नेपालको सरकारी विद्यालयको शिक्षा

शहरी क्षेत्रमा निजी विद्यालयहरुको बोलवाला बढ्दै गएकाले सरकारी विद्यालय ओझेलमा पर्न थालेका छन्। सरकारी विद्यालयमा विद्यार्थीको अभाव देखिन थालिएको छ भने निजी क्षेत्रका विद्यालयहरुमा विद्यार्थीको चाप बढ्न थालेको छ। शिक्षालाई सबैजसोले महत्व दिन थालेकाले आफ्ना सन्ततीको भविष्यका लागि दुःख गरेर भए पनि राम्रै विद्यालयमा पढाउने चलन शहरी क्षेत्रमा बढ्न थालेको छ। काठमाडौं लगायतका शहरी क्षेत्रमा सरकारी विद्यालयहरुमा एकदमै न्यून आय भएका परिवारका सदस्य तथा अरुको घरमा काम गर्ने कामदारहरुको बाहुल्यता हुन थालेको छ। यस्तो अवस्था आउनुमा सरकारी विद्यालयको कमीकमजोरी प्रमुख हुन गएको छ। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको अभाव देखिन थालिएपछि आफ्ना सन्ततीको भविष्यप्रति सचेत व्यक्तिहरुले एक छाक खाएर पनि निजी विद्यालय नै छान्न पुगेका छन्। सरकारी विद्यालय स्रोतसाधनले अभावग्रस्त हुनु तथा समयसापेक्ष शिक्षा नीति नहुनुले समस्याग्रस्त हुन पुगेको हो। यसैगरी अधिकांश सरकारी विद्यालयका शिक्षकहरुको शैक्षिक योग्यता तथा दक्षता फितलो हुनु र सरकारी विद्यालयमा राजनीतिक प्रभाव बढी पर्नुले पनि विद्यार्थीलाई आकर्षित गर्न नसक्ने पक्ष हुन्। काठमाडौं उपत्यकाभित्र रहेका कतिपय विद्यालयहरुमा विद्यार्थी अभाव हुन थालेकाले त्यस्ता विद्यालयहरु एक अर्कामा गाभ्ने काम पनि हुादै आएका छन्। सरकारी विद्यालयले अहिलेको प्रतिस्पर्धी अवस्थालाई ख्याल पुर्‍याउनु आवश्यक छ। गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। त्यसैले सरकारी विद्यालयहरुले आफ्ना गुणस्तरलाई सुधार्नु जरुरी छ। आधुनिक शिक्षा प्रणालीलाई अंगाल्न सरकारी विद्यालय सक्षम भयो भने महंगा निजी विद्यालय सर्वसाधारणको चयनमा पर्दैनन्। दुई छाक खाएर सरकारी विद्यालयमै आफ्ना सन्ततीलाई पढाउन शहरका सर्वसाधारण तयार हुन्छन्। अझ गुणस्तरीय शिक्षा सरकारी विद्यालयमै पाए गाउाका सरकारी विद्यालयबाट दक्षजनशक्ति मुलुकले पाउन सक्छ। यतातर्फ सरकारको ध्यान समयमै जानु आवश्यक छ। सरकारी कर्मचारीहरु आफ्ना सन्ततीलाई निजी विद्यालयमा पढाएकै छौं भनी मख्ख पर्नुको साटो सरकारी विद्यालयलाई सुधार्न लागि परे आफ्नो तथा सर्वसाधारणको भलाइ हुने निश्चित छ।





No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...