रोहित राई, धरान, वैशाख २२- एक किशोरीमाथि यौन शोषण गर्ने व्यक्तिलाई संरक्षण गरेको भन्दै स्थानीयवासीले पारालिगल संस्थाकी अध्यक्ष इनु अधिकारीको घर जलाइदिएका छन्। प्रहरी र स्थानीयवासीबीच तनाव हुँदा झडप भएको थियो। झडपका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन्।
प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै वैशाख १८ देखि पीडित पक्ष एवं स्थानीयले दिनहुँ प्रहरी कार्यालय घेराउ गरिरहेका छन्।
प्रहरीले बुधबार घटनाबारे छलफल गर्न डाकेको सर्वदलीय बैठकमै आक्रोशित स्थानीयले अधिकारीलाई साथ दिएको भन्दै राप्रपा नेता एवं जिल्ला संयन्त्रका सदस्य कालुराम चौधरीलाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। पीडितलाई न्याय दिनुको साटो पीडकलाई साथ दिएको भन्दै आक्रोशित स्थानीयले गाविस कार्यालयमा तोडफोड गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन थप सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।
गासिव संयन्त्रका सदस्यसमेत रहेका गणेश अधिकारीले घरमा काम गर्न राखिएकी भुजेल थरकी १५ वर्षीया किशोरीलाई विगत ५ महिनादेखि यौन शोषण गरिरहेको अभिभावक एवं स्थानीयको आरोप छ।
पीडित किशोरीले वैशाख ११ गते राति विष सेवन गरेपछि मात्रै यसको रहस्य खुलेको थियो। विष सेवन गरेपछि उनलाई तत्काल उपचार गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
वैशाख १५ गते डिस्चार्ज भएर घर फर्किएपछि किशोरीको योनीबाट रक्तस्राव भएपछि उपचारको बहानामा गर्भपतन गराएको हुनसक्ने पीडितका अभिभावकले आशंका गरेका छन्। प्रहरीले बुधबार बिपी प्रतिष्ठानमा उनको स्वास्थ्य परीक्षण गराएको छ।
स्थानीय दलका नेता, प्रहरी र पारालिगल नामक संस्थाले घटनालाई दबाउने प्रयास गरेर पीडक अधिकारीको सरंक्षण गरिरहेको स्थानीयको आरोप छ। अघिल्लो दिन जाहेरी लिन अस्वीकार गरेको महेन्द्रनगर प्रहरी कार्यालयले स्थानीयले घेराउ गरेर दबाब दिएपछि मात्रै बैशाख १८ गते जाहेरी दर्ता गरेको थियो। प्रहरी निरीक्षक राजेन्द्र थापा र अधिकारी दिनहुँ साँझमा सँगै रक्सी पिउने साथी भएकाले सुरुमा जाहेरी दर्ता गर्न नमानेको र जाहेरी दर्तापछि पनि अभियुक्त पक्राउ गर्न चासो नदेखाएको पीडित परिवार एवं स्थानीयको आरोप छ।

'अहिले पनि बनावटी कुरा गरेको हो भन्दै जाहेरी फिर्ता लिन धम्की दिँदैछन्। अरुसँग २ लाखमा मिलाउने भन्दै हिँड्दैछन्,' पीडितकी ठूलीआमा चन्द्रकला भुजेलले भनिन्। पीडितकी आमा गोमा भुजेलका अनुसार अधिकारीको डरको कारण जाहेरी लेखिदिन कसैले पनि मानेको थिएन।
पीडक अधिकारी पारालिगलकी अध्यक्ष इनु अधिकारीका सहोदर भाइ भएकाले पारालिगलले पनि पीडितलाई न्याय दिलाउन चासो नदेखाएको स्थानीयको भनाइ छ।
पारालिगल अध्यक्ष अधिकारी प्रहरी कार्यालयमा बसेकी छन्। 'अरु बेला पारालिगलले नै यस्तो मुद्दामामिला प्रहरीमा पुग्नुअघि नै हेर्ने गर्थ्यो,' स्थानीय चित्र राईले भने, 'तर अध्यक्षको भाइ परेकाले यसमा कुनै चासो नै देखाएन।'

५ महिनाअघि प्रहरी निरीक्षक थापासँग पार्टी खाएर घर आएका अधिकारीले एक्कासी अँगालो मार्दै जबर्जस्ती गरेको र २ महिनायता महिनावारी पनि रोकिएको पीडित किशोरीले बताइन्।
अस्पतालबाट बिहीबार घर फर्किएपछि रगत बगे पनि आफू बेहोस भएकोले गर्भपतन गराए, नगराएको बारे थाहा नभएको उनको भनाइ छ।
आरोपी अधिकारीका पत्नी र २ छोराछोरी छन्। पारालिगलकी अध्यक्ष इनु अधिकारीले भाइलाई संरक्षण नगरेका दाबी गरिन्। 'भाइसँग मेरो कुनै सरोकार छैन, उसलाई मैले लुकाएको पनि छैन। पारालिगलले यो घटनालाई थाहा पाएदेखि नै चासो दिएको छ,' प्रहरी सुरक्षा घेरामा रहेकी उनले भनिन्।
प्रहरी निरीक्षणक राजेन्द्र थापाले अभियुक्त संरक्षण गरेको अस्वीकार गर्दै उनी लुक्न सक्ने स्थान र आफन्तको घरमा खोजी तीब्र पारेको बताए।
प्रहरी निरीक्षणक राजेन्द्र थापाले अभियुक्त संरक्षण गरेको अस्वीकार गर्दै उनी लुक्न सक्ने स्थान र आफन्तको घरमा खोजी तीब्र पारेको बताए।
Via Source:- Nagariknews
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...