देबु बानिया
झापा २२ वैशाख÷ झापाको मेचीनगर १० काकरभिट्टास्थीत पुरानो भन्सारबाट बिहिबार प्रहरीले तीन थान बमसहित चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय काकरभिट्टाका प्रहरी इन्चार्ज देबी प्रसाद फागोको नेतृत्वमा गएको प्रहरी टोलीले काकरभिट्टाबाट जनकपुर जादै गरेको मे १ ख ९०५ नम्बरको बसबाट इम्प्रोभाइस्ड एसकोसिप डिबा्इसेस नामको बम सहित चार जनालाई दिउसो ११ः४० पुरानो भन्सार अगाडी महेन्द्र राजमार्गमा पक्राउ गरेको हो । भारतबाट ल्याइ पश्तिम तफ लैजादै गरेको उक्त बम पुरानो भन्सार पुगेपछि प्रहरीलाई शंकालागेर चेकजॉच गर्दा कालो प्लाष्टिकको झोलामा लुकाईराखेको अवस्थामा बरामद गरिएको हो ।
प्रक्राउ पर्नेहरुमा भारत जल्पाइगुडी बस्ने सशस्त्र सिमा सुरक्षा बल भारतमा कार्यरत २५ बर्षिय मुकेश कुमार राय, भारत सुपोल पिपरथान बस्ने ३५ बर्षिय दिनेश चौधरी, ओखलडुङ्गा भेदीगुड ३ बस्ने शंकर क्षेत्री र अनारमनी ३ डेरा गरी बस्ने १७ बर्षिय श्याम राई रहेका छन । उनीहरु चारै जनालाई इलाका प्रहरी कार्यलय काकरभिट्टामा अनुसन्धानका लागि राखिएको छ । उनीहरुलाई बिष्पोटक पदार्थ ऐन अन्तरगत कार्वाही गरिने जिल्ला प्रहरी प्रमुख रबिन्द्र शर्माले बताउनुभयो । यसैगरी दिनदाहाडै बम फेला परेपछि मेचीनगर दिनभर तनाबग्रस्त रहयो । मेचीनगरका बासिन्दा दिनभरी त्रसित बनेका थिए ।

उक्त बमलाई चाराआलीबाट आएको सेनाको टोलीले दिउसो ३: ३० बजे मात्र शशस्त्र प्रहरी बल कार्यलय काकरभिट्टा पछाडीपट्टि रहेको खाली ठाउ‘मा लगेर डिष्पोष्ट गरेको थियो । उनीहरुले उक्त बम के कति कारणले ल्याइका हुन भन्ने कुरा चॉहि खुल्न सकेको छैन । झापाको विर्तामोडमा गएको आइतबार प्रहरी हवल्दार अम्बिका पोखरेललाई गोली हानेको हप्तादिन बित्न नपाउदै काकरभिट्टामा बम फेला पर्नुले पूर्वमा ठूलै अपराधिक गिरोह सक्रिय रहेको आशंका रहेको छ । केहि महिना अघि मात्र नेपालगञ्जमा माइक्रोबस भित्र बम विष्पोटन गराएको थियो । तराइमा दिनदिनै श्रृखलात्मक अपराधिक घटना बढ्दै गइरहेकाले सरकारले विशेष सुरक्षा अपनाएर देशभर कडा रुपमा चेकजॉच गर्दै आएको थियो । मेचीनगर क्षेत्रमा मात्र तीन स्थानमा प्रहरीलेचेक गर्दै आएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...