धरान । एचआइभि सङक्रमित भएका एक परिवार सुनसरी–मोरङका घरहरुबाट अपहेलित हुदै निकाला भएपछि हाल विचल्ली भएको छ ।सङक्रमित भएकै कारण भोजपुर घर भई हाल सुनसरीको हासपोसा–१ मा बस्दै आएका नारायण खडकाको परिवार डेरा बसेको घरबाट बारम्बार निकालिने गरेको हो ।
सुनसरी र मोरङका दर्जन बढि घरबाट निकालिएका खड्का परिवारलाई डेरा पाउन समस्या छ । कहि कतै बास नपाएर बिरक्तिएको खड्का परिवार पछिल्लो पटक हासपोसा–१ को सरकारी बिद्यालयको स्वामित्वमा रहेको जग्गामा शरण लिइ बसेका थिए । तर, हाल त्यहाबाट समेत जबरजस्ति निकालिए पछि खड्का परिवारको बिचल्लि भएको छ ।
राष्ट्रिय उच्च माबिको जग्गामा टहरा बनाइ बस्दै आएका खड्का परिवारलाई सो ठाउबाट समेत प्रहरीले बल प्रयोग गरेर हटाएपछि उनीहरुको अवस्था झनै कष्टकर बनेको छ । कतै बास नपाएपछि बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष बोधराज बजगाइ र शिक्षक शिब ढकालले बिद्यालयको जग्गामा बस्नका लागि अनुमति दिएका थिए ।
तर, जग्गा हडपेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय इटहरीबाट गएको प्रहरी टोलीले खड्का परिवारको टहरा भत्काएको थियो । प्रहरीले उनीहरुको घरटहरा भत्काएपछि उनिहरुको कन्तबिजोग भएको छ ।
ट्रक चालकका रुपमा काम गर्दै आएका खडका परिवारका ४ जना मध्ये ३ जना एचआइभि संक्रमित छन् । खड्कासागै श्रीमति इन्द्रमाया खडका र ३ बर्षका कान्छा छोरालाई संक्रमित छन् । गत बर्ष नारायण सिकिस्त बिरामी भएपछि उपचार गर्ने क्रममा एचआइभि सङक्रमित भएको खुलेको थियो । एचआइभि संक्रमित भएकै कारण मोरङको दुलारीमा २ महिना बसेपछि त्यहाँका बासिन्दाहरुले निकाला गरिदिएको सङक्रमित इन्द्रमायाले बताइन् ।
थाहा नपाउदा त सबैले डेरा दिन्छन तर बिस्तारै औषधि खाने क्रममा थाहा पाउदै गएपछि घरबाट बिभिन्न कारण देखाउदै निकाला गरिदिने गरेको उनले बताइन । धेरै ठाउमा त थाहा नदिइ घरमा बास बस्यौ तर केहि समयपछि आफुहरुलाइ एच आइ भि संक्रमित भन्ने थाहा भएपछि जबरजस्ति निकालिदिए : सङक्रमित नारायणले भने । एक बर्षमा दर्जन बढी ठाउाबाट घर निकाला भएको उनले बताए ।
प्रहरीले उनीहरु बसेको सुकुम्वासी वस्तीमा सोमबार बिहान घर भत्काई दिएपछि रातभर जागै बस्नुपरेको थियो । प्रहरीले उनिहरु बसेको घर टहरा भत्काएपनि अन्य ठाउमा बस्न सक्ने कुनै बिकल्प नभएपछि आफुहरु यहि बसेको उनिहरुको भनाइ रहेको छ ।
एच आइ भिका क्षेत्रमा काम गर्ने धेरै सस्थाहरु भएपनि समेत खड्का जस्ता परिवारलाई वास्ता भएको छैन । यसैबिच, एच आइ भि सङक्रमितहरुका क्षेत्रमा काम गरिरहेको प्रयास महिला समुहले उनिहरुले घरबाट निकाला गरेको बारेमा हालसम्म जानकारी नदिएको दाबि गरेको छ ।
समुहकी अध्यक्ष प्रिति शुब्बाले अहिले पनि सङक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेका कारण सङक्रमितहरुले दुख पाउदै आएको बताइन ।
Via Source:- clickdharan
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...