झापा /९ जेष्ठ नेपाल पत्रकार महासङ्घले शान्ति र संविधनका लागि दवाव दिन आजवाट हस्ताक्षर अभियान सुरु गरेको छ । महासंघको केन्द्रीय कार्यक्रम अनुसार सुरु हस्ताक्षर अभियानको आज झापाको विर्तामोडमा एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
![]() |
हस्ताक्षर गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेल । |
सो अभियानको महासंघ झापाका पुर्व अध्यक्ष माधव विद्रोहिले उद्घाटन गर्नुभयो । मुलकुका अन्य जिल्लामा भने भोलीवाट मात्रै हस्ताक्षर संकलन सुरु गरिने छ । ‘जनतासमक्ष गरेको वाचा पूरा गर !’ ‘शान्ति, सहमति र संविधान ः नेपाल पत्रकार महासङ्घको अभियान ।’ भन्ने नारासहित महासंघका देशभर रहेका सम्पुर्ण साखाहरुले हस्ताक्षर अभियानको थालनी गरेका हुन ।
शान्ति, सहमति र संविधानलाई पहिलो प्राथमिकता दिई जनभावनाअनुरूप शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याई संविधान जारी गर्न राजनीतिक दललाई दवाव दिने उद्देश्यले झापामा सुरु गरिएको हस्ताक्षर भोली बिहान जिल्ला प्रशासन कार्यालय मार्फत संविधानसभा समक्ष पठाउने कार्यक्रम रहेको छ ।
भोली विहान चन्द्रगढीमा भेला भएर ¥याली र प्रदर्शन सहित झापाका प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाका अध्यक्ष सुभास नेम्वाङ्ग समक्ष संकलित हस्ताक्षर वुझाइने महासंघ झापाका अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो ।

दलहरुबीचको सहकार्य, सहमति र समझदारीबाट मात्र काम सम्पन्न हुने भन्दै महासङ्घले शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रियामा देखिएका गतिरोध अन्त्य गर्न माग गर्दै आएको छ ।
महासङ्घले संविधानसभाको म्याद सकिन अब केहि दिन मात्र बाँकी रहँदासमेत सहमतिका आधारमा शान्ति र पूर्ण लोकतान्त्रिक संविधानको सुनिश्चितताका लागि मुख्य दलहरु गम्भीर नभएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउन भोलीवाट देशव्यापी रुपमा विरोध प्रदर्शन गर्नलागेको महासचिव ओम शर्माले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...