पूर्वाञ्चलको सर्वाधिक राशीको अक्षयकोष झापामा स्थापना


झापा, ५ वैशाख
पूर्वाञ्चलमा सर्वाधिक राशिको अक्षयकोष स्थापना भएको छ । झापाको रुद्र-गौरी श्री-अम्बिका प्रतिष्ठानका लागि प्रतिष्ठानका संरक्षक श्रीप्रसाद ओलीले एक करोड रुपैयाँ राशिको अक्षय कोष स्थापना गरेका हुन् ।
झापा सुरुङका स्थायी बासिन्दा ८० वषर्ीय श्रीप्रसाद पूर्वाञ्चलका अग्रणी समाजसेवीमा गनिन्छन् । झापाको विर्तामोडमा आइतबार आयोजित समारोहमा प्रतिष्ठानले कोषको घोषणा गर्दै वाषिर्क रूपमा प्राप्त हुने ब्याजले विभिन्न चार विधाका व्यक्तित्वलाई पुरस्कृत गरिने जनाएको छ । शैक्षिक, सामाजिक र धार्मिक क्षेत्रमा योगदान दिएका उनले आफैँ संरक्षक रहेको प्रतिष्ठान दर्ता गरेर सो रकम उपलब्ध गराएका हुन् । 'सिर्जनामा लागेका व्यक्तिलाई हौसला मिलोस् भन्ने उद्देश्य राखेर प्रतिष्ठानका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेँ,' आइतबार अक्षय कोष घोषणसभामा उनले भने, 'मैले जे सकँे त्यो गरेँ, बाँकी अरूकै जिम्मामा छ ।' प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार, अक्षय कोषबाट प्राप्त ब्याज रकमले प्रत्येक वर्षको वैशाख ४ गते विभिन्न चार विधाका व्यक्तित्वलाई पुरस्कृत गरिनेछ ।
प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार र देवी ओली स्मृति बाल पुरस्कार स्थापना गरेको छ । तीमध्ये बाल पुरस्कारको राशि ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । अन्य पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको प्रतिष्ठानका सचिव यज्ञराज ओलीले जानकारी दिए ।

प्रत्येक वर्ष प्रतिष्ठानद्वारा निर्धारित क्षेत्रमा नेपालभरिबाट योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कृत गर्नेगरी ती पुरस्कार घोषणा गरिएका हुन् । प्रतिभा छनोटका लागि विशेषज्ञसहितको समिति गठन गर्ने व्यवस्था गरिएको छ । प्रतिष्ठानले वृद्धवृद्धा र समाजका असहाय तथा दैवी विपत्तिमा परेकालाई पनि सहयोग गरिने जनाएको छ ।
Via Source:- nayapatrika

1 comment:

  1. समर्पणको स्रद्धालाई समयको सिढीमा चढाउनु हुने बरिष्ट मनका धनी श्रीप्रशाद ओलीजी ले मानबीय सिर्जनात्मक प्रिथकता,उन्मुक्ती र बिलक्षण प्रतिभाहरुलाई समर्पण गर्दै झापा जिल्लाबाट एउटा बिशाल सिर्जनाका नयाँ बाटोमा अगुवा र अनुयायी भई मानबिय अबमुल्यन तर्फ अगाडी बड्नु भएकोछ। यस् शुभ कार्यले साहित्यिक आकाशमा ठुलो अर्थ राख्नेछ।समाजसेवी श्रीप्रशाद ओलीको नाम ईतिहासमा सुनौलो अक्षरले लेखिनेछ।।

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...