'सहिदको अपमान नगर’

सुव्रत न्यौपाने 
घरभरि छोराका तस्बिर छन् ज्युँदो छँदै छोराको घर बनाउने सपना पूरा गर्न नसकेकोप्रति विश्वास परिवार दुःखी छ । 'ऊ सहिद भएपछि ठुल्ठूला नेता मन्त्री मेरा घरमा आए । सरकारले दिएको १० लाखले घर बनाइयो,' आमा मीनु विश्वासले भनिन्, 'सुरजको चाहना घर बनाउने थियो । छाप्रोमा बस्थ्यौँ, अहिले यत्रो घर छ, तर ऊ छैन ।' ऐतिहासिक जनआन्दोलनको उत्कर्षको त्यो दिन अर्थात् ६ वैशाख ०६३ मा सुरजसँगै झापा अर्जुनधाराका राजन गिरीले पनि ज्यान गुमाएका थिए ।

'देशमा शान्ति र नयाँ संविधान निर्माण सहिद परिवारको चाहना हो, जसका लागि मेरो २० वर्षको छोराले मृत्युवरण गर्‍यो, सत्ताका लागि जुन नाटक भएको छ यसले जनता निराश छन् । यो सहिद र तिनका परिवारप्रति गरिएको अपमान हो ।’
झापा चन्द्रगढीको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरू दुवैले शहादत प्राप्त गरेका थिए
। 'देशमा शान्ति र नयाँ संविधान निर्माण सहिद परिवारको चाहना हो, जसका लागि मेरो २० वर्षको छोराले मृत्युवरण गर्‍यो,' निर्धारित १४ जेठमा संविधान घोषणा नहुने परिस्थिति आएपछि सहिद राजन गिरीका बाबु केदारले भने, 'सत्ताका लागि जुन नाटक भएको छ यसले जनता निराश छन् । यो सहिद र तिनका परिवारप्रति गरिएको अपमान हो ।'
मुलुकको शान्ति सुरक्षा, संविधान निर्माण र गणतन्त्र संस्थागत गर्ने दिशामा अपेक्षित गतिमा काम नहँुदा आफूहरूलाई दुःख लागेको उनले बताए
। जनआन्दोलन संयोजन समितिले ६ वैशाखमा सदरमुकाम चन्द्रगढीमा तत्कालीन सत्ताविरुद्ध गरेको बृहत् प्रदर्शनमा राजन युवा जोसका साथ होमिएका थिए । तर, उनी घर फर्किन पाएनन् । 'म त जोगिन्छु, बुवा तपाईंचाहिँ शीतल खोजेर बस्नु नि,' प्रदर्शनका वेला छोराले भनेको अन्तिम वाक्य केदारको स्मृतिमा ताजै छ । तर, त्यही छोराको बलिदानी खेर जाला कि भन्ने चिन्ता गिरी परिवारमा छ ।

सहिद गिरीकी आमा उनको सम्झना गर्नासाथ भावविह्वल हुन्छिन् । उनले छोराको सालिक बनाउन घरनजिकै आठ धुर जमिन दिएकी छन् । नेपाल विद्यार्थी संघको अगुवाइमा राजनकै घैलाडुब्बास्थित घरसँग जोडेर राजन स्मृति प्रतिष्ठान र सालिक निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भवनमा राजनले प्रयोग गरेका विभिन्न सामग्री एवं त्यसयता प्राप्त प्रशंसा एवं सान्त्वनापत्रहरू राखिनेछ ।  । सहिद परिवारका रूपमा सम्मान गरिएका प्रमाण-पत्र राख्ने ठाउँ पनि देखिँदैन । निरन्तर छोराको सम्झनाले सताइरहन्छ । जनआन्दोलनमा भएको उत्सर्ग र सहिदका आकांक्षा विस्मृतिमा पर्ने हो कि भन्ने चिन्ताले झापा भद्रपुरका शान्ति र मीनु विश्वासलाई खिन्न पारेको छ ।
०६२/६३ सालको आन्दोलनमा ठीक चार वर्षअघि ६ वैशाखमा छोरो सुरज विश्वासलाई गुमाउनुपर्दाको पीडाले अझै पनि उनीहरूलाई छाडेको छैन । 'संविधान बनेर जनताले अधिकार पाए भने यो पीडा अलि हलुका होला,' पटक-पटक छोराको बलिदानीको क्षणलाई सम्भ"mदै डाइबिटिजका रोगी सहिद पिता शान्तिले भने, 'कुन वेला मरिन्छ थाहा छैन । संविधान हेरेर मर्न पाए हुन्थ्यो । तर, जनताले संविधान नपाउने हुन् कि भन्ने लाग्न थाल्यो ।' उनले सहिदको रगतको अवमूल्यन हुन नदिन राजनीतिक पार्टीहरू गम्भीर हुनपर्ने बताए । 'जनताको विश्वासको मियोमा धोकाको दाइँ खेल्ने काम हुनु भएन,' सदरमुकाम चन्द्रगढीमा साइकल मर्मत गरेर जीविकोपार्जन गर्दै आएका विश्वासले भने, 'सत्ताका लागि झगडा गर्न समय हुने, विदेश जान समय मिल्ने, तर संविधान बनाउन किन नमिल्ने । नेताहरूले विश्वासघात गर्न खोजेका छन् ।' 
Via Source:- Nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...