एक दिनको बन्दले झापामा पन्ध्र करोडको क्षति

बिष्णुप्रसाद पोखरेल
दमक जेठ १० गते
बारम्बारको बन्द र हड्तालका कारण तथा जेठ १४ पछि के हुने हो चिन्ताले सर्बसाधारणहरुले अत्यआवश्यकीय सामाग्रीको जोहमा जुटन थालेका छन् ।
बन्दको क्रममा पूर्वी नाका काँकडभिट्टामा देखिएको एक दृश्य ।

चिनी,चामल,ग्यास लगायतका अत्यावश्यकीय दैनिक उपभोग्य सामाग्रीहरुको जोहमा सर्बसाधरण लागेका हुन् ।
तोपगाछीकी भावाना सिग्देलले कम्तिमा पनि पन्धै दिनका लागि घरमा आवश्यक सबै सामाग्री दमक आएर लगिएको बताइन् ।
अहिले सर्बसाधरण नागरिकमा जेठ १४ पछि के हुने हो सन्त्रास पैदा हुन थालेको छ भने बारम्बारको बन्द र हड्तालका कारण जनजीबन समेत नराम्रो संग प्रभावीत बन्न थालेको छ ।
बन्दका कारण ब्यापार ब्यवसाय समेत नराम्रो संग प्रभावित भएको छ भने यसले हजारौको राजीरोटी समेत गम्ने गरेको छ ।
झापामा मात्र एक दिनको बन्दका कारण पन्ध्र करोड भन्दा बढीको ब्यापार कारोबारमा घाटा हुने गरेको बताइएको छ ।
झापा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार झापा जिल्लामा सरदरमा एक दिनको बन्दले त्यो दिन पन्ध्र करोड भन्दा बढीको क्षति पुग्ने गर्छ ।
प्रत्यक्ष अप्रत्यक्ष रुपमा चालीस हजार जनाको दैनिक ज्यालामा यसले असर पुर्याउने गरेको छ ।
स साना कुरामा बन्द गरिदिने र यसको असरको बिषयमा ख्याल नगरिएका कारण यसको मारमा ब्यापारी ब्यवसायी देखि लिएर ज्यालादारि गर्ने श्रमिक सम्म मारमा परेको घिमिरे बताउँछन् ।
बीस हजार भन्दा बढी तलबी कर्मचारी झापाका बिभिन्न उद्योग,ब्यापार तथा ब्यवसायको क्षेत्रमा काम गरिरहेको अनुमान रहेको छ भने यसमा बीस हजारले काम गरेको दिनको मात्र ज्याला पाउने भएकाले त्यस्ता परिवारको राजीरोटी समेत गुम्ने गर्दछ ।
एक दिनको बन्दले त्यो दिन मात्र नभएर त्यसको असर दिर्घकाल सम्म रहने र थप करौडोको घाटा समेत हुने ब्यवसायीहरु बताउछन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...