फोटो पत्रकार क्लब (पिजे) को आयोजना एवं मेगा बैंकको मुख्य प्रायोजनमा र युबक्सको सहयोगमा हुन गइरहेको मेगा बैंक फोटो प्रतियोगिता–२०६७ को लागि हालसम्म देशका विभिन्न भागबाट २ सय भन्दा बढी अमेच्योर तथा व्यावसायिक फोटोग्राफर/फोटो पत्रकारले ६ सयभन्दा बढी फोटो अनलाइन सब्मिसनबाट प्रतिस्पर्धाका लागि पठाएका छन् । यसमा हाम्रा कलेक्सन सेन्टरमा आएका तस्बिर समावेश छैन ।
प्रतियोगितामा उत्साहजनक सहभागिता भइरहेको हामीले पाएका छौं । प्रतियोगिताका लागि अनलाइनमार्फत फोटो बुझाउने म्याद अझै एक हप्ता र कलेक्सन सेन्टरमा ४ दिन बाँकी छ । यस प्रतियोगितामा व्यावसायिक फोटोग्राफरदेखि सर्वसाधारणले समेत निशुल्क सहभागिता जनाउन सक्नेछन् । र, फोटोहरू www.pjclub.com.np बाट अनलाइनमा र हाम्रा साइटमा उल्लेख भएका कलेक्सन सेन्टरमा समेत दर्ता गराउन सकिनेछ ।
यो नेपालकै सर्वाधिक ठूलो धनराशि भएको फोटो प्रतियोगिता हो । विभिन्न पाँच विधा टुरिजम, वाइल्ड लाइफ एन्ड नेचर, डेली लाइफ , न्युज फोटो र फोटो स्टोरीअन्तर्गत विधामा आएका तस्बिरमध्ये एक उत्कृष्ट तस्बिरले मेगा बैंक फोटो अफ दि इयर उपाधि साथै १ लाख रुपैयाँबराबर (नगदसहित) पुरस्कार पाउनेछ । साथै, उत्कृष्ट तीन तस्बिरले क्रमशः ३० हजार, २० हजार र १० हजार बराबरको (नगदसहित) पुरस्कार पाउनेछन् । फोटो प्रतियोगितामा उत्कृष्ट ठहरिएका १ सय तस्बिर यही वैशाख २९ देखि ३१ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिनेछ भने उपत्यकाबाहिर विराटनगर, पोखरा र नेपालगन्जमा प्रदर्शन गरिनेछ ।
प्रतियोगिताका लागि निर्णायक समितिमा फोटो पत्रकार गोपाल चित्रकार, चन्द्रशेखर कार्की, जगदिश तिवारी, पत्रकार कुन्द दीक्षित, नारायण वाग्ले छन् । यसलाई अन्नपूर्ण म्याराथन, अग्नि एयर, रैका टुर्स र डब्ल्युडब्ल्युएफले प्रायोजन गरेका छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...