बस यात्राको क्रममा ९१ लाख रुपैया र हिराको हार भेटेर फिर्ता दिएको भनि दाबी गरेर सबैतिरबाट वाहवाही लुटिरहेकी भोजपुर भुल्के गाविसकी २२ बर्षीय अनुजा बाानियाले वनावटी एवं कपोल्कल्पित घटना बनाएर नौटंकी गरेको पुष्टि भएको छ । प्रेमीबाट धोका पाएकी अनुजाले आफु चर्चामा आउनको लागि मात्रै यस्तो नौटंकी गरेको पत्ता लागेको छ । अनुजाले पैसा फिर्ता लैजाने भनिएका पुरुषोत्तम पौडेलकी मित छोरी अनिता कार्कीले अनुजाको तस्वीर र समाचार पत्रकारलाई उपलब्ध गराएको भन्ने गरेपनि अनुजा आफै नै अनिता कार्की बनेर पत्रकारलाई समाचार दिएको समेत खुलेको छ । अनुजा आफै अनिता कार्की बनेर गएकोले उसैले नै जानीबुझी आफ्नो साथी ममता अधिकारीको फोटो अनुजाको भन्दै पत्रिकामा छपाउनको लागि पत्रकारलाई दिएको रहस्य खुलेको हो ।
अनुजाको भत्तपुर निवासी गोपाल घिमिरेसाग अफेयर चलेको र गोपालले विवाह नगर्ने भएपछि अनुजाले चर्चामा आउन यस्तो नाटक गरेको अनुजाको दाजु कुमार बाानियाले दाबी गरे । ‘उसको गोपालसाग लव परेको थियो, गोपालले विहे गर्दिन भनेपछि उसले चर्चामा आउन यस्तो नौटकी गरेको हो’—कुमारले भने । राती बाह्र एक बजेसम्म अनुजा मोवाइलमा कुराकानी गर्ने गरेको दाजु कुमारको भनाई छ ।
अनुजा आफै कपोल्कल्पित पुरुषोत्तमकी मित छोरी अनिता कार्की बनेर धरानबाट प्रकाशित हुने विश्वस्त सुत्र साप्ताहिककी कार्यकारी सम्पदाक विनाडि तामांगलाई एक राष्टिय पत्रिकामा समाचार छपाउनु छ भन्दै भेट्न पुगेकी थिइन् । कार्यकारी सम्पादक तामांगकै कम्प्युटरमा अनिता कार्की बनेर पुगेकी अनुजाले आफ्नी साथी ममता अधिकारीको फोटोलाई अनुजाको भन्दै डाउनलोड गराएकी थिइन् । अनुजाको फोटो भनेर त्यही ममता अधिकारीको फोटो पहिलो पटक समाचार ब्रेकिंग गर्ने पत्रिकामा छापिएको थियो । ‘उसले नै अनुजाको फोटो भन्दै कुराकानी गरिसकेपछि मेरो कम्प्युटरमा फोटो डाउनलोड गराएकी थिइन्, पत्रकार दाईसाग के कस्तो कुरा गरिन्, मलाई थाह भएन । केही दिन पछि पो थाह भयो, पत्रिकामा छापिने फोटोको केटी नै पत्रकार खोज्दै आउने केटी थिइन्’—तामांगले भनिन् ।
यसअघि भने विभिन्न पत्रपत्रिकाहरुमा अनुजाबाट ९१ लाख रुपैया फिर्ता पाएका पुरुषोत्तमकी मितछोरी अनिता कार्कीले ब्रकिंग गर्ने पत्रिकालाई अनुजाबारे समाचार र अनुजाको फोटो उपलब्ध गराएको भनिदै आएको थियो । अनुजाका दाजु डेरा गरिबसेको बगैचा लाइन ९ मा रहेको किराना पसले सुरेश कार्कीको भनाई अनुसार पनि अनुजाले नै पत्रकार खोज्दै आएको र आफुले भानुचौकमा रहेको पत्रिका पसलमा पठाइ दिएका थिए । पछि कार्कीकै पसलमा रहेको टेलिफोनबाट पत्रकारलाई मेरो समाचार किन छापिएन भनेर अनुजाले फोन गरेको कार्कीले बताएका छन् ।
उता अनुजाले भने यो अझै पनि आफुले ९१ लाख र हिराको हार भेटेर पुरुषोत्तमलाई फिर्ता गरेको जिकिर गर्छिन् । साथै उनले आफै अनिता कार्की बनेर पत्रकारलाइृ समाचार छपाउन नभेटेको दाबी गरिन् । गोपालसागको अफेयर स्वीकार गरेपनि उनले त्यससाग घटनाको कुनै सम्बन्ध नभएको दाबी गरिन् । ‘मैले पैसा भेटेकै हो, मलाई जे सुकै गरेपनि होइन भन्न सक्तिन, अनिता कार्की बनेर म गएकै छैन’—अनुजाले भनिन् । अनुजाले पुरुषोत्तमले इटहरीस्थित आइएमइबाट सो रकम झिकेको बताउने गरेपनि आइएमइले भने त्यत्रो परिणाममा रकम कसैले नझिकेको स्पष्ट गरिसकेको छ ।
यतिबेला अनुजामात्रै होइन, समाचार लेख्ने पत्रकार, सम्बन्धित मिडिया र समग्र पत्रकारिता जगतलाई नै विवाद र वहसको कठघरामा उभ्याइन् । यतिबेला सुनसरीमा मात्रै होइन, सबैतिर अनुजा प्रकरणको चर्चा व्यप्त छ । फैसबुकको स्टाटसहरुमा पनि अनुजा प्रकरणले छाएको छ र अधिकांशले पत्रकार, मिडियाले कसैले भनेकै भरमा समाचार सम्प्रेण गर्ने गरैको भन्दै आलोचना एवं टिकाटिप्पणीहरु गरिरहेका छन् । त्यसै पनि नेपाली मिडियाले बेलबखत विभिन्न आरोपहरु खेप्नु परिरहेको अवस्था छ ।
अनुजा प्रकरणले नेपाली पत्रकारीता जगतलाई ठुलौ झापड दिएको छ र भविष्यमा यस्तो अवस्था आउन नदिन सबैलाई सचैत गराएको छ । कुनै पनि समाचार कसैले भनेकै आधारमा लेख्ने कि नलेख्ने ? कसैले टेलिफोन गरेर दिएको सुचनालाई पत्याउनै कि नपत्याउने ? घटनाको पुष्टि गर्ने पर्याप्त तथ्य एवं आधारहरु छन् कि छैनन् ? लगायतका कुराहरुमा ज्यादै संवेदनशील हुनुपर्ने पाठ सिकाएकौ छ ।
हुन त पत्रकारले यी कुराहरुमा सधै सचेत र सजग हुनुपर्छ । कुनै पनि घटनालाई पुष्टि नगरैसम्म समाचार बनाउन सकिन्न । तर, बेलाबेला मानवीय कमीकमजोरीका कारणले पत्रकारहरु पनि चुक्ने गर्छन् । पत्रकारहरुको एउटा कमजोरी भनेको स्कुप समाचार गर्ने भन्ने मानसिकताले पनि समस्या खडा गरिरहेको छ ।
अरुभन्दा छिटो समाचार लेखेर क्रेडिट पाउने लालसाले पत्रकारहरुलाई समाचारको वास्तविकताभन्दा पर पुर्याइरहेको हुन्छ र पाठकहरुमा भ्रम, आशंका उत्पन्न गरिरहेको हुन्छ । त्यसैले, अब पत्रकारीता पेशामा संलग्न पत्रकारहरुले समाचार लेख्न र सम्प्रेषण गर्नुअघि धैरै ध्यान पुर्याउनु पर्ने कुरा अनुजा प्रकरणले पाठ दिएको छ । पत्रकारहरुले संख्यात्मक भन्दा पनि गुणात्मक, स्तरीय र खोजपुर्ण एवं सत्य, तथ्यमा आधारित समाचार लैख्नुपर्छ भन्ने पाठ पनि यो घटनाले सिकाएको छ । तसर्थ, पत्रकारहरुले अनुजा प्रकरणलाई एउटा पाठकौ रुपमा लिएर भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन गम्भीर हुनुपर्छ ।
कान्तिपुरले माग्यो माफि
काठमाण्डौ । अनुजा बानियाँ नामक युवतीले बसमा भेटेको ९१ लाख नगद र हीराको हार फिर्ता गरेको भन्दै एङ्कर समाचार छापेको कान्तिपुर दैनिकले सो समाचार झुटो भएको स्वीकार्दै ‘क्षमायाचना’ छापेको छ ।
सोमबार मुख्य पृष्ठमा क्षमायाचना छाप्दै पत्रिकाले आफ्ना समाचारदातासँग कुरा गर्ने पात्र नक्कलीरुपमा अनुजाले खडा गरेको दावी गरेको छ । ‘उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसंगै गएका भनिएका छोरी सुधा, छोरा अनिल र मितछोरी अनिता कार्की र अनुजा स्वयंको भनाईमा आधारित थियो-पत्रिकाले भनेको छ-’समाचार तयारीका क्रममा सम्र्पकमा आएका यी पात्र नक्कलीरुपमा खडा गरिएको खुल्न आएको छ ।’
पैसा फिर्ता पाएका भनिएका पुरुषोत्तम पौडेल कतै नभेटिएको भन्दै कान्तिपुरले ‘अनुजाले सम्पर्क गरेका नम्बरहरुको कल डिटेल मगाएर हेर्दा उनले काठमाण्डौंका पुरुषोत्तम पौडेल नाम गरेका ब्यक्तिसँग कुरा गरेको पनि पाइएन’ भनेको छ ।
कान्तिपुरले स्वीकारेको छ-’ समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको छ ।’ नियोजित परिस्थीति र नक्कली पात्रका कारण भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा क्षमा मागेको छ कान्तिपुरले । कान्तिपुरले हर्ष सुब्बाको बाइलाइनमा ӑधन्य अनुजा’ शीर्षकमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।
कारवाही गर्न प्रहरी नै अन्यौल
नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
haraami anuja laai raastrapati laai pani jhukyaeko bhanera automatic case garera kaarwahi garnu paryo
ReplyDeleteअनुजाको "इमान" नामक नाटकको अन्तिम पर्दा उठेको तपाईंको मेचीनगर अनलाइन मार्फत जान्न पाइयो। धन्यवाद मेचीनगर अनलाइन।
ReplyDeleteती असफल नाटककारको "इमान" को बखान गर्दै फेसबूकको स्टाटसमा केही शब्दहरु टाँसेको थिएँ जसले मलाई ग्लानी महसुस भएको छ। धिक्कार छ अनुजा तिमीलाई!
अहिले साचारमाध्यममा बहसको विषय र सवर्त्र चासोको विषय बनेको छ अनुजा प्रकरण। कान्पिुर दैनिकले क्षमा माग्यो मिथ्या समाचार संम्प्रेसण गरेका मा । अझै यो विषय अन्योल नै छ । तर यसमा मेरो बुझाई अकैयो विषयमा आईएमआईको नाम जोडिएको छ । कुनै पनि बैकहरुले तेत्रो ठूलो रकम पठाउँदैनन् । आईएमइले पठायोको थियो भन्ने समाचार छ । अर्कोरित आईएमईले हामीले पठाएको छैन भनेको छ । आईएमईले तेत्रो ठूलो रकम पठाउनु भनेको हुन्डी गर्नु हो जुन गैरकानुनी छ । मलाई जहासम्म लाग्छ यो अपराध लुकाउन फेरि अर्को सडयन्त्र पो गरेको हो की यो विषयलाई खोजीको विषय बनाउनु पर्छ अहिले साचारमाध्यममा बहसको विषय र सवर्त्र चासोको विषय बनेको छ अनुजा प्रकरण। कान्पिुर दैनिकले क्षमा माग्यो मिथ्या समाचार संम्प्रेसण गरेका मा । अझै यो विषय अन्योल नै छ । तर यसमा मेरो बुझाई अकैयो विषयमा आईएमआईको नाम जोडिएको छ । कुनै पनि बैकहरुले तेत्रो ठूलो रकम पठाउँदैनन् । आईएमइले पठायोको थियो भन्ने समाचार छ । अर्कोरित आईएमईले हामीले पठाएको छैन भनेको छ । आईएमईले तेत्रो ठूलो रकम पठाउनु भनेको हुन्डी गर्नु हो जुन गैरकानुनी छ । मलाई जहासम्म लाग्छ यो अपराध लुकाउन फेरि अर्को सडयन्त्र पो गरेको हो की यो विषयलाई खोजीको विषय बनाउनु पर्छ
ReplyDeleteanuja sagai kantipurka harsa subba pani karbahiko bhagi hunupar6
ReplyDelete