बल्ल खुले चिया बगान

मजदुर आन्दोलनका कारण लामो समयदेखि बन्द भएका झापा, इलाम, पाँचथर लगायतका चिया वगान र कारखाना विहिवारबाट संचालनमा आएका छन् । प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा बुधबार सिंहदरवार काठमान्डौमा श्रम मन्त्रालय, चिया उद्यमी र मजदुर संगठनका प्रतिनिधिबिच भएको वार्तामा भएको सहमतिपछि चिया कारखाना र बगान खुलेका हुन् ।
उद्यमीले मजदुरको सामाजीक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएपछि बन्द रहेका चिया बगान र कारखाना संचालनमा आएका हुन् । उद्यमीले मजदुरको सामाजिक सुरक्षा ग्यारेन्टी गर्ने भएपछि खुलाउने सहमति भएको हो ।
वार्ताको क्रममा गठन भएको कार्यदलको प्रतिवेदनको आधारमा सामाजिक सुरक्षाको प्रवधान हुनेछ, वार्तामा सहभागि मजदुर नेता भुपाल सपकोटाले भन्नुभयो, ‘यसमा चिया उद्यमीसमेत सहमत भएका छन् ।’
त्रिपक्षिय वर्तामा मजदुरको ज्याला वृद्धि, सामाजिक सुरक्षा लगायत विषयको लागि उच्चस्तरको कार्यदल गठन गर्ने सहमति भएको छ । कृषि तथा सहकारी मन्त्रालयको संयोजकत्वमा बुधबार गठन भएको कार्यदलमा श्रम, कृषि, अर्थ, मन्त्रालय, मजदुर यूनियन र उद्यमीका प्रतिनिधि सामेल छन् ।
चिया उद्यमी र मजदुर संगठनका प्रतिनिधि समेत सहभागि रहेको कार्यदलले एक महिना भित्रमा मजदुरहरुको दैनिक ज्याला निर्धारण गर्ने वार्तामा सहभागि सापकोटाले बताउनुभयो ।
सोमबार र मङ्गलबार श्रम मन्त्री टोपबहादुर रायामाझीको उपस्थितिमा दुइदिन वार्ता भएपनि सहमति नभएपछि प्रधानमन्त्रीको उपस्थितमा बुधबार बार्ता सम्पन्न भएको सापकोटाले बताउनुभयो ।
सहमतिपछि विहिबारदेखि नै मजदुरहरु बगान तथा कारखानाको काममा फर्किएको चिया बगान श्रमिक संघका दिपक तामाङ्गले बताउनुभयो ।
चिया मजदुरहरुले सामाजिक सरक्षाको ग्यारेन्टी हुनुपर्ने, मजदुरको दैनिक ज्याला वृद्धि गरिनुपर्ने लगायतका २८ सुत्रिय माग गर्दै बैशाख चार गतेदेखि चिया बगान र कारखाना बन्द गरि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनका कारण चिया बगान र कारखाना बन्द भएपछि इलाममा मात्र करिव २० करोड रूपैंया बराबरको हरियो चियापत्ती खेर गएको बताईएको छ । गत ४ गतेदेखि बन्द बगान र कारखाना खुलेपछि चिया किसानहरुले हरियोपत्ती विक्रि शुरु गरेका छन् ।
अर्थेडक्स चिया उत्पादन गर्ने इलाम र धनकुटाका १६ र सि.टि.सि चिया उत्पादन गर्ने झापाका २५ कारखानाहरु बन्द थिए । ती कारखानाहरुमा निरन्तर निरन्तर र सिजनमा गरि करिब ४५ हजार मजदुरहरु कार्यरत रहेका छन् ।
With reference to Purbeli Times daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...