अझैसम्म पनि ठेक्का लागेन सुख्खा बन्दरगाह



लक्ष्मी उप्रेती 
मेचीनगर, १९ बैशाख
झापाको मेचीनगरमा करिव ४० करोडको लागतमा नवनिर्मित सुख्खा बन्दरगाह अझै ठेक्कामा लाग्न सकेको छैन । अन्तर्राष्ट्रिय व्यापारमा ढुवानी तथा पारवाहन खर्चमा कमी ल्याई निकासी व्यापार प्रबद्र्धन गर्दै मुलुकको समग्र अर्थतन्त्रलाई मजबुत तुल्याउने प्रमुख उद्देश्यले बन्दरगाह निर्माण गरिएको थियो ।
एसियाली विकास बैङ्ककको ऋण सहयोगमा भौतिक योजना तथा निर्माण मन्त्रालय सडक विभाग आयोजना निर्देशनालयद्धारा काँकरभिट्टाको मेची भन्सार परिसरमा निर्माण गरिएको सो बन्दरगाह आठ महिना अघिदेखि सञ्चालनमा रहेको छ । हालसम्म वीरगञ्ज, विराटनगर र भैरहवामा सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भई सञ्चालनमा समेत ल्याइएको छ । ती बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल इनटरमोडल यातायात विकास समितिले निजी क्षेत्रलाई दिएको भए पनि काँकरभिट्टास्थित बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन कार्यको जिम्मा समिति आफैले लिएको छ ।
काँकडभिट्टाको खानेपानी टयाङ्कीको टुप्पोबाट देखिएको बन्दरगाहको
एक दृष्य तस्विर सौजन्य:-  मेचीनगर झापाली फेसबुक समूह
 बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने समितिको नीति रहेपछि पटक पटक टेण्डर प्रक्रियाबाट यौग्य कम्पनी छनोट नभएकाले हालसम्म समितिले नै सञ्चालन तथा व्यवस्थपान गर्नुपरेको समितिका लेखापाल बिनोदकुमार रेग्मीले मेचीनगर अनलाईनलाई जानकारी दिए । 
बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विकास समितिले धेरै पटक टेण्डर आह्वान गरे पनि निजी क्षेत्रले त्यसको सञ्चालन र व्यवस्थापनमा खासै चासो देखाएको छैन । समितिले १० बर्षका लागि करिब १६ करोड रुपैयाँमा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भन्दै टेण्डर आह्वान गरेको थियो । तर, निजी कम्पनीले उक्त रकम महँगो भएको भन्दै टेण्डर हालेका छैनन् । निकट भविष्यमै अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट सुख्खा बन्दरगाह सञ्चालनका लागि छनोट भएको कम्पनीलाई सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिने लक्ष्य समितिको रहको बताइएको छ । 
भन्सार एजेण्डहरुका लागि परिसरमै बनाइएका कोठाहरु समेत अहिलेसम्म भाडामा लाग्न सकेका छैनन् । समितिले प्रतिकोठाको भाडाँ सुरुमा प्रतिस्क्वाएर फुट ७५० रुपैयाँ भनी टेण्डर आह्वान गरेको थियो । त्यसमा कसैको टेण्डर नपरेपछि अहिले घटाएर ३२५ रुपैयाँमा झारेको एक भन्सार एजेण्टले बताए । उनले भने ‘यत्रो महँगो भाडा तिरेर व्यवसाय चलाउन सकिदैन ।’

समाचार स्रोत झापाको विर्तामोडबाट प्रकाशित हुने प्रतिदिन दैनिक  


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...