सञ्जिव चापागाई
झापा ९ जेष्ठ / खस क्षेत्री समाज राष्ट्रिय मञ्चले आज आह्वान गरेको पुर्वाञ्चल वन्दको प्रभाव आंशिक रुपमा परेको छ । बन्दका कारण पुर्वको झापा, सुनसरी लगायतका जिल्लाहरुमा आंशिक प्रभाव परेको छ भने मोरङ्गमा वन्दको प्रभाव पुर्ण रुपमा परेको छ ।

बन्दका क्रममा विर्तामोड मुटु मुक्तिचोकमा देखिएको सुनसानको एक दृष्य । तस्विर मेचीनगर अनलाईन |
त्यस्तै पुर्वी पहाडी जिल्ला इलाम र ताप्लेजुङ्गमा भने यातायात तथा वजार–पसल र शिक्षण संस्था समेत वन्द रहेका छन । अन्य पहाडी जिल्लामा वन्दको प्रभाव सामान्यमात्रै परेको हाम्रा सहकर्मिहरुले जनाएका छन ।
वन्दकर्ताले मोरङ्गको विराटनगरमा वन्द उल्ङ्घन गरेको भन्दै ४ वटा सवारी साधनमा तोडफोड गरेका छन । प्रहरीले जबरजस्ती पसल बन्द गर्ने तथा सवारी तोडफोड गर्ने दर्जनवढी बन्दकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । झापामा काकरभिट्टावाट पश्चिमतर्फ आउने सवारी साधन पातलो मात्रमा चलेका छन भने अन्य क्षेत्रमा पनि नियमित भन्दा केहि कम मात्रमा सवारी साधन सञ्चालनमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मञ्चले क्षेत्री समुदायलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, जातीय आधारमा राज्यको विभाजन गर्न नपाइने, भौगोलीक आधारमा मात्र राज्य विभाजन गरिनुपर्ने लगायतको माग अघि सारेको छ । आज एक दिने पुर्वाञ्चल वन्दको आह्वान गरिएको र आफ्नो वन्दलाई वेवास्था गरिए कडा संघर्षमा उत्रने क्षेत्री समाजका महासचिव देवेन्द्र किसोर ढुङ्गानाले जानकारी दिनुभयो ।
हिजो सरकार संग वार्तापछि बन्द फिर्ता भए पनि पूर्वाञ्चलमा बन्द जारी रहेको सन्दर्भमा मञ्चका केन्द्रीय महासचिव ढुङ्गानाले सरकारले हड्ताल गर्ने पक्षसित वार्ता नगरी हड्तालमा नउत्रेका पोखरास्थित खसक्षत्री समाजसित वार्ता गरेकाले पूर्व घोषित कार्यक्रमअनुसार आज हड्ताल गरिएको जानकारी गराउनुभयो ।
उता खस क्षेत्री एकता समाजले भने सरकार संग हिजो साझ भएको वर्तामा एक महिनाभित्रमा कार्यदल गठन गरेर माग सम्वोधन गर्ने सहमति भएपछि आज विहानवाट वन्दका सवै कार्यक्रम फिर्ता लिएको थियो । क्षेत्रीहरुकै एक समुहले सरकारसंग सहमति गरेपनि सहमति विपरीत अर्को समुहले आज पुर्वाञ्चल वन्दको आह्वान गरेको हो

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...