‘दैवले पनि मलाई मात्र देखेछन् । म जस्तो दुःखी सायद संसारमा नै कोही छैन होला । हातपाउ वसिसके । अव मेरा शेखपछि यिनीहरुलाई स्याहार्ने कोही हुँदैन । यहि दुःख लाग्छ”, यसरी आफ्नो दुःख पोखिरहँदा मोरङ जिल्लाको इटहरा गाविस ७ स्थित दाम्राभिट्टा का ६५ वर्षीय तुलसीराम ढुङ्गानाका आँखावाट वलिन्द्र आँशु खसे । घरीघरी कमिजको फेरले आँशु पुस्दै उहाँ आफ्नो भाग्य धिकार्नु हुन्थ्यो । उहाँले आफ्ना पाँच सन्तान घरमा अपाङ्ग भएपछि भोग्नु परेको पिडाले उहाँलाई यस्तो विरक्तिने अवस्था वनाएको हो ।
विहान जुरुक्क उठेर उनीहरुले रातभरी विगारेको ओछ्यान सफा गर्नुपर्छ । खाना वनाएर खुवाउनु पर्छ । उनीहरुकै हेरचाह गर्न भ्याई नभ्याई हुन्छ दुइजना वुढावुढीलाई । ‘म काम गर्न नसक्ने भएपछि तीन वर्षदेखि भएको डेढ विगाहा जग्गासमेत ठेक्कामा दिएको छ । ठेक्कावाट आएको आम्दानीले मात्र घर चलाउन नपुग्ने हुनाले श्रीमतीको पाखुराको भरमा खानु परेको छ’, ढुङ्गानाले दुखेसो सुनाउनु भयो ।
यसरी एकपछि अर्को गर्दै सन्तान अपाङ्ग भएपछि ढुंगानाले सामाजिक रुपमा अपमानित भएको महशुस गर्नुभएको छ । आफन्त र नाता गोताको आवतजावत पनि कम भएको छ । रोग सर्छ भन्ने मानसिकतामा मानिस कम आउने गरेको उहाँ बताउनु हुन्छ ।
यसरी परिवार अपाङ्ग भएको सो परिवारलाई विषेश आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक सुरक्षा अर्न्तगत पूर्ण रुपमा अपाङ्गताको रातो कार्ड उपलव्ध गराइएको छ । सोही आधारमा सरकारले दिने गरेको समाजिक सुरक्षा भत्ता वापत पाँचै जनालाई प्रति व्यक्ति एक हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।
ढुंगानाका यी पाँच सन्तान वाहेक अन्य तीन जना सवल रहेका छन् । उनीहरु आफ्नो घर चलाएर वसेका छन् ।
Via Source:- Purbeli Times
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...