चियाबगान बचाउन राजनीतिक दल

इलाम÷ सरकारले इलाम चिया कारखाना व्यक्तिलाई भाडामा दिएर इतिहास मेट्न लागेको भन्दै त्यसविरुद्ध राजनीतिक दल यसको बचाउमा लागेका छन् । त्यस्ता दलले युनेस्को र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने निर्णय पनि गरेका छन् । 
 चिया कारखाना ऐतिहासिक महŒवको भए पनि त्रिवेणी संघाई समूहलाई भाडामा दिएर सरकारले ऐतिहासिक सम्पत्तिको नोक्सान गरेकाले नगरपालिकाको दलीय संयन्त्रले मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
संयन्त्रको बैठकले १ सय ४८ वर्षे इतिहास बोकेको इलाम चिया कारखाना भाडामा दिएपछि त्यसभित्र रहेका सामग्री हराएको भन्दै मुद्दा दायर गर्ने निर्णय गरेको नेकपा एमालेका महेश बस्नेतले बताए । सरकारले ०५७ सालमा त्रिवेणी संघाई समूहलाई इलाम चिया कारखाना र बगान ५० वर्षका लागि भाडामा दिएको थियो । 
संघाई समूहले लिजमा पाएपछि कारखानको संरक्षण गर्नुको साटो मास्ने मात्र काम गरिरहेको स्थानीयवासी बताउँछन् । कारखानामा भएको चिया पेल्ने मेसिन पनि संघाईले लगेको छ । संघाईले मेसिन लगेपछि इलाममा चिया बनाउन छाडिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...