गोली हानेको विरोधमा राजमार्ग बन्द

कारबाही नभएसम्म बन्द खोल्दैनौः यातायात मजदुर
मङ्गलबारे (इलाम), २२ वैशाख। बसका सहचालक पूर्णबहादुर थापालाई गोली हानेको विरोधमा यातायात मजदुरहरूले आजदेखि अनिश्चितकालीन मेची राजमार्ग बन्द गराएका छन्। गोली प्रहार गर्ने समूहलाई पक्राउ गरी कारबाही नभएसम्म बन्द जारी राख्ने उनीहरुले बताएका छन्।
झापाको विर्तामोडबाट ताप्लेजुङतर्फ गइरहेको मे १ ख ७११ नम्बरको बसका सहचालकलाई ताप्लेजुङको खहरेमा अज्ञात समूहले गोली प्रहार गरेको विरोधमा मजदुरहरूले राजमार्ग बन्द गराएका हुन्।
बन्दका कारण लामो दूरीका कुनै पनि सवारीका साधन चलेका छैनन्।
इलामबाट पाँचथर, ताप्लेजुङ तथा झापामा गाडी चलेको छैन। बन्दका कारण यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्। दूधको गाडी, एम्बुलेन्स, शव वाहन, विवाह, पत्रकार र कूटनीतिक नियोगका सवारीसाधन भने चलेका छन्। रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...