खगेन्द्र घिमिरे ५ बैशाख
दुवागढी झापा/नौमती बाजा संरक्षण समिति दुवागढीले बाजाको बिधिवत रुपमा उद्घाटन गरेको छ । बाजालाई संरक्षण गर्ने उदेश्यले दुवागढी गाविस लगायत विभिन्न संघ संस्था, राजनैतिक दल र समाजसेवीको सहयोगमा एक कार्यक्रमका बीच बाजा कलाकारहरुलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लोप हुनलागेको बाजा संरक्षण गर्नुपर्ने भन्दै माधव प्याकुरेल, नवराज भट्टराई, सनमान बराइली, लाल थेवे लगायतले बोलेका थिए । ४० हजारको लागतमा ल्याइएको बाजा देशको कुनाकाप्चामा पु¥याउने लक्ष्य रहेको अध्यक्ष गजेन्द्र सुनदासले बताउनुभयो । जिविस झापा, दुवागढी गाविस र स्थानीय समाजसेवीको सहयोगमा नौमति बाजा खरीद गरी संरक्षणमा जुटिएको हो । नेकपा एमाले दुवागढीको अध्यक्ष शंकरप्रसाद पोखरेलको प्रमुख आतिथ्य र गजेन्द्र सुनदासको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...