गाई काट्नेलाई गौहत्याको मुद्दा


गाई काट्ने दमक १२ का यमराज शिवालाई गौहत्याको मुद्दा चलाइने भएको छ ।
गौहत्या गरेको अभियोगमा उनी हिजो पक्राउ परेका हुन् । मुलुकी ऐनको दफा ११ अनुसार उनलाई मुद्दा चलाउने तयारी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अभियोग ठहरिए काट्नेलाइ १२ बर्ष कैद र काट्न सहयोग पुर्‍याउनेलाई ६ बर्ष कैद हुने प्रावधान रहेको प्रहरी निरीक्षक नबिन कार्कीले बताउनु भयो ।
यस्तै मुद्दा गत फागनु महिनामा बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका तीनजना शरणार्थीलाई पनि चलाइएको थियो । उनीहरु २० दिन हिरासतमा बसी तारेखमा रिहा भएका छन् ।

यसरी कसैको घरमा बाँधेर राखेको गर्भवति गाईलाई नजिकैको खोलामा लगेर हत्या गर्ने शिवालाई हदैसम्मको कानूनी कारवाहीको माग सर्वत्र उठ्न थालेको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...