लुकेर रहेका प्रतिभा तथा आफ्नो सौन्दर्य, बौद्धिकता र क्षमतालाई बाहिर ल्याउन चाहने पूर्वाञ्चलका १६ देखि २३ वर्षसम्मका युवतीहरुलाई आगामी जेठ अन्तिम साता धरानमा आयोजना हुने ‘दोस्रो मिस पूर्वाञ्चल’ का लागि प्रतिस्पर्धा गराइनेछ ।
पूर्वाञ्चलको प्रतिनिधित्व गर्ने तथा कम्तीमा एसएलसी उत्तीर्ण विद्यार्थीहरुले भाग लिन पाउने दोस्रो मिस पूर्वाञ्चलको अडिसन आगामी जेठ पहिलो साता धरानमा आयोजना हुने आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष विरेन्द्र लिम्बूले बताए ।
अघिल्लो बर्ष भएको मिस पुर्वाञ्चलको ताज पहिरिदै झापा चकचकीकी सबिना लिम्बू । तस्विर धरानदर्पण डटकम |
अडिसनमार्पmत् छनौट गरिएपछि प्रतियोगीहरुलाई, ¥याम्प मोडलिङ, व्यक्तित्व विकास, ग्रुमिङ, फेशन, पर्यटन, ट्राफिक सचेतना, सामाजिक सचेतना, सँस्कृति, इतिहास, ब्युटी टिप्सलगायतका विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट १५ प्रशिक्षण तथा अध्ययन गराइने व्यवस्था मिलाइएको अध्यक्ष लिम्बूले बताए । फाइनल प्रतिस्पर्धाबाट निष्पक्षरुपमा निर्णायक मण्डलीहरुको निर्णयानुसार तथा प्रतियोगीहरुको आफ्नो प्रतिभा र क्षमताअनुरुप एसएमएस भोटिङको आधारमा टप टेन प्रतियोगीलगायत प्रथम हुनेलाई ‘मिस पूर्वाञ्चल’ घोषणा गरिनुका साथै ताजसहित स्कुटी प्रदान गरिनेछ । यस्तै दोस्रो हुनेलाई ताजसहित ल्यापटप र तेस्रो हुनेलाई ताजसहित कम्प्युटर प्रदान गरिनेछ ।
प्रतियोगितामा मिस क्याटवक, मिस ट्यालेण्ट, मिस फ्रेण्डसीप, मिस वेष्ट फिगर, मिस कल्चर, मिस टुरिजम, मिस डिसिप्लिन, मिस भ्यूअर्स च्वाइस, मिस ब्युटीपूmल हेयर, मिस वेष्ट स्माइल, मिस फोटोजेनिकलगायतका विभिन्न विधाको विजेताहरु समेत घोषणा गरी पुरस्कारहरु प्रदान गरिने भएको छ ।
प्रतियोगितालाई पूर्वाञ्चलव्यापी बनाउन धरानबाहिर इटहरी, विराटनगर, बिर्तामोड, उर्लाबारीलगायतका स्थानमा मिस पूर्वाञ्चलको फाइनल प्रतिस्पर्धाअघि गरिने विभिन्न कार्यक्रम लिएर जाने योजनासमेत रहेको संयोजक सौरभ श्रेष्ठले बताए ।
लिम्बूका अनुसार मिस पूर्वाञ्चलको प्रतिस्पर्धामा उत्कृष्ट योग्यता पुगेका तीन युवतीले मिस नेपालको फाइनल प्रतिस्पर्धामा समेत भाग लिन पाउनेछन् ।
गत वर्ष मिस पूर्वाञ्चलमा दोस्रो हुने धरानकी प्रिया लामाले सो अवसर पाएकी थिइन् । उनले मिस नेपालको फाइनल प्रतिस्पर्धामा मिस वेष्ट कम्पिलिक्समेन्टको एवार्ड हात पारेकी थिइन् । यो वर्षबाट प्रतियोगितालाई अझ वृहत् र मोफसलकै उत्कृष्ट इभेन्टको रुपमा आयोजना गर्ने तयारी भइरहेको बताउँदै संयोजक श्रेष्ठ भन्छन्, ‘मिस पूर्वाञ्चलको आयोजना लुकेका प्रतिभाहरुको खोजीसँगै युवतीहरुलाई अवसर प्रदान गर्ने एउटा दरिलो माध्यम बन्ने छ ।’ लिम्बूका अनुसार उत्कृष्ट प्रतियोगीहरुलाई विभिन्न कलेजमा छात्रवृत्ति समेत प्रदान गरिनेछ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...