झापा ८ जेष्ठ
खस क्षेत्री समाज राष्ट्रिय मञ्च झापाले आज आईतबार उपत्यका वन्दका क्रममा प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ताको विनासर्त रिहाइको माग गरेको छ ।
समाजले आज (आईतबार) एक विज्ञप्ति जारी गरी संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन केन्द्रिय समितको आह्वानमा भएको शान्तिपुर्ण वन्दका क्रममा प्रहरीले धरपकड गरी आफ्ना ४ सय भन्दा वढी कार्यकर्ता पक्राउ गरेको भन्दै उनिहरुलाई विनासर्त रिहाइको माग गरेको हो ।
खस क्षेत्री समाजका अध्यक्ष खड्गवहादुर खड्का र महासचिव देवेन्द्र किशोर ढुङ्गानाले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा तत्काल आफ्ना कार्यकर्ता रिहा नगरे भोली झापामा मसाल जुलुस सहित विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
साथै समाजले दोस्रो चरण अन्तरगत जेठ १३ गते आम हडतालको कार्यक्रम रहेको समेत जनाएको छ ।
aam hadtaal chai kata kata ho..???????
ReplyDelete