जेष्ठ १० मातृका यादव नेतृतवको पुनर्गठित माओवादीले गरेको बन्दको कारण पूर्वी नेपालको जनजीवन पूर्ण रुपमा ठप्प भएको छ ।
बन्दले गर्दा लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । जसले गर्दा पूर्वी नाका काँकडभिट्टा धेरै यात्रुहरु अलपत्र परेका छन् । सडकमा फाटफुट रुपमा मोटरसाईकल, एम्बुलेन्स र कुटनीतिक नियोगका गाडीहरु कुदिरहेको छन् भने । रिक्सावालाहरुले अरु बन्दमा जस्तै यो वन्दमा पनि राम्रो आम्दानी गरिरहेका छन् ।
पूर्वी नाका काँकडभिट्टादेखि ५ किलोमिटर टाढा धुलाबारी बजारसम्म आउन रिक्सावालालाई २०० रुपैया तिर्न पनि सर्वसाधारण बाध्य भएका छन् जवकी त्यहाँको सार्वजनिक यातायातको भाडा ५ रुपैयाँ मात्र हो ।
बन्दको बारेमा अगाडीदेखि नै धेरै प्रचार प्रसार गरिएकोले पनि यसको असर धेरै परेको अनुमान गर्न सकिन्छ । केही दिन अघिदेखि विभिन्न ठाउँमा कालोपत्रे सडकमा सेतो ईनामेलको प्रयोग गरी ठूला ठूला अक्षरले १० गतेको बन्द सफल पारौं भनि लेखिएको थियो ।
यो समाचार तयार पार्दासम्म बन्दले गर्दा कुने अप्रिय घटना घटेको छैन । आशा गरौं बेलुकासम्म पनि यस्तो घटना सुन्न नपरोस् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...