दमक, वैशाख ५ गते । सञ्चारमाध्यमले महिलाका मुद्दालाई पर्याप्त मात्रामा नउठाएको दमकका अगुवा महिलाले बताएका छन् । झापाको दमकमा आयोजित एक अन्तक्रिर्यामा सहभागी महिलाले यस्तो बताएका हुन् ।
अखिल नेपाल महिला सङ्घकी दमक नगर अध्यक्ष एवं नारी एकता न्यायिक मञ्चकी अध्यक्ष सुमित्रा प्रसाईंले महिलाका कयौं मुद्दालाई सञ्चारमाध्यमले स्थान नदिएकै कारण मुद्दा ओझेलमा परिरहेको गुनासो गर्नुभयो ।
राज्यको चौथो अङ्ग सञ्चार जगत्ले गम्भीर भएर महिलाका मुद्दालाई उठाइदिने हो भने अन्यायमा पिल्सिरहेका कयौं महिलाले न्याय पाउने उहााले बताउनुभयो ।
नेपाल महिला सङ्घकी दमक नगर सभापति लता चापागाईंले राज्यलेसमेत प्रतिभा भएका महिलाको मूल्याङ्कन नगरेको गुनासो गर्नुभयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...