झापामा जनगणनाको तिव्र तयारी

आगामी महिनाबाट हुने जनगणनाका लागि झापामा तयारी तिव्र पारिएको छ । जनगणनाकै लागि झापामासमेत जिल्ला जनगणना कार्यालय स्थापना भईसकेको छ । सोहि कार्यालयमार्फत तयारी तिव्र पारिएको हो ।
जिल्ला जनगणना कार्यालयका अनुसार जेठ-१ देखि हुने जनगणना कार्यक्रम दुइ चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा जेठ-१ गतेदेखि १८ गतेसम्म सुपरिवेक्षणको कार्य र असार-३ गतेदेखि १३ गतेसम्म गणनाको कार्य हुनेछ । कार्यालय प्रमुख कपिल तिमल्सेनाका अनुसार सुपरिवेक्षक र गणकलाई कार्य क्षेत्रमा जानुअघि ७ दिनको अभिमुखीकरण तालिम दिईने छ ।
झापा जिल्लामा मात्र करिव ९ सयको सङ्ख्यामा खटिएका गणक र सुपरिवेक्षकले झण्डै ४५ दिन लगाएर २ चरणमा जनगणना गर्ने छन् । सोका लागि नायव सुव्वा वा सो सरहका १ सय ९० र खरिददार वा सो सरहका ७ सय कर्मचारी खटिने छन् । तीमध्ये धेरैजसो विद्यालयका शिक्षक रहने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
झापामा जनगणनामा करिव ९ सयको सङ्ख्यामा खटिएका गणक र सुपरिवेक्षकमध्ये धेरैजसो विद्यालयका शिक्षकहरु पर्नेछन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक काशीनाथ खनालका अनुसार १ सय ५० जना निम्न माध्यमिक तहका शिक्षकहरु सुपरिवेक्षकमा र ६ सय २५ जना प्राथमिक तहका शिक्षकहरु गणकमा खटिने छन् ।
विष्णु  पौडेल

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...