्वेदशमा रोजगारको व्यवस्था गर्ने भन्दा पनि विभिन्न मुलुकहरूमा युवाहरूलाई विदेश पठाउने र रेमिट्यान्सबाट राज्य चलाउने दिशामा उद्धत छन्।
आजसम्म आइपुग्दा युवा जनशक्ति एकप्रकारले विदेशी राष्ट्रहरूका लागी जसरी उत्पादनका साधनको रूपमा प्रयोग हुंदै जाूदा अब सिंगो मुलुक अनुत्पादक जमातको भीड हुनेछ। विदेशी उत्पादित मालको बजार मा रूपान्तरण हुने र शक्ति राष्ट्रहरूको क्रिडास्थलमा बदलिंदै छ। सरकार प्रशासन र सुरक्षा क्षेत्रमा विदेशी शक्तिहरूको आर्थिक प्रभावका कारण राष्ट्रियतालाई विदेशी मुद्रा (डलर) ले खरिद गर्दै जाने छन् र सिंगो मुलुकको स्वाभिमानता नै गर्लम्म ढल्ने अवस्था आउने छ। त्यसकारण आज राज्य स्तरबाट गैरसरकारी संस्थाबाट मुलुकको उत्पादनशिल र उर्जाशिल जनशक्ति विदेश पलायन भएर होइन, मुलुक भित्र आफ्नो श्रोत साधन, सिप क्षमता प्रयोगगर्दै, स्वाभिमानताको साथै आफ्नो भूमिमा बाूच्ने र भावी सन्ततीको लागि नयाू सुन्दर समाजको पक्षमा उभिन आम युवा जनशक्ति तयार हुनुपर्दछ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...