गौ हत्याको सर्वत्र विरोध, पूर्वाञ्चल समेत ठप्प पार्ने चेतावनी


झापा /झापाको दमकमा दुइ दिन अघि राष्ट्रिय जनावार गाई काटेर मासु खाएको विषयलाई लिएर ब्राह्मण समाज नेपालले आज विरोध ¥याली सहित प्रदर्शन गर्नुका साथै एक घण्टा यातायात समेत ठप्प पारेका छन ।

दमक स्थित रेडक्रस हलमा जम्मा भएर निकालिएको ब्राह्मण अगुवासहितको ¥याली दमक १२ स्थित गाई काटिएको स्थानमा पुगी पूजा सहित शोक सभा र कर्मक्रिया गरेको थियो । गाईको श्राद्ध प्रश्यात पाँच सय वढीको संख्यामा सर्वसाधारण सहभागि ¥यालीले नगरको परिक्रमा गर्दै दमक चोकमा पुगेर दिउसो साढे दुइ वजेदेखि एक घण्टा सम्म यातायात ठप्प पारेका थिए ।

अपरान्ह साढे ३ वजे कोणसभा पछि यातायात खुलाईएको पत्रकार विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो । ¥यालीमा सहभागिहरुले गाई काट्न पाइदैन, गाई हत्या गर्ने लाई कारवाही गर लगायतका नारावाजी गरेका थिए ।
न्यूज फ्लोअप
कोणसभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धामका प्रचार्य पुष्पलाल निरौला, ब्राह्मण समाज झापाका अध्यक्ष टिका खरेल, क्षेत्री समाजका जगत वोहोरा, गजेन्द्र चापागाई लगायतले व्रह्मण क्षेत्री एकता हुनु पर्ने चर्चा गर्दै पुन हिन्दु राज्य स्थापनाको माग गरेका छन ।
व्रह्मण समाजले गौ हत्याको विरोध गर्दै जेठ ११ गते जिल्ला प्रशासन घेराउ गर्ने, १२ गते राके जुलुस र सिटि जुलुस प्रदर्शन गर्ने तथा १३ गते पुर्वाञ्चलमा आमहडताल गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
यसैविच गाइ काट्ने दमक १२ का यमराज शिवालाई गौहत्याको मुद्धा चलाइने भएको छ । गौ हत्याको आरोपमा उनि दुइदिन अघि पक्राउ परेका थिए । मुलुकी एनको दफा ११ अनुसार उनलाई मुद्ध चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अभियोग ठहरिए उनलाई १२ वर्ष कैद र काट्न सहयोग पु¥याउने अन्यलाई छ वर्ष कैद हुने प्रावधान रहेको प्रहरी निरीक्षक नविन कार्कीले जानकारी दिनुभयो ।
यस्तै मुद्धा गत फागुन महिनामा बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरका तीनजना शरणार्थीलाई पनि चलाइएको थियो ।उनिहरु २० दिन हिरासतमा वसी तारेखमा रिहा भएका छन ।
यसैविच नेपालको राष्ट्रिय जनावार र विश्वका सम्पुर्ण हिन्दु धर्मावलम्वीहरुले माता लक्ष्मीका रुपमा आरधना गर्दै आएको गौ माताको झापाको दमकमा हत्याभएको घटनाप्रति गौरीशंकर व्रम्हपीठ संस्कृत विद्या आश्रम निर्माण समिति डागिवारी, दुर्गा हनुमान मन्दिर धाइजन, पाञ्चायन मन्दिर धाइजन तथा चारपानेका कांग्रेस कार्यकर्ताले आपत्ती जनाएका छन ।
गौरीशंकर ब्रमह्पीठ संस्कृति विद्या आश्रम निर्माण समिति धाइजन, दुर्गा हनुमान मन्दिर धाइजन र पञ्चायन मन्दिर धाइजनका तर्फवाट तिलकप्रसाद गिरीले तथा चारपानेका कांग्रेसका गाउ समित सभापति रामलाल उप्रेती तथा दिननाथ सिग्देल लगायत दुई दर्जन वढी कांग्रेस कार्यकर्ताले आज अलग अलग विज्ञप्ति जारी गरी घटनामा संलग्न सवैलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेका छन ।
उक्त घटनाले नेपाल र नेपालीको पहिचान र राष्ट्रियतासंगै समस्त हिन्दु धर्मावलम्वीहरुको भावनामा ठोस पु¥याएको जनाउदै घटनाले ससस्त हिन्दुमार्गीहरु स्तव्ध र मर्माहत मात्र नभई आक्रोशित समेत वनेको विज्ञप्ति मार्फत जनाइएको छ ।
उक्त घटना हिन्दुधर्मका कट्टर विरोधीले षड्यन्त्रमुलक ढंगले हिन्दु धर्ममाथी आक्रमण गरिएको जनाइएको छ । साथै विज्ञप्ति मार्फत आफ्नो मागलाई वेवास्था गर्दै दोषीलाई कारवाही भएन र पुन यस्ता घटना दोहोरीएमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...