सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजाहित एक महिलालाई मेची राजमार्गअन्तर्गत पुवाखोला-बिब्लाँटे खण्डबाट सोमबार पक्राउ गरेको छ । पाँचथरबाट झापातर्फ लैजाँदै गरिएको अवस्थामा २० किलो गाँजासहित पाँचथर नवमीडाँडा गाउँ विकास समितिकी ४७ वर्षीया कविता नेम्वाङ पक्राउ परेकी हुन् ।
। यो घटनाको अवस्था हेर्दा पाँचथर र ताप्लेजुङबाट मेची राजमार्गको इलाम हुँदै ठूलो परिमाणको गाँजा सीमावर्ती पशुपतिनगर तथा झापातर्फ जाने गरेको हुनसक्ने प्रहरी उपरीक्षक ढुंगानाले बताए । पक्राउ परेकी महिलालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
Via Source:- Nayapatrika
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...