भारतको दार्जिलिङमा नेपाली टेलिभिजन च्यानलहरुलाई प्रतिवन्ध लगाईएको छ ।
१५ औं विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम वंगाल राज्यको निर्वाचन आयोगले नेपाली टेलिभिजन च्यानलहरुलाई प्रतिवन्ध लगाएको हो । नेपाली च्यानलसंगै आयोगले बंगालादेशि च्यानलहरुलाई समेत प्रतिवन्ध लगाएको छ । निर्वाचनका बेला नेपालीभाषिलाई उक्साहट हुने किसिमका कार्यक्रमहरु प्रशारण हुन सक्ने भन्दै प्रतिवन्ध लगाइएको त्यहा“को निर्वाचन आयोगले जनाएको छ । आयोगले यसपटक विधानसभा चुनावलाई निक्कै महत्वका साथ लिदै विदेशी च्यानलहरुलाई कडा निगरानिमा राखिएको जनाएको छ । नेपाली छापालाई समेत निगरानिमा राखिएको आयोगले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...