नेपाल पत्रकार महासङघ 
                झापा शाखा 

                   प्रेस विज्ञप्ति 
संक्रमणकालको फाइदा उठाउँदै बिभिन्न किसिमका संगठित तथा अन्य आपराधिक गिरोहद्वारा पत्रकारहरु प्रताडित बन्ने गरेको घटना बैशाख ३ गते राति झापाको दमकमा दोहोरिएको छ ।
 नेपाल पत्रकार महासंघका सदस्य, प्रेस चौतारी झापाका सहसचिब तथा स्थानीय पूर्व सन्देश दैनिकमा कार्यरत पत्रकार मनकुमार गदाल राति १० बजे पत्रिकाको कार्यालयबाट दमक १३ स्थित निबासतर्फ जाँदै गर्दा उहाँमाथि हातमा खुकुरी बोकेका नकाबधारीले लुटपाट गरे । त्यहाँ पत्रकार गदालको साथबाट मोबाइल र केही नगद समेत लुटिएको छ ।
 यो घटनाले प्रकारान्तरले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अभ्यासमा क्रियाशिल पत्रकारहरुमाथिको त्रास र त्यससृजित तनाबको संकेत गर्छ । महासंघ झापा यो घटनाको कडा शब्दमा निन्दा गर्छ । साथै, घटनाको अनुसन्धान गरी तत्काल दोषीमाथि कानुनी कार्बाहीको लागि स्थानिय प्रशासनसँग जोडदार माग गर्दछ । 
                                                    

                                                गणेश पोखरेल 
                                                    अध्यक्ष
                                      नेपाल पत्रकार महासंघ झापा शाखा

           मिति २०६८÷०१÷०४                                    

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...