सञ्जीव चापागाई /झापा
सामाजिक सुरक्षा र ज्याला वृद्धिको माँग गर्दै आन्दोलन गरीरहेका चिया मजदुरहरुले केही दिन देखी देशभरका सम्पुर्ण चिया प्रशोधन कारखानाहरु अनिस्चित कालका लागि वन्द गराएका छन । अन्य मजदुर सरह न्युनतम ज्याला २ सय २६ रुपैया पउनु पर्ने, अवकाश प्राप्त मजदुरहरुले २० हजार पाउदै आएको सिलिङ हटाउनुपर्ने, सञ्चयकोष वृद्धि गरिनुपर्ने लगायतका माँग गर्दै चिया मजदुरहरु आन्दोलनमा उत्रिएका हुन ।
यस अघि चिया क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न माग राख्दै ४८ घण्टे अल्टिमेट्मसहित चिया मजदुर संगठनहरूले नेपाल चिया उत्पादक संघलाई ज्ञापनपत्र बुझाएका थिए । मजदुरहरूको माग पूरा नभएकाले चिया कारखाना र बगानमा आम हड्ताल सुरु गरेका मजदुरहरूले जनाएका छन् । काम ठप्प पारेका मजदुरहरुले सम्पुर्ण चिया कारखाना आगाडी प्रदर्शन समेत गरेका छन ।
चिया मजदुरहरूको सामाजिक सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, राज्यद्वारा निर्धारित दैनिक ज्यालादर पाउनुपर्ने लगायत २८ सूत्रीय माग राखेर अखिल नेपाल चिया मजदुर संघ, नेपाल स्वतन्त्र चिया मजदुर युनियन र नेपाल चिया बगान श्रमिक संघ सम्वध चिया मजदुरहरू स्वतन्त्र रुपमा आन्दोलनमा उत्रिएको अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष भूपाल सापकोटाले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य संघ र ट्रेड युनियनहरूको बीचमा भएको सहमति कार्यान्वयन हुनुपर्ने श्रमिकहरूको माग छ । सहमति अनुसार दैनिक ज्यालामा काम गर्ने ज्यालादारीलाई दुर्इ सय २६ रूपैंया र मासिक काम गर्नेलाई मासिक छ हजार एकसय उपलब्ध गर्नुपर्ने माग राख्दै मजदुरहरूले आन्दोलन थालेका हुन् ।
मजदुरहरुले आन्दोलका कार्यक्रम अनुसार यस अघि चिया वगानका कर्मचारी र मजदुरले कालोपट्टी वाधेर काम गर्ने, प्रतिष्ठानको कार्यालय अगाडी कालो भण्डा र व्यानर टाग्ने, प्रतिष्ठानमा कोणसभा र नाराजुलुस गर्ने, राजनिथिक दल, सामाजीक संघ संस्थाहरुसंग भएको मागका सम्वन्धमा अन्रकृया र छलफल गर्ने र आन्दोलप्रति र्समर्थन जुटाउने तथा चैत्र २४ देखि ३० गते सम्म दैनिक एक घण्टा काम घटाउदै लैजाने लगायतका कार्यक्रम गरेका थिए भने दुइ दिन अघि वैशाख २ गते चिया उत्पादक संघमा २४ घण्टे अल्टिमोटम वुझाएका थिए ।
यस अघि चैत्र ८ र १७ गते चिया उत्पादक संघ संग आन्दोलनरत तिनवटै मजदुर संघका प्रतिनीधि विच भएको वार्ता विना निष्कर्षटुङ्गिएको थियो । यसैविच उद्योगीले राजनितिक दलको आग्रहलाई वेवास्था गरेकाले राजनितिक दलले पनि मजदुरको आन्दोलन प्रति एक्यवद्धता जनाएको एकीकृत माओवादीका झापा सेक्रेटरी अग्निले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...