काठमाडौ, ११ जेठ । सहमतिमा संविधानसभाको म्याद थपको विवादमा सुल्झाउँदै शान्ति र संविधान निर्माण कार्यलाई सुनिश्चित गर्न भोली विहान राजधानीको शान्ति बाटिकमा बृहद नागरिक दवाव सभा हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालको आयोजनामा शान्ति बाटिकामा विहान ७ बजेबाट हुने नागरिक दवाव सभामा मानवअधिकारबादी, नागरिक समाजका प्रबुद्ध वर्ग, बरिष्ठ कलाकार, उद्योगी ब्यवसायी, विद्यार्थी, शिक्षक पत्रकार र पेशाकर्मी लगायत सबै तह र तप्काका नागरिकहरुको सहभागिता रहने क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभएको छ ।
धमलाले दलहरुवीच सहमति बन्न नसकिरहेको अवस्था शान्ति र संविधानको राष्ट्रिय कार्यभार अन्यौलमा परेको बेला क्लबले त्यसको सुनिश्चितताकोलागी दलहरुलाई दवाव दिने उद्देश्यको साथ नागरिक सभा गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले शान्ति र संविधानको जिम्मेवारीबाट कुनै पनि दल भाग्न नहुने भन्दै नागरिक सभा मार्फत नागकिरकहरुले दलहरुलाई भाग्न कुनै पनि हालतमा नदिने प्रति सचेत गराउने बताउनुभयो ।
क्लबले आयोजना गर्न लागेको सभामा दुई दर्जन बढी संघसस्थाहरुको एक्यबद्धता समेत रहेको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...