यो घटनालाइ शंका गर्न सकिने आधारहरु :
झोला धनी सम्पर्कमा नआएपछि भेटेको ९१ लाख रुपैया सम्बन्धित व्यक्तिलाई नै फर्काएर चर्चामा आएकी भोजपुरकी अनुजा बानियाँ अहिले सर्वत्र शंकाको घेरामा परेकी छिन् ।
· कोहि ब्यक्ति ९१ लाख बोकेर बसमा हिड्नु र बसमा छोड्नु नै आश्चर्यजनक छ ।
· त्यत्रो पैसा हराउदा पनि पुरुषोत्तमले किन खवर गरेनन् त प्रहरिलाई ?
· उक्त पैसा आइएमई बाट निकालिएको बताइएको छ , तर आइएमई ले ऊक्त दिन त्यत्रो कारोवार नभएको दावि गरेको छ ।
· अनुजाले फोन नम्वर डिलिट गर्नु ।
· उनले आफ्ना बाबु-आमालाई खवर नगर्नु ।
· पुष्टि नभइकन राष्टपतिले अनुजालाई फोन गर्नुले राष्टपतिलाई पनि यस घटनाको हिस्सेदार बनाउछ । इमान्दारिता प्रदर्शनका खवर पत्रपत्रिकामा वारम्वार आइरहेकै छन् । तर पनि खवरकै भरमा अनुजाले मात्रै बधाई पाईन् ।
· संचारमाध्यमै पिच्छे फरक बयान दिनु ।
झोला धनी सम्पर्कमा नआएपछि भेटेको ९१ लाख रुपैया सम्बन्धित व्यक्तिलाई नै फर्काएर चर्चामा आएकी भोजपुरकी अनुजा बानियाँ अहिले सर्वत्र शंकाको घेरामा परेकी छिन् ।
पैसाधनी भनीएका काठमाडौ सीतापाइलाका पुरुषोत्तम पोख्रेल पुनः सम्पर्कमा नआउनु, आइमएमइबाट पुरुषोत्तमले २६ गते ९१ लाख रकम निकालेको भनिएपनि उनले भनेको अवधिमा आइएमइबाट सोमात्रामा रकम निकासा नभएको पुष्टि हुनुले अनुजाको भनाइ नै कपोल्कल्पित त होइन भन्ने शंका उब्जाएको छ ।
त्यसका साथै अनुजाले बताएका घटननाक्रमका विषयमा प्रश्न उब्जिन थालेपछि उनको इमान्दारिता समेत प्रश्न चिन्ह उब्जिएको छ ।
आइएमइ : ९१ लाख कसैलाई दिएको छैन
आइएमइका इटहरी शाखाका प्रबन्धक दर्शन श्रेष्ठ . |
९० लाख रकम निकासा गर्दा दुई दिनसम्म समय लाग्ने गरेको बताउँदै उनले एकै पटक त्यती धेरै रकम निकासा हुन गाह्रो हुँने समेत जनाए । पुरुषोत्तम नामक व्यक्तिको कुनैपनि खाता नरहेको समेत उनले जनाइन् ।
अनुजा : पुरुषोत्तमको फोन नम्बर समेत छैन
अनुजाले ९१ लाख रकम सम्बन्धितलाई फिर्ता गरेको भन्ने सामान्य आधार समेत दिन सकेकी छैनन् । पुरुषोत्तमको उनीसँग न त घरको ठेगाना छ, न त फोन नम्बर नै । झोलामा फेला पारेर तीन दिनसम्म डायल गरेको फोन नम्बर नै डिलिट भयो र सेभ छैन भनी अनुजाले बताएकी छिन् ।
अनुजाको पैसाको झोलामा भेटिएको ठेगाना र फोन नम्बरमा फोन सम्पर्क गर्दा सुरुमा त पुरुषोत्तम सम्पर्कमा आउन चाहेनन् । अनुजाले पुरुषोत्तमलाई आफूले रकम भेटेको भन्दा पनि पुरुषोत्तमले सुरुमा वास्ता नगरेको अनुजाले बताएकी छिन् । हराएको झण्डै एक करोड फिर्ता पाउने भएपछि पनि पुरुषोत्तम किन उत्साहित भएनन् ? शंका उब्जाएको छ ।अनुजाले फोन गर्दा पुरुषोत्तम काठमाडौ फर्किसकेका थिए रे । तर पत्याउन सकिने आधार छैन । आफ्नो ९१ लाख र हिराको हार हराएको व्यक्ति किन चुपचाप काठमाडौ फर्कियो ? पैसाले भरिभराउ झोला पुरुषोत्तमले जानी जानी छोड्यो वा अन्जानमा ? जानीजानी वा भुलेर पनि पैसा भएको झोला बसमा छाड्न सम्भव देखिँदैन । त्यसैले अनुजाको बयान नै शंकाको घेरामा छ । यता काठमाडौको सीतापाइलामा खोजी गर्दा समेत पुरुषोत्तम भन्ने व्यक्ति नभेटिएको थाहा भएको छ । काठमाडौमा पत्रकारहरुले खोजी गर्दा समेत नभेटिएको बताएका छन् ।
दिदी र भिनाजुले पत्रिकामा देखेपछि मात्र थाहा पाए
अन्तर्मुखी स्वभावकी अनुजाले रकम भेटेको र सुनसरीको धरानबाट फिर्ता गरेको कुरा इटहरीमा बस्ने उनका दिदिभिनाजुले समेत पत्रिकामा हेरेर थाहा पाए । उनीहरुपनि चकित बने ।
हाल अनुजा इटहरीस्थित दिदि भिनाजुसँग बसेकी छिन् । अनुजाको कदम प्रशंसनिय रहेको उनका भिनाजु चक्र विष्टले बताएपनि अनुजाले पुरुषोत्तमको फोन नम्बर समेत नराख्नुले अफ्ठ्यारो स्थिती सृजना गरेको स्वीकार गरे ।
डिएसपी : किन वास्ता गर्ने ?
अनुशासनको नमुना भन्दै राष्ट्रपती डाक्टर रामवरण यादवले समेत बधाइ दिएको व्यक्तिले बताएको घटनाक्रमका विषयमा प्रहरीले भने वास्ता नै नगरेको जनाएको छ ।
डिएसपी दीपक रेग्मीले भने विभागले छानविन गर्नु भनेमा मात्र छानविन गर्ने जनाउँदै अहिले भने छानविन नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘कसैको पैसा कसैले भेट्यो, यसलाई त्यती ध्यान दिनुपर्छ जस्तो लाग्दैन ।’
सार्वजनिक बसमा लाखौ रकम वेवारिसे अवस्थामा फेला पर्नु र पैसा फिर्तापछि मात्र घटना प्रकाशमा आउनु तथा रकम फिर्ता पाउने व्यक्ति समेत सम्पर्कमा नरहनुले शंका उब्जाएको छ । अनुजा तथा रकम फिर्ता पाउने पुरुषोत्तमको बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने सर्वसाधारणको भनाई छ । तर प्रशासनले भने चासो दिएको छैन । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भने विहीबार डिएसपी रेग्मीसँग अनुजाको बारेमा बुझ्न भनेका थिए । आफूले बुझेर फोन नम्बर पत्ता लगाएर जिम्मा दिएको बताउँदै विभागले केही नभनेका कारण चुपचाप बसेको जनाए ।
अचुक माध्यम : फोनकल
अनुजाले सेभ नगरेको भएपनि अनुजाको फोन नम्बरबाट पुरुषोत्तमको घरमा गएको भनिएको फोन कलको खोजी गरी फोन नम्बर पत्ता लगाउन सकिने देखिन्छ ।
फोन नम्बरका आधारमा पुरुषोत्तमलाई फेला पार्न र उनको शंकास्पद क्रियाकलापलाई पछ्याउन सक्ने भएपनि प्रहरी भने हात बाँधेर बसेको देखिन्छ ।
घर सरिन् अनुजा
धरानमा भएको घटनाको विषयमा अनुजाले कसैलाई सुइको दिइनन् । नयाँ ठाउँमा आएकी अनुजाले नयाँ ठाउँमा भेटाएको रकमबारे दिदी भिनाजु वा प्रहरीलाई जानकारी दिन सक्ने भएपनि कसैलाई बताइनन् । बरु धरानस्थित दाजु भाउजुको घरमा बसेकी उनी पैसा फिर्ता गरेलगत्तै इटहरी सरिन् । सुरक्षाको कारण धरानमा नबसेको उनले बताएकी छिन् । रकम साथमा हुँदा धरानमा बसेकी अनुजा रकम फिर्ता दिइसकेपछि किन इटहरी आइन् ?
स्रोत : तस्करीको थियो हिरा र अवैद्य थियो नगद
बसमा भेटेको नगदसँगै हिराको हार रहेको अनुजाको बयानबाट सो रकम तथा हिरा तस्करीको भएको स्रोतले बताएको छ ।
पुर्वी जिल्लाहरुमा हिरा तस्करी व्यापक भइरहेको समयमा झोलामा वेवारिसे हालतममा भेटिएको हिराको हार समेत तस्करीको रहेको हुनसक्ने स्रोतको दावी छ । बसमा झोला छोडिएपछि सार्वजनिक भएमा पक्राउ पर्ने डरले ती तस्कर भागेको र अनुजाले तीन दिनसम्म बारम्बार फोन सम्पर्क गर्दा समेत पुरुषोत्तमले फोन कललाई वेवास्ता गरेको समेत अनुमान गरिएको छ ।
स्रोतका अनुसार बसमा हिरा भेटिएको अघिल्लो दिन इटहरीमा प्रहरीले हिरा तस्करी हुने गरेको सुचनाका आधारमा केही स्थानमा छापा समेत मारेको थियो । प्रहरीले खोजी गरेको थाहा पाएपछि ती व्यक्तिले बसमा जानी जानी हिरा र पैसा छाडेको हुनसक्ने समेत शंका गरिएको छ । यद्यपी प्रहरीले भने केही थाहा नभएको भन्दै आएको छ र अनुसन्धान समेत नगरेको बताउँदै आएको छ ।
सार्वजनिक बसमा वेवारिसे अवस्थामा झण्डै एक करोड रकम भेटिएको र रकमको स्रोत समेत नभेटिएको बारेमा प्रहरी अनुसन्धान हुनुपर्नेमा सर्वसाधारणको जोड रहेपनि प्रहरी प्रशासनले भने वेवास्ता गर्दै आएपछि सुरक्षा निकायमा समेत पैसाको चलखेल भएको हुनसक्ने अनुमान गरिएको छ ।
धरानबाट प्रकाशित हुने ब्लाष्ट टाईम्सका हिमाल दाहालको विशेष रिपोर्ट ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...